Monday, December 23, 2013

कतारमा ऐतिहासिक रुपमा चासोक,साकेला,फोल शाँदर भब्यताको साथ संपन्न।


<तहल्कान्युज>दोहा,२० डिसेम्बर- नेपालको पुर्वी र मध्य पुर्व भु-भागमा सघन बसोबास रहेका सुनुवार,राई,लिम्बु,धिमाल,याख्खा,अठपहरिया,लोहरुङ जाती तथा किराती,नेपालीहरुको महान पर्व चासोक तङनाम,फोल शाँदर,साकेला उधौलीलाई २० डिसेम्बर शुक्रबारका दिन कतारको समाल पार्कमा किरात याक्थुम चुम्लुङ, किरात राई यायोक्खा, किरात सुनुवार सेवा समाजले, कियाचुका अध्यक्ष लोकेन्द्र कुमार तुम्रोकको सभापतित्व र नेपाली दुताबासका दितिय सचिब हरिहर कान्त पौडेलको को प्रमुख अथित्यमा करिब १३सय जनमासको साथ भब्यतापुर्ण मनाएको छ।
  • देश विदेशबाट शुभकामनाको ओइरो!
  • नेपाली नियोग प्रति किरातीहरुको गुनासो!
  • किरातिहारुको राष्ट्रिय  पोशाक प्रति गम्भीर प्रश्न?
  • कियाचु केन्द्रिय कार्यलय प्रति कतारको गुनासो!
        दीपप्रजलन तथा राष्ट्रिय गानबाट शुरु भएको उत्त कार्यक्रमलाई ऐतिहासिक भएको भन्दै दक्षिण अफ्रिकाबाट मान बहादुर साँबा लगायत नेपाल,अमेरीका, युकेबाट धेरैले अनलाईन मार्फत शुभकामना सन्देश दिनु भएको थियो। यसै गरि आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष बिनेश तामाङ, नेपाली महिला समाज कतारकी अध्यक्ष- रेखा राई,कियाचुका प्रमुख सल्लाकार दिलकिरण खजुम, सुनुवार सेवा समाजका अध्यक्ष किसोर सुनुवार,NRNA NCC कतारका अध्यक्ष मक्सुत अलाम,NRNA ICC का उपाध्यक्ष टिबी कार्की, समाजसेवी तथा बुद्दिजिवी कमलमणी गुणागाइ लगायत बिभिन्न सामाजिक तथा जिल्ला संस्थाका प्रतिनिधिहरूले शुभकाना मनतब्य दिनु भएको थियो। यसै गरि बैचारिक सगठनको तर्फबाट मंच सम्बद्ध सलिराप कतारका प्रथम उपाध्यक्ष यातुकुमार सम्बांग्फे, जनसम्पर्क समिति कतारका सभापत्ति बिमल सुबेदी, लोकतान्त्रिक राष्ट्रिय मन्च , जनप्रगतिशिल लगायत विभिन्न बैचारिक सस्थाका अथितिहरु रहनु भएको थियो।  

        कार्यक्रमलाई सम्बोधन गर्दै किरात राई यायोक्खा शाखा कतारका अध्यक्ष धिरज चाम्लिङले उपस्थित माझलाई धन्यवाद दिँदै नेपाली नियोग प्रति गुनासो समेत ब्यक्त गर्नु भयो। आक्रोशित रुपमा चाम्लिङले मञ्चबाट भन्नुभयो "हामीले बैधानिक तवरबाट ३ हप्ता अघीनै प्रमुख अथितीको लागी दुतुवासलाई अनुरोध गरेको थियौ। उहाँहरुले तोक्नु भएको व्याक्ती उपस्थित हुन सक्नु भएन फेरी अनुरोध गर्दा धेरै बार्गेनिङ्ग भयो। ढिलै भएपनि प्रतिनीधी पठाउनु भयो त्यस प्रति आभार व्यक्त गर्दछौ। चाम्लिङ्ले थपे>तर जुन प्रकारले किरातीहरुको आव्हानलाई गैरजिम्मेवार पुर्वक बेवास्ता गर्न खोजीयो त्यो किरातीहरु माथी अपमान भएको छ। त्यस प्रति घोर आपती जनाउदछौ। यो शन्देस नियोग प्रमुख सम्म पुगोस" चामलिंगले भने ।

        झन्डै नेपाली रुपैया ८ लाख जति खर्च गरि सन्युक्त्त रुपमा गरिएको किरातीहरूको पर्व  ऐतिहासिक भएको र दोहा कतारमा यस्तो कार्यक्रमको पहिलो पटक भएको उपस्थिती जनमासको दाबिछ। सहभागी धेरैले आ-आफ्नो जातीय पहिचान झल्काउने पोशाक लगाएर कार्यक्रममा सहभागी भएका थिए। तिन संस्थाको संयुक्त कार्यक्रम भएकोले पनि पोशकको मिश्रित सौन्दर्यताले समाल पार्क रङ्गीचङ्गी देखिन्थ्यो। तर तीन थरिका किरातीहरूको राष्ट्रिय पोशाकको बारेमा उपस्थिती जनसमुदायहरुनै अन्योलमा परेका थिए, अन्योलमा नपर्ने पनि कसरि? किरात याक्थुङ चुम्लुङ कतारकै केही आधिकारिक ब्यात्तीहरूले दौरा सरुवाललाई परिमार्जित गरिएको ढाकाको किनारा भरिएको रङिचङी पोशाक लगाएका थिए भने, अध्यक्ष तुम्रोक, कियाचुका सल्लाकार यातु कुमार सम्बाङ्फे र कलकारहरूले भने तागबा र मेख्ली पहिरन लगाउनु भएको थियो।

        बिबादित पोषकको बिषयलाई लिएर तहल्काले कतारमा रहनु भएका लिम्बू जातिका बुद्दिजिबी मुधुम बिधहरूलाई बेग्ला बेग्लै फोन सम्पर्क गरी उत्त दिन कियाचु कतारको तर्फबाट प्रदर्शन गरिएको तीन थरिका पोशाक मध्य कुन चाँही लिम्बू जातिको पोशाको हो ? भनेर गरेको प्रश्नमा किरात याक्थुङ चुम्लुङ कतारका सल्लाकार समेत ररहनु भएका यतु कुमार सम्बाङ्फे भन्नु हुन्छ > निश्चय पनि कार्यक्रममा उपस्थित १३०० जनसमुदायको मनमा पनि यहि प्रश्न उठेको हुन सक्छ। यसको बारेमा कियाचु कतारले समिक्षा गर्नै पर्छ र जनसमुदाय लाई यथार्थताको बारेमा जानकारी गराउँनै पर्दछ। मैले यी बारेमा आफ्नै ब्यक्तिगत बुझाईहरु भन्नु पर्दा यस्तो किसिमको फरकपनहरु देखा पर्नुमा कियाचु केन्द्रिय कार्यालयकै पहिलो कमजोरी रहेको छ। किनकि कियाचु केन्द्रिय कार्यालयले निति र निर्णयहरु मात्र गर्यो। तर त्यसलाई कार्यानयन गरेन । लिम्बु जातिको जातिय पोशाक तागावा र मेख्ली भनेर निर्णय त गर्यो। तर उसले आम समुदाय लाई चिनाउँन,पहिरन लगाउँने बिषयमा कुनै नीति बनाएन। जुन कुराहरु कियाचु केन्द्रिय कमिटिको चासोक तङनाम २०७० को गतिबिधि र फोटोहरु हेरेर नै प्रष्ट हुन्छ। केन्द्रिय समितिको यस्तो निस्कृयताको बारेमा कियाचु कतारले बारम्बार आवाज उठाई रह्यो। तर सुने पनि नसुने'झैँ गरि रह्यो। र यहि पोशाकको बारेमा पनि कियाचु कतारले केन्द्र लाई फोन,चिट्ठि,ईमेलको माध्यम द्वारा कैँयौँ पटक लिम्बु पोशाक "तागावा र मेख्लि" लाई प्रचार प्रसार गर्न र कतार लाई पनि उपलब्ध गराउँन आग्रह गरेको थियो। लामो दबाब र आग्रह पछि संस्थागत रुपमा पुरुष/महिला गरि जम्मा १० जोर र केहि ब्यक्तिगत रुपमा अर्डर बमोजिम लिम्बु जातिय,सांस्कृतिक पोशाक तथा सामग्री उत्पादन गरिरहेको "कल्पना बुटिक उद्योग" बाट उपलब्ध त गरायो । तर ती पोशाकहरु तागावा र मेख्लि नभई उहि दौरा सुरुवाल लाई नै ढाकाको किनारी लगाइ केहि कलात्मक मात्र बनाईएको थियो। तर हाम्रा बाऊ सम्मकाले जानेको देखेको र चुम्लुङले पारित गरेको तागावा र मेख्लि त्यो थिएन। त्यसैले ती पुरुष पोशाक लाई रद्द गरी पुन: ५ जोर तागावा कियाचु कतारले झिकाएको हो। वास्तवमा राई र सुनुवार जातिहरुले लगाएको दौरा सुरुवाल पनि उनीहरुको जातिय पोशाक नभई नेपाल सरकारले तोकेको राष्ट्रिय पोशाक दौरा सुरुवाल नै थियो। तर ३ किराँति संस्था मध्ये दुईटा संस्थाको पोशाक एउटै भएको र अर्को सहोदर किराँति संस्था चुम्लुङको मात्र अलग हुनु,त्यसमा पनि चुम्लुङ भित्रै पनि भिन्नता देखिनुले निश्चय पनि लिम्बु समाज फुट परस्त रहेको संकेत स्पष्ट झल्काएको थियो। तर यस संकेतको साथ साथै चुम्लुङले ईतिहासमै पहिलो चोटि फरक संरचनाको आफ्नो ऐतिहासिक जातिय पोशाक तागावा र मेख्लि लाई हजारौँ जनमास बीच प्रदर्शन गरेको छ।यसले चुम्लुङ लाई एक कदम अगाडी पनि उभ्याएको छ। हुन सक्छ,यो पोशाक (दोहामा) पहिलो पटक देखिनमा आएकोले धेरैलाई नौलो लाग्न स्वाभाविक थियो ।कार्यक्रमका पाहुनाहरुले (जो गैह्र किराँती थिए) समेत किराँतीहरुले यस कार्यक्रममा आफ्नो जातिय पोशाक दौरा सुरुवाल लगाएर प्रस्तुत भएकोमा खुशी ब्यक्त गरे। त्यो फुर्क्याई लाई दौरा सुरुवालमा सजिएका हाम्रा ती किराँती साथिहरुले कुन अर्थमा बुझे  कोनि..?तर मैले भने ब्यंग्यात्मक प्रशंशा मात्र ठानेको छु। जे होस् यस पटक ती अतिथिहरुले फरक प्रकृतिको पोशाक देखे पनि नाम जानेनन्। तर अर्को पटक भने अवश्य पनि लिम्बु जातिहरुको राष्ट्रिय पोशाक तागावा र मेख्लि हो भनेर जान्नेछन्। तर यो अभियान लाई भने कियाचु केन्द्रिय कार्यालय नेपाल र लिम्बु समुदायले निरन्तरता दिँदै जानु पर्दछ भन्ने उहाँको कथन थियो ।

        यसै गरि अध्यक्ष लोकेन्द्र कुमार तुम्रोक, प्रमुख सल्लाकार दिलकिरण खजुम, उपाध्यक्ष नरेन्द्र एभेङ, अबिर मादेन र हरि भक्त्त जबेगु सँग तहल्काले सोधेको प्रश्नमा उहाँहरू भन्नु हुन्छ, वास्तबमा किरात लिम्बू जातिहरूको राष्ट्रिय पोशाक कार्यक्रमा अध्यक्ष तुम्रोक र कलाकारहरूले लगाएका तागाबा र मेख्लिनै हो । ज-जसले पछिल्लो पटक आधुनिक तरिकाले परिमार्जित गरिएको रङी-चंगी  दौरा सरुवाल लाई ढाकाको किनारा भरिएको फोशाक लगाउनु भएको थियो त्यो लिम्बू जातिको राष्ट्रिय पोशाक नभई आधुनिक दौरा सरुवाल भएको उहाँहरूको दाबी छ।  कियाचु  केन्द्रिय कार्यालय नेपालले पनि २०५२ सालमै निक्कै लामो खोज अनुसन्धा पच्छी पारित गरेको पोशाक पनि "तागाबा र मेख्ली"नै हो । तर दु:खको कुरा कियाचु नेपालले गाऊ गाऊ, बस्ती बस्ती सम्म लिम्बू जातिको राष्ट्रिय पोशाकको बारेमा प्रचार प्रसार नगर्नाले यो समस्या देखा परेको हो भन्ने उहाँहरूको एउटै मत छ!
        प्रमुख सलाकार खजुम थप्नु हुन्छ> फेरी हामि किरात लिम्बुहरु पनि दुई धारका छौ, त्यसैले कसैले यो सेतो रंगको तागाबालाई सत्यहाङहरूको पोशाकहो भनेर गलत् अर्थमा बुझ्नेहरु पनी उत्तिकै छन् । तर वास्तबमा लोप हुन लागेको हाम्रो पोषकलाई किरात साहित्य उथ्थान सँग(सत्यहाङ)हरूले प्रयोगमा ल्याएकाहुन! तागाबा र मेख्लिनै हाम्रो राष्ट्रिय पोशाक हो, त्यसैले एकरुपत ल्याउनको लागि कियाचु केन्द्रिय कार्यलाई यथासक्य चाडै पहल गराउने खजुमले बताए।
        प्रमुख अथिथिलाई स्वागत गर्दै लिम्बु कलाकार परिसदका कलाकारहरु!
        करिब १३ सयको हाराहारीले मनाएको कार्यक्रमलाई लिम्बू सास्क्रितिक परिषदका सम्योजक श्रवण लिम्बू (योङ्या) र सह-सम्योजक हर्क खजुमको प्रमुख संयोजकत्वमा युवराज बेघा, बिजय लक्सम, एलिना चेम्जङ लिम्बू, अन्जु राई, गुन्जन माङ्लक लिम्बू, अर्जुन माङ्लक, अशोक लिम्बू, बिमल सिगु, कैलाश लिम्बू, रमेस तामाङ्, याम परियार, राकेश तामाङ्, कमला तमाङ,जानुका मगर, सन्देश मझुवाली,मङल केरुङ,दिनेश तामाङ्, केवी नेम्बाङ लगायतले  लिम्बु जातीको सांस्कृतिक झाकी केलाङ, यालाङ, च्याब्रुङ र राष्ट्रगान(शहिदको रगतले नया नेपाल बन्दैछ) भन्ने गितको बोलामा नृत्य  प्रस्तुत गरेका थिए भने  प्रबिन राईको संयोजकतामा राई जातीको सांस्कृतीक झाकी "साकेला सिल्ली" किशोर सुनुवारको संयोजकतामा सुनुवार जातीको सांस्कृतीक झाँकी, देखाईएको थियो सांस्कृतीक झाँकीले सबैलाई नचाएको थियो। भने स्थानिय गायकहरूले गित गाएर माझलाई संगीतमय बनाउनु भएको थियो।
        संयुक्त ऐतिहासिक कार्यक्रमको अन्त्य औपचारीक रुपमा मुल समारोह संयोजक तुम्रोकले गर्नु भएको थियो भने कार्यक्रम संचालन किरात राई यायोक्खा महा-सचिब देबराज राईले गर्नु भएको थियो ।  
        लिम्बु जातिको या-लाङ्ग गर्दै लिम्ब सास्कृतिक परिषदका अध्यक्ष श्रवण लिम्बु, उपाध्यक्ष हर्क खजुम लगायत कलाकाहरु।  
         

        Wednesday, December 18, 2013

        दोहामा एनआरएन एनसिसि गौर आवसिय संस्थाले चासोक तङनाम,साकेला उधौली,फोल शाँदर मनायो।



        दोहा,१६ डिसेम्बर- बिदेशिएका नेपालीहरुको एकमात्र साझा संस्था एनआरएन एनसिसि बिश्वको धेरै मुलुकहरुमा गठन भईसकेको छ। कुबेत जस्ता खाडी र बेलायत जस्ता युरोप मुलुकहरुमा पदिय लालचको कारण बिबादमा आईरने NRNncc दोहा कतारमा भने साना-साना मतभेद भए पनि त्यस्तो बिबादमा नआई अधिबेशन सम्पन्न हुने गरेको छ।करिब दुई महिना अघी मात्र दोहामा संपन्न भएको अधिबेशनबाट मक्सुत अलाम अध्यक्षमा निर्बाचित हुनुभएको छ।यो भन्दा अघी अमुत गुरुङ अध्यक्ष हुनुहुन्थ्यो। गुरुङको कार्यकालमा प्रवासबाट बिचलित भएर फर्किएका पुरुषहरुको लागी काठमान्डौमा कोठाको बेबस्था सम्म कतार एनआरएनए एनसिसिले गरेको छ त्यो भन्दा अघी महिलाहरुको लागी कोठा बेबस्था गरिसकेको छ।


        बिभिन्न कालखण्डमा
        एतिहाँसिक र जनउद्दार काम गर्दै आएको NRNA ncc कतारले १६ डिसेम्बर शुक्रबार टपफ्रम रेष्टुरेण्डमा किराती तथा नेपालीहरुको राष्ट्रिय पर्व चासोक तङनाम, उधौली साकेला,फोल शाँदर भव्यरुपमा मनाएको छ। अध्यक्ष मक्सुत अलामको सभापतित्वमा भएको कार्यक्रम राष्ट्रगानबाट शुरुभएको थियो। कार्यक्रमलाई निवर्तमान अध्यक्ष अमृत गुरुङ,निवर्तमान उपाध्याक्ष सागर नेपाल, लोकतान्त्रिक मंचका अध्यक्ष दिल किरण खजुम, आदिवासी जनजाती महासंघ अध्यक्ष बिनेश तामाङ,सुनुवार सेवा समाजकतारका प्रथम उपाध्यक्ष-किशोर सुनुवार, किरात याक्थुम चुम्लुङ अध्यक्ष लोकेन्द्र तुम्रोक र किरात राई यायोक्खा अध्यक्ष धिरज चाम्लिङ्ले सम्बोधन गर्नु भएको थियो। सयौ जातजाती,धर्म,संकृतीले भरिएको बहुजातीय,बहुसंसकृती नेपालको बिशेषतालाई धर्मनिरपेक्षताको घोषणा भई सकेको अवस्थामा पनि राज्यबाट कहि न कहि बिभेद भई रहेको छ भनेर प्रश्न उठि रहेको बेला मक्सुत आलमको अध्यक्ष कार्यकालको शुरुवात सँगै NRNA ncc कतारले एउटा एतिहाँसिक समभावको दह्रो झापड राज्यलाई हानेर अर्को राष्ट्रिय मुक्तिको जिम्मापनी ncc कतारले लिएको उपस्थित जनमास बताउछन।



        यहि चासोक,उधौली र फोल शाँदर २० डिसेम्बर शुक्रबार समाल पार्कमा किरात राई यायोक्खा-किरात याक्थुम चुम्लुङ- सुनुवारसेवा समाजले संयुक्त रुपमा मानाउदैछन। त्यो धमका हेर्न बाँकी छ।









        Friday, December 13, 2013

        देउवाले चाले नयाँ गोटी


        Sher-Bahadur-Deuba
        काठमाडौं, मंसिर २७ – सत्तामा पुग्नुअगावै नेपाली कांग्रेसले आफ्नो पुरानै स्वभाव प्रदर्शन गर्न थालेको छ । प्रतिपक्षमा रहँदा एकढिक्का हुने र सत्तामा जाँदा आपसमै लड्ने कांग्रेसको यदुवंशी चरित्र फेरि सडकमा पोखिन थालेको छ । संविधानसभामा पहिलो दल हुनासाथ नेपाली कांग्रेसभित्र सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाबीचको शक्तिसंघर्ष फेरि चर्किएको छ ।
        सत्ता समीकरणको खेलमा देउवाले पुरानै स्टाइल अपनाउन थालेका छन् । केही मिहिनेत र आइडिया लगाएमा प्रधानमन्त्री नै बन्न सकिने देखिएपछि देउवाले सत्ता समीकरणको दाउपेच थालेका हुन् । कांग्रेस सूत्रका अनुसार संविधानसभामा कांग्रेसको कुल १०५ स्थानमध्ये देउवा पक्षधर ५८ जना सभासद् निर्वाचित भएका छन् । समानुपातिकका कुल ९१ स्थानमध्ये देउवाले आफूहरुलाई ४५ स्थान दिनुपर्ने दावी सभापति कोइरालासँग गरेका छन् । सभापति कोइरालाले ४५ हैन, ३७ जनासम्म दिन सकिने वचन दिइसकेका छन् । सभापति कोइराला पक्षधर नेताहरुले देउवा पक्षबाट ३० जना सभासद् मात्र चयन गर्नुपर्ने दाबी गरिरहेको भए पनि सभापति कोइरालाले नै ३७ जना दिने वचन दिइसकेकाले त्यसबाट उनलाई पछिहट्न सम्भव छैन ।
        समानुपातिकबाट प्राप्त हुने ३७ र प्रत्यक्षका आफ्ना पक्षधर ५८ जोड्दा कुल ९५ सभासद् आफ्नो पक्षमा हुने देउवा पक्षको हिसाब छ । त्यसैले देउवा पक्ष यतिवेला थप १० सभासद्लाई आफ्नो पक्षमा पार्ने खेलमा लागेको बताइन्छ । फकाएर, मनाएर, मन्त्रीको लोभ देखाएर मात्र नभई किनेरै भए पनि १० सभासद् थप्ने तयारीमा भएका देउवाले संसदीय दलमा सभापति सुशीललाई हराइदिने रणनीति अख्तियार गरेका छन् ।
        देउवा निकट सूत्रका अनुसार अब कांग्रेसबाट सभापति सुशील कोइराला प्रधानमन्त्री बन्न सक्ने सम्भावनामा कालो बादल मडारिन थालेको छ । यसका लागि स्वयं सभापति कोइराला नै जिम्मेवार भएको सूत्रको दावी छ । शुरुमा देउवाले सभापति प्रधानमन्त्री भएमा आफूलाई कार्यवाहक सभापति दिनुपर्ने प्रस्ताव राखेका थिए । आफू निकटका नेता प्रकाशशरण महतलाई सभापति कोइराला समक्ष पठाएर कार्यवाहक सभापति देउवालाई दिंदा सन्तुलन मिल्ने प्रस्ताव राख्न लगाएका थिए । तर, सुशीलले प्रकाशशरणलाई ठाडै हप्काउँदै कुनै हालतमा कार्यवाहक सभापति नदिने जवाफ दिएका थिए ।
        पार्टी सभापति र प्रधानमन्त्री दुवै आफैं हुने सुशीलको तयारी बुझेपछि देउवाले भनेका थिए, ‘अब संसदीय दलमै भिडिन्छ ।’ सुशीलको हठका कारण देउवालाई संसदीय दलमा एक्सन लिन सजिलो पनि भएको छ । अर्कोतिर, देउवाले एमाले र कांग्रेसको कुरा नमिल्ने आकलन गरिसकेका छन् । एमालेले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनुपर्ने अडान राख्दा सुशील पक्षधर नेताहरुले त्यो कुनै हालतमा सम्भव नभएको बताइसकेका छन् । एमालेले राष्ट्रपति र प्रधानमन्त्रीमध्ये एक पद कुनै हालतमा नछाड्ने, कांग्रेसले रामवरणलाई नै कायम राख्ने अडान लिने । यो जटिलताका कारण कांग्रेस र एमालेको सत्ता समीकरण सहज देखिंदैन । कांग्रेसले प्रधानमन्त्रीका लागि रामवरणलाई बलि चढाउन पनि अब मिल्दैन । त्यसो गरेमा सभापति सुशील कोइरालाले प्रधानमन्त्री पदको लोभमा आफ्नै सहकर्मीलाई राष्ट्रपति पदबाट हटाएको सन्देश जान्छ ।
        उता, पार्टीको समीकरणमा पनि सुशीलकै अडान अब उनकै लागि समस्या हुँदैछ । कांग्रेस नेता खुमबहादुर खड्काका अनुसार पार्टी सभापतिले अब कार्यवाहक सभापति देउवालाई दिंदा पनि गलत सन्देश जान्छ । ‘प्रधानमन्त्री बन्न सुशील दाइले पार्टी नै छाड्नुभयो भन्ने सन्देश जान्छ । उहाँ जस्तो त्यागी नेताले प्रधानमन्त्री बन्न अब पार्टी नै छाड्नुहोला, अरुलाई नै पार्टी जिम्मा दिनुहोला भन्ने मलाई लाग्दैन । त्यसैले अबको प्रधानमन्त्री शेरबहादुर देउवा नै हो’, खुमबहादुरले भनेका छन् । पहिला पनि अन्य दलले सभापति कोइरालाको नाम प्रधानमन्त्रीका लागि चर्चा गर्दा पार्टी छाडेर प्रधानमन्त्री खान नगएको खुमबहादुर बताउँछन् ।
        श्रोत: रातोपाटि 

        Wednesday, December 11, 2013

        गुगलले सुरु गर्‍यो नेपाली भाषा अनुवाद


        मंसिर २६ - गुगलले नेपाली भाषाको अनुवाद सुविधा पनि सुरु गरेको छ । तर उसले सुरु गरेको नेपाली अनुवादमा भने धेरै गल्ती देखिएको छ ।
        पछिल्लो पटक गुगलले नेपालीसहित ९ वटा भाषा अनुवादको सुविधा थपेको हो । यो सँगै गुगलले अनुवाद गर्ने भाषाको संख्या ८० पुगेको छ ।
        थप सुविधा अनुसार ट्रान्सलेट डट गुगल डट कममा गएर नेपाली भाषालाई विभिन्न ७९ वटा भाषामा अनुवाद गर्न सकिन्छ भने अरु ७९ वटा भाषालाई पनि नेपालीमा अनुवाद गर्न सकिन्छ । गुगलमा अनुवाद गर्न मिल्ने भाषा, नेपाली, अंग्रेजी, हिन्दी, उर्दु, चिनियाँ, बंगाली, स्पेनिस, पोर्चुगिजलगायतका छन् ।
        - एजेन्सीको सहयोगमा

        Tuesday, December 10, 2013

        साढे ४ करोड तलब नपाएका कामदार अदालत धाउँदै


        होम कार्की 
        दोहा (कतार), मंसिर १५ - एउटा सरकारी टावर बनाउने काम गरेका ७५ जना कामदारले पाउनुपर्ने १७ लाख रियाल -करिब ४ करोड ५९ लाख रुपैयाँ) तलब दिलाइदिन माग गर्दै यहाँको उच्च अदालतमा मुद्दा लडिरहेका छन् । तलब नपाउनेमा एकैजनाको ५७ हजार रियालसम्म छ ।  
        ११ महिनादेखि तलब नपाए पनि सरकारी परियोजना भन्दै काम गर्दै आएका उनीहरूले काम सक्दा पनि तलब नपाएपछि अदालत धाउन थालेका हुन् । जसमा ६५ जना नेपाली कामदार छन् । 'हामीलाई काममा लगाउने कम्पनीको म्यानेजर जेलमा परे पनि प्रोजेक्ट म्यानेजरले भवन सकिनसाथ तलब दिने भनेर काम सिध्याउनेतिर लाग्यौं,' खनार सुनसरीका ३० वर्षीय श्याम विश्वकर्माले भने, 'अहिले तलब नपाएपछि अदालत पुग्नुपरेको छ ।'
        पीडित कामदारसँग पैसा नभएपछि उनीहरूलाई खानाकै समस्या परेको छ । उक्त कम्पनीमा कार्यरत हेटौंडाका ४० वर्षीय मीनप्रसाद गौतम, नवलपरासीका दुर्गाबहादुर बीके, रुपन्द्रेहीका रामअचल कुँवर खानाको पैसा जोहो गर्न चिनजान र गाउँले साथीभाई खोज्दै हिँडिरहेको अवस्थामा भेटिएका थिए । उनीहरू दुई महिनादेखि कामविहीन छन् ।
        लि टे्रडिङ कन्स्ट्रक्टीङ कम्पनीमा कार्यरत उनीहरूका सिंगापुरे म्यानेजर जेलमा छन् भने कतारी स्पोन्सर पीडितको सम्पर्कमा छैनन् । 'हाम्रो स्थिति एकदमै गम्भीर छ । दुई महिनायता साथीभाइको सरसहयोगबाट बाँचिरहेका छौं,' चालकको काम गर्ने श्याम भन्दै थिए, 'बिहान-बेलुका खाना खानै गाह्रो भयो ।' ती कामदारलाई कतारको सहलियास्थित १ सय २ नम्बरको स्टि्रटमा राखिएको छ ।
        यसरी रोकियो तलब  
        यी कामदार दोहास्थित सिटी सेन्टर नजिक 'अलबिदा टावर' को ३८ र ३९ तलामा साजसज्जा मिलाउने काम गर्थे । उक्त टावरमा फुटबलै फुटबलको कलात्मक सजावट बनाइएको छ । 'मैले २०१२ नोभेम्बर महिनाको तलब पाएँ,'  २०१० जुलाई १४ तारिख कतार आइपुगेका डेडगाँउ नवलपरासीका दुर्गाबहादुर बीकेले भने, 'त्यसपछि लगातार आजसम्म पाएको छैन ।' उनी इलेक्टि्रकलको काम गर्छन् । 'हामीलाई तलब नदिई झुक्काउँदै काममा लगाइरह्यो,' रुपन्द्रेहीका २४ वषर्ीय रामअचल कुँवरले भने, 'हरेकपटक माग्दा १०, १५ दिनपछि तलब दिन्छु भन्दै टार्‍यो । त्यसपछि खानाका लागि २ सय रियाल दिन्थ्यो । तलबको हिसाबकिताब पछि गरौंला भन्दै पन्छियो ।'
        सरकारी परियोजना भएकाले तलब पाउनेमा ढुक्क थिए । कम्पनीले झुलाउने गरेपछि काम बन्द पनि गरेका थिए । तर काम सकिएलगत्तै भुक्तानी आउने र त्यसलगत्तै तलब पाउने आश्वासन दिएकाले उनीहरूले कामलाई जारी राखेका थिए ।
        ६ महिनाअघि कम्पनीका म्यानजेर चेक बाउन्स भएको मुद्दामा जेलमा परे । 'त्यसपछि हामी अन्योलमा परे पनि त्यस प्रोजेक्टका एक अधिकारीले यो भवन बनाएर सकिदेऊ तलब हामी दिन्छौं भन्थे,' कम्पनीका सुपरभाइजर अर्घाखाँचीका कृष्णा खनालले भने, 'त्यसपछि हामी सिध्याउनेतिर लाग्यौं । अगस्टको अन्तिममा सकियो । तर तलब आएन ।' परियोजना सकिएपछि अक्टोबार एकबाट काम नगरी उनीहरू क्याम्पमै बस्दै आएका छन् ।
        ५६ हजार रियालसम्म पाउन बाँकी
        ७५ जनामध्ये सबैभन्दा बढी तलब रोकिएको कृष्णको हो । 'मेरो ११ महिनाको ५६ हजार रियाल (१५ लाख रुपैयाँ) लिन बाँकी छ,' उनले भने, 'तर अहिले खाना खाने पैसा नभएर २-४ सय रियाल खोज्दै हिँड्नुपरेको छ ।'
        वोइल्डरको काम गर्ने हेटौंडाका मीनप्रसाद गौतमको २९ हजार (८ लाख रुपैयाँ) पाउन बाँकी छ । 'यत्रो पैसा छोडेर कसरी घर जाने आँट आउँछ र ?' उनले भने, 'पैसाका लागि भए पनि पर्खनु त पर्‍यो ।' धेरैजसोले घरमा पैसा पठाउन नसकेर पारिवारिक मनमुटावसमेत परेको
        छ । 'घरबाट दिनहुँ मिसकल आउँछ । पैसाको अभावमा धान भित्राउन र गहुँ लगाउन सकिएको छैन । ट्याक्टरले अरू पैसा नदिए पनि तेलको पैसा दिनुपर्छ भनिरहेको छ रे,'  धकधई गाविस रुपन्द्रेहीका रामअचल कुँवरले भने, 'यता आफ्नै बिजोग छ ।'
        'मलेसियामा भएको भए त सम्बन्धविच्छेद भइसक्थ्यो,' सुनसरीका विश्वकर्माले भने, 'कतारमा पनि यतै श्रीमती लिएर श्रीमान् बसेको छ जस्तो कुरो घरबाट आउँछ । पैसा नपाए र्फकन भन्छ । घरमा बुझाउन सकिएको छैन ।'
        कम्पनीको लेखा विभागले सबैलाई पाउनुपर्ने तलब सिट दिएको छ । '१० हजार रियालमुनि कसैको छैन,' उनले भने, 'कागजमा मात्रै लेखेर नहुने रहेछ ।' ८ महिनाअघि देखि घर जान बसेका कामदार पनि स्वदेश फिर्न नपाएको ओखलढुंगाको अमरबहादुर दमाईले कान्तिपुरलाई भने ।
        दूतावासको प्रयास
        नेपाली दूतावासको सुझावमा पीडित तलब र सेवासुविधा सहितको माग गर्दै अक्टोबर १० मा उच्च अदालतमा मुद्दा दायर गरेका थिए । अक्टोबर २० को पहिलो तारिख सकेर उनीहरूलाई अदालतले डिसेम्बर २० को दोस्रो तारिख दिएको छ ।
        दूतावासले यो मुद्दालाई निकै गम्भीर रूपमा लिएको कार्यबाहक राजदूत गणेश ढकालले बताए । 'पीडितलाई छिटोभन्दा छिटो तलब दिलाएर स्वदेश फर्काउनेमा हाम्रो प्रयास रहनेछ,' उनले भने ।
        पीडित अदालतमा पुगेको हुनाले यसको टुंगो लाग्न समय लाग्नेछ । यसको लागि दूतावासले कतारको राष्ट्रिय मानव अधिकार समितिसँग समन्वय गरी अस्थायी स्पोन्सर परिवर्तन गरी काम गर्न पाउने व्यवस्था मिलाउने प्रयास थालेको छ । कार्यबाहक राजदूत ढकालले कामदारको विषयमा कतारको परराष्ट्र मन्त्रालयलाई जानकारी दिँदै छिटो समाधान गरिदिन अनुरोध गरेको छ ।

        प्रकाशित मिति: २०७० मंसिर"इकान्तिपर"

        कोरियाका नेपाली राजदूत भन्छन्,’हचुवाको भरमा आइतवार दूतावास खुल्दैन’


        मिन प्रकाश उप्रेती
        २५ मंसिर, सउल । कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाले दूतावास आइतवार खोल्नु पर्ने भए एक सय पचास जना सेवाग्राहीले अग्रिम नाम टिपाउनु पर्ने सर्त तेर्साएका छन् । कोरियामा नेपालीहरूका समस्या समाधानका लगि आइतबार दूतावास खोल्न पर्ने चैातर्फी दबाब बढ्दै गएका बेला लामाले एक सय पचास जनाले नाम टिपाउनु पर्ने र टिपाएका व्यक्तिहरूको काम राहादानी समन्धिमात्र गरिने राजदूत लामाले वताएका छन् ।
        kaman
        दूतावासमा आइतबार आयोजित एक कार्यक्रममा राजदूत लामाले भने,’ दूतावास आइतबार खोल्नुपर्ने हो भने एक सय पचास जनाले आफ्नो राहदानी नम्बरसहित नाम टिपाउनुहोस् हामी सेवा दिन तयार छैा तर ती कामहरू राहदानी सम्बन्धिमात्र हुनेछन् । ”त्यो गर्न नसक्ने हो भने कोरियामा रहेका पाँच हजार नेपालीहरूको सक्कली हस्ताक्षर सहितको निवेदन दिनुहोस म आफ्नै खर्चमा नेपाल गएर परराष्ट्रमा निवेदन बुझाउने छु’ लामाले भने । नकक्ली सहि छाप गराएर निवेदन ल्याए म पनि नकक्ली नै काम गर्दै उक्त निवेदन दूतावासमै थन्काएर परराष्ट्रलाई बुझाए भनिदिन्छु लामाले भने,’सेवा लिने बेलामा कोही पनि दूतावासमा नआउने अनि खोल्नु पर्छ भनेर राजनीतिक गर्ने ? कहिले निवेदन ल्याउनु हुन्छ ? ‘
        दूतावास आइतबार नै नखोलि कसरी सेवाग्राही सेवा लिन नआएका भन्न मिल्छ ? भन्ने संचारकर्मीको जिज्ञासामा लामाले भने,’मलाई थाहा छ सेवा लिन कोहि पनि आउँदैन । ‘ लामाले चाहेमा दूतावास आइतबार खोल्न सकिने भएपनि कसैको दबाबमै मात्र दूतावास खोल्न नसकिने वताए । राहदानीलाई मात्र सेवा दिने कुरा चित्त बुझ्दो भएन नि अरू समस्या हुँदैनन् र ? भन्ने प्रश्नमा लामाले भने,’अरू सेवालिन आए पो सेवा दिनु ।’
        लामाको उक्त सर्त सार्वजनिक भएपछि कोरियाका नेपाली समुदायमा बहस र आक्रोस देखिएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत सर्वसाधारणले राजदूत भनेको सो क्षेत्रका नेपालीको अभिवाबक भएको हुँदा यस्तो सर्त अघि सार्नु नहुने भन्दै आक्रोस व्यक्त गरेका छन् ।

        Monday, December 9, 2013

        वाग्ले समानुपातिकको सूचीमा नपरे पौडेललाई मुग्लिङ पुलमै तगारो हाल्ने चेतावनी..!

        प्रत्यक्ष तर्फ उम्मेदवारी दर्ता गराएका जिल्ला सभापति वाग्लेलाई उपसभापति पौडेलले ठाडो हस्तक्षेप गरी समानुपतिकमा राखे पछि  सभापति वाग्ले पक्षधरले उपसभापति पौडेललाई यस्तो चेतावनी दिन थालेका हुन् । जिल्ला सभापति वाग्ले समर्थक अधिकांश कार्यकर्ताहरु  यसअघि उपसभापति पौडेलले गरेको बाचा पूरा गर्नुपर्ने बताउँछन्। अन्यथा पौडेलले तनहुँ काग्रेसको राजनीतिमा नराम्रो मूल्य चुकाउनु पर्ने वाग्ले सर्मथकहरुको भनाई रहेको छ । वाग्लेका एक सर्मथकले भने वाग्लेलाई समानुपातिकको सूचीमा पारिएन भने उपसभापति पौडेलका लागि मुग्लिङग पुलमै तगारो लाग्ने छ ।
        यता उपसभापति पौडेल पनि आफूले गरेको बाँचा पुरा गर्न कटिबद्ध भएर लागि परेको बुझिएको छ । उपसभापति पौडेल जिल्ला सभापति वाग्ले र महासमिति सदस्य रामचन्द्र पोखरेललाई कुनै पनि हालतमा समानुपातिको सूचीमा पार्ने योजनामा रहेका छन् । तर सिट संख्या कम भएको हुँदा निकै गाह्रो परेको छ ।प्राप्त जानकारी अनुसार आर्य खसको भागमा १४ वटा सिट रहेकोमा ९ जना केन्द्रीय सदस्य रहेका छन् भने बाँकी ६ जनाबाट उनीहरु चयन हुुनुपर्ने स्थिती रहेको छ ।यसैबीच जिल्ला सभापति वाग्ले वरिष्ठ नेता शेरबहादुर देउवा समक्ष समेत आफ्नो कुरो राखेको बुझिएको छ ।
        श्रोत-राजनीति 

        रेस्टुराँमै लुटपाट


        • पर्यटक लुट्ने नयाँ शैली

        युनाइटेट अरब इमिरेट्सको दुबईमा बैंक कर्मचारी रहेका पाकिस्तानी नागरकि युसुफ जाका उल्लाह खवाज, ३८, ठमेलको एक होटलबाट ट्याक्सी चढेर दरबारमार्ग घुम्न निस्किए, १२ मंसिरमा। ट्याक्सी चालकसँग गफगाफकै क्रममा युसुफले पोखरा जाने कुरा खोले। चालकले पोखरासम्म ओहोरदोहोर भाडा चार हजार रुपियाँ मात्र भने। 

        सस्तोमा पोखरा जान-आउन पाइने भएपछि उनी ट्याक्सीमै जान तम्सिए। त्यसपछि थप गफ गर्न युसुफलाई कार्यालय जानुपर्ने भन्दै चालकले जोरपाटी पुर्‍याए। त्यहाँ कुनै ट्राभल एजेन्सी वा ट्याक्सी सञ्चालकको कार्यालय थिएन। बाहिर लेखिएको थियो, लोहोरो सिलौटो रेस्टुराँ। तर, रेस्टुराँभित्र खानपानको कुनै व्यवस्था थिएन। रेस्टुराँमा रहेका पाँच जना कर्मचारी र चालकले युसुफलाई घेरे। उनीसँग रहेको तीन सय अमेरिकी डलर, एक हजार दुबई दिराम, आठ हजार नेपाली रुपियाँसहित करबि १ लाख २० हजार रुपियाँ लुटियो।

        यस रेस्टुराँमा लुटिने युसुफ एक्ला पर्यटक थिएनन्। उनीजस्ता धेरै विदेशी नागरकि यसै गरी लुटिएका छन्। करबि ६ महिनाअघि खुलेको यो रेस्टुराँ खानपानका लागि नभई लुटपाट प्रयोजनका लागि रहेको भेद त्यतिबेला खुल्यो, जतिबेला प्रहरीले छापा मारेर पाँच जनालाई पक्राउ गर्‍यो। बौद्ध र पशुपतिनाथ क्षेत्रमा घुम्न आउने विदेशी पर्यटकलाई यही थलोमा पुर्‍याएर लुटेराहरूले नांगेझार बनाउने गरेका रहेछन्।

        युसुफ लुटिएको भोलिपल्ट १३ मंसिरमा दुई भारतीय नागरकि रेस्टुराँबाट लुटिएको गुनासो प्रहरीकहाँ पुग्यो। छापा मार्दा ७० हजार भारतीय रुपियाँसहित लुटेरा समूह पक्राउ परेको थियो। खास गरी पशुपतिनाथ र बौद्ध घुम्न आउने भारतीय, पाकिस्तानी, बंगलादेशी र श्रीलंकाली पर्यटकलाई रेस्टुराँमा लगी लुटपाट गर्दै आएको प्रहरी अनुसन्धानमा देखिएको छ। रेस्टुराँमा लुटिनेमा भारतीय प्रहरीसमेत परेका छन्। भारतको छत्तीसगढ राज्यको धम्तरी थानामा कार्यरत असई दुलाल नाथ, ४८, र हबलदार जिआन चाम्राकार, ३०, लाई रेस्टुराँमा लगेर नगद लुटेको प्रहरीको भनाइ छ।

        लुट्नका लागि नयाँ शैली अपनाएको यस समूहमा ट्याक्सी चालक, पर्यटनकर्मी र युवतीहरू संलग्न छन्। नयाँ बस्तीको मूल सडकसँगै करबि डेढ सय मिटरको दूरीमा लहरै केही रेस्टुराँ छन्। मुख्य सडकसँगै जोडिएको एकतले घरमा अवस्थित लोहोरो सिलौटो रेस्टुराँ ती सबैभन्दा भिन्न छ। जुन बाहिरबाट हेर्दा झकिझकाउ देखिन्छ तर आक्कलझुक्कल मात्र खुल्छ। भित्र चिसो पेयसमेत पाइँदैन। पस्नासाथै काउन्टर छ। काउन्टरअगाडि केही टेबुलकुर्सी छन्। बाँकी भुइँमा चकटी ओछ्याएर बस्न मिल्ने गरी बनाइएका क्याबिन मात्रै।

        सहरका विभिन्न क्षेत्र सस्तोमा घुमाइदिने भन्दै ट्याक्सी चालकहरूले झुक्याएर रेस्टुराँ पुर्‍याउने गरेको पाइएको छ भने कतिपयले पशुपतिनाथ पुर्‍याउने भन्दै सोझै रेस्टुराँमा लैजाने गरेका छन्। दुलालनाथ र जिआनलाई पशुपतिको दर्शनपछि ट्याक्सी चालकले आफ्नो चिनजान राम्रो भएको भन्दै लोहोरो सिलौटो रेस्टुराँ पुर्‍याएका थिए। "घटनाको प्रकृति हेर्दा लुटेरा नै ट्याक्सी चालक बनेको देखिन्छ," महानगरीय प्रहरी वृत्त, बौद्धका प्रहरी नायब उपरीक्षक मनोजकुमार केसी भन्छन्।

        लुटपाट आरोपमा रेस्टुराँ सञ्चालक नवाडी, रामेछापका धनबहादुर खड्का, कर्मचारीहरू कृष्ण गिरी र शक्ति गुरुङ प्रहरी हिरासतमा छन्। ओखलढुंगा सिस्नेरीकी तारा केसी, ३०, र दाङ, सुसधाराकी सुषमा मल्ल, २१, लाई पनि लुटपाटमा संलग्न रहेको भन्दै प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। रेस्टुराँले कमिसन दिएर ठाउँठाउँमा ट्याक्सी चालक राख्ने गरेको प्रहरीले रेस्टुराँबाट बरामद गरेको डायरीबाट खुलेको छ। प्रहरी स्रोतका अनुसार उक्त डायरीमा ट्याक्सी चालकलाई पाँच हजार, युवतीलाई सात हजार रुपियाँ दिएको टिपोट भेटिएको थियो। सञ्चालक खड्काको डायरीमा केही प्रहरीको नाम र रकम उल्लेख गरएिकाले रेस्टुराँलाई प्रहरीको समेत संरक्षण हुन सक्ने आशंका गरएिको छ। डायरीमा असई विदुर दुई हजार, नाम उल्लेख नगरी हबलदार पाँच हजार रुपियाँ भनेर टिपिएको स्रोतको भनाइ छ।

        ग्राहकलाई रेस्टुराँमा युवतीसँग फोटो खिचाएर 'ब्ल्याकमेलिङ्' गर्दै लुटेको पनि पाइएको डीएसपी मनोज केसी बताउँछन्। भन्छन्, "दुवैतिर युवतीद्वारा अँगालो हाल्न लगाएर फोटो खिच्ने र इन्टरनेटमा हालिदिने भन्दै धम्कीसमेत दिँदा रहेछन्।" बेइज्जतीको डरले पीडितसमेत खुलेर समस्या राख्न नसक्ने हुँदा लुटपाटको यो शैली टिकेको केसीको विश्लेषण छ।



        पृष्ठभूमि नै आपराधिक

        लोहोरो सिलौटो रेस्टुराँका सञ्चालक धनबहादुर खड्काको पृष्ठभूमि नै विवादास्पद रहेको प्रहरी अभिलेखमा पाइएको छ। विभिन्न मुद्दामा पटक-पटक पक्राउ परेर छुटेका व्यक्ति हुन्, खड्का। रामेछाप नवाडीका खड्काले मानव बेचबिखन मुद्दामा ०६४ देखि ०६७ सम्म तीन वर्ष जेल सजाय भोगेका थिए।

        यसअघि काठमाडौँको ज्याठामा रेस्टुराँ सञ्चालन गरेका खड्काले त्यहाँ पनि ग्राहकलाई नै लुट्न थालेपछि प्रहरीले पक्राउ गरेको थियो भने रेस्टुराँ बन्द भएको थियो। त्यसपछि खड्काले आफ्ना भतिजा दीपक खड्कासँग मिलेर सोह्रखुट्टेमा मुस्कान डान्स एन्ड बार खोले। दीपक पनि चेलीबेटी बेचबिखन मुद्दामा पक्राउ परेपछि डान्स बार बन्द भयो। त्यसपछि ग्राहकलाई लुट्ने आफ्नो पुरानो सूत्रलाई परमिार्जित गर्दै युवतीहरूसमेत राखेर लुटपाट धन्दा चलाउन थाले। "नेपाल आउने प्रायः भारतीय पर्यटक नेपाली युवतीसँग सम्बन्ध राख्न खोज्छन्," वृत्तका एक प्रहरी अधिकृत भन्छन्, "सुन्दरीमार्फत पर्यटक लोभ्याएर खड्काले सहजै लुटपाट गर्ने गरेका रहेछन्।"

        नेता माखिमाले भने - लिम्बुवान र लिम्बुवानी जनताको सहभागिता बेगर अब पनि सिंहदरबारले कुनै पनि निर्णय गर्छ भने त्यसलाई अस्विकार गर्छौ !

        जस मोक्तन
        २४ मङ्सिर २०७०, कतिथ संबिधान सभाको चुनावमा पहिचानबादी शक्तिले हार ब्योहोरेको भन्दै केहि सञ्चार माध्यमले गलत प्रचार प्रसार गरेर नेपाली जनतामा भ्रम सृजना गरेको संघिय लोकतान्त्रिक राष्ट्रिय मंञ्चका महासचिव खगेन्द्र माखिमले आरोप लगाएका छन ।

        मंसिर ४ मा भएको दोस्रो संबिधान सभाको चुनाव र चुनावी सरकार असंबैधानिक भएको ठहर गर्दै त्यसको बिरोध जनाउदै आईरहेको मंञ्च सम्बध्द संघिय लिम्बुवान राज्य परिषद झापा जिल्लाको आयोजनामा कथित चुनावलाई विफल तुल्याउन दश दिने यातायात बन्दको क्रममा पार्टीले खेलेको भूमिका बिषयमा मंसिर २२ गते भएको एक दिने समिक्षा कार्यक्रममा बोल्दै नेता माखिमले सो कुरा बताएका हुन ! चुनावमा जान चाहेको तर असंबैधानिक कदम नसच्याएर पहिचानबादि शक्तिलाई चुनावबाट बाहिर राखेर गरिएको षडयन्त्रपूर्ण चुनावले पहिचानबादी र एकात्मकबादीको कित्ता छुट्याउन नसक्ने बताउदै पहिचानबादि शक्ति संग एक पटक भिडेर देखाउन चुनौति दिएका छन । नेता माखिमले लिम्बुवान र लिम्बुवानी जनताको सहभागिता बेगर अब पनि सिंहदरबारले कुनै पनि निर्णय गर्छ भने त्यसलाई अस्विकार गर्ने जनाउदै मुल मुध्दा प्राप्त नभए सम्म बरु रिक्स मोल्न तयार रहने तर अस्विकार गर्ने पार्टिको राजनैतिक लाईन भएको पनि बनाउनु भएको छ ।
        पूर्वको व्यस्त शहर बिर्तामोडमा भएको उक्त कार्यक्रममा परिषदका केन्द्रिय अध्यक्ष कुमार लिङदेन लगायत अन्य केन्द्रिय नेताहरुको समेत उपस्थितीरहेको थियो । कार्यक्रममा दश दिने बन्दको क्रममा झापाबाट पक्राउपरेका नेता तथा कार्यकर्ताहरुलाई सम्मान गरिएको थियो , कार्यक्रमलाई संम्बोधन गर्दै अध्यक्ष लिङदेनले पश्चिमको थवाङ जस्तै लिम्बुवान क्षेत्रको पाँचथर लुङरुपाको जनताले पनि कथित चुनावलाई पूर्ण बहिस्कार गरेर पहिचानबादिहरुको एकता प्रस्तुत गरेको बताउनु भएको छ

        प्रवासी झापाली संपर्क मन्च कतारको छैठौ अधिवेशन सम्पन्न!

        तहल्का न्युज, 
        ०६ डिसेम्बर, दोहा-"सम्पुर्ण झापालीहरू एक होऔ। देश निर्माणमा सहयोगी बनौ"
        भन्ने मुल नाराको साथ झापाली प्रवासी संपर्क मन्च कतारको छैठौ अधिवेशन ०६ डिसेम्बर २०१३ का दिन दोहा स्थिति इस्ट वेष्ट रेस्टुरेन्टमा भब्यताको साथ सम्पन्न भएको छ। प्रमुख अथिती टिबी कार्की र प्रवासी झापाली  संपर्क मन्च कतारका अध्यक्ष चुडामणी कार्की लगायत बिषेस अथितीहरूको सन्युक्त्त हस्तबहालिमा दीप प्रजलन तथा राष्ट्रिय गीत गाएर कार्यक्रमको सुभारम्भ गर्‍यो । 
        यसरिनै देशका ज्ञात अज्ञात वीर सहिदहरूको नाममा १ मिनिट मौनधारण समेत गरेको थियो । निर्धारित समयमा कार्यक्रम सुचारु हुन नसकेकोमा क्षमा माग्दै अगान्तुक सम्पुर्ण झापाली, गैर झापाली उपस्थितीहरूलाई मन्चका सदस्य सामीलाल राजबंसीले स्वागत मन्तब्य द्वारा स्वागत गर्नु भयो भने प्र.झा. स.म. कतारको छैठौ अधिवेशनको साङठनिक प्रतिबेदन सदस्य भवानी प्रसाद कोइरालाले प्रस्तुत गर्नु भयो ।

        यसरीनै बिभिन्न बैचारिक तथा समाजिक सस्थाका प्रतिनिधिहरूले शुभकामना मनब्य राख्नु भएको थियो । शुभकामना मनतब्यकै क्रममा नेपाली महिला समाज कतारकी अध्यक्ष रेखा राईले प्रवासी झापाली संपर्क मन्चले गर्दै आएका कार्यहरु प्रशाम्सनिय छन्। प्रवासी झापाली संपर्क मन्चको सामाजिक कार्यलाई सम्पुर्ण जिल्ला बासीले कपी गर्न आवस्यक रहेको र प्रवासी झापाली संपर्क मन्चलाई नेपाली महिला एकता समाज कतारले जहिले इट्टाको साहरा सिमेन्टझै भएर अगाडी बड्नेको लागि साथ दिने प्रतिबद्दता जनाउनु भयो । मन्तब्यकै क्रममा आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष बिनेस कुमार तामाङ्ले सस्थाले बिभिन्न काल खण्डमा आपत बिपतमा परेका प्रवासीहरु र तिनका आफन्तहरूलाई पुर्याएको सहयोग साथै सम्पूर्ण झापालीहरूलाई बिशेस राहत पुर्याउने मनोसायले न्युनतम शुल्कमा एम्बुलेन्स सेवा सन्चालन्मा ल्याइ सकेको र थप् अर्को अंबुलेन्स सेवा सन्चालन गर्न तयारी रहेको मा धन्याबाद दिनुभयो, साथै एन आर एन एन सिसि कतारका बर्तमान अध्यक्ष मक्सुद अलाम, लोकतान्त्रिक  मन्चका अध्यक्ष दिलकिरण खजुम,समाजसेबी तथा बुद्दिजिबी कमलमणी गुणागाई,एन आरएएन एनसीसीका निवर्तमान उपाध्यक्ष सागर नेपाल, स्याङ्जा सेवा समाजका अध्यक्ष टुकराज अर्याल, मोरङ सुनशरी संपर्क समिति कतारका अध्यक्ष लोक बहादुर तामाङ्,
        नेपाली जनसम्पर्क समिति कतारका सभापत्ति बिमल सुबेदी, पाचथर सेवा समाज लगायत अन्य बैचारिक तथा सामाजिक सस्थाका प्रतिनिधिहरूले प्रवासी झापली संपर्क मन्चको बिगतका कार्यहरू प्रति प्रसम्सा गर्दै आगामी दिनमा पनि यसरिनै सामाजिक कार्यमा सक्रिय भई अघि बडी रहनु होला भनि शुभकामना प्रकट गर्नु भयो। 
        यसरीनै प्रमुख अथिती कार्कीले सामाजीक कार्यको उदारणको रुपमा झापाली संपर्क मन्चलाई लिनु पर्ने भन्दै अघील्लो कार्य समितीलाई धन्यवाद दिदै नयाँ कार्य समितीलाई सफलताको शुभकामना दिनु भयो भने, कबी तिर्थ संगम राईले "हराएको मान्छे" नामक कविता बाचन गरेर आमन्त्रित जनमासलाई केहिबेर मन्त्र मुक्त पार्नु भयो। 
        सहमती बिपरीत नया कार्यसमिती ।
        बिभिन्न प्राकृतीक,कृत्रीम आपती बिपतीमा सहयोगको लागी अग्रसर रहेको झापाली संपर्क मञ्चले नयाँ कार्य समिती चयनमा भने त्यती सबैलाई सन्तुष्ट पार्न सकेन। नाम नखुलाउने सर्तमा मञ्चका एक सदस्य भन्नुहुन्छ> "अध्यक्ष, प्रथम उपाध्यक्ष, महासचिव बाहेक सबै नयाँ पिडीलाई पदपुर्ती गराउने, पदरिक्तमा निवर्तमान सचिव फुल कुमार धमलालाई दितिय उपाध्यक्षमा बढुवा गराउने अनौपचारीक सहमती भएपनी कार्यसमिती चयन भईसक्दा अलि बाङ्गिएको रहेछ।" अध्यक्ष निर्बिरोध पुरानै रहने,प्रथम उपाध्यक्षनिर्बिरोध पुरानै रहने,महासचिवनिर्बिरोध पुरानै रहने तर सचिवलाई दुतिय उपाध्यक्षको ललीपप देखाएर नियोजीत तवरबाट बाहिराएको हुन सक्ने ति सदस्यको अनुमान छ। सदस्यको अनुमान त्यस्तो रहेपनी निवर्तमान सचिव फुलकुमार धमला भन्नुहुन्छ> हाम्रो त्यो कुरामा सहमती भएको हो। मैले दीतिय उपाध्याक्षको लागी उमेरद्वार पनि दिएको हुँ सहमती अनुशार भएन तर आफै मात्र खाँउ र लाँउ भन्ने प्रवृती गलत हो। दिपक घिमीरे ज्युलाई मैले पटक-पटक फोन गरेर यो अधिवेशनबाट जिम्मेवारी बहन गर्नुपर्छ भनेको थिएँ। उहाँले समीतीबाट बाहिर नै रहने जानकारी गराउनु भएको थियो। तर अचानक अधिबेशनको दिन घिमीरे ज्युले नयाँ जोस जाँगरको साथ उपाध्यक्षमा मेरै बिरुद्ध बागी उमेरद्वार दिनुभयो। निर्वाचन पद्दतीमा गएको भए मेरो जित सुनिस्चित थियो। धमला थप्नु हुन्छ > जित,हार र पद प्रमुख कुरा होईन। समाजलाई अघी बढाउन नव युवाहरुलाई अवशर दिनु प्रमुख कुरा हो।त्यसैले जोस र जाँगरको साथ उमेरद्वारी दिनुहुने दिपक घिमीरे ज्युलाई हृदय देखिनै स्वागत गरेर निर्बिवाद दुतिय उपाध्यक्षमा मनोनित गरेका हौ।
        यसैगरी छैठौ अधिवेशनले १५ जनाको समिति चयन गर्यो | नव निर्वाचित समितिहरु अध्यक्ष: चुडमणी कार्की, प्रथम-उपाध्यक्ष रागुम कार्की, दितिय-उपाध्यक्ष दिपक घिमिरे, महासचिब सन्तोस पराजुली, सचिब भवनी प्रसाद कोइराला, कोषाध्यक्ष प्रेमा सिटौला, सह कोषाध्यक्ष सामीलाल राजबङ्शी सदस्यहरू क्रमस पुष्पराज सापकोटा, रबिन्द्र ढुङेल, डिल्ली राम खवास, सचिन धमला, गोबिन्द राज महत्व, तेज बहादुर खड्का, दिल बहादुर रायमाझी रहेका छन् । 
        कार्यक्रमको अन्तिम चरणमा अध्यक्ष कार्कीले प्रवाशी झापाली मञ्चलाई यहाँ सम्म आईपुग्न बिभिन्न तह र तप्काबाट तन,मन र धनले सहयोग गर्नुहुने समपुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई हार्दिक कृतज्ञा गर्दै कार्यक्रम अन्त्य भएको घोषणा गर्नु भएको थियो।कार्यक्रम संचालन निवर्तमान सचिव धमलाले गर्नु भएको थियो।
        "दिप प्रजलन गरि कार्यक्रमको औपचारिक उत्घाटन गर्दै !" दायाबाट अथिति: दिलकिरण खजुम, प्रमुख अथिति टीबी कार्की, कार्यक्रम सभापत्ति चुडामणि कार्की, मक्सुद अलाम,कमलमणि गुणागाइ,बिमल सुबेदी .........!

        राष्ट्रिय गीत गाउदै !

        Saturday, December 7, 2013

        बाबुरामको प्रश्न- सेनालाई बाकस जिम्मा लाउने निर्णय कसले गर्‍यो ? एमाओवादीका दुई माग- छानविन र संविधान संशोधन!

        २१ मंसिर, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एकीकृत नेकपा माओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले नेपाली सेनालाई बाकस (मतपेटिका) जिम्मा लगाउने निर्णय कसले गरेको हो भन्ने छानविन गरिनुपर्ने बताउनुभएको छ । नेपाली सेनालाई मतदानको तेस्रो घेरामा मात्रै बस्न उच्चस्तरीय राजनीतिक समितिमा सहमति भएकोमा मंसिर ४ गते बेलुका पाँच बजेपछि सेनाले अचम्मलाग्दो ढंगबाट बाकस जिम्मा लिएर ब्यारेकमा लगेको बताउनुभयो ।

        एमाओवादी नेता डा. भट्टराईले अनलाइनखबरलाई विशेष अन्तरवार्ता दिँदै भन्नुभयो- ‘तेस्रो घेरामा बस्न भनिएको सेनालाई बाकसै जिम्मा लगाउने निर्णय कसले गर्‍यो ? यो कुरो छानविन हुनुपर्‍यो । यसको तथ्य बाहिर आउनुपर्‍यो र जनताले सुसुचित हुन पाउनुपर्‍यो ।’
        ‘सेना परिचालन त खाली सुरक्षाको तेस्रो घेरामा मात्रै राख्ने भन्ने सहमति थियो । उच्चस्तरीय राजनीतिक समितिमा यो बाहेक अर्को कुनै पनि सहमति भएको थिएन । तर, सबैलाई अचम्म के भयो भने मंसिर ४ गते निर्वाचन सकिइसकेपछि कुनै सहमतिविना सेनालाई मतपेटिकाहरु जिम्मा लगाइयो ।’ नेता भट्टराईले भन्नुभयो- ‘सेनाले बाकस ब्यारेकमा लगेर राख्ने भन्ने कहीँ कतै सहमति भएको थिएन । यसबारे आधिकारिक निर्णय भएको पनि काहिँ कतै पाइँदैन । कसरी यस्तो भयो ? किन भयो ? कसले गर्‍यो ? यो त गम्भीर विषय हो ।’
        आफूहरुले नेपाली सेना वा कसैलाई दोष लगाउन खोजेको भन्दा पनि सहमति नै नभएको विषयमा सेनालाई बाकस जिल्ला लगाउनु गम्भीर छानविनको विषय भएको उहाँले बताउनुभयो ।
        एमाओवादीका दुई माग
        एकीकृत माओवादीले चुनावमा भएको धाँधलीबारे छानविन गरिनुपर्ने र अन्तरिम संविधान संशोधन गरेर सहमतीय प्रणाली अवलम्बन गरिनुपर्ने स्पष्ट पार्नुभयो । धाँधलीमाथि गरिने छानविनले चुनावप्रतिको विश्वसनीयता बढाउने र अन्तरिम संविधानसमा गरिने संशोधनले बाह्रबुँदे सहमतिका सहयात्री एवं शान्तिसम्झौताका हस्ताक्षरकर्ताको भावना समेटिने उहाँको तर्क छ ।
        पहिलो संविधानसभामा संविधान शंसोधन गरेर बहुमतीयमा जानु गल्ती भएको भन्द उहाँले जहाँनेर गल्ती भएको छ, त्यहीँनेर सच्याउनुपर्ने बताउनुभयो । आफूहरुले संविधानसभाको कोर्ष बदल्न खोजेको नभई करेक्सन मात्रै गर्न खोजेको स्पष्ट पार्नुभयो ।
        एमाले र कांग्रेसको संघीयतालाई डा. भट्टराईले पञ्चायती विकेन्द्रीकरणको संज्ञा दिँदै पुरानै ब्राण्डको खोल हालेर बेच्न खोजिएको साबुनको उपमा दिनुभयो ।
        राष्ट्रपति डा रामवरण यादवको पदावधि सर्वोच्च अदालतको आदेश अनसार संविधानसभा विघटन भएकै दिनबाट समाप्त भैसकेको भट्टराईको तर्क छ । संविधानका संरक्षकसमेत भएको हुनाले राष्ट्रपति आफैंले नयाँ राष्ट्रपति चयनको वातावरण बनाउनुपर्ने उहाँको भनाइ छ । नयाँ राष्ट्रपतिमा एओवादीले पनि दाबी गर्नु लोकतन्त्रमा स्वाभाविक हुने उहाँले अनलाइनखबरलाई बताउनुभयो ।

        Friday, December 6, 2013

        ऐन विपरित निर्वाचन आयोगमा लुछपाट

        काठमाडौं, मंसिर २१ – प्रमुख निर्वाचन आयुक्त वा आयुक्तहरुलाई निवासमै जनशक्ति उपलब्ध गराउने बारे निर्वाचन आयोगले अर्को एउटा विवादास्पद निर्णय गरेको छ । फोटोकपी पेपर खरीदमा समेत आर्थिक घोटाला गरेको भन्दै अख्तियारमा बयानका लागि बोलाइएका आयुक्तहरुले आफ्नै हातमा डाडुपन्युँ आएको बेला घोटालाको सीमा नाघेका छन् । आयोगको ८२ औं बैठकले सेवा सुविधा ऐन विपरीत आयोगका पदाधिकारीहरुका लागि घरमै छुट्टै जनशक्ति उपलब्ध गराउने निर्णय गरेको प्रमाण भेटिएको छ ।
        ८२ औं बैठकमा आयोगका सचिव नरेन्द्र दाहालले प्रमुख आयुक्त तथा आयुक्तहरुलाई घरमै जनशक्ति पठाउने सम्बन्धमा भनेर प्रस्ताव लगे । उक्त प्रस्तावमा लेखिएको छ, आयुक्तहरुले आयोगको अतिरिक्त निवासमा समेत आयोगद्वारा सम्पादन गर्नुपर्ने विभिन्न कार्यहरुको सम्बन्धमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुसँग निवासमा पनि भेटभाट गर्नुपर्ने र त्यो भेटघाटलाई व्यवस्थित रुपमा सञ्चालन गर्न निवासमा छुट्टै जनशक्ति आवश्यक पर्ने भएको तर सोका लागि आयोगका पदाधिकारीहरुको लागि
        <श्रोत रातो पाटि >

        मौलीक संस्कृती जगेर्णाको लागि एक हुदैछन किरातीहरु...!!

        > पूर्ण सुहांग<
        दोहा,६ डिसेम्बर- नेपालको पुर्वी पहाडी भेगमा सघन बसोबास रहेका राई,सुनुवार,लिम्बु,याख्खा,धिमाल,लोहरुङ आदि जातीका मानिसहरू आफुहरु किराती भएको दावी गर्छन। किरातीहरु आफुलाई प्रकृती पुजक मान्छन तर गाठिएको कुरा ! तिनै किरातीहरुको एकै दिन,एकै समयमा पर्ने पर्वहरुलाई परम्परागत संस्कार अनुसार फरक-फरक तरिकाले मनाउदै आएका छन। कहिले सम्म सँगै मनाउथे ? अनि कहिलेबाट छुटे बिस्त्रित तथ्य आज सम्म खुलेको छैन। तर किरातीहरु बैशाख पुर्निमा,असार पन्ध्र, कातिकको औशी रात, मंशीर पुर्णे, माघे सक्रान्ती, चैते दशै आदि दिनहरु मुख्य रुपमा मनाउछन।त्यस मध्ये बैशाख पुर्णिमा र मंशिर पूर्णिमा राष्ट्रिय पर्वको रुपमा घोषणा भई सकेको अवस्था हो। र किरातीहरु पनि बैशाख र मंशिरलाई नै धेरै महत्व दिन्छन।
        देश बिदेशमा रहेका किरातीहरुको आ-आफ्नै मातृ संस्था छन।त्यस मध्ये दोहा कतारमा पनि सुनुवार सेवा समाज,किरात याक्थुम चुम्लुङ,किरात राई या-योखा संस्थाहरु बिगत झन्डै दशक देखी सक्रिय रुपमा सुचारु छन।
        २०६९ साल भन्दा अघी सम्म कतारका किराती संस्थाहरु पनि बिभिन्न पर्वहरु आ-आफ्नै तरिकाले मनाउदै आएको भए पनि २०७० सालको शुरुवाती सँगै सुनुवार सेवा समाज,किरात याक्थुम चुम्लुङ र किरात राई यायोक्खाले एकै ठाँउ सामुहिक रुपमा पर्वहरु मनाउन थालेका छन।  यि तिन संस्थाले (बैशाख पुर्णे) साकोला उभौली, कक्फेवा तङनाम,फ्यालेदर ब्रुस्ली रेष्टुरेण्डमा एकै ठाँउ सामुहिक रुपमा मनाएका थिए। नजिकिन्दै गरेको किराती तथा राष्ट्रिय पर्व (मंसिर पुर्णे) साकेला उधौली,चासोक तङनाम,फोल शाँदर विश्वभरी रहेका नेपाली किरातीहरुलाई एकताको शन्देश दिन २० डिसेम्बर शुक्रबारको दिन समाल गार्डेनमा सामुहिक रुपमा उधौली पर्व तथा बनभोज कार्यक्रम मनाउने भेकाछन। जान आउनलाई नेशनल जैदा पार्क, वख्रा, सनैया(अलतिया), लेण्डमार्क, अलखोर हुँदै मैदर बाट नि:शुल्क यातायातको ब्यबस्था गरिएको खबर कियाचु-अध्यक्ष लोकेन्द्र तुम्रोक, किराया-अध्यक्ष धिरज राई,सुसेस-कार्यवाहक अध्यक्ष किशोर सुनुवारले तहल्कालाई बताउनु भयो।


        किरात यक्थुङ चुम्लुङ कतारका अध्यक्ष लोकेन्द्र तुम्रोकले लगाएको अन्न बाली उठाउने बेलामा तागेरानिङ्वा फुमाङ(भगवान)लाई सोधेर अनुमती मागी उठाउने गरेको दिन कालन्तरमा चासोक तङनाम पर्व बन्न पुगेको  भन्दै नेपाली  पर्वहरु सामुहिक रुपमा मनाउदै एकताको किरण विश्वलाई दिने शुवर्ण अवसर पाएको र यो एकता विश्वको बिभिन्न किराती संस्थाहरु लगायत नेपालमा पनि हुनुपर्ने आशा राख्दै आउदो २० डिसेम्बरको तयारी भव्यरुपमा भई रहेको र चुम्लुङको तर्फबाट सांस्कृतीक झाँकीहरुको लागी सांस्कृतीक विभाग अध्यक्ष श्रवण योङ्याले टपफर्ममा रियलशन गराउदै गर्नु भएको जानकारी दिनु भयो। 
        यता किरात राई यायोक्खाका अध्यक्ष धिरज राईले हाम्रो सभ्यता र पहिचान सँग जोडीएको मौलिक संस्कृतीहरुलाई प्रावसमा रहेर मनाउन पाउनु गर्वको बिषय रहेको, अझ बिभिन्न किराती संस्थाहरु सँग मिलेर सामुहिक रुपमा मनाउदा बिश्वलाई नयाँ शन्देश गईरहेको र जानुपर्ने भन्दै यस पालीको साकेला उधौलीमा सांस्कृतीक झाँकीको लागी आउदो शुक्रबार बाट सांस्कृतीक बिभागका अध्यक्ष प्रविन राईको नेतृत्वमा रेयलशन  हुने कुरा तहल्कान्युज बल्ग स्पोट डटकमलाई टेलीफोन मार्फत जानकारी दिनुभयो।
        यसरीनै सुनुवार सेवा समाजका प्रथम उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष किशोर सुनुवारले>  नेपालीहरुले वर्षौ देखी मनाउदै आएको मौलिक संस्कृतीको सकारात्मक पक्षहरुलाई बचाएर दोस्रो पुस्तालाई सकुसल हस्तानत्रण गर्नु हाम्रो दायित्य बनेको र हाम्रो एकताले  यसलाई बचाउनुमा थप बल पुग्ने धारणा राख्दै मुल संयोजक  कियाचु र सह-संयोजकमा किराया-सुसेस रहेको जानकारी दिनुभयो।
        किरात याक्थुम चुमलुङ,किरात राई यायोक्खा, सुनुवार सेवा समाजको सामुहिक बनभोज कार्यक्रम कस्तो रहन्छ ? २० डिसेम्बरको दिन समाल गार्डेनमा हेर्न बाँकी छ।

        एकातिर किरातीहरु आफ्नो मौलीक पर्व नजिकिन्दै गर्दा उत्साहित देखिन्छन अर्को तिर अलि गुनासो गर्छन। गुनासो हाम्रो पर्वहरु कसैले मानि दिएनन भन्नेमा छैन, राज्यले बजेट छुट्टाएन भन्नेमा छैन। गुनासो आज राष्ट्रिय पर्व बनिसकेको अवस्थामा पनि मुलधारका मिड्याहरुले बेवस्था गरिदिएकोमा छ।
        उनिहरु भन्छन > राष्ट्रिय पर्व भनेर एक दिने बिदा दिएर मात्र पुग्दैन। त्यसको संरक्षण र सम्बर्धनको लागी राज्यले अनुहार हेरेर बिभेद गरिनु हुदैन। कसैको चाड  भित्रिनु भन्दा तिन महिना अघी देखी औधी प्रचार प्रसार गर्ने मुलधारका मिड्याहरुले करिब २५ लाख जनसंख्याले मानी आएको पर्वलाई एक अंश सम्म नसमेटीनु बिभेद पुर्ण छ। फेरी हाम्रो आपती अरुको पर्वमा प्रचार प्रसार भो भन्नेमा होईन। आपती गरिएको बिभेदमा हो। किरातीहरु अझ  थप्छन>अमेरीकामा कुनै व्याक्तिले अलि ठुलो आवजमा फुस्स हावा छोड्दा र भारतमा गाडीको टायर पम्चर हुदा समेत हेडलाई बनाउने नेपाली मुलधारका मिड्याहरूले नेपाल राष्ट्र भित्रका लाखौ जनताहरुको आस्था रहेको मौलीक संस्कृती चासोक तङनाम,उधौली साकेला र फोल शाँदर नजिकिन्दै गर्दा एक अंश पनि राख्न उचित ठान्दैनन किन ?

        Wednesday, December 4, 2013

        विश्कपमा छनौट भएको क्रिकेट टोलीलाई नगर परिक्रमा!



        भिडियो हेर्न तलको प्ले बटनमा क्लिक गर्नु होस् !

        <iframe width="420" height="315" src="//www.youtube.com/embed/JIXwA3i1koo" frameborder="0" allowfullscreen></iframe>

        Tuesday, December 3, 2013

        पहिचानको मुद्दा यथावतै : जनजाति महासंघ

        "महासंघका अध्यक्ष नगेन्द्र  कुमालले आदिवासी जनजातिको मागलाई वेवास्ता गरे आन्दोलनको विकल्प नरहेको पनि बताए ।"
        Nagendra Kumalकाठमाडौ, मंसिर १७ - आदिवासी जनजातिले उठाउँदै आएको पहिचानको मुद्दा यथावत रहेको र आदिवासी जनजातिहरु आफ्नो मुद्दाबाट विचलित नभएको नेपाल आदिवासी जनजाति महासंघले जनाएको छ । 
        संविधानसभाको निर्वाचनपछि संघीयता र पहिचानवादीको हार भएको हल्ला आईरहेको भन्दै महासंघका अध्यक्ष नगेन्द्र  कुमालले आदिवासी जनजातिको मागलाई वेवास्ता गरे आन्दोलनको विकल्प नरहेको पनि बताए । ‘दवावका लागि सभ्य कार्यक्रम सकिएकोले आन्दोलनको विकल्प छैन’ उनले भने, 'पहिचान सहितको संघीयताको बहस र मुद्दा हारेको छैन ।’
        संविधानसभाको दोस्रो निर्वाचन पछि आफ्नो धारणा सार्बजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष कुमालले जनजातिको माग जातीय राज्य नभई पहिचानको वकालत भएको पनि स्पष्ट पारे । ‘हामीले जातीय राज्य मागेका हैनौ’ अध्यक्ष कुमाल भने, 'हामीले हाम्रो पहिचानको कुरा उठाएको हो ।'
        पत्रकार सम्मेलन विरतरित प्रेस विज्ञप्तीमा महासंघले संविधासभाको समानुपाति सिटसंख्यामा आदिवासी जनजातिको जनसंख्याको आधारमा ३७ प्रतिशत प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने बताएको छ । 
        महिलाको कोटामा आदिवासी जनजाति महिलाको ५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने, नेपाल सरकार र आदिवासी जनजाति महासंघवीच भएको विभिन्न चरणमा भएका सहमति र सम्झौता अनुसार दुवै निर्वाचन प्रणालीबाट प्रतिनिधित्व हुन नसकेका  आदिवासी जनजातिहरुलाई मन्त्रिपरिषदबाट मनोनित गरिने सिटबाट प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने लगायतका मागहरु महासंघले राखेको छ ।  आदिवासी जनजातिका मागहरु तत्काल सम्बोधन नभए महासंघ आन्दोलनमा उत्रन बाध्य हुने पनि विज्ञप्तीमा उल्लेख छ ।  
        कास -प्रकाशित मिति: २०७० मंसिर १७ ०१:३७

        Sunday, December 1, 2013

        छानबिन आयोग बन्दैन: कांग्रेस/एमाले


        निर्वाचन आयोगले दलहरुबीच समानुपातिकको सिट बाँडफाँड तयारी भईरहेको बताएको छ
        चुनावमा भएको धाँधली छानविन गर्न आयोग गठन नगरे समानुपातिकको सूची निर्वाचन आयोगलाई नबुझाउने एकीकृत माओवादीको पछिल्लो निर्णयलाई दुई प्रमुख दलहरुले घुर्किको रुपमा लिएका छन्।
        उनीहरुले त्यसलाई माओवादीको राजनीतिक दबाबका रुपमा अर्थ्याउँदै आयोग बनाउने विषयलाई अस्वीकार गरेका छन्।
        कांग्रेस र एमालेका नेताले यसबाट प्रारम्भिक रुपमा राजनीतिक दबाब दिन खोजेजस्तो गरे पनि एकिकृत माओवादीको माग अनुसार छानबिन आयोग गठन नहुने बताए।

        घुर्की

        "समानुपातिक सूची बुझाउँदिन भन्नु उहाँहरुको अहिले देखाएको घुर्की मात्रै हो, माओवादी नआए अरुले संविधान बनाउँछन्"
        रामशरण महत, कांग्रेस नेता
        निर्वाचन आयोगले समानुपातिक तर्फको सिट बाँडफाँडको तयारी गरिरहेका बेला माओवादीले राखेको यो अडानलाई उनीहरुले आवेशको निर्णय भनेका छन्।
        एकिकृत माओवादीको माग अनुसार सरकार वा राजनीतिक दलहरुले आयोग गठन गर्ने कुनै संवैधानिक प्रावधान नभएकोले उनीहरुको माग सम्बोधन हुननसक्ने कांग्रेस नेता रामशरण महतले बताए।
        उनले भने, "समानुपातिक सूची बुझाउँदिन भन्नु उहाँहरुको अहिले देखाएको घुर्की मात्रै हो, माओवादी नआए अरुले संविधान बनाउँछन्।"
        रुपन्देही क्षेत्र नम्बर ४ बाट माओवादी नेता बाबुराम भट्टराईलाई चुनावमा पराजित गरेका एमाले नेता विष्णु पौडेलले माओवादीको यस्तो माग पराजित मानसिकताबाट आएको बताए।

        दबाब

        "उहाँहरुले समानुपातिकको सूची बुझाउनुहुन्न भन्ने मलाई लाग्दैन, एउटा राजनीतिक दबाब मात्रै दिन खोजेको हो यो उहाँहरुलाई पनि थाहा छ हामीलाई पनि थाहा छ"
        विष्णु पौडेल, एमाले नेता
        उनले भने, "उहाँहरुले समानुपातिकको सूची बुझाउनुहुन्न भन्ने मलाई लाग्दैन, उहाँहरुले एउटा राजनीतिक दबाब मात्रै दिन खोजेको हो, यो उहाँहरुलाई पनि थाहा छ, हामीलाई पनि थाहा छ।"
        चुनाव परिणाममा तेस्रो स्थानमा पुगेपछि धाँधली भयो भन्दै चुनावको पुनरावलोकनको माग गर्दा त्यो लोकतान्त्रिक विधि र प्रकृयाविपरित हुने भन्दै नेताद्वय महत र पौडेलले माओवादीलाई संविधानसभामा आउन आग्रह गरे।
        अघिल्लो साता मतपरिणाम सकेको निर्वाचन आयोगले समानुपातिक तर्फ दलहरुबीच सोमवारदेखि सिट बाँडफाँडको काम सुरु गरेर उम्मेद्वार सिफारिसका लागि आग्रह गर्ने बताएको छ।
        ' साभार बिबिसी नेपालि "

        Saturday, November 30, 2013

        चुम्लुङमा गुन्जन फेरी गुन्जिए.....!!

        दोहा, 30 नोभेम्बर-किरात याक्थुङ  चुम्लुङ दोहा कतार"मा सांस्कृतीक टोलीमा लामो समय बिताएका 'गुन्जन माङलक लिम्बु' आपसि मतभेतका कारण केहि महिना ओझेलमा परेका थिए। यस पटकको उधौली तथा चासोक तङनाममा आफ्नो टोलीका साथ चुम्लुङको तर्फबाट सांस्कृतिक झाँकी लिएर आउदैछन। उनको झाँकीले कति मनोरन्जन दिने हो....? त्यो त हेर्न बाँकि नै छ। तर अघिल्लो समयहरुको भन्दा अझ धेरै मनोरन्जन दिने उनको दाबी छ। टपफर्म  रेष्टुरेण्टमा आफ्नो टोली कमला तमाङ, एलिना चेम्जोङ, अन्जू लिम्बू , अर्जुन माङ्लक, रमेश तामाङ्, असोक लावती, विजय सुब्बा, सन्देश खालिङ 'मझूवाली', बसन्त सिगू, याम परियार लाई रियलसन् गराउदै गरेका चञ्चले स्वभावका गुन्जन भन्छन, सांस्कृतीक टोलीलाई चुम्लुङले बेवास्ता गर्नुको  कारण सांस्कृतीक टोली केहि दिन ओझेलमा पर्न गयो।तर आफ्नो मौलिक संस्कार,संस्कृतीलाई बचाउनु हाम्रो दायित्य हो। त्यसैले पुन चुम्लुङमा आएको हुँ। चुम्लुङ्ले पनि स्वागत गरेको छ र पहिलो गल्तीहरु नदोहोरिनेमा म बिश्वस्त छु।
        "आगामी २० डिसेम्बरमा हुनगइ रहेको चासोक तङनामम कार्यक्रमको लागि सास्कृतिक तयारिको एक झलक"
        यता चुम्लुङ्का अध्यक्ष लोकेन्द्र कुमार तुम्रोकले कला,संस्कृतीका धनि भाई बहिनीहरुलाई चुमलुङ्ले कहिल्यै बेवस्ता नगरेको तर समय,परिस्तिथी अनुशार चुम्लुङ अगाडी बढ्दै गर्दा केहि क्षण गल्तीहरु हुन गए होला,गल्ति एकोहोरो मात्र हुदैन। गल्ती कमजोरीहरुलाई आन्तरिक छलफलमा लगरे परामर्स गरी निचोड निकालिनु पर्नेमा भाईहरु स्थिर रहिदिनु अत्यन्त दु:खत कुरा हो। फेरी पनि भाई चुम्लुङलाई माया गरेर फर्केर आउनु भएको छ, गुन्जन चुम्लुङ को लागि अती आबस्यक ब्यात्ती हुन। गुन्जनको लागी चुम्लुङको ढोका हिजो पनि खुल्ला थियो  र आज पनि खुल्लै छ र भोली पनि खुल्ला हुनेछ भन्दै चुम्लुङमा स्वागत गरेको कुरा तुम्रोकले तहल्कान्युज बल्कस्पोट डटकमलाई टेलिफोन मार्फत जानकारी गराउनु भयो।
        "लाङ्फोक चाखेम्यो फुङ्वासे भन्ने गीतमा नृत्य  रियालासन गर्दै गरेको एक झलक"

        गुन्जन र चुम्लुङको मतभेदलाई नियाली रहेका दर्शी 'मिङ्सो सुहाङ' भन्छन: गुन्जन र चुम्लुङ नङ र मासु भएर बढ्नु पर्छ। गुन्जन र गुन्जन जस्ता कलाकार भाईबहिनीहरुलाई चुम्लुङले अपन्त्व भएको महशुस गराउने गरी नयाँ कार्यको थालनी गर्नु पर्छ। गुन्जनले पनि आफु एक कदम अगाडी बढ्नुको पछाडी चुम्लुङ जस्ता गौरवमय संस्थाको हात रहेको थियो र रहन्छ भन्ने यथार्थलाई भुल्नु हुदैन। गुन्जन अरु गुन्जिन्छन तर कियाचु सँग हातेमालो गर्नु पर्छ। कियाचुले उपयोगको लागी मात्र गुन्जन जस्ता कलाकारलाई प्रयोग गर्नु हुदैन। गुन्जनले पनि सानो त्रुटीमा संस्थाबाट नै तथस्ट बस्नु हुदैन। त्यहाँ समाजले हेर्दा गुन्जनलाई साँगुरो जस्तो देखिन्छ भने आन्तरिक रुपमा कियाचुबाटबाट पाउने अवशरहरुलाई गुन्जन आफैले गुमाई रहनु भएको छ।
        यी माथी तिन तिरका बिषय र प्रतिकृयाहरुलाई  हेर्दा गुन्जन चुम्लुङलाई माया गर्छन। चुम्लुङ गुन्जनलाई माया गर्छ। प्रत्यक्ष दर्शकहरु  गुन्जन र चुम्लुङ मिलेर अघी बढेको हेर्न चाहान्छन। 
        खै को कहाँनिर चुके त्यो चै बुझिनसक्नु छ, तर पनि गुन्जन चुम्लुङलाई अती आवश्यक व्याक्ति हुन। गुन्जनलाई पनि अघी बढ्नुमा चुम्लुङ आवश्यक छ।'सुहाङ्'ले भने झै आउदा दिनहरुमा गुन्जन र चुम्लुङको सम्बन्ध नङ र मासु झै बढेर जान सक्नुपर्छ।
        (गुन्जनले गायक जगदिस समालको गीत "फर्किएर किन फेरी.........."?  र गायक प्रमोद खरेलको "समाएर तिमिले मरि हत्ये गर्यौ किन........"?? जस्ता गितहरुमा (मोडेल) अभिनय गरिसकेका छन् भने अन्य दुई गायकको गितमा (मोडेल)अभिनय गर्ने तयारिमा छन। 
        संपादक:-"तहल्का न्यूज ब्लगस्पोट डट कम" 


        निर्वाचन आयोगले आठ कक्षाको अंकगणित नजानेपछि..

        संविधान सभा निर्वाचनका लागि निर्वाचन आयोगले १५ अर्ब रुपैयाँभन्दा बढीको बजेट र ४ लाखभन्दा बढी जनशक्ति परिचालन गर्‍यो। निर्वाचनका नाममा दाताहरुले गरेको खर्चको लेखाजोखा हुनै बाँकी छ। त्यो पनि अर्‍बौं छ।

        यत्रो ठूलो स्रोतसाधन खर्चेर पनि निर्वाचन आयोगले एउटा अति सामान्य प्रश्नको जवाफ दिन सकेको छैन। आयोगलाई पहाड लागेको त्यो प्रश्न हो– संविधान सभा निर्वाचनमा कति मतदान भयो? मतदान सकिएको दस दिन भइसक्दा पनि आयोगसँग यसको जवाफ छैन।

        ‘अझ दुई क्षेत्रमा समानुपातिक तर्फको मतगणना बाँकी छ। कतिपय ठाउँमा गन्ती भइरहेको छ। सबै क्यालकुलेसन गरेपछि मात्र भन्न सकिएला,’ आयोग प्रवक्ता वीरबहादुर राईले भने।

        समानुपातिक मात्र हैन, चार दिनअघि नै गणना सकिएको प्रत्यक्ष तर्फको कूल मतदाता कति थिए? सदर मत र बदर मत कति हो भन्ने समेत आयोगले बताउन सकेको छैन।

        ‘प्रत्यक्षमा ९० लाख हाराहारी मतदान भएको छ भन्ने हाम्रो अनुमान हो,’ राईले भने, ‘आइटी (सूचना प्रविधि) शाखाले यसलाई जोड्ने काम गरिरहेको छ ।’

        आयोग प्रवक्ताकै शब्दमा अहिलेसम्म आयोगसँग ‘लमसम फिगर’ मात्र छ। निर्वाचन सम्पन्न भएको दिनको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त निलकण्ठ उप्रेतीले दिएको ‘लमसम’ तथ्याङ्क र अहिले आनको तान फरक परिसकेको छ ।

        मंसिर ४ गते साँझ भएको पत्रकार सम्मेलनमा आयोगले ६५ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको थियो। त्यसअनुसार ७८ लाख चानचुन मतदान भएको हुनुपथ्र्यो। कुल मतदाता १ करोड २१ लाख छन्। भोलिपल्ट आयोगले त्यो तथ्य सुधार्‍यो र ७० प्रतिशत आसपास भन्यो। त्यसअनुसार ८५ लाख आसपास मतदान भएको हुनुपर्ने हो।

        त्यसमा पनि आयोग नराम्ररी फेल खाने देखिएको छ। किनकि आयोगको वेबसाइटमा बिहीबार दिउँसोसम्म राखिएको विवरणअनुसार ९३ लाखभन्दा बढी भोट सदर नै भइसकेको छ। कतिपय क्षेत्रमा गणना जारी छ।

        बदर मतको अहिलेसम्मको संख्याबारे पनि आयोगसँग जवाफ छैन। तैपनि ४ लाख भन्दा बढी भोट बिग्रेको निश्चित छ। यही तथ्यालाई सही मान्ने हो भने खसेको मत कम्तीमा ९७ लाख हुने देखिन्छ। यो कुल मतदाताको ८० प्रतिशतभन्दा बढी हुन्छ। आयोगले सुरुमा गरेको अनुमान भन्दा १९ लाख बढी मतगणना भइसकेको छ।

        स्रोतसाधन सम्पन्न र ‘सुशिक्षित’ अधिकारीहरुले सुसज्जित आयोगबाट किन यस्तो त्रुटि? ‘हामीले जिल्लामा खसेको मतदानको प्रतिशत निकालेर क्यालकुलेसन गर्‍यौं,’ प्रवक्ता राईले भने, ‘सबैतिरको प्रतिशतलाई फेरि ७५ जिल्लाले भाग गरेर राष्ट्रिय प्रतिशत निकाल्यौं।’

        जिल्लाले कुल मतदान संख्या नटिपाएर प्रतिशत टिपाएकाले पनि यो गडबडी भएजस्तो उनलाई लाग्छ। आयोगले प्रतिशत निकाल्दा पहिले जुन गल्ती गर्‍यो, अर्को दिन त्यसलाई सच्याउँदा पनि त्यही दोहोर्‍याएको देखियो। कक्षा ८/९ मा अंकगणितमा पढाइ हुने प्रतिशत निकाल्ने तरिकाको हेक्का राखेको भए पनि आयोगबाट यस्तो त्रुटि हुन्नथ्यो।

        पचहत्तर जिल्लाबाट खसेको मतको संख्याको योगफललाई देशभरको कुल मतदाताले भाग गरेको भए सजिलै हिसाब निस्किन्थ्यो। तर आयोगको त्यो कमजोरीले गर्दा निर्वाचन परिणामबाट बिच्किएकाहरुले नयाँ निहुँ पाएका छन्। धाँधली भएको हो भन्नेहरुलाई पनि यसले ठाउँ दिएको छ।

        त्यही दिन निकाल्न सकिने खसेको कूल मतसम्म १० दिनसम्म निकाल्न नसकेर आयोगले थप आलोचनाको मौका दिएको छ।

        Tuesday, November 26, 2013

        विवादमा सेनाः ल्याउने को ?

        डा. प्रकाश चन्द्र लोहनी नेपाली सेनालाई राजनीतिक विवादमा ल्याउनु हुदैन भन्ने मान्यताका पक्षपाती हुन् । तर तिनै लोहनीले हालै कान्तिपुर दैनिकमा लेख लेखेर संविधानसभाको दोश्रो निर्वाचनमा सेनाको भूमिकालाई लिएर गम्भीर प्रश्न खडा गरेका छन् । कान्तिपुरमा प्रकाशित र रातोपाटी डटकमले समेत साभार गरेको त्यो लेख अहिलेसम्म लाखौं नेपालीले पढिसकेका छन् । सुरुमा एमाओवादीले हारको झोंकमा धाँधलीको रडाको मच्चाएको हुनसक्ने आँकलन गरेर बसेका सर्वसाधारण पनि वरिष्ठ राजनीतिज्ञ एवं देशको प्रशासनिक नाडी छामेका लोहनीको त्यो लेखबाट झस्किएका छन् । नेपाली सेना फेरि राजनीतिक बिबादमा तानिएको छ । यसको भूमिकालाई लिएर जनतामा अविश्वास र आशंका उत्पन्न भएको छ । यसरी सेनालाई आफनो राजनीतिक अभिष्टका लागि दुरुपयोग गरी सेनाको गरिमा र गौरवमय छवी धुमील बनाउने काम कसले ग¥यो ? यसको खोजी सुरु भएको छ ।

        …..Nepal-army-front
        नेपालको इतिहासमा पहिलो पटक निर्वाचन नेपाली सेनाको घेरामा भयो । नेकपा–माओवादीको बहिष्कार अभियानको बहाना बनाएर सेना परिचालन गरिएको भए पनि त्यसभित्रको असली डिजाइन र नियत विस्तारै खुलासा हुँदैछ । रातोपाटीलाई प्राप्त पछिल्लो सूचना अनुसार मतपेटीका हेरफेर गरेर एमाओवादीलाई हराउने अन्तर्राष्ट्रिय षडयन्त्रको सन्दर्भमा सेनाको पनि उपयोग गरियो । यसरी निर्वाचनमा सेना परिचाालन गर्ने सोच र योजना कसरी र कहाँबाट आयो ? त्यसबारेमा रातोपाटीले केही नयाँ सूचना प्राप्त गरेको छ ।
        नेकपा–माओवादीले बहिष्कार अभियान चलाइरहेकै बेला सरकारले एकाएक निर्वाचनमा सेना परिचालन गर्ने प्रस्ताव ल्यायो । मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले सेना परिचालन गरेर भए पनि निर्वाचन शान्तिपुर्ण ढंगले सम्पन्न गर्ने बताएपछि एमाओवादी अध्यक्ष प्रचण्डले तत्काल त्यसको विरोध गरेका थिए । प्रचण्डले रेग्मीसँग ‘सेना परिचालनको कुरा कहाँबाट आयो ?’ भनेर बुझन खोज्दा रेग्मीले आफुलाई ‘उच्चस्तरीय राजनीतिक संयन्त्रबाट निर्देशन आएको’ जवाफ दिएका थिए ।
        त्यसबेला उच्चस्तरीय राजनीतिक समितिको संयोजक झलनाथ खनाल थिए । अध्यक्ष रेग्मीले आफुलाई झलनाथ खनालले नै सेना परिचालनको तयारी गर्न निर्देशन दिएको जानकारी प्रचण्डलाई गराए । उच्चस्तरीय राजनीतिक समीतिको वैठकमा प्रचण्डले खनाललाई भने, ‘चुनावमा सेना नै किन परिचालन गर्नुप¥यो ? नगरौं । त्यो उचित हुँदैन ।’ त्यो वैठकमा मधेशवादी नेताले त ‘एक पटक परिचालन भएको सेनाले गडबड गर्न सक्छ, फेरि ब्यारेक फकर्ने हो की हैन, सेनालाई मैदानमा ल्याउने काम घातक हुनसक्छ’ सम्म भनेका थिए ।
        त्यसबेला झलनाथ खनालले अन्य दलका नेतालाई सेना परिचालन हुँदैमा आत्तिन नपर्ने भन्दै आश्वस्त तुल्याएका थिए । उच्चस्तरीय समितिको बैठकमा खनालले अध्यक्ष रेग्मीको हवाला दिदै भनेका थिए, ‘सेना तेश्रो घेरामा बस्ने हो । पहिलो घेरामा जनपद प्रहरी नै हुन्छन् । दोश्रोमा शसस्त्र प्रहरी र अली परबाट सेनाले निगरानी गर्ने मात्र हो ।’ अध्यक्ष रेग्मीले पनि सेनाले धेरै परबाट मतदान प्रकृयालाई सुरक्षा दिने बताएका थिए । त्यसपछि एमाओवादी अध्यक्ष प्रचण्ड र अन्य मधेशवादी नेता आश्वस्त भएका थिए ।
        तर निर्वाचनमा ठिक उल्टो भयो । सेनालाई मतपेटीका भएको ठाउँसम्म परिचालन गरियो । मतदान त शान्तिपूर्ण रुपमा भयो । तर, निर्वाचन प्रकृयाका बाँकी चरणमा दलका प्रतिनिधि र उम्मेदवार सहभागी हुन पाएनन् । मतपेटीकालाई सुरक्षाकर्मीहरुले नै कब्जा गरेजस्तो भयो । मतपेटीकालाई सुरक्षाकमीको जिम्मामा छोडियो । मतदानकेन्द्रबाट मतगणनास्थलसम्म मतपेटीका लैजाने क्रममा मतपेटीका सामु दलका प्रतिनिधिलाई बस्न दिइएन । मुचुल्का उठाउने र लाहाछाप लगाउने लगायतका प्रकृयाकेही पुरा गरिएन ।
        nepal armyमधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवका अनुसार मतपेटीकासँगै जान चाहने दलका प्रतिनिधिलाई सेनाले लात्तीले हानेर गाडीबाट ओरालेका थिए । त्यसको पछि पछि फलो गर्ने प्रंतिनिधिलाई सुरक्षाकर्मीले हतोत्साहित गरे । कतै फलो गर्ने मोटर साइकलको हावा फुस्काइयो । काठमाडौंमै गोठाटारबाट मतपेटीका बोकेर नयाँ बानेश्वरसम्म ल्याउन सेनालाई ६ घन्टा लगायो । मोरङमा एमाओवादी नेता वर्षमान पुन अनन्तको क्षेत्रमा एक घन्टाको बाटोमा मतपेटीका ल्याउन सेनाले सात घन्टा लगायो ।
        तेश्रो घेरामा मात्र परिचालित हुने भनिएको सेनालाई किन पहिलो घेरामै परिचालित गरियो ? यसबारेमा एमाले नेता झलनाथ अहिले किन मौन छन्. ? किन सेनालाई जनताको मत हेरफेर गर्ने षडयन्त्रमा लगाइयो ? किन सेनालाई राजनीतिक बिबादमा ल्याइयो ? यी प्रश्नहरु अहिले देशव्यापी रुपमा खडा भएको छ । जनताको परिवर्तनको चाहनाप्रति सकारात्मक र निष्पक्ष हुँदै गएको सेनालाई यसरी फेरि बदनाम गर्ने र सेनाको गौरवमय छवीलाई धुमील बनाउने तत्वहरु को को हुन ? त्यसको देशभर खोजी भइरहेको छ ।

        सेना दुरुपयोगका सिलसिला

        बिपी कोइरालाले नेपाली काँग्रेसले सात सालको क्रान्तिपछि सेनालाई जनताको अधिनमा नल्याइ दरबारको अधिनमा राख्नु ‘अक्षम्य गल्ती’ भनेर आफनो आत्मवृत्तान्तमा उल्लेख गरेका छन् । नेपाली सेनाले मुलुकको राष्ट्रिय सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरेको भए पनि यसलाई विभिन्न शक्ति केन्द्रहरुले बेला बेलामा लोकतन्त्रको विरुध्द प्रयोग गर्दै आएको सन्दर्भमा बिपीको त्यो भनाइ निकै महत्वपूर्ण उध्दरणका रुपमा नेपाली राजनीतिमा साभार गर्ने गरिन्छ ।
        जस्तै, २०१५ सालको निर्वाचनमा नेपाली काँग्रेसले दुई तिहाइ बहुमत नै ल्याएको थियो, तर दुई वर्ष नबित्दै राजा महेन्द्रले सेनाकै बलमा सत्र सालमा ‘कू’ गरे । सत्र सालको कान्डपछि विपी कोइरालाहरु भूमिगत भएर फेरी सशस्त्र संघर्षको तयारी गर्न थाले । तर, त्यसबेला भारतमा पहिले झैं सशस्त्र संघर्षको ग्राउन्ड बन्न सकेन । पछि इन्दिरा गान्धी र बिपीवीचमै खटपट भयो । बिपी २०३३ सालमा मेलमिलापको नीति लिएर फर्किए । राजासँग घाँटी जोडिएको बयान दिए । कम्युनिष्टहरुप्रति तीब्र आक्रोश पोख्दै उनले राजासँग सहकार्यको नीति लिए । त्यसैबेला पाकिस्तानमा जुल्फीकर अली भुट्टोलाई फाँसी दिइएपछि नेपालमा विद्यार्थीहरुले आन्दोलन चलाए । त्यसमा प्रहरी दमन तीब्र भयो र आन्दोलन चर्कियो । राजा वीरेन्द्र जनमत संग्रह घोषणा गर्न बाध्य भए । त्यसबेला बिपीलाई के आशा थियो भने बहुदलवादीले पक्कै जित्नेछन् । भारतलगायतका लोकतान्त्रिक मुलुकले पनि साथ दिनेछन् । उनले जनमत संग्रहको समर्थन गरे ।
        बिपीको विश्लेषण फेल खायो । भारतले बिपीलाई सहयोग गरेन । भारतमा इन्दिरा गान्धीले कुनैबेला आफुलाई हराउन समाजवादी नेता जयप्रकाश नारायणलाई सघाएका बिपीसँग जनमत संग्रहमै बदला लिइन् । जनमत संग्रह घोषणा हुँदा किर्तिनिधि बिष्ट प्रधानमन्त्री थिए, चुनाव गराउने बेलामा सुर्यबहादुर थापा प्रधानमन्त्री बने । बहुदललाई हराएर बिपीलाई धुलो चटाउन सुर्यबहादुरले सेनाको आडमा व्यापक धाँधली गरेको दावी स्वयं काँग्रेसका नेता कार्यकर्ता गर्ने गर्छन् । जनमत संग्रहको केही महिनापछि जनकपुरको धनुसासागर र राम सागरमा सयौं मतमेटीका फेला परेबाट पनि त्यसबेला राज्यबाटै भएको धाँधली स्पष्ट हुन्छ ।
        २०४६ सालको जनआन्दोलनपछि गिरिजा कोइरालाले सेना र प्रहरीको आडमा कम्युनिष्टहरुलाई तह लगाउन खोजेका थिए । सुदुर पश्चिमका किलो शेरा टु र रोमीयो अपरेशन चलाइयो । माओवादी तह लगाउन भनेर नै सशस्त्र प्रहरी गठन गरियो । पछि माओवादीविरुध्द सेना नै परिचालन गरियो । २०५८ सालमा राजा ज्ञानेन्द्रले सेनाकै आडमा प्रजातन्त्र खोसे । जनताको भेल उर्लिएपछि भने सेनाको आडमा शासन गर्न नसकिने भएपछि उनले गद्दी छाडे ।
        मुलुकमा लोकतन्त्र स्थापनालगत्तै नेपाल सेनाको लोकतान्त्रिकरणको बहस भएको होइन । तर, यसतर्फ कसैले ध्यान दिएनन् । सेनाभित्र विभिन्न शक्ति केन्द्रहरुको चलखेल हुने गरेको र सेनाको दुरुपयोग गर्ने गरिएको जान्दा जान्दै सेनालाई नागरिक सर्वोच्चताभित्र ल्याउन दलहरुले खासै चासो देखाएनन । बरु रुक्मांगत कटवालजस्ता सैनिक प्रमुखले नागरिक सर्वोच्चतालाई नै चुनौती दिए । यही कारण सेनाप्रति विश्वासको संकट चुलिदैगयो ।
        पछिल्लो कालखण्डमा सेनाको भूमिका सन्तुलित नै थियो । सेनाले जनताका परिवर्तनका एजेन्डालाई आत्मसात गरेर सुझबुझपूर्ण भूमिका निर्वाह गरेकै हो । लडाकु समायोजन प्रकृयामा सेनाको भूमिका प्रशंसनीय रहयो । कट्वालपछिका सेना प्रमुखहरु राजनीतिक विवादमा खासै परेनन् । संक्रमणकालमा शान्ति प्रकृया टुंग्याउन सैनिक नेतृत्वले निर्वाह गरेको भूमिका सकारात्मक रहयो ।
        दोश्रो संविधानसभा निर्वाचनपछि भने नेपाली सेनाको भूमिकालाई लिएर फेरी प्रश्नहरु खडा भएका छन् । सेनाको विश्वसनीयता, गरीमा र गौरवमाथि शंका पैदा हुने घटनाक्रमहरु विकसित भएका छन् । यो पछिल्लो अवस्थाप्रति निश्चय नै सैनिक नेतृत्व पनि गम्भीर भएकै होला । सेनालाई राजनीतिक स्वार्थको लागि उक्साएर विवादमा तान्ने र मुलुकमा अस्थिरता, अराजकता सिर्जना गरी मुलुकलाई फेरी द्वन्द्वमा होम्ने तत्वहरुप्रति सैनिक नेतृत्व पनि सजग हुनु आवश्यक छ । सेना कुनै दलको हैन, देशको हो । सेना कुनै शक्ति केन्द्रको हैन, जनताको हो । सेनाको स्वार्थ भनेको देशको रक्षा र जनताको सुरक्षा हो । सेनालाई यो कर्तव्यबाट बिचलित बनाउन खोज्ने तत्वहरुप्रति सेना सजग हुनुपर्ने विश्लेषकहरु बताउँछन् । सेनालाई जनतासँग भिडाउने षडयन्त्रलाई पनि चिर्नु आवश्यक छ ।
        जसरी जनमत संग्रहमा बहुदललाई हराइयो, ठिक त्यही षडयन्त्र अहिले खिलराज र सेनाको आडमा विभिन्न शक्ति केन्द्रहरुले गरेको स्पष्ट भएको छ । अझ, एमाओवादीलाई पूर्ण बहुमत आउँछ भनेर उकास्ने र सहयोग र समर्थनको आ्श्वासन दिएका कतिपय शक्तिकेन्द्रहरुले एकातिर सहयोग गरेजस्तो गरे भने अर्कोतिर हराउने खेलमा लागेको पनि देखियो । यसबाट शक्तिकेन्द्रहरुको सल्लाहमा पूर्ण विश्वास गर्न नहुने रहेछ भन्ने पाठ एमाओवादीले पक्कै सिकेको हुनुपर्छ ।
        965
         
        11
         
        2
         
        0
         
        983