Saturday, January 11, 2014

इतिहासमा महान कहलाउन पृथ्वीनारायणको लुकाइएको इतिहास

पृथ्वीनारायण शाह आधुनिक नेपालका निर्माता मानिन्छन । मुलुकलाई गणतन्त्र घोषणा गरिसकेपछि सरकारले पृथ्वीनारायण शाहको जन्मदिन पौष २७ मा दिँदै आएको विदा कटौति गरेको छ। तर देशमा फेरि सल्बलाउन थालेको राजावादी र अति हिन्दूवादीहरु पृथ्वीनारायण शाहलाई नेपाल एकिकरणको एक्लो मसिहा भन्दै उनको जन्मदिन पौष २७ मा सार्वजनिक विदा दिनुपर्ने अभियानमा लागेका छन् । उनै पृथ्वीनारायणले इतिहासमा आफू महान कहलाउन थुप्रै इतिहासहरु लुकाएका रहस्योद्घाटन इतिहासविदहरुले गरेका छन् । प्रस्तुत छ पृथ्वीनारायणको लुकाइएको केहि इतिहास :

-पुष्प मुनकमि-
* पृथ्वीनारायण शाह राजा भइसकेपछि र प्रधानहरु कान्तिपुर नगई बाटैमा विदा हुन लागेका बेला उनले उनीहरुलाई त्यहीँ मारेर उनीहरुको सर्वस्व हरण गरेका थिए। अर्थात् पृथ्वीनारायण शाहको नियत भनेको आफू सत्तामा आइसकेपछि त्यहाँकाहरुलाई सफाया गर्ने थियो, चाहे ती उनलाई सहयोग गर्ने हुन् वा प्रतिरोध गर्ने।
* त्यतिबेला जंगबहादुरले लखनउ विद्रोह दबाएपछि जति लुटपाट गरेका थिए, त्योभन्दा चर्को रुपमा उपत्यकामा उनले लुटपाट मच्चाएका थिए। उनका सेनाले हस्तलिखित १ हजार अमूल्य ग्रन्थ पनि खात लगाई जलाइदिएका थिए।
* राज्यस्तरबाट पुरातात्विक सामान नष्ट गर्ने अभियान आधुनिक कालसम्म पनि जारी नै थियो। पुरातात्विक सामान, मूर्ति आदि चोरेर, चोर्न लगाएर विदेशमा निर्यात भइरह्यो। नत्रभने भक्तपुरको तलेजु मन्दिर भित्र रहेको मूलढोकाबाट भित्र नछिर्ने दुई वटा गजुर हराउने थिएनन्, २४ घण्टा सेनाको पहरा भएको ठाउँमा भएको सुन्धारामा रहेको मकर चोरेर लगिँदैन थियो। नत्र भने कसको तागत थियो क्रेन लिएर भूपतिन्द्र मल्लको शालिक चोर्न जाने ?
* राजाले भोजमा बोलाएर त्यहाँबाट फर्किएकाहरुलाई गल्लीगल्लीमा पहरा राखिएका सेनाले धमाधम काटेर नरसंहार गरेका थिए।
* त्यसैले फ्रेञ्च इतिहासकार सिल्भाँ लेभीले भनेका यी गोरखाली भनेका समयभन्दा अति क्रुर अथवा दानीका रुपमा अगाडि आउनसक्ने द्वैध चरित्रका शासकहरु हुन्।
हाम्रो इतिहासमा कान्तिपुरका राजा जयप्रकाश मल्लले भारतमा रहेका बेलायती सैनिकहरुसित सैनिक सहयोग मागेको र त्यसै कारण मेजर किनलोकको नेतृत्वमा आएको विदेशी सेनालाई पृथ्वीनारायण शाहले बाटैमा आक्रमण गरी विदेशी प्रभावले मुक्त गरेको भनी लेखिएको छ। तर, पृथ्वीनारायण शाहलाई युरोपले सामरिक स्रोत साधन दिएर सहयोग गरेका थिए। ब्रिटिस कम्पनी सरकारले गोरखाका राजालाई अनुशासनको महत्व सिकाएर युरोपेली व्यापारीमार्फत् हातहतियार दिएर सहयोग गरेका हुन्। त्यही हतियारको सहयोगबाट तीन पटकको आक्रमणमा धोका दिएर उनले कीर्तिपुर जितेका हुन्।
ललितपुरका पाँच प्रधान (मन्त्री)हरुले पृथ्वीनारायण शाहलाई राजा बन्न आमन्त्रण गरेका थिए। पृथ्वीनारायण शाह राजा भइसकेपछि र प्रधानहरु कान्तिपुर नगई बाटैमा विदा हुन लागेका बेला उनले उनीहरुलाई त्यहीँ मारेर उनीहरुको सर्वस्व हरण गरेका थिए। अर्थात् पृथ्वीनारायण शाहको नियत भनेको आफू सत्तामा आइसकेपछि त्यहाँकाहरुलाई सफाया गर्ने थियो, चाहे ती उनलाई सहयोग गर्ने हुन् वा प्रतिरोध गर्ने।
गोरखालीहरुको यस्तो सन्काहा कामकारबाहीले गर्दा नै चिनियाँ सम्राट किएन लोङ (सन् १७३६-१७९६) ले आफ्ना उत्तराधिकारीहरुलाई यसो भनेका थिए- “अति नभएसम्म गोरखाको मामलामा हस्तक्षेप नगर्नू”
भक्तपुर पनि जितिसकेपछि पृथ्वीनारायण शाहले यहाँ निकै लुटपाट मच्चाएका थिए। इतिहासकार पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार त्यतिबेला जंगबहादुरले लखनउ विद्रोह दबाएपछि जति लुटपाट गरेका थिए, त्योभन्दा चर्को रुपमा यहाँ उनले लुटपाट मच्चाएका थिए। उनका सेनाले हस्तलिखित १ हजार अमूल्य ग्रन्थ पनि खात लगाई जलाइदिएका थिए। त्यसमा तन्त्रशास्त्र, रसायनशास्त्र, ज्योतिषशास्त्र, आयुर्वेद ग्रन्थ, शब्द विद्याशास्त्र (ध्वनिसम्बन्धि पुस्तक) आदि रहेका थिए। नेपालमा क्रिश्चियन धर्म प्रचार गर्नका लागि आएका कयापुचिनहरुले ६० वर्षसम्म नेपालमा बसेका बेला हजारौँ हस्तलिखित पुस्तक जलाएर गर्व गरेका थिए। मल्लकालमा हिन्दु धर्म प्रचार गर्नका लागि भारतबाट आएका शंकराचार्यले बुध्द धर्मसम्बन्धी ७०० ग्रन्थ जलाइदिएका थिए। त्यसैले पृथ्वीनारायण शाह र विदेशीमा के भिन्नता भयो ?
पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि विदेशी क्रिश्चियनहरुलाई मात्र हैन, ललितपुरका १२ स्थानीय बासिन्दा क्रिश्चियनहरुलाई समेत देश निकाला गरेका थिए, अनि बौध्दमार्गीहरुलाई हेला गर्ने क्रम सुरु गरेका थिए। जबकि उपत्यकाका आदिवासी भनेका बौध्दमार्गीहरु पनि हुन्।
राज्य जसले जिते पनि ग्रन्थ भनेको सबैको साझा हुन्। तर विजयको नशामा पागल भएका शासकले यस्तो कुरालाई विचार गरेनन्। त्यति पुस्तक जलाइसकेपछि पनि बाँकी भएका पुस्तकहरु मात्र वीर शमशेरको पालामा पुस्तकालय बनाएर राष्ट्रिय अभिलेखालयमा राखिएका हुन्। यहाँ के कुरा पनि भन्न जरुरी छ भने राज्यस्तरबाट पुरातात्विक सामान नष्ट गर्ने अभियान आधुनिक कालसम्म पनि जारी नै थियो। पुरातात्विक सामान, मूर्ति आदि चोरेर, चोर्न लगाएर विदेशमा निर्यात भइरह्यो। नत्रभने भक्तपुरको तलेजु मन्दिर भित्र रहेको मूलढोकाबाट भित्र नछिर्ने दुई वटा गजुर हराउने थिएनन्, २४ घण्टा सेनाको पहरा भएको ठाउँमा भएको सुन्धारामा रहेको मकर चोरेर लगिँदैन थियो। नत्र भने कसको तागत थियो क्रेन लिएर भूपतिन्द्र मल्लको शालिक चोर्न जाने ?
मल्लकालमा अौद्योगिक क्रान्तिको वातावरण तयार भइसकेको थियो, तर पृथ्वीनारायण शाहले गरेर आजसम्म हुन सकेन भन्ने तथ्यलाई यसबाट पनि पुष्टि हुन्छ कि मल्लहरुले राम्राराम्रा नक्साहरु समेत बनाएर विकास गरिसकेका थिए, जसको सुरुवात जयस्थिति मल्लले गरेका थिए। त्यस्तो नक्साहरुलाई अंग्रेजहरुले समेत प्रशंसा गरेका थिए। त्यही नक्साका आधारमा गोरखालीहरुलाई अरु ठाउँहरुमा हमला गर्न पनि निकै काम आयो। त्यसैगरी थ्यासफूमा कोरिएको भक्तपुरको न्यातपोल मन्दिरको चित्र, जुन जर्मन नागरिक बर्नहार्ड कोल्भरको हातमा पुगिसकेको छ, आजभोलि युरोपमा प्रयोग भइरहेको मोडुल स्केलमा कोरिएको हो। त्यतिबेलै भवनको नक्सा बनाउने बेलामा यस्तो स्केल राम्रोसित प्रयोग भइसकेको यसले देखाउँछ। यसबाट प्रष्ट हुन्छ कि नेपालको वास्तुकलाको विकास चरण कति माथि पुगिसकेको थियो भनी।
यहाँ पुनः स्मरण गराउँ कि त्यतिबेला नेपाल (उपत्यका) ले तिब्बतका लागि मुद्रा छापेर त्यता पठाउने र त्यस वापत् नेपाललाई राजस्व आउने गर्थ्यो। तर पृथ्वीनारायण शाहले त्यसलाई निरन्तरता दिन सकेनन्, साथसाथै व्यापारमा पनि धेरै कर बढाए। हिन्दुस्तान र तिब्बतबीच व्यापार गर्ने व्यापारीहरुलाई पनि देशनिकाला गरिदिए। अनि ठूल्ठूला व्यापारीहरु पनि व्यापार गर्नका लागि अरु देशमा गए। सन् १७७४ मा नेपालमा तिब्बतसित कारोबार गर्ने दुई वटा मात्र कश्मिरी पसल बाँकी रहेको थियो। पृथ्वीनारायण शाहको कानुन, नियम पालना नगर्ने व्यापारीहरुको कान काटेर देश निकाला गरिन्थ्यो।ता-सि-लुन-पोया तेसु लामा (दलाई लामापछिका दोस्रा लामा) ले नेपालका राजालाई पत्र समेत पठाएका थिए यसो भनेर-”हिन्दू होस् वा मुसलमान, सबै व्यापारी तपाईँदेखि डराउँछन्, कोही पनि तपाईँको देशमा बस्न राजी छैनन्।”
भक्तपुर जितेपछि यहाँ यति दमन बढ्यो कि मानिसहरु बस्न नसकेर आफ्नो ठाउँ छाडेर भाग्नु पर्यो। आजभोलि नेपालका विभिन्न जिल्लामा रहेका बहुसंख्यक उपत्यकावासीहरु पृथ्वीनारायण शाहको कोपभाजनबाट जोगिनका लागि भागेकाहरु हुन्। आजभोलि पनि वृध्दवृध्दाहरु सुनाउने गर्छन् छलफलका लागि भनेर राजाले भोजमा बोलाएर त्यहाँबाट फर्किएकाहरुलाई गल्लीगल्लीमा पहरा राखिएका सेनाले धमाधम काटेर नरसंहार गरेका थिए। दोस्रो पटकको कीर्तिपुर हमला असफल भएपछि भक्तपुर वरपर रहेको गौकोटमा पृथ्वीनारायण शाहले हमला गरेको बेलामा त्यो ठाउँमा सशक्त प्रतिकार भएको थियो। १५ दिनसम्म भएको त्यो युध्दमा ३३२ जना गोरखा सैनिकको मृत्यु भएको थियो। पछि उनीहरुले जितिसकेपछि त्यो सिङ्गो गाउँलाई जलाइदिए। त्यतिबेला चौकोट युध्दको नेतृत्व गर्ने महिन्द्र सिंहले वीरगति प्राप्त गरेका थिए। त्यसैको बदला लिन पृथ्वीनारायण शाहले त्यस्तो नरसंहार गरेको हुनुपर्छ। पृथ्वीनारायण शाहले भक्तपुर आक्रमण गर्नुअगाडि भित्र्याउने तयारीमा रहेको धानमा आगो लगाएर अन्न सबै जलाउन लगाएका थिए। अनि भक्तपुर जितिसकेपछि पनि नरसंहार जारी राखेकोले बचेका पुरुषहरु भाग्नुपरेको कृषि कार्य गर्ने पुरुषहरुको अभावमा अनिकाल समेत भएको थियो। तत्कालीन राज्यका काजी (मन्त्री) हरु (धौकाजी, ध्वँकाजी, भौकाजी, तिमिलाकाजी) मध्य प्रमाणका रुपमा अगाडि आएका तिमिलाकाजीका बारेमा तथ्य यस प्रकार रहेको छ।
विक्रम संवत् १८२६ मा राजा रणजित मल्ललाई कैद गरिसकेपछि तिमिलाको चल अचल सम्पति बेच्न, किन्न, भोगचलन गर्न र व्यापारसमेत गर्न नमिल्ने गरी पृथ्वीनारायण शाहले घोषणा गरेका थिए। पछि राजाले तिमिला काजीसित १८ हजार यानी राष्ट्रिय आम्दानीको ०.७२ प्रतिशत सलामी लिएर त्यसलाई छाड्न आदेश दिएका थिए। पछि एक मध्यस्थकर्ताको सहयोगले बिन्तिभाव गरेर १८१ रुपैयाँ अर्थात् राष्ट्रिय आम्दानीको ०.००६ प्रतिशत जरिवाना तिरेर बिना अपराध क्षमा माग्न लगाएर पृथ्वीनारायण शाहले अरु पैसा माफी गरिदिएको व्यहोराको पंजाछाप (लालमोहर) राखर फारखती गरिदिए, विसं १८२७ साल फागुन सुदी १३ रोज ४ दिनमा भक्तपुरमा बसेर। यो फारखतीको कागज अहिलेसम्म पनि भक्तपुरको दरबारक्षेत्र निवासी चक्रराज तिमिलासित छ।
भक्तपुर तमारी न्यातपोल पश्चिम बस्ने भाजुमुनि तिमिलालाई पनि यसै गरिएको थियो। पछि १८ हजार रुपैयाँ सलामी लिएर छाडिदिन आदेश दिएका रहेछन्। उनलाई पनि एक मध्यस्थकर्ताको सहयोगमा ५१ रुपैयाँ जरिवाना तिराएर बाँकी सबै माफी गरेको भनी सम्पति फिर्ता दिए, विसं १८२७ साल अगहन सुदि १५ रोज १ मा काठमाडौंमा कागज गरेर।
अर्थात् गल्ती नै नगरी गल्ती गरेको भनी बलजफ्ती स्वीकार गर्न लगाएर जरिवाना तिर्न लगाए। कर्क प्याट्रिकका अनुसार सन् १९७२ (विसं १८४९) मा नेपालको वार्षिक आम्दानी २५-३० लाख मानिएको छ। त्यो १५१ रुपैयाँको मूल्य त्यतिबेला कति थियो होला ?
त्यसैले फ्रेञ्च इतिहासकार सिल्भाँ लेभीले भनेका यी गोरखाली भनेका समयभन्दा अति क्रुर अथवा दानीका रुपमा अगाडि आउनसक्ने द्वैध चरित्रका शासकहरु हुन्। उनीहरुको त्यस्तै जालझेल अनि शंकास्पद कामहरुका कारण नै ब्रिटिशहरुले दिक्क मानेर नेपालविरुध्द आक्रमण गरेका थिए। सन् १८१४ मा। (फ्रेञ्च र बेलायत त्यतिबेला आफ्नो राज्य सीमा विस्तार गर्ने क्रममा युध्द भएका देशहरु हुन्, जसका फ्रेञ्चहरु पराजित भएका थिए। त्यसैले फ्रेञ्चहरुले ब्रिटिशहरुको पक्ष लिएर इतिहास लेख्दैनन्) यसका कारण दुई वर्षसम्म नेपाल इस्ट इन्डिया कम्पनीसित लड्नु परेको थियो भने नेपालको तीन भागको एक भाग भूभाग समेत गुमाउनु पर्यो। नेपालको भूभाग गुम्नुको गल्ती पनि उनीहरुकै थियो। त्यसैले सिल्भाँ लेभीले भनेको- गोरखा भनेका स्पष्ट वक्ता बोल्नका लागि, तर बेइमान जाति हुन्। धोका दिने काममा निकै माथि।
…………………………………………………………………………………….
* इतिहासकार सूर्यविक्रम ज्ञवालीका अनुसार गोरखा एकदम सानो र आर्थिक रुपले एकदम कमजोर राज्य थियो। यस्तो ठाउँका राजाले एकीकरण अभियान सुरु गर्ने परिकल्पना गर्नु नै असंभव छ।
* पृथ्वीनारायण शाहले आफ्ना मामासित पनि यसबारेमा छलफल गर्दा उनले पनि नेपालमा हमला गर भनेर सल्लाह दिएका थिए, एकीकरण गर भनेर हैन।
* पृथ्वीनारायण शाहले उपत्यका आक्रमण एकीकरणका लागि नभएर आर्थिक लाभका लागि गरेका थिए, टुक्राटुक्रा अवस्थामा रहेको ‘नेपाल’ लाई एउटै राज्य बनाउने उद्देश्यले हैन।
* पृथ्वीनारायण शाहले सिमाना विस्तार गर्नका लागि सैनिक गठन गरेका बेला सेनामा लिन सकिने, मिल्ने भएभरका मानिसहरु जम्मा गर्दा पनि १३०० भन्दा बढी संख्या पुर्याउन सकेका थिएनन्। यसले पनि गोरखाको हैसियत के थियो भनी देखाउँछ।
*त्यतिबेला इटालीका शासक मेजिनीले सन् १८७१ मा घोषणा गरेरै अरु राज्यसित मिलेर एकीकरणको पाइला अगाडि बढाएका थिए, तर यहाँ त्यसो भएको हैन। पृथ्वीनारायण शाहको उपदेश पुस्तकमा कतै पनि एकीकरण गर्नुपर्छ भन्ने उल्लेख गरिएको छैन।
* इतिहास सँधै तरवारले लेखिन्छ। जित्नेको नाममा रामायण लेखिन्छ, हार्ने रावणलाई राक्षस घोषणा गरिन्छ। सीतालाई जंगलमा पठाउने राम नै मर्यादापुरुषोत्तम हुन्छन्। पृथ्वीनारायण शाहलाई त्यसैले वडा महाराजधिराज भनाइएको हो। यदि एकीकरण नै गर्ने भनी पाइला चालेका नै भए हारेको ठाउँका सेनालाई शत्रुका सैनिकलाई पनि नगरिने व्यवहार नगर्नु पर्ने हो।
एउटा अन्तर्क्रिया कार्यक्रममा माअोवादी अध्यक्ष प्रचण्डले भन्नुभएको रहेछ, “पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको भएर…, नत्र त्यतिबेला मल्ल शासनले आर्थिक समृध्दि हासिल गरेर अौद्योगिक चरणमा प्रवेश गरिसकेको हुन्थ्यो” तर प्रचण्डज्यु, नेपालको एकीकरण साँच्चिकै पृथ्वीनारायण शाहले गरेका हुन् त ? राज्यबाट प्रायोजित नेपाली इतिहासकारहरुले मात्र पृथ्वीनारायण शाहका ज्यादतिहरुलाई ‘एकीकरण’को नाम दिएका हुन्। तर माअोवादीका अध्यक्ष प्रचण्डले समेत पृथ्वीनारायण शाहको ज्यादतिलाई एकीकरण भन्नु एकदमै सुहाउने कुरा हैन।
आधुनिक नेपालका निर्माता भनिएका पृथ्वीनारायण शाहको राज्य गोरखाका बारेमा एक पटक विचार गरेर हेरौँ- इतिहासकार सूर्यविक्रम ज्ञवालीका अनुसार गोरखा एकदम सानो र आर्थिक रुपले एकदम कमजोर राज्य थियो। यस्तो ठाउँका राजाले एकीकरण अभियान सुरु गर्ने परिकल्पना गर्नु नै असंभव छ। त्यतिबेला भुटानका देवाधर्मका एक लामा भिक्षुलाई गोरखाका राजा नरभुपाल शाहले मेरो काममा सहायता गरिदिनु, तिमीलाई जग्गाजमिन दिन्छु भन्दाखेरी उनले “तिम्रो राज्य कति ठूलो छ भनेर मलाई जमिन दिन्छु भन्यौ” भनेर भनेको यहाँ स्मरणीय हुन आउँछ। आफ्नो राज्य सानो भएर सीमा विस्तारका लागि नरभुपाल शाहले धेरै पटक नजिकका राज्यहरुमा हमला गर्दा पनि जित्न नसकेपछि बहुलाएर आफ्नो घरको बाहिरको पिँढीमा बसेर त्यहीँ प्राणत्याग गरेका थिए।
पृथ्वीनारायण शाहले दिएको उपदेश भनिएको पुस्तकमा लेखिएको छ कि पृथ्वीनारायण शाह आफ्नो ससुराली मकवानपुरमा साढुदाइ दिगबन्ध सेनसित कचकच भएपछि उनीसित युध्द गर्ने चुनौति दिएर फर्केका थिए। फर्कने क्रममा राप्ती नदी किनार हुँदै मल्ल राजाहरुले चिन्लान् भन्ने डरले घुम अोढ्दै चन्द्रागिरी पर्वत पुगेका थिए। त्यहाँ पुगेपछि आफूसँगै आएका भानु जैसी, कुलानन्द जैसीलाई उनले सोधेका थिए- नेपाल भनेको कुन हो ? अनि उनीहरुले त्यो भादगाउँ, त्यो ललितपुर र त्यो कान्तिपुर भनी देखाइदिएका थिए। यहाँको वैभव, अन्न प्रशस्त फल्ने समथर भूमि देखेर उनमा लोभलालच जन्मिएको थियो। त्यतिबेला नै उनले विचार गरेका थिए कि म यो उपत्यकाको राजा हुन पाएको भए कति हुन्थ्यो ? यहाँको कला कौशलले भरिपूर्ण दरबार, घर, मन्दिर, तिब्बतसँगको राम्रो व्यापारिक सम्बन्धका कारण राम्रो आर्थिक समृध्दिले भरिएको ठाउँमा पृथ्वीनारायण शाहको गिध्ददृष्टि परेको यसले पुष्टि हुन्छ। त्यतिबेला यहाँको कलाकौशल यति उच्चस्तरमा थियो कि यहाँ जति घर थिए, त्यति नै मन्दिर थिए र जति मानिस थिए, त्यति नै मूर्ति थिए। बहाः, ननि, चुकका रुपमा विकास गरिएका व्यवस्थित बस्ती, त्यहाँभित्र आवश्यक पर्ने पानी (इनार वा ढुंगेधारा) , पूजा गर्नलाई मन्दिर/ देवदेवी, अन्न, लुगा सुकाउन फराकिलो ठाउँ- सबैको व्यवस्था गरिएको थियो। यस्तो शहरी विकासलाई आज पनि वास्तुकलाको उत्कृष्ट नमूनाका रुपमा अन्तर्राष्ट्रिय क्षेत्रले प्रशंसा गर्दै आएको छ।
यो ठाउँ कति राम्रो थियो भनी पृथ्वीनारायण शाहको उपदेश पुस्तकमा लेखिएका यी वाक्यले पनि प्रष्ट पार्छ- “त्यो तीन सहरको कालिगढीका विभिन्न काम हेर्दा मानिसहरु त्यसै लठ्ठ हुन्छन्” त्यस्तो ठाउँ चन्द्रागिरी पर्वतबाट हेर्दै जुंगा मुसार्दै गरेका बेला उनीसित रहेका दुई जैसी ब्राम्हणले “महाराज, तपाईँको नेपाल खाल्डोको राजा हुने इच्छा अवश्य पूरा हुनेछ” भनेका र पृथ्वीनारायण शाहले “तिमीहरुलाई कसरी थाहा भयो?” भनेर सोध्दा उनीहरुले “हजुरको अनुहारले भनिरहेको छ” भनी भनेको कुरा त्यही पुस्तकमा लेखिएको छ। त्यसपछि नै उनले आफ्ना अन्तपाल (सीमारक्षक) रणजित बस्न्यात, वीरभद्र पाठक, मानसिंह रोकाहालाई “नेपालमा प्रहार गर्ने विचार गरेको छु, के विचार छ ?” भनी सोधेका थिए। त्यतिबेला उनीहरुले मनासिब विचार भनी सल्लाह दिएका थिए। त्यसैगरी पृथ्वीनारायण शाहले आफ्ना मामासित पनि यसबारेमा छलफल गर्दा उनले पनि नेपालमा हमला गर भनेर सल्लाह दिएका थिए, एकीकरण गर भनेर हैन।
यो ठाउँ कृषि उत्पादनका लागि पनि महत्त्वपूर्ण थियो। यसले पनि प्रमाणित गर्छ कि पृथ्वीनारायण शाहले उपत्यका आक्रमण एकीकरणका लागि नभएर आर्थिक लाभका लागि गरेका थिए, टुक्राटुक्रा अवस्थामा रहेको ‘नेपाल’ लाई एउटै राज्य बनाउने उद्देश्यले हैन।
नेपालका बारे फ्रेञ्च इतिहासकार सिल्भाँ लेभीले प्रमाणहरु सहित राखेर “नेपाल” पुस्तक लेखेका छन्। सिल्भाँ लेभीका अनुसार तिब्बतका विभिन्न गुम्बामा रहेका धनको लोभमा धर्मको नारा दिँदै त्यहाँ पनि गोरखा सैनिकहरु हमला गर्न गएका थिए। तर चिनियाँ फौजले नराम्रोसित लखेटेपछि सम्झौता गर्न बाध्य भएका थिए। त्यसपछि हरेक पाँच वर्षमा एक पटक चिनिया बादशाहलाई देव मञ्जुश्रीका अवतार भन्दै कर तिर्न जानु परेको कुरा यहाँ उल्लेखनीय हुन आउँछ।
पृथ्वीनारायण शाहले सिमाना विस्तार गर्नका लागि सैनिक गठन गरेका बेला सेनामा लिन सकिने, मिल्ने भएभरका मानिसहरु जम्मा गर्दा पनि १३०० भन्दा बढी संख्या पुर्याउन सकेका थिएनन्। पहिलो पटकको कीर्तिपुर हमलामा शक्ति बल्लभ सरदारले भारतको मैदानबाट ल्याएका १२०० जवान फौज प्रयोग गरेका थिए। यसले पनि गोरखाको हैसियत के थियो भनी देखाउँछ। त्यतिबेला इटालीका शासक मेजिनीले सन् १८७१ मा घोषणा गरेरै अरु राज्यसित मिलेर एकीकरणको पाइला अगाडि बढाएका थिए, तर यहाँ त्यसो भएको हैन। पृथ्वीनारायण शाहको उपदेश पुस्तकमा कतै पनि एकीकरण गर्नुपर्छ भन्ने उल्लेख गरिएको छैन।
इतिहास सँधै तरवारले लेखिन्छ। जित्नेको नाममा रामायण लेखिन्छ, हार्ने रावणलाई राक्षस घोषणा गरिन्छ। सीतालाई जंगलमा पठाउने राम नै मर्यादापुरुषोत्तम हुन्छन्। पृथ्वीनारायण शाहलाई त्यसैले वडा महाराजधिराज भनाइएको हो। यदि एकीकरण नै गर्ने भनी पाइला चालेका नै भए हारेको ठाउँका सेनालाई शत्रुका सैनिकलाई पनि नगरिने व्यवहार नगर्नु पर्ने हो। तर पृथ्वीनारायण शाह अति नै क्रुर, तानाशाह भएर निस्के।
अति नै सन्काहा पृथ्वीनारायण शाहको आँखा नुवाकोट जितेपछि बेलकोटमा परेछ। अनि त्यहाँका प्रमुख जयन्त राना भनेर थाहा पाउनासाथ तुरुन्तै त्यहाँ आक्रमण गर्ने भन्दै उनी एक्लै जोस्सिएर गएका थिए। यो कुरा थाहा पाएपछि अरु सैनिक पनि पछाडि-पछाडि दौड्दै गएका थिए। तर उनका धेरै योध्दाको मृत्यु भएपछि उनी खाली हात फर्केका थिए। तर साहसी कालु पाण्डेले पृथ्वीनारायण शाहलाई फकाएर फेरि युध्द गरेर जयन्त रानालाई पराजित गरेका थिए। त्यसपछि त जयन्त रानालाई उनले गर्नुनगर्नु सास्ती गरे। जयन्तको छाला काढेर दिनुसम्मको सास्ती दिएर मारिएको थियो। जयन्त रानालाई छाला काढेर मारेको त्यो घटनाले पृथ्वीनारायण शाहको अति नै क्रुर, तानाशाह, निरंकुश शासकको तस्वीर प्रस्तुत गर्न सफल भएको छ। त्यसैले त होला, पृथ्वीनारायण शाहको सालिकमा तरवार पनि राखिएको !
पृथ्वीनारायण शाहले एकीकरण गरेका हैनन्, राज्यको सिमाना विस्तार गरेका हुन्। त्यसैले आफूले जितेको स्थानमा उनले अत्याचार र अमानवीय यातना दिनसमेत पछि परेका थिएनन्। खोज्दै जाने हो भने काठमाडौँ लगायत अन्य विभिन्न स्थानमा आतयायी यातना दिएको प्रमाण भेटिनेछ। वास्तवमा एकीकरण गरेको भए त्यहाँका जनताको भावना पनि जितिन्थ्यो, दुश्मनलाई पनि नगर्ने व्यवहार गरिँदैनथ्यो। यदि वास्तविक एकीकरण गरिएको भए देशका सबै जनजातिलाई पनि अवसर दिएर देश निर्माणका कार्यमा योगदान दिने अवसर दिइन्थ्यो। तर सेना र पुलिसमा बाहुन, क्षेत्री र शाह र राणाहरुको मात्र बोलवाला रहेको छ। खै गुरुङ, तामाङ, यादव, थारुहरुलाई अवसर दिइएको ?
इतिहासकार सिल्भाँ लेभीले पुष्टि गरेका छन् कि पृथ्वीनारायण शाहका पुस्ता द्रव्य शाहले वर्षको एक पटक विजया दशमीका दिन हुने दौड प्रतियोगितामा अगाडि दौड्ने सबैलाई छुरा प्रहार गरी हत्या गरेर आफू पहिलो भई राज्य हडपिएका थिए। द्रव्य शाहले आफू राजा भइसकेपछि फेरि यो दौडको आयोजना गरेनन्। बरु आफ्नो वंशबाट राजा हुने परम्परा कायम गरे।
नेपाललाई विदेशी (अंग्रेजी) प्रभावबाट मुक्त गरेको भन्ने गरिन्छ। तर इतिहासकार नयनराज पन्तका अनुसार अंग्रेज र नेपालबीच भएको युद्धका क्रममा पाँच स्थानमा युद्ध भएको थियो। त्यसमा तीन ठाउँमा नेपाल पराजित भएको थियो भने दुई स्थानमा विजयी भएको थियो। तर नेपाल हारेका तीन युद्ध मोर्चा सम्हालेका कमाण्डरहरुलाई शत्रु सेनाले वीर, बहादुर भनेकाले भक्ति थापा, अमरसिंह थापा र बलभद्र कुँवरलाई निकै सम्मान गरियो। पछि उनीहरुलाई राष्ट्रिय विभूतिसमेत घोषणा गरियो। तर बाँकी दुई मोर्चा, जहाँ नेपाल विजयी भएको थियो, त्यहाँका कमाण्डरहरुको नामसमेत इतिहासबाट मेटाइसकिएको छ। के उनीहरु अराष्ट्रिय तत्त्व हुन् ? यसबाट पनि प्रष्ट हुन्छ यहाँका शासकहरु आफै अंग्रेजको प्रभावमा कति परेका छन् भनेर।
शाह वंशको कलाकौशलमा योगदान हेर्ने हो भने शून्य देखिन्छ। उनीहरुले नयाँ त केही बनाएनन् बनाएनन्, उल्टो पहिला बनाइसकिएका स्मारकहरुप्रति प्रशस्त इर्ष्या गर्ने काम गरे। त्यसैले त्यस्ता स्मारकहरुमा पत्तो नदिई आफ्नो नाम राखेर आफूले बनाएको भन्ने भ्रम फैलाउन खोजे।
उदाहरणका लागि बालाजुमा भएका २२ धारा रणबहादुर शाहले बनाएको भनेर हामीले स्कूलमा पढ्ने गरेका थियौँ। तर राजा जयप्रकाश मल्लले त्यहाँ पहिले नै २१ वटा ढुंगेधारा बनाइसकेका थिए। नेवार वास्तुकलाको दर्शनशास्त्रमा ढोका, झ्याल आदि राख्दा बिजोडा राखिन्छ। त्यसैले भक्तपुरको दरबारमा पनि ५५ वटा झ्याल राखिएका हुन्। जयप्रकाश मल्लले पहिले नै बनाइसकेको २१ वटा धारामा एउटा धारा थपेर रणबहादुर शाहले बनाएको भन्ने गलत इतिहास लेखाउने प्रयत्न भयो।
भक्तपुरको न्यातपोल मन्दिर भूपतिन्द्र मल्लले बनाएको भनी इतिहासमा मात्र लेखिएको छ तर न्यातपोलमा कतै लेखिएको छैन। राजा महेन्द्रको पालामा न्यातपोल मन्दिर भवन विभागबाट जिर्णोद्धार गर्न लगाइएको थियो। त्यतिबेला उनले यति खर्च भयो भनी खस भाषा र अंग्रेजी भाषामा शिलापत्र राख्न लगाए, भित्ता नै फोडेर। महेन्द्रको नामको संकेत पनि राख्न लगाइयो। वास्तुकलाको मर्ममा आघात पुग्ने गरी त्यहाँ फलामको बार र ढोका पनि राख्न लगाइयो। (धेरैपछि मात्रै त्यहाँको फलामको बार हटाइएको थियो) त्यति मात्र हैन, पुराना इँटालाई फुटाएर त्यसमा सिमेन्ट प्रयोग गरी प्वाइटिङ्ग गर्न लगाइयो। पानी पस्न नदिनका लागि पुरानै प्रविधि छ, तर त्यसलाई वास्ता गरिएन। मन्दिरका टुँडालमा पनि पहिला कालो र सेतो रंग लगाइएको हुन्थ्यो तर राजा वीरेन्द्रको राज्याभिषेकको बेला त्यसमा रंगीचंगी रंग पोतियो। ५५ झ्यालमा अझै पनि कालो रंग नै लगाइएको छ।
पृथ्वीनारायण शाहले दिव्योपदेशमा नेपाललाई चार वर्ण ३६ जातको साझा फूलबारी भनेका थिए। तर व्यवहारमा भने ठ्याक्कै त्यसको उल्टो भयो। राज्यले कहिले जनजातिको विकास र संरक्षण गर्यो ? एउटा उदाहरण काफी हुन्छ-रेडियो नेपालमा प्रसारण भइरहेको एउटै मात्र नेपालभाषाको कार्यक्रम जीवन दबू पञ्चायत कालमा २०२२ साल वैशाख २१ गते बिना कारण बन्द गर्न लगाइयो। त्यसको विरोधमा शान्तिपूर्ण साहित्य सम्मेलन, गोष्ठी गर्दा समेत प्रशासनले तीव्र दमन गर्यो।
आजभोलि जातीय स्वशासनका कुरा आउँदा गरिने विरोध यही पृथ्वीनारायण शाहको सामन्ती, दमनकारी नीतिको अवशेष मात्र हो।
आर्थिक, राजनैतिक, धार्मिक, भाषिक जुनसुकै दृष्टिकोणले हेरे पनि पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेका हैनन्, उनको विस्तारवादी नीति अन्तर्गत राज्यको सिमाना विस्तार मात्र गरेका हुन्। जसलाई पछि राज्य एकीकरणको जलप लगाएर उनको बदमाशीलाई छोप्ने प्रयास मात्र गरिएको हो।

Thursday, January 9, 2014

पृथ्वीनारायणलाई राष्ट्रनिर्माता मान्नु पाखण्डीपन....

पृथ्वीनारायणलाई राष्ट्रनिर्माता मान्नु पाखण्डीपन.... :- प्रा.डा. गोपाल शिवाकोटी 

सामन्ती केन्द्रिकृत राज्य विस्तार गर्ने राजा पृथ्वीनारायण शाहको २९२ औं जन्म जयन्तीलाई यस वर्ष पनि कथित नागरिक समारोह समितिको नाममा विभिन्न कार्यक्रमहरु गर्ने कार्यक्रम सार्वजनिक भएको छ । साथै उनको जन्मदिन पुष २७ लाई राष्ट्रिय एकता दिवसको रुपमा सार्वजनिक विदा दिनुपर्ने माग पनि दरबारले पोषण गरेका केही व्यक्ति तथा शक्तिहरुले गरेको देखिन्छ । यसै क्रममा स्वयं गणतान्त्रिक व्यवस्थामा मन्त्रीका रुपमा रहेका संस्कृति मन्त्री रामकुमार श्रेष्ठले राष्ट्रिय एकता दिवसको रुपमा मनाउनु पर्ने विडम्बनापुर्ण अभिव्यक्ति दिएर शाही शासनको औचित्य पुष्टि गर्ने प्रयास गरेपछि यो विषय पुनः विवादमा आएको छ ।
नेपालमा गणतन्त्रको स्थापना भएपछि पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा सार्वजनिक बिदा दिन छोडिएको हो । सरकारी स्तरबाटै कटौति गरिएको यो दिनलाई सार्वजनिक विदा दिनुपर्छ भन्ने मन्त्री स्वयंले विचार सार्वजनिक गर्नुले उनले यस अघिका सरकारका निर्णयहरुलाई अवज्ञा गरेका हुन् वा कर्मचारी सरकारकै नीति परिवर्तन भई पुनः शाह वंशको सत्तालाई पुनःस्थापित गर्नका लागी गरिएको प्रायोजित प्रचार हो भन्ने कुरामा समेत आशंका उत्पन्न भएको छ ।
निश्चय नै हिजोका शाही सत्ता र दरबारको आडमा लाभ लिनेहरु तथा पश्चगामी र आफुलाई राजतन्त्रवादी भन्नेहरुले पृथ्वीनारायण शाहको कार्यलाई एकिकरण ठान्नु, यसलाई महत्व दिई शाही शासनका जनविरोधी कार्यहरुको औचित्य पुष्टि गर्नु, संघियताको विरुद्ध केन्द्रिकृत सामन्ती सत्ता पुनस्र्थापना चाहनु स्वाभाविक र उनिहरुको आचरण अनुकुलको मानिए पनि एकजना मन्त्रीबाट नै यस किसिमका अभिव्यक्ति हुनुले गम्भिर प्रश्न उठ्नु स्वभाविकै हो । अहिले पनि पृथ्वीनारायण शाहको कार्य एकिकरण थियो कि साम्राज्यवादी थियो भन्ने बारेमा बहस चलिरहेको अवस्थामा उनले एकिकरणको गरेको भनि देवत्व प्रदान गर्ने र महान व्यक्तिको रुपमा प्रस्तुत गर्ने काम पाखण्डपुर्ण हो ।
राज्यको पुनर्सरचना, गणतन्त्रको संस्थाकरण तथा सबै जाती–जनजातीलाई राष्ट्रिय मुलप्रवाहमा ल्याउने तथा सामन्ती अवशेषहरुलाई समाप्त गरि मुलुकलाई जनवादीकरणको अभियानमा मुलुक रहेको अवस्थामा पृथ्वीनारायण जस्ता व्यक्तिलाई महान् बनाएर पुजाआजा गरि देवत्व प्रदान गर्ने, जुन षडयन्त्रको रुपमा यो कार्य भएको छ, यसप्रति सचेत व्यक्ति र शक्तिहरुले सतर्क हुन समेत आवश्यक देखिएको छ । पृथ्वीनारायण शाहलाई जुन किसिमले प्रस्तुत गरिएको छ, वुद्धिमान, दुरदर्शी भएको भनि देखाउने प्रयास भएको छ ती सम्पुर्ण मिथ्यामात्र हुन् । पृथ्वीनारायण शाह अत्यन्त क्रुर विलासी, धनपिपाशु, युद्धपिपाशु, अविवेकी तथा षड्यन्त्रकारी र विश्वास गर्ने नसकिने व्यक्ति र गोरखनाथको आर्शिवादको भ्रम फलाउने जोगी सन्यासीलाई एजेन्टका रुपमा प्रयोग गर्ने धुर्त व्यक्ति थिए भन्ने कुरा उनका गराई र भनाईले देखिएको छ ।
उनको उपदेश भनि जुन प्रचार गराइएको छ, त्यो पृथ्वीनारायण शाहको भनिएको दिव्योपदेश स्वयं नै नक्कली भएको कुरा समेत पुष्टि भएकाले यसतर्फ पनि ध्यान दिनु जरुरी भएको छ । निश्चय नै पृथ्वीनारायण शाह अत्यन्तै महत्वकांक्षी व्यक्ति थिए भन्ने कुरामा सन्देह रहन्न । तर उनी षड्यन्त्रकारी, सम्पतिका लागी जे पनि गर्ने व्यक्तिको रुपमा स्थापित भएका छन् । उनले १४ वर्ष कै उमेरमा विवाह गरेकी मकवानपुरका हेमकर्ण सेनकी छोरी राजकुमारी इन्द्रकुमारीसँग नौलखा हार तथा हात्ति दाइजोमा नदिएको भनी श्रीमतीलाई छोडेर हिडेको तथा यहि दाइजो नदिएकाले जेठान दिग्बन्धन सेनलाई नौ वर्षसम्म बन्दी बनाएको कुराले उनलाई श्रीमति भन्दा पनि सम्पत्ति वा दाइजोमा आँखा लागेकोले उनको सम्पत्तिप्रतिको आशक्ति स्वतः प्रष्ट भएको देखिन्छ ।
काठमाडौ उपत्यकामाथिको आक्रमणसमेत एकिकरणको उद्देश्यले भएको थिएन भन्ने कुरा उनकै दिव्योपदेशले समेत पुष्टि गर्दछ । उनले फुलचोकी आएर काठमाडौ उपत्यकालाई हेर्दा यहाँ फलेको धान र सम्पदालाई देख्दा यो मुलुक जित्न पाए हुथ्यो भनि उनलाई लागेको भन्ने कुराले काठमाडौमाथिको आक्रमण एकिकरणको लागी नभएर धनसम्पत्ति प्राप्त गर्न र जोड्नका लागी नै भएको कुरा प्रमाणित हुन्छ । उपत्यकाको वैभव आफ्नो नियन्त्रणमा लिनका लागी कसैले युद्ध गर्दछ भने त्यसलाई एकिकरणको लागी भन्नु कतिसम्म पाखण्डीपुर्ण हो भन्ने कुरा स्वभाविक रुपमा बुझ्न सकिन्छ ।
पृथ्वीनारायण शाहको विजय अभियान एकिकरणको लागी नभएर अन्य राज्यमाथि विजय प्राप्त गर्ने साम्राज्यवादी र विस्तारवादी अभियान थियो । उनले १७४३ मा नुवाकोटबाट सुरु गरेको यो अभियान १७७५ मा उनको मृत्यु पर्यन्त जारी रहेकोले उनि कति युद्धपिपाशु थिए भन्ने पनि देखिएको छ । उनले १७७५ मा किराँत क्षेत्रलाई विजय प्राप्त गरी गरेको असमान सम्झौताको मिति भाद्र २२ लाई अहिले पनि किराँत क्षेत्रमा कालो दिवसको रुपमा मनाइने गरिन्छ र यो सम्झौतालाई खारेज गर्ने माग पनि भइरहेको अवस्था छ । पृथ्वीनारायण शाह र उनका सन्तानहरुले गरेको राज्य विस्तारलाई लिएर तराइ क्षेत्रले आफुलाई गोर्खाले उपनिवेश बनाएको भन्ने छाप अहिलेसम्म पनि पर्दै आएको छ भने कर्णाली प्रदेश र अझै खास गरी जुम्लाले गोर्खालीहरुलाई लुटाहाहरुको रुपमा हेर्ने गरेको पाइन्छ ।
यसैले किराँत, मधेस, कर्णाली लगायतका सबै क्षेत्रहरु र अझै उपत्यकासमेत आफुलाई पृथ्वीनारायण शाहका सन्तानले उपनिवेश बनाएको भनी ठान्दैछन् भने यसलाई कसरी एकिकरण भन्न सकिन्छ ? एकिकरण भनेको त अमेरीकामा जर्ज वासिङ्टनले १३ वटा राज्यलाई संयुक्त बनाउदा गरेको सम्झौतालाई लिन सकिन्छ । उनले ति राज्यहरुलाई समान हक दिएका थिए भने विस्मार्कले पनि विभाजित जर्मनलाई एक ठाउँमा ल्याउने काम गरेका थिए । एकिकरण समान इच्छा भएकाहरुलाई एक ठाउँमा ल्याई जित–जितको रुपमा राज्य स्थापित गर्ने कार्य हो । यो बन्दुक र शक्तिका भरमा अरुमाथि अभिपत्य स्थापित गर्ने विषय होइन ।
अहिले पनि नेपालको विस्तार काँगडासम्म भएको भनी दावा गरिन्छ तर नेपालको सो क्षेत्र एकिकरण भएको भए अंग्रेजसँगको सुगौलि सन्धिपछि त्यो क्षेत्रका मानिसहरुले विद्रोह गर्नुपर्ने थियो । तर त्यसो नगरी त्यस क्षेत्रमा रहेका २ लाख सेनासमेत अंग्रेजी सेनासँग मिलि सो क्षेत्र अंग्रेज अन्तर्गत सुदृढ गराउन लागिपरेकाले पनि यो एकिकरण नभएर साम्राज्य विस्तार मात्र थियो भन्ने प्रमाणित हुन्छ । पृथ्वीनारायण र उनका सन्तानहरुले राज्य विस्तारका क्रममा अनेक जाति, जनजातीमाथि आधिपत्य कायम गरि उनिहरुका संस्कृति र पहिचानलाई नै समाप्त गरिदिए अर्थात् शाही शासक वर्गको हुकुमत्वले गर्दा यी जाती जनजाती आदिवासी, धर्म आदिको पहिचान दबिन पुगेको थियो ।
यी सबै पहिचानलाई जर्वजस्ती केन्द्रिकृत गर्नका लागी ४ वर्ण ३६ जातको फुलबारी भन्नेजस्ता पाखण्डपुर्ण शब्दहरुको आवरणमा राष्ट्रिय पहिचानलाई नै थिच्ने र दबाउने काम भएको थियो । नेपालको राष्ट्र निर्माण जुन भनिन्छ यो राष्ट्रनिर्माण नभएर खुकुरीको बलमा अन्य राष्ट्रमाथि गरिएको दमनबाट बलात् एक ठाउँमा विलय गर्ने प्रयास मात्र थियो । यसको अन्तिम प्रयास महेन्द्र शाहले एक भाषा एक भेष, एक संस्कृतिको रुपमा ल्याउने अन्तिम प्रयास गरेका थिए । अहिले भएको पहिचानको संघर्ष यही गोर्खाली साम्राज्यवाद र विस्तारवादको प्रतिक्रियाको रुपमा बाहिर आएको हो ।
अहिलेको संघियता र पहिचान जातीय पहिचानको आन्दोलन वास्तवमा शाही साम्राज्यवादले खडा गरेको उपनिवेशिक स्थितिको विरुद्धको विद्रोह हो, यो राष्ट्रिय स्वतन्त्रता, राष्ट्रिय मुक्ति, जातीय मुक्तिको अभियान हो । उनले लमजुङ्गलाई झुक्याउने र तनहुँ बोनसको रुपमा लमजुङ्गलाई दिने आश्वासन दिएर साम्राज्य खडा गरेका थिए । यो लमजुङ्गका राजासँग गरेको सम्झौताले समेत उनको अभियान एकिकरणको अभियान नभई विस्तारवादी अभियान थियो भन्ने कुरा पुष्टी हुन्छ । उपत्यकामाथिको विजय पनि उनले छलछामपूर्ण तरिकाबाट गरेको देखिन्छ ।
किर्तिपुरको युद्धमा कालु पाण्डेको सैनिकहरुमा बढ्दै गएको प्रभाव र काठमाडौ जिते लमजुङ्गलाई तनहुँ दिनुपर्ने सम्झौता कार्यान्वयन नगराउनका लागी उनले नै कालुपाण्डेको युद्धमा हत्या गराएका थिए भनिन्छ । उनको युद्धमा देब्रे आखाँमा तीर लागेर फुटेपछि आफ्नो राज्यमाथि खतरा देखी भाइहरुलाई देश निकाला गर्ने, कालु पाण्डेको हत्या गर्नेजस्ता कार्य गराएका थिए । साथै किर्तिपुर विजय गराएपछि त्यहाँका जनतालाई आतंकित पार्नका लागी आफ्नो अधिनस्त स्वीकार गरिसकेका जनताको नाक र कान काटेकाले उनि कति क्रुर र नृस्रंस थिए भन्ने कुरा प्रमाणित गरेका थिए ।
यस्तै कान्तिपुर जित्न जयप्रकाशका भाई भतिजा र रानीहरुलाई पछि शासनमा सहभागी बनाउने भनि जयप्रकाश विरुद्ध लगाएकाहरुले कान्तिपुर विजयको एक वर्षजति पछि आफ्नो शासनमा भागिदारी माग्न थालेपछि यी सबै भाइभारदार तथा रानीहरुलाई हनुमान ढोका दरबारको एक बैठक कोठामा राखेर बाहिरबाट ताल्चा लगाई आगो लगाई सबैको एक चिहान पारेकाले पनि उनी कतिसम्म क्रुर थिए भन्ने वुझन सकिन्छ । उनले भक्तपुरका राजा आफ्नै मित बाबुलाईसमेत छोडेका थिएनन् ।
काठमाडौंलाई विजय गर्न १२ वर्षसम्म घेराबन्दी गर्नेजस्ता कार्यले जनतालाई सकसमा पारेर उपत्यका विजय गर्नुलाई यदि कसैले एकिकरण देख्छ भने त्यस्ता व्यक्तिहरुको विवेकलाई के भन्न सकिन्छ र ? पृथ्वीनारायणलाई महान बनाउन दिव्योपदेशका परराष्ट्र नीति, आर्थिक नीतिहरुको उल्लेख गर्ने गरिन्छ तर यो दिव्योपदेशको मुख्य भाग पृथ्वीनारायण शाहले नुवाकोटमा दिएको नभई भिमसेन थापाले अंग्रेजसँगको युद्धको समयमा केयरसिंह बस्नेतद्धारा लेखाइएको दिव्योपदेशको संस्करणमात्र हो । पृथ्वीनारायणले नेपाललाई दुई ढुङ्गाबीचको तरुल भनेको उत्तरतर्फको बादशाह र दक्षिणतर्फको बादशाहको बारेमा उल्लेख भएको छ ।
पृथ्वीनारायण शाहले यो उपदेश सन् १७७५ भन्दा ३० वर्षपछि सम्म नेपालले राज्य विस्तार गर्दै रहेको थियो भने १८१४ मा मात्र बेलायती साम्राज्यको उपस्थिति यस क्षेत्रमा भएको अवस्था थियो । यस्तो अवस्थामा कसरी उनले आफुलाई तरुल भन्छन् अनि दुईटा ढुङ्गाबीचको तरुल भन्ने कल्पना गर्छन र उनको सन्तानले ४० वर्षसम्म राज्य विस्तार गर्दै रहन्छन् यसतर्फ विचार गर्नु जरुरी छ । यो उत्तर र दक्षिणतर्फको समद्रीय सिद्धान्त पृथ्वीनारायणको नभएर भीमसेन थापाका सल्लाहकार केयरसिंह बस्नेतको तत्कालिन परिवेशको सन्दर्भमा प्रतिपादित सिद्धान्त हो । यस्तै रणनीतिमा झिकिकटक गर्नु जाईकटक नगर्नु भन्ने कुरा पनि पृथ्वीनारायणको कुरा होइन । साम्राज्य विस्तार गर्दा जाईकटक नै गर्नुपर्दछ । झिकिकटक त आफ्नो प्रतिरक्षात्मक युद्ध नीति हो ।
यो अंग्रेससँगको युद्धको लागी प्रतिरक्षात्मक युद्धको नीतिलाई पृथ्वीनारायणको टाउकोमा पगरी बाँधि देवत्व देखाउन खोजिएको छ । पृथ्वीनारायणले त बुद्धिनारायण राईविरुद्ध अंग्रेजसँग पूर्णियामा सम्झौता गरेका थिए । सिन्धुलीमा आएका अंग्रेज सेनालाई हराएका थिए । पृथ्वीनारायण शाह युद्धमा सबै खालका षड्यन्त्र गरि विजय प्राप्त गर्ने गर्दथे । यसैले यसलाई एकिकरणको रुप दिनु पृथ्वीनारायण शाहले उपनिवेश बनाएका जाती, जनजाती क्षेत्रमाथिको अन्यायलाई औचित्यसिद्ध गर्न खोज्नुमात्र हो । अहिले यो अभियान खास गरि पहिचानसहितको संघियता विरोधिहरु र मुलुकमा शाहवंशका ताबेदारी गरी फाइदा लिनेहरुको हो ।
अहिलेसम्म लेखिएको इतिहास पनि दरबारले लेखाएको हो र यी माथि उल्लेख गरेका कुराहरु केहि इतिहासमा देखिएका झलकमात्र हुन् । यसैले नेपालको इतिहास लेखिएमा शाहवंश के र कस्तो थियो भन्ने कुरा जान्न सकिने हुदाँ यस अवसरमा नेपालको इतिहासको पुनर्लेखन गर्नु, पुनः अनुशिलन गर्नुपर्दछ । केहि व्यक्तिले संवेदनशिल राष्ट्रियताको भावनालाई ब्ल्याकमेलिङ्ग गरि शाहवंशलाई पुनः देवत्व प्रदान गर्न र उनिहरुका जनताविरुद्धका अविवेकपुर्ण क्रुरतालाई ढाकछोप गर्ने जुन प्रयास गरिदैछ ।
यो गम्भिर विषय भएकोप्रति सचेत हुनुपर्दछ । केहि व्यक्तिले पृथ्वीनारायण नभएको भए नेपाल नै हुँदैनथ्योजस्ता तर्कसमेत अघि सारी नेपालको अस्तित्वसँग शाहवंशलाई जोड्नेजस्ता कार्य पनि गदै आईहरेका छन्, तर उनी नभएको भए कुनै अर्काे नारायणले यदि मुलुकको आवश्यकता भए एकिकरण पनि गर्दथ्यो र त्यो एकिकरणले नेपालको स्वरुप समेत फरक हुन सक्थ्यो । यो अहिलेको नेपाल भन्दा पनि समृद्ध र जनमैत्रि नेपाल बन्न सक्थ्यो भनि किन विर्सने ? राष्ट्रनिर्माता व्यक्ति नभएर जनता हुन् । व्यक्तिले पनि यसलाई उत्प्रेरित र नेतृत्व गर्दछ ।
एउटा अविवेकी क्रुर षड्यन्त्रकारी, युद्धपिपाशु, सम्पत्ति र सोखका लागी जे पनि गर्न चाहने व्यक्तिबाट उसै अनुकुलको राज्य बन्न सक्छ र बन्यो पनि । त्यसबाट मुक्ति पाउन दुई सय वर्षभन्दा बढी नेपालीले संघर्ष गर्नु परेको र विश्वकै अत्यन्त समृद्ध मुलुक कंगाल पनि यसै वंशको कारणले बन्न पुगेको कुरा पनि विर्सनु हुदैन ।
राजधानी बाट......... :- प्रा.डा. गोपाल शिवाकोटी

राजधानी बाट.........

Monday, January 6, 2014

नेपाली पनि मंगल ग्रहमा !!

काठमाडौं– मंगल ग्रहमा मानव बस्ती बसाउने योजना बनाएको नेदरल्यान्डस्थित संस्था 'मार्स वान'ले दोस्रो चरणमा छानेका १ हजार ५८ जनामध्ये एक नेपाली पनि परेका छन्। मंगल ग्रहको एकतर्फी यात्राका लागि पाल्पा रामपुरका २१ वर्षीय समीर न्यौपाने छानिएका हुन्। मार्स वानले दोस्रो चरणमा १ सय ७ देशका नागरिक छानेको थियो।
Photo: मंगल ग्रहमा मानव बस्ती बसाउने योजना बनाएको नेदरल्यान्डस्थित संस्था 'मार्स वान'ले दोस्रो चरणमा छानेका १ हजार ५८ जनामध्ये एक नेपाली पनि परेका छन्। See more at: http://nagariknews.com/society/nation/story/11763#sthash.CTHif1tt.dpuf
मार्स वानले अझै विभिन्न चरणमा छनोट गर्नेछ। यसरी छानिएकामध्ये २०२४ मा पहिलोपटक चार जनालाई मंगल ग्रह पठाइनेछ। मार्स वानले प्रत्येक २ वर्षमा चार जनाका दरले ४० जना पठाएर मंगल ग्रहमा बस्ती बसाउने योजना बनाएको छ। यसरी जानेमा पुरुष र महिला बराबर हुनेछन्। उनीहरूले त्यहाँ स्थापना गरिने प्रयोगशालामा विभिन्न वैज्ञानिक परीक्षण गर्नेछन्।
विज्ञान विषयमा प्लस टु गरेका न्यौपानेसहितका आवेदकले पहिलो चरणमा आफ्नो व्यक्तिगत विवरण, किन मंगल ग्रह जान चाहेको भन्नेबारे एक मिनेटको भिडियो र तीन प्रश्नको जवाफ पेस गरेका थिए।
'दोस्रो चरणमा भने शारीरिक तथा मानसिक अवस्थाबारे परीक्षण हुन्छ। शारीरिक तथा मानसिक रूपमा तन्दुरुस्त व्यक्ति तेस्रो चरणका लागि छानिन्छ,' न्यौपानेले भने, 'क्षेत्रीय रूपमा परीक्षा लिने भनिएको छ। चीन वा भारतमा हुनसक्छ। त्यसपछि मात्रै आयोजकहरूले तेस्रो चरणमा को–को छनोट हुन्छ भनेर घोषणा गर्छन्।'
सानैदेखि विज्ञान तथा अन्तरिक्षसम्बन्धी फिल्ममा रुची राख्ने न्यौपानेले अहिले मंगल ग्रहबारे भेटेसम्म अध्ययन गरिरहेका छन्। 'त्यहाँबाट यहाँ सन्देश आइपुग्नै दस मिनेट लाग्छ,' न्यौपानेले भने, 'पृथ्वीमा भने रियल टाइममा घटना हेर्न सकिन्छ।' न्यौपाने बाबु, आमा, बहिनीसँग काठमाडौंमा बस्दै आएका छन्।
पहिलो चरणमा विश्वभरबाट २ लाखभन्दा बढीले ६ अमेरिकी डलर तिर्दै मंगल ग्रह जाने इच्छा देखाएका थिए। अहिलेको रकेटको गतिमा मंगल ग्रहमा पुग्न ६ देखि ८ महिना समय लाग्छ। मंगल ग्रहमा जाने अन्तरिक्षयात्रीको हरेक गतिविधि टेलिभिजनमा चौबीसै घन्टा र वर्षभरि नै हेर्न सकिने व्यवस्था मिलाइनेछ।
न्यौपानेले आफू मंगल ग्रह जानेमा विश्वस्त रहेको बताए। 'मंगल जान पाउनेमा म ढुक्क छु,' न्यौपानेले भने, 'म नभए पनि एस्ट्रोनोमीको विषयमा अध्ययन गर्ने रुचि बढाएको छ। यसले अन्यलाई पनि यस क्षेत्रमा आकर्षित गर्नेछ भन्ने विश्वास छ।'
क्यानडाबाट ७५, भारतबाट ६२, रुसबाट ५२ र चीनबाट ४० जना दोस्रो चरणमा छानिएका छन्। डच उद्यमी बास ल्यान्सडेर्पले २०१२ मेमा मार्स वान परियोजनाको घोषणा गर्दै १५ अर्ब अमेरिकी डलर छुट्ट्याएका छन्।
संस्थाले द बिग डोनर सो र द बिग ब्रदर सोको सिर्जना गर्नेमध्येका एक पाउल रोमेरलाई मार्स वान परियोजनाको एम्बासडर (दूत) बनाएको छ।
मार्स वानले सन् २०१८ मा पहिलोपटक रकेट पठाउने योजना बनाएको छ। यस मिसनमा मंगल ग्रहमा आवश्यक पर्ने २ हजार ५ सय किलो विभिन्न वस्तुका अंश पठाइनेछ। त्यसमा सोलार प्यानलदेखि मिसनका लािग आवश्यक पर्ने सामग्री हुन्छन्।
त्यस्तै, २०२० मा मानिस बासोबास गर्न उपयुक्त स्थान कहाँ हुन्छ भनेर अध्ययन गर्न रोबोट पठाइनेछ।