किरात याक्थुङ चुम्लुङमा र संघीय लिम्बुवान समाज कतारमा सेवालुङको प्रोपोगान्डा
(१)संघीय लिम्बुवान समाज कतारको बिबादको शुरुवात कियाचु कतारको आठौँ अधिवेशन होईन।यो सेवा लुङ् जीको दोश्रो प्रोपोगाण्डा मात्र हो।उहाँले त
संघीयता र लिम्बुवान स्वायत्त
राज्य प्राप्तिको कठिन यात्रालाई
सामना गर्न नसकेर बिना कारण त्यो
भन्दा अगाडी देखि नै संलिस कतार
र लिम्बुवान आन्दोलन बाट भाग्ने
कोशिश गरि रहनु भएको थियो।फेब्रुवरी १९ तारिक नै उहाँले लिखित र अबिर मादेन जीले त्यसको भोलिपल्ट बैठकमा मौखिक राजिनामा मागि खाता समेत बुझाउँनु खोज्नु भएको थियो।त्यस पटक हामीले उहाँहरु लाई अनेक सम्झाई बुझाई गरी
राजिनामा फिर्ता गराउँन सफल भएका थियौँ। उहाँको राजीनामा पत्र फेशबुक बाट साभार:
Sewa
Lung
श्रीमान्
अध्यक्ष ज्यु,
कार्य समिति
तथा सचिबालाका सम्पूर्ण पदाधिकारी ज्यु हरु, संघीय लिम्बुवान समाज कतार , सेवारो ,, जय लिम्बुवान !
बिषय:-
जिम्मेवारी बहन गर्न नसक्ने जानकारी गरिएको सम्बन्धमा।
उपरोक्त सम्बन्धमा सम्पूर्ण मान्यजन हरुमा म यो सबिनय अनुरोध गर्न चाहान्छु कि, आजको दिन देखि उप्रान्त म संघिय लिम्बुवान समाज प्रबास कतार को सचिब पद मा बसी काम गर्न नभ्याउने र नसक्ने व्यहोरा अबगत
गराउन चाहान्छु। र आजकै दिन देखि अन्तरास्ट्रिय जिम्मेवारी हरु बाट पनि बिदा भएको अबगत गराउन चाहान्छु। राजनीति फोहरी खेल नै रहेछ। हाम्रो बिसुद्द लिम्बुवान प्राप्ति भाबना हरु हुदा हुदै पनि केन्द्रमा रहेका सिर्सस्थ नेतृत्व हरुको खिचातानी, र दोसारोपण अनि इन्टरनेट को प्रयोग गरि ब्याक्तिगत स्वार्थ पूर्तिको लागि धमिलो खेल खेल्ने प्रबिती हरु देखि पनि हतास हुदै अन्तत्तगत्व भोलिका दिन हरुमा कतै हामि
हरुलाई पनि टेक्ने न समाउने ठाउँ नहुने अबस्थामा त पुर्याउने होइन? भन्ने धरासायी अबस्था हरु लाइ बिचार गर्दै अब उप्रान्त बाहिर बसेरनै भए पनि लिम्बुवान प्राप्ति आन्दोलन लाइ सहयोग गर्ने प्रण गर्दछु। हुन त समुद्र बाट
एकलोटा पानि बाहिर निकाल्दैमा हुने वाला केहि पनि छैन। त्येसैले पनि सम्पूर्ण जिम्मेवारी बाट बाहिर पन्छिएर लिम्बुवान भुमि मुक्ति आन्दोलन लाइ सहयोग गर्ने प्रतिबद्दता व्यक्त गर्दै यहा हरु बाट बिदा माग्दै छु। अस्तिको अ.स.स को मिटिंगमा मलाइ पनि जोडेर मेरो मनका बिचार हरु राख्ने मौका दिनु भएकोमा धन्यबाद! म बाहिर बसेर यहा हरु लाइ जस्तो सुकै सहयोग गर्ने नै छु। यदि पहिचान र संघियता बिरोधि अन्य कसै
पार्टीको झोला बोकेर हिडेको
सुन्नु भयो भने मेरो मुख मा थुकी दिनु सक्नु हुने छ। भन्दै बिदा सेवारो। सेवालुंग निबर्तमान सचिब संघीय लिम्बुवान समाज वातार। Feb 19 · Sent from Web
Sewa Lung left the conversation.)
 |
| सेवालुंग ले राजनीमा पत्र पेश गरे पश्चातको आकष्मिक बैठक @ मुन्ताजा पार्क 20 Feb 2015 |
(२) कियाचु कतार: कतारमा रहेका याक्थुङ्बा हरुको एक मात्र जातीय सामाजिक संस्था भएकोले हामी हिजो मञ्च सम्बद्ध लिम्बुवान प्रवास कतार,आजको संलिस कतार स्थापना गर्नु पुर्व देखि नै हामी केहि ब्यक्तिहरु कियाचु कतारमा आबद्ध रहँदै आएका थियौँ। कियाचु कतारको सातौँ अधिवेशनले निर्वाचित गरेको केन्द्रिय कार्य समिति यस्तो रहेको थियो।
श्री अध्यक्ष-लोकेन्द्र
कुमार तुम्रोक
श्री प्रथम- उपाध्यक्ष मन कुमार आङ्बो
श्री द्वितिय-उपाध्यक्ष
नरेन्द्र एभेङ्
(संलिस)
श्री महासचिव- राजेन्द्र
साम्याङ्खाम्
श्री सचिव- डम्बर लिवाङ (संलिस)
श्री सचिब- मंगलसिं
केरुङ लिम्बु
श्री कोषाध्यक्ष- हरी जबेगु
श्री सह- कोषाध्यक्ष
हर्क बहादुर खजुम लिम्बु (संलिस)
श्री सदस्य
किरण लिङ्देन (संलिस)
श्री अशोक
योङ्हाङ् (संलिस)
श्री स्यामसुहाङ्
हुक्पा चोङ्बाङ्
(संलिस)
श्री मिङ्सो सुहाङ् (संलिस)
श्री विशाल
आङबो लिम्बु
श्री बिक्रम
हुक्पा–चोङबाङ लिम्बु
श्री बम
बहादुर चेम्जोङ लिम्बु
श्री
नन्दराज लोवा लिम्बु
श्री गुञ्जन
माङलाक लिम्बु (संलिस)
श्री
गजेन्द्र फियाक,
लिम्बु (संलिस)
श्री तहन
शेर्मा,
लिम्बु
श्री पदम
वेघा लिम्बु
श्री देवी
केरुङ,
लिम्बु
श्री भीम
खापुङ,
लिम्बु
श्री दिल
कुमार पन्दाक,
लिम्बु
श्री शुनिल
खजुम,
लिम्बु
श्री सुक
बहादुर फागो,
लिम्बु
श्री दिल
किरण खजुम लिम्बु
श्री मान
ब.साँवा लिम्बु
श्री गणेश
प्र.थक्लुङ लिम्बु
श्री केवल
पाहिम लिम्बु
श्री श्रवण
योङया लिम्बु
श्री यतु
सम्बाङफे लिम्बु (संलिस)
श्री
लिलाहाङ लावती लिम्बु
श्री हर्क
प्रसाद आङदेम्बे लिम्बु (संलिस)
श्री गंगा
आङबुहाङ लिम्बु (संलिस)
श्री
अविन्द्र मादेन लिम्बुयसरी नै अन्य सदस्यहरु रहेका थिए ।
(३)कियाचु कतारको आठौँ अधिवेशन २७ मार्च २०१५
का दिन तोकिएको थियो।उक्त आठौँ अधिवेशनको पुर्व सन्ध्यामा
कियाचु कतारको कार्य समितिको बैठक बाट आठौँ अधिवेशनले
निर्वाचित गर्ने कार्य समिति र आगामी कालका कार्य समिति हरुको
पदिय बाँडफाँड वा मिलानको बारेमा रोलक्रमकै आधारमा गर्ने,जसको लागी
वर्तमान अध्यक्ष लोकेन्द्र तुम्रोक ज्यु बरिष्ठ सल्लाहकार,अहिलेको प्रथम
उपाध्यक्ष मनकुमार आङ्बो अध्यक्ष र द्वितिय उपाध्यक्ष
नरेन्द्र एभेङ प्रथम उपाध्यक्ष र यसैगरी क्रमगत सर्दै जाने भनेर भद्र सहमति भई सकेको
थियो।त्यसैले उक्त सहमति लाई अन्तिम समयमा आएर भंग गर्नु,बखेडा झिक्नु
त्यति मुनासिव हुँदैनथ्यो।र अर्को कुरा,यदि सबैले उक्त भद्र सहमति लाई सबैले
बिश्वास र ईमान्दारीताका साथ लागु भएको खण्डमा आगामी
कार्यकालको नेतृत्व हाम्रै पक्षमा रहेको थियो।त्यसैले उक्त सहमति लाई नै
मानेर बाँकि केन्द्रिय सदस्य पद हरुमा चाहिँ धेरै संख्यामा पहिचान सहितको
संघीयता र लिम्बुवान स्वायत्तता चाहानेहरु हुनु पर्छ भन्ने सोच
चाहिँ बनाएकै हो।तर यो कुरा लाई हाम्रै साथिहरुले बुझ्नु भएन वा आवश्यकता
भन्दा धेरै बुझिदिनु भयो।
(४)"मार्च २० तारिक बेलुका नै संलिस कतारका केहि
अतिवादी हरुको छुट्टै गोप्य बैठक बस्यो" भनेर सेवा लुङ् जीले जुन आरोप
लगाउँनु भएको छ।त्यो सरासर झुठ हो।सत्य कुरा के चाहिँ हो भने अर्को हप्ता
अर्थात मार्च २७ तारिक हुँदै गरेको कियाचु कतारको आठौँ अधिवेशनको
बारेमा समसामयिक बिषय बस्तु वा कियाचु कतारमा भएको
सहमतिका कुराहरु लाई हाम्रो बैचारिक संगठन भित्र अन्यौल नहोस्
भनेर अध्यक्ष ज्युले ब्रिफिङ् गर्ने सोचले आज बेलुकि मेरो रुममा एकछिन
बसौँ है भन्न खोज्नु भएको कुरा सत्य हो।त्यो दिन यो कुरा कसैलाई भन्न भ्याउँनु भयो,कसैलाई भ्याउँनु
भएन होला।किनकि त्यो दिन वनभोजको दिन थियो।उहाँको
यो सल्लाह गलत नियत बाट प्रेरित पटक्कै थिएन।तर कुरा के भई दियो
भने अघिल्लो रात १९ तारिक बेलुका कार्यक्रमको तयारीको लागि
पुरै रात र २० तारिक पुरै दिनको ब्यस्तताले थाकेर सबै लखतरान भईएकोले उक्त
दिन बेलुकि बैठक बस्न सकिएन।र सबैलाई बैठकको समाचार दिन पनि सकिएको
थिएन।अझ म गुईँठे र सेवा लुङ् महोदय कार्यक्रम सकिए पछि संगै एउटै
बसमा फर्किएका थियौँ।मेरो क्याम्प बाट लगिएका २ वटा ग्याँस
सिलिण्डर उहाँ लगायत केहि साथिहरुले नै ओराल्न सघाएर राती अन्दाजी
९:०० बजे हाँसि खुशी बिदा भएका थियौँ।कुरा यति सत्य हुँदा हुँदै
राती गोप्य बैठक बसे भनेर आरोप लगाई रहनुको कुनै तुक देखिन
(५)यसरी औपचारिक रुपमा बैठक बस्न नसकिए पछि यो बिषयमा संलिस कतारको च्याट ग्रुपमै भए पनि केहि सर सल्लाह गरौँ भन्ने सोचले बिषय बस्तुको उठान गरिएको थियो। त्यसमा हामी बहसकर्ता मध्ये धेरैले माथि
उल्लेखित सहमतिका कुराहरु नै राख्यौँ।बाँकि सेवा लुङ् जीले तोक्नु भएका सदस्यहरु मध्ये:
(क)तिल विक्रम थेबे जी शुरु देखि नै एक ब्यक्ति एक पदको मान्यतामा उभिनु भएको थियो। (ख)धन प्रसाद साँवा जी यो बिषयमा मुछिनु नै भएन।उहाँ तटस्थ बस्नु भयो।
(ग) किरण लिङ्देन जीको मत अलिक फरक थियो। उहाँको मत संलिस कतारको नेतृत्वले अन्य संघ संगठन लाई भन्दा आफ्नै बैचारिक संगठन लाई नै पहिलो
प्राथामिकता दिईनु पर्दछ। त्यसैले
हाम्रो अध्यक्षले यस पटक कियाचु
कतारको प्रथम उपाध्यक्षमा गएर अर्को
पटक अध्यक्षको आकांक्षि बन्नु
हुँदैन।यसो भयो भने ध्यान र समय दुई तिर बिभाजित भई संगठन कमजोर बन्न पुग्छ भन्ने रहेको थियो। हामी सबैले उहाँको यो धारणा सहि रहेको निस्कर्ष निकाल्यौँ।र अध्यक्ष ज्यु बाट पनि सम्बोधन भएको छ।
(घ) यो बिषयमा मदन मादेम्बा,अबिर मादेन र बिरेन जबेगु जी हरुको कुनै ठोस बिचार नै आएन।उहाँहरुको एउटै कुरा रह्यो ''सबै जना मिलेर जाऔँ''। तर हामीमा नमिलेको कुरा के हो ? र मिल्दा कसरी मिल्ने ? यो कुरा क्लियर नै गर्न सक्नु भएन भएन।
(ङ) तर हामी लाई अतिवादी र गुटबन्दी भन्नु हुने
सेवा लुङ् जीले भने कुनै हालतमा
कियाचु कतारमा गएर कांग्रेस एमालेको नेतृत्व स्वीकार नगर्ने,संभव भए प्यानल बनाएर लोकतान्त्रिक
बिधि बाट,त्यो नभए ठोकतान्त्रिक बिधि बाट (उहाँकै भाषा बाट
डाङ्डाङ् डुङ्डुङ् गरेरै भए पनि झ्याप् झुप पार्ने) भए पनि कब्जा गर्ने रहेको थियो। यसको लागि तिल विक्रम थेबे जी लाई अध्यक्ष बनाएर बाँकि अन्य पदमा रहेर जाने प्रस्ताव राख्नु भयो। यहि बिषयमा हामी बिच लामो बहस भयो। सबैले
आ-आफ्ना तर्क र बिचारहरु राख्यौँ। तर पनि कुनै एउटा साझा निस्कर्ष निकाल्न सकेनौँ। पछिल्लो अवस्थामा एक ब्यक्ति एक पदको मान्यतामा रहनु भएका तिल विक्रम थेबे सरले समेत सेवा लुङ्
जीको प्रस्तावमा ग्रीन सिग्नल दिनु भए पछि त झन् पछि हट्ने कुरै रहेन।
(६) मैले बहसको क्रममा तिल विक्रम थेबे जी लाई कतारको खजुरको बोटहरुले समेत बिरोध जनाउँछन् भनेको सत्य हो। तर सेवा लुङ् जीले भन्नु भए झैँ डोमिनेट गरेर भनेको होईन।कुरा के हो भने कियाचु कतारको केन्द्रको बिधान साथ साथै
आफ्नो छुट्टै बिनियम वा निर्देशिका
पनि रहेको छ।त्यो बिधानमा स्पष्ट के लेखिएको छ भने केन्द्रिय समितिको मेजर पदहरुमा उम्मेद्वार बन्नको लागि एक कार्यकाल सम्म केन्द्रिय सदस्यमा रहेर काम
गरेको हुनु पर्नेछ।
"(कियाचु कतारको बिधान धारा नं.१४ को उपधारा (२) अधिवेशनमा विषेश गरि अध्यक्ष, उपाध्यक्ष,
महासचिब, सचिब, कोषाध्यक्ष र सह-कोषाध्यक्ष पदको लागि उम्मेदवारी दिन सो ब्यक्ति उत्त समितिमा अनिवार्य एक पदावधी कुनै पनि विभागमा पूरा गरेको हुनु
पर्ने छ ।)"
तर
दुर्भाग्यको कुरा हामीले अध्यक्षको
उम्मेद्वारको रुपमा अघि सार्न खोजिएको ब्यक्ति तिल विक्रम थेबे जी अत्यन्तै सक्षम ब्यक्तित्व हुनु भए पनि त्यो योग्यताको कमी रहेको थियो। र दोहा कतारमा उहाँलाई नचिन्ने नजान्ने नेपाली सायदै होलान्।यसरी उहाँ जतिका
बौद्धिक ब्यक्तित्व, चर्चित पत्रकार दोहा कतारमा रहनु भएको झण्डै १२/१३ बर्ष बिति सक्दा पनि कियाचु कतार संगको सम्पर्क नहुनु बडो दु:खको कुरा हो। यस्तो अवस्थामा उहाँलाई यसरी अप्रत्याशित र अनपेक्षित रुपमा एकाएक अध्यक्षको उम्मेद्वारको रुपमा प्रस्तुत गर्दा मानिसमा हाम्रो उक्त कार्य प्रति सिधै शंका,उपशंका उठ्दछ।र यसमा कियाचु
कतारका मानिसहरुले मात्र नभएर दोहाका
खजुरका बोटहरुले समेत बिरोध गर्छन् भनेको हुँ।यसरी बोलिएको कुराको मुख्य सार लाई काटेर छेऊ र टुप्पो लाई देखाउँदै भ्रम फैल्याउँनु कतिको भलाद्मिपन कुरा हो ? सोच्न जरुरी रहेको छ।
(७)बिगतमा कियाचु कतार भित्र कार्य समितिको बैठकमा सदस्यहरु बिच औपचारिक वा अनौपचारिक रुपमा पहिचान सहितको संघीयता र लिम्बुवान आन्दोलनको बारेमा कियाचु कतारको भुमिका बारे बहसहरु उठेको,उठाउँन खोजिएको सत्य हो। किनकि लिम्बुवान स्वायत्त राज्य स्थापना,आत्मा निर्णयको अधिकार,प्रथा जनित कानुन जस्ता बिषयहरु कियाचु नेपालले आफ्नो छैँठौँ केन्द्रिय महाधिवेशन बाट नै पारित गरिसकेको बिषय हो।त्यसैले कियाचु कतार भित्र पनि एक पक्ष केन्द्रको नीतिलाई अनुशरण गर्दै अहिले नेपाल लिम्बुवानमा उठिरहेको लिम्बुवान आन्दोलन लाई नैतिक तथा आर्थिक रुपमा साथ र समर्थन गर्दै ऐक्यबद्धता जनाउँनु
पर्छ र अर्को पक्ष कियाचु भनेको जातीय
सामाजिक संस्था भएकोले राजनीति गर्नु हुँदैन।यो लिम्बुवान स्वायत्तताको कुरा राजनीतिक बिषय हो भन्ने दुई पक्ष रहेका थियौँ।कहिले काहिँ यहि बिषयमा हामी बिच
निक्कै चर्काचर्कि घम्साघम्सि बहस समेत हुने गर्दथ्यो।यो एउटा जिवित संस्था भित्र हुने स्वाभाविक प्रकृया हो।तर यसरी बिचार एक भएन भन्दैमा संस्था लाई नै ध्वस्त वा कब्जा गर्नु पर्छ भन्ने
मानसिकता पक्कै पनि राम्रो होईन भन्ने लाग्छ।किनकि कियाचु भनेको भिन्न भिन्न राजनीतिक पार्टी र धार्मिक आस्था बोकेका तमाम याक्थुङ् जातीहरुको एक मात्र साझा जातिय सामाजिक संस्था हो।कुरा के मात्रै हो भने केन्द्रिय अधिवेशनले पारित गरेको नीति र कार्य दिशा लाई कार्यान्व्ययन गराउँन त्यसका नेता कार्यकर्ता कतिको ईमान्दारीताका साथ लागि परेका छन् कि छैनन् भन्ने कुराको निगरानी चाहिँ
हुनु पर्दछ।
(८)यदि मार्च २७ तारिक कियाचु कतारको आठौँ अधिवेशनमा सेवा लुङ् जी कै मत लाई मानेर प्रस्तुत भएको भए हामीले निम्न नतिजाहरु निश्चित रुपमा ब्यहोर्नु पर्दथ्यो।
(क)त्यो दिन कुनै हालतमा अधिवेशन सम्पन्न
हुँदैनथ्यो।र त्यसै दिन देखि कतार चुम्लुङ् औपचारिक रुपमै बिभाजन हुन्थ्यो ।साथै यसको सम्पुर्ण दोषि संलिस कतार नै हुनु पर्दथ्यो।फलस्वरुप देश देखि बिदेश सम्मका सम्पुर्ण याक्थुङ्बा समुदाय हरुको नजरमा संलिस कतार कलंकको पात्र बन्नु पर्दथ्यो।
(ख)हल भित्र कुटाकुट,हानाहान ,ठोकाठोक हुन्थ्यो।र त्यसका केहि जिम्मेवार २/४ जना टाउकेहरु पुलिशको हतकडी लगाएर नेपाल फर्कनु पर्ने अवस्था सम्म हुन सक्दथ्यो। संस्था सधैँका लागि
मर्ने खतरा रहन्थ्यो।
(ग)सांगठनिक रुपमा संलिस कतारमा आबद्ध नरहेका तर भित्रि आत्मा देखि नै लिम्बुवान लाई बोकेका धेरै भन्दा धेरै लिम्बुवान प्रेमीहरु संलिस कतार संग रुष्ट
हुन्थे।आक्रोशित भई हामी माथि नै खनिन्थे।उनिहरुमा पलाउँदै गरेको लिम्बुवानी प्रेम,आस्था,सद्भाव र सहानुभुति जस्ता मानविय नाताहरु सबै टुट्दथ्यो।र अन्तमा संलिस कतार पक्षकाहरु भिजेको मुसा जस्तै भएर हल बाट बाहिरिनु
पर्दथ्यो।
(घ)संलिस कतारले आज सम्म प्राप्त गरेका सम्पुर्ण उपलब्धि र उचाईहरु सबै माटोमा बिलय हुन्थ्यो।
(९) धेरै ठुलो संयमता,धैर्यता, बुद्धिमता र सुझबुझ सहितको कसरतले कियाचु कतारको अधिवेशन लाई सफलता पुर्वक सम्पन्न गरियो।कुनै दुर्घटना हुन नपाई सेफ लैण्डिङ् भयो।यसमा सेवा लुङ् जी लगायत सम्पुर्ण टिम लाई धन्यबाद दिनै
पर्दछ।अधिवेशनको यो सफलता संगै हामी
सबै खुशि र पुर्ण सन्तुष्टि भयौँ।अब हाम्रो यात्रा सरल र सहज रुपमा अघि बढ्नेछ भन्ने लागेको थियो। तर बिडम्बनाको कुरा,त्यो खुशि एक अर्कामा सेयर गर्न नपाउँदै त्यसको भोलिपल्ट
बिहानै सेवा लुङ् जीले आफ्नो
फेशबुक स्ट्याटसमा यस्तो अभिब्यक्ति
पोष्ट गरेर धमिलोपन शुरु गर्नु भयो।
(Sewa
Lung हिजो काग
लाइ बेल पाक्यो हर्ष न बिस्मात भने जस्तै अनुभब भयो। March
28 at 11:02am · Public 24 · Like · Comment · Share · Full Story · Report)
(१०) यसरी कियाचुको आठौँ अधिवेशन बाट सेवा लुङ् जी लाई सचिव र तिल विक्रम थेबे जी लाई के.स.मा निर्वाचित गरिँदा "हामीलाई पछारेर गुईँठेहरु खुशि मनाई रहेका छन्"भनेर आरोप लगाई रहनु हुँदा यि
गुईँठेहरु लाई चाहिँ के लागेको छ भने कियाचु कतार प्रति संलिस कतार सधैँ अनुदार मात्र पो रहने गर्दछ कि भन्ने कतारमा रहनु भएका आम याक्थुङ्बा समुदायको शंका,उप शंका निवारण गरी हामी संस्था प्रति अत्यन्तै जिम्मेवार
पनि छौँ भन्ने बिश्वास र अनुभुति
अनुभुति दिलाएका छौँ। ब्यक्ति,संस्था र संगठन सबै बाँचेका छौँ।त्यसैले यदि उहाँहरुले कियाचु कतारको आगामी कार्यकालको नेतृत्वको लागि ईच्छा र चाहाना राख्नु भएमा
स्पष्ट बैधानिक बाटो,योग्यता निर्माण गर्ने प्लेटफार्म र संस्थामा रहेर समाज प्रति आफ्नो योगदान गर्ने अवसर समेत प्राप्त भएको छ।तर सोचाई र बुझाई आ- आफ्नै !
(११)अन्तमा सेवा लुङ् जीको कियाचु कतार कब्जा गर्ने,ध्वस्त पार्ने,कियाचु कतार र संलिस कतार बिच वैमनस्यता सृजना गराएर दुवै संस्था लाई खत्तम बनाउँने योजना पुर्ण असफल भए पछि आफु निर्दोष रहेको सावित गर्न कियाचु कतारका
बिशिष्ठ ब्यक्तिहरु संग फेशबुक सञ्जाल बाट हतार हतार यसरी सुन पानीले चोखिने असफल प्रयास गर्नु भयो।प्रयोग भएका केहि मन्त्रहरु उहाँकै फेशबुक बाट कपी गरेर यहाँ राखिएको छ।
(Sewa
Lung with Samir Limbu Mangal and 3 others संघिय लिम्बुवान समाज प्रबास समिति कतारमा दुइ जना नारदमुनि हरुका कारण केहि खटपटी उत्पन्न भएको छ।
भोलिका दिन हरुमा यी ब्वाँसा
हरुले कियाचु कतार लाइ पनि निसानी बनाएर राखेका छन्। यिनी हरु नसुध्रिए यिनी हरुका इतिश्री कर्तुत हरु सामाजिक संजाल फेस्बुकका वाल हरुमा राख्न बाध्य भइने छ। यी खुरापाती हरु भनेको साइबर दुनिया लाइ गलत प्रयोग गर्ने र लिम्बुवान बिरोधि हरु मात्र हुन्। यिनी हरुको सिधा सम्पर्क युकेका केहि नेता हु भनाउदा हरु र अन्य दुइ तिन मुलुकका दोभासे नेता हरु संग छ। यिनी हरुको नियत
भनेको बिदेसमा बसेर फुर्सदको समय लाइ सदुपयोग गरि भइ रहेको केन्द्रिय समितिमा हल्लीखल्ली गराई नेता हरुको सम्बन्ध चिस्याउनु र एकता लाइ सस्थागत हुन बाट रोक्नुनै हो। June
8 at 11:27am · Friends More Suman Sahayatri Yonghang and51 others like this.)
(Sewa
Lung अस्ति
अधिबेसन को बेला थाहा पाइएन
लुङ्गा। दुइ बर्सको लागि दाह्रा
गाडेर बसेका छन् हेरौ अब कियाचुमा चाहि यस्तो सकुनी चाला चल्न दिनु हुदैन। यदि आबस्यक परेमा वा बेलैमा बिचार नपुर्याए कियाचुको अधिबेसन अगाडी भए गरेका सम्बाद हरु पनि सार्बजानिक गरिने छ। Like · 1 · Reply · Report · Jun 8)