Sunday, June 22, 2014

अब बन्ने संविधानमा लिम्बूवान नलेखिए आँधिबेरी आउने :-

प्रकाश पाक्साँवा, तेह्रथुम, ८ असार, अब पनि लिम्बूवानको मागलाई बेवास्ता गरी बन्ने लिम्बूवान बिनाको संविधान लिम्बूवानी जनतालाई मान्य नहुने मञ्च सम्बद्ध संघीय लिम्बूवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङदेन मिराकले बताउनु भयो । शनिबार सम्पन्न ईटहरीदेखि धरानसम्मको मार्चपास कार्यक्रमको कोणसभालाई सम्बोधन गर्दै लिङदेनले यस्तो बताउनु भएको हो । एकात्मकवादीहरुले लिम्बूवानलाई जातीय राज्यको संज्ञा दिँदै लिम्बूवान राज्य निर्माण गर्न नदिने भ्रम फैलाई रहेको बताउनु भयो । लिम्बूवानलार्इ संविधानमा अटाइएन भने अरुण सप्तकोशी पूर्व लिम्बूवानमा आँधिबेरी सिर्जना हुने ठोकुवा गर्नु भयो । उहाँले जेलमा रहेका आफ्ना नेता कार्यकर्ता तत्काल रिहा र कब्जा गरिएका मोटरसाईकलहरु राज्यले फिर्ता नगरे आन्दोलनको बिकल्प नरहेको पनि बताउनु भयो । मार्चपास कार्यक्रममा पूर्वका नौ जिल्ला तथा केन्द्रका लाखौ लिम्बूवान नेता कार्यकर्ता सहभागी बनेका थिए ।


No comments:

Post a Comment