Saturday, December 7, 2013

बाबुरामको प्रश्न- सेनालाई बाकस जिम्मा लाउने निर्णय कसले गर्‍यो ? एमाओवादीका दुई माग- छानविन र संविधान संशोधन!

२१ मंसिर, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एकीकृत नेकपा माओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले नेपाली सेनालाई बाकस (मतपेटिका) जिम्मा लगाउने निर्णय कसले गरेको हो भन्ने छानविन गरिनुपर्ने बताउनुभएको छ । नेपाली सेनालाई मतदानको तेस्रो घेरामा मात्रै बस्न उच्चस्तरीय राजनीतिक समितिमा सहमति भएकोमा मंसिर ४ गते बेलुका पाँच बजेपछि सेनाले अचम्मलाग्दो ढंगबाट बाकस जिम्मा लिएर ब्यारेकमा लगेको बताउनुभयो ।

एमाओवादी नेता डा. भट्टराईले अनलाइनखबरलाई विशेष अन्तरवार्ता दिँदै भन्नुभयो- ‘तेस्रो घेरामा बस्न भनिएको सेनालाई बाकसै जिम्मा लगाउने निर्णय कसले गर्‍यो ? यो कुरो छानविन हुनुपर्‍यो । यसको तथ्य बाहिर आउनुपर्‍यो र जनताले सुसुचित हुन पाउनुपर्‍यो ।’
‘सेना परिचालन त खाली सुरक्षाको तेस्रो घेरामा मात्रै राख्ने भन्ने सहमति थियो । उच्चस्तरीय राजनीतिक समितिमा यो बाहेक अर्को कुनै पनि सहमति भएको थिएन । तर, सबैलाई अचम्म के भयो भने मंसिर ४ गते निर्वाचन सकिइसकेपछि कुनै सहमतिविना सेनालाई मतपेटिकाहरु जिम्मा लगाइयो ।’ नेता भट्टराईले भन्नुभयो- ‘सेनाले बाकस ब्यारेकमा लगेर राख्ने भन्ने कहीँ कतै सहमति भएको थिएन । यसबारे आधिकारिक निर्णय भएको पनि काहिँ कतै पाइँदैन । कसरी यस्तो भयो ? किन भयो ? कसले गर्‍यो ? यो त गम्भीर विषय हो ।’
आफूहरुले नेपाली सेना वा कसैलाई दोष लगाउन खोजेको भन्दा पनि सहमति नै नभएको विषयमा सेनालाई बाकस जिल्ला लगाउनु गम्भीर छानविनको विषय भएको उहाँले बताउनुभयो ।
एमाओवादीका दुई माग
एकीकृत माओवादीले चुनावमा भएको धाँधलीबारे छानविन गरिनुपर्ने र अन्तरिम संविधान संशोधन गरेर सहमतीय प्रणाली अवलम्बन गरिनुपर्ने स्पष्ट पार्नुभयो । धाँधलीमाथि गरिने छानविनले चुनावप्रतिको विश्वसनीयता बढाउने र अन्तरिम संविधानसमा गरिने संशोधनले बाह्रबुँदे सहमतिका सहयात्री एवं शान्तिसम्झौताका हस्ताक्षरकर्ताको भावना समेटिने उहाँको तर्क छ ।
पहिलो संविधानसभामा संविधान शंसोधन गरेर बहुमतीयमा जानु गल्ती भएको भन्द उहाँले जहाँनेर गल्ती भएको छ, त्यहीँनेर सच्याउनुपर्ने बताउनुभयो । आफूहरुले संविधानसभाको कोर्ष बदल्न खोजेको नभई करेक्सन मात्रै गर्न खोजेको स्पष्ट पार्नुभयो ।
एमाले र कांग्रेसको संघीयतालाई डा. भट्टराईले पञ्चायती विकेन्द्रीकरणको संज्ञा दिँदै पुरानै ब्राण्डको खोल हालेर बेच्न खोजिएको साबुनको उपमा दिनुभयो ।
राष्ट्रपति डा रामवरण यादवको पदावधि सर्वोच्च अदालतको आदेश अनसार संविधानसभा विघटन भएकै दिनबाट समाप्त भैसकेको भट्टराईको तर्क छ । संविधानका संरक्षकसमेत भएको हुनाले राष्ट्रपति आफैंले नयाँ राष्ट्रपति चयनको वातावरण बनाउनुपर्ने उहाँको भनाइ छ । नयाँ राष्ट्रपतिमा एओवादीले पनि दाबी गर्नु लोकतन्त्रमा स्वाभाविक हुने उहाँले अनलाइनखबरलाई बताउनुभयो ।

Friday, December 6, 2013

ऐन विपरित निर्वाचन आयोगमा लुछपाट

काठमाडौं, मंसिर २१ – प्रमुख निर्वाचन आयुक्त वा आयुक्तहरुलाई निवासमै जनशक्ति उपलब्ध गराउने बारे निर्वाचन आयोगले अर्को एउटा विवादास्पद निर्णय गरेको छ । फोटोकपी पेपर खरीदमा समेत आर्थिक घोटाला गरेको भन्दै अख्तियारमा बयानका लागि बोलाइएका आयुक्तहरुले आफ्नै हातमा डाडुपन्युँ आएको बेला घोटालाको सीमा नाघेका छन् । आयोगको ८२ औं बैठकले सेवा सुविधा ऐन विपरीत आयोगका पदाधिकारीहरुका लागि घरमै छुट्टै जनशक्ति उपलब्ध गराउने निर्णय गरेको प्रमाण भेटिएको छ ।
८२ औं बैठकमा आयोगका सचिव नरेन्द्र दाहालले प्रमुख आयुक्त तथा आयुक्तहरुलाई घरमै जनशक्ति पठाउने सम्बन्धमा भनेर प्रस्ताव लगे । उक्त प्रस्तावमा लेखिएको छ, आयुक्तहरुले आयोगको अतिरिक्त निवासमा समेत आयोगद्वारा सम्पादन गर्नुपर्ने विभिन्न कार्यहरुको सम्बन्धमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुसँग निवासमा पनि भेटभाट गर्नुपर्ने र त्यो भेटघाटलाई व्यवस्थित रुपमा सञ्चालन गर्न निवासमा छुट्टै जनशक्ति आवश्यक पर्ने भएको तर सोका लागि आयोगका पदाधिकारीहरुको लागि
<श्रोत रातो पाटि >

मौलीक संस्कृती जगेर्णाको लागि एक हुदैछन किरातीहरु...!!

> पूर्ण सुहांग<
दोहा,६ डिसेम्बर- नेपालको पुर्वी पहाडी भेगमा सघन बसोबास रहेका राई,सुनुवार,लिम्बु,याख्खा,धिमाल,लोहरुङ आदि जातीका मानिसहरू आफुहरु किराती भएको दावी गर्छन। किरातीहरु आफुलाई प्रकृती पुजक मान्छन तर गाठिएको कुरा ! तिनै किरातीहरुको एकै दिन,एकै समयमा पर्ने पर्वहरुलाई परम्परागत संस्कार अनुसार फरक-फरक तरिकाले मनाउदै आएका छन। कहिले सम्म सँगै मनाउथे ? अनि कहिलेबाट छुटे बिस्त्रित तथ्य आज सम्म खुलेको छैन। तर किरातीहरु बैशाख पुर्निमा,असार पन्ध्र, कातिकको औशी रात, मंशीर पुर्णे, माघे सक्रान्ती, चैते दशै आदि दिनहरु मुख्य रुपमा मनाउछन।त्यस मध्ये बैशाख पुर्णिमा र मंशिर पूर्णिमा राष्ट्रिय पर्वको रुपमा घोषणा भई सकेको अवस्था हो। र किरातीहरु पनि बैशाख र मंशिरलाई नै धेरै महत्व दिन्छन।
देश बिदेशमा रहेका किरातीहरुको आ-आफ्नै मातृ संस्था छन।त्यस मध्ये दोहा कतारमा पनि सुनुवार सेवा समाज,किरात याक्थुम चुम्लुङ,किरात राई या-योखा संस्थाहरु बिगत झन्डै दशक देखी सक्रिय रुपमा सुचारु छन।
२०६९ साल भन्दा अघी सम्म कतारका किराती संस्थाहरु पनि बिभिन्न पर्वहरु आ-आफ्नै तरिकाले मनाउदै आएको भए पनि २०७० सालको शुरुवाती सँगै सुनुवार सेवा समाज,किरात याक्थुम चुम्लुङ र किरात राई यायोक्खाले एकै ठाँउ सामुहिक रुपमा पर्वहरु मनाउन थालेका छन।  यि तिन संस्थाले (बैशाख पुर्णे) साकोला उभौली, कक्फेवा तङनाम,फ्यालेदर ब्रुस्ली रेष्टुरेण्डमा एकै ठाँउ सामुहिक रुपमा मनाएका थिए। नजिकिन्दै गरेको किराती तथा राष्ट्रिय पर्व (मंसिर पुर्णे) साकेला उधौली,चासोक तङनाम,फोल शाँदर विश्वभरी रहेका नेपाली किरातीहरुलाई एकताको शन्देश दिन २० डिसेम्बर शुक्रबारको दिन समाल गार्डेनमा सामुहिक रुपमा उधौली पर्व तथा बनभोज कार्यक्रम मनाउने भेकाछन। जान आउनलाई नेशनल जैदा पार्क, वख्रा, सनैया(अलतिया), लेण्डमार्क, अलखोर हुँदै मैदर बाट नि:शुल्क यातायातको ब्यबस्था गरिएको खबर कियाचु-अध्यक्ष लोकेन्द्र तुम्रोक, किराया-अध्यक्ष धिरज राई,सुसेस-कार्यवाहक अध्यक्ष किशोर सुनुवारले तहल्कालाई बताउनु भयो।


किरात यक्थुङ चुम्लुङ कतारका अध्यक्ष लोकेन्द्र तुम्रोकले लगाएको अन्न बाली उठाउने बेलामा तागेरानिङ्वा फुमाङ(भगवान)लाई सोधेर अनुमती मागी उठाउने गरेको दिन कालन्तरमा चासोक तङनाम पर्व बन्न पुगेको  भन्दै नेपाली  पर्वहरु सामुहिक रुपमा मनाउदै एकताको किरण विश्वलाई दिने शुवर्ण अवसर पाएको र यो एकता विश्वको बिभिन्न किराती संस्थाहरु लगायत नेपालमा पनि हुनुपर्ने आशा राख्दै आउदो २० डिसेम्बरको तयारी भव्यरुपमा भई रहेको र चुम्लुङको तर्फबाट सांस्कृतीक झाँकीहरुको लागी सांस्कृतीक विभाग अध्यक्ष श्रवण योङ्याले टपफर्ममा रियलशन गराउदै गर्नु भएको जानकारी दिनु भयो। 
यता किरात राई यायोक्खाका अध्यक्ष धिरज राईले हाम्रो सभ्यता र पहिचान सँग जोडीएको मौलिक संस्कृतीहरुलाई प्रावसमा रहेर मनाउन पाउनु गर्वको बिषय रहेको, अझ बिभिन्न किराती संस्थाहरु सँग मिलेर सामुहिक रुपमा मनाउदा बिश्वलाई नयाँ शन्देश गईरहेको र जानुपर्ने भन्दै यस पालीको साकेला उधौलीमा सांस्कृतीक झाँकीको लागी आउदो शुक्रबार बाट सांस्कृतीक बिभागका अध्यक्ष प्रविन राईको नेतृत्वमा रेयलशन  हुने कुरा तहल्कान्युज बल्ग स्पोट डटकमलाई टेलीफोन मार्फत जानकारी दिनुभयो।
यसरीनै सुनुवार सेवा समाजका प्रथम उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष किशोर सुनुवारले>  नेपालीहरुले वर्षौ देखी मनाउदै आएको मौलिक संस्कृतीको सकारात्मक पक्षहरुलाई बचाएर दोस्रो पुस्तालाई सकुसल हस्तानत्रण गर्नु हाम्रो दायित्य बनेको र हाम्रो एकताले  यसलाई बचाउनुमा थप बल पुग्ने धारणा राख्दै मुल संयोजक  कियाचु र सह-संयोजकमा किराया-सुसेस रहेको जानकारी दिनुभयो।
किरात याक्थुम चुमलुङ,किरात राई यायोक्खा, सुनुवार सेवा समाजको सामुहिक बनभोज कार्यक्रम कस्तो रहन्छ ? २० डिसेम्बरको दिन समाल गार्डेनमा हेर्न बाँकी छ।

एकातिर किरातीहरु आफ्नो मौलीक पर्व नजिकिन्दै गर्दा उत्साहित देखिन्छन अर्को तिर अलि गुनासो गर्छन। गुनासो हाम्रो पर्वहरु कसैले मानि दिएनन भन्नेमा छैन, राज्यले बजेट छुट्टाएन भन्नेमा छैन। गुनासो आज राष्ट्रिय पर्व बनिसकेको अवस्थामा पनि मुलधारका मिड्याहरुले बेवस्था गरिदिएकोमा छ।
उनिहरु भन्छन > राष्ट्रिय पर्व भनेर एक दिने बिदा दिएर मात्र पुग्दैन। त्यसको संरक्षण र सम्बर्धनको लागी राज्यले अनुहार हेरेर बिभेद गरिनु हुदैन। कसैको चाड  भित्रिनु भन्दा तिन महिना अघी देखी औधी प्रचार प्रसार गर्ने मुलधारका मिड्याहरुले करिब २५ लाख जनसंख्याले मानी आएको पर्वलाई एक अंश सम्म नसमेटीनु बिभेद पुर्ण छ। फेरी हाम्रो आपती अरुको पर्वमा प्रचार प्रसार भो भन्नेमा होईन। आपती गरिएको बिभेदमा हो। किरातीहरु अझ  थप्छन>अमेरीकामा कुनै व्याक्तिले अलि ठुलो आवजमा फुस्स हावा छोड्दा र भारतमा गाडीको टायर पम्चर हुदा समेत हेडलाई बनाउने नेपाली मुलधारका मिड्याहरूले नेपाल राष्ट्र भित्रका लाखौ जनताहरुको आस्था रहेको मौलीक संस्कृती चासोक तङनाम,उधौली साकेला र फोल शाँदर नजिकिन्दै गर्दा एक अंश पनि राख्न उचित ठान्दैनन किन ?

Wednesday, December 4, 2013

विश्कपमा छनौट भएको क्रिकेट टोलीलाई नगर परिक्रमा!



भिडियो हेर्न तलको प्ले बटनमा क्लिक गर्नु होस् !

<iframe width="420" height="315" src="//www.youtube.com/embed/JIXwA3i1koo" frameborder="0" allowfullscreen></iframe>

Tuesday, December 3, 2013

पहिचानको मुद्दा यथावतै : जनजाति महासंघ

"महासंघका अध्यक्ष नगेन्द्र  कुमालले आदिवासी जनजातिको मागलाई वेवास्ता गरे आन्दोलनको विकल्प नरहेको पनि बताए ।"
Nagendra Kumalकाठमाडौ, मंसिर १७ - आदिवासी जनजातिले उठाउँदै आएको पहिचानको मुद्दा यथावत रहेको र आदिवासी जनजातिहरु आफ्नो मुद्दाबाट विचलित नभएको नेपाल आदिवासी जनजाति महासंघले जनाएको छ । 
संविधानसभाको निर्वाचनपछि संघीयता र पहिचानवादीको हार भएको हल्ला आईरहेको भन्दै महासंघका अध्यक्ष नगेन्द्र  कुमालले आदिवासी जनजातिको मागलाई वेवास्ता गरे आन्दोलनको विकल्प नरहेको पनि बताए । ‘दवावका लागि सभ्य कार्यक्रम सकिएकोले आन्दोलनको विकल्प छैन’ उनले भने, 'पहिचान सहितको संघीयताको बहस र मुद्दा हारेको छैन ।’
संविधानसभाको दोस्रो निर्वाचन पछि आफ्नो धारणा सार्बजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष कुमालले जनजातिको माग जातीय राज्य नभई पहिचानको वकालत भएको पनि स्पष्ट पारे । ‘हामीले जातीय राज्य मागेका हैनौ’ अध्यक्ष कुमाल भने, 'हामीले हाम्रो पहिचानको कुरा उठाएको हो ।'
पत्रकार सम्मेलन विरतरित प्रेस विज्ञप्तीमा महासंघले संविधासभाको समानुपाति सिटसंख्यामा आदिवासी जनजातिको जनसंख्याको आधारमा ३७ प्रतिशत प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने बताएको छ । 
महिलाको कोटामा आदिवासी जनजाति महिलाको ५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने, नेपाल सरकार र आदिवासी जनजाति महासंघवीच भएको विभिन्न चरणमा भएका सहमति र सम्झौता अनुसार दुवै निर्वाचन प्रणालीबाट प्रतिनिधित्व हुन नसकेका  आदिवासी जनजातिहरुलाई मन्त्रिपरिषदबाट मनोनित गरिने सिटबाट प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने लगायतका मागहरु महासंघले राखेको छ ।  आदिवासी जनजातिका मागहरु तत्काल सम्बोधन नभए महासंघ आन्दोलनमा उत्रन बाध्य हुने पनि विज्ञप्तीमा उल्लेख छ ।  
कास -प्रकाशित मिति: २०७० मंसिर १७ ०१:३७

Sunday, December 1, 2013

छानबिन आयोग बन्दैन: कांग्रेस/एमाले


निर्वाचन आयोगले दलहरुबीच समानुपातिकको सिट बाँडफाँड तयारी भईरहेको बताएको छ
चुनावमा भएको धाँधली छानविन गर्न आयोग गठन नगरे समानुपातिकको सूची निर्वाचन आयोगलाई नबुझाउने एकीकृत माओवादीको पछिल्लो निर्णयलाई दुई प्रमुख दलहरुले घुर्किको रुपमा लिएका छन्।
उनीहरुले त्यसलाई माओवादीको राजनीतिक दबाबका रुपमा अर्थ्याउँदै आयोग बनाउने विषयलाई अस्वीकार गरेका छन्।
कांग्रेस र एमालेका नेताले यसबाट प्रारम्भिक रुपमा राजनीतिक दबाब दिन खोजेजस्तो गरे पनि एकिकृत माओवादीको माग अनुसार छानबिन आयोग गठन नहुने बताए।

घुर्की

"समानुपातिक सूची बुझाउँदिन भन्नु उहाँहरुको अहिले देखाएको घुर्की मात्रै हो, माओवादी नआए अरुले संविधान बनाउँछन्"
रामशरण महत, कांग्रेस नेता
निर्वाचन आयोगले समानुपातिक तर्फको सिट बाँडफाँडको तयारी गरिरहेका बेला माओवादीले राखेको यो अडानलाई उनीहरुले आवेशको निर्णय भनेका छन्।
एकिकृत माओवादीको माग अनुसार सरकार वा राजनीतिक दलहरुले आयोग गठन गर्ने कुनै संवैधानिक प्रावधान नभएकोले उनीहरुको माग सम्बोधन हुननसक्ने कांग्रेस नेता रामशरण महतले बताए।
उनले भने, "समानुपातिक सूची बुझाउँदिन भन्नु उहाँहरुको अहिले देखाएको घुर्की मात्रै हो, माओवादी नआए अरुले संविधान बनाउँछन्।"
रुपन्देही क्षेत्र नम्बर ४ बाट माओवादी नेता बाबुराम भट्टराईलाई चुनावमा पराजित गरेका एमाले नेता विष्णु पौडेलले माओवादीको यस्तो माग पराजित मानसिकताबाट आएको बताए।

दबाब

"उहाँहरुले समानुपातिकको सूची बुझाउनुहुन्न भन्ने मलाई लाग्दैन, एउटा राजनीतिक दबाब मात्रै दिन खोजेको हो यो उहाँहरुलाई पनि थाहा छ हामीलाई पनि थाहा छ"
विष्णु पौडेल, एमाले नेता
उनले भने, "उहाँहरुले समानुपातिकको सूची बुझाउनुहुन्न भन्ने मलाई लाग्दैन, उहाँहरुले एउटा राजनीतिक दबाब मात्रै दिन खोजेको हो, यो उहाँहरुलाई पनि थाहा छ, हामीलाई पनि थाहा छ।"
चुनाव परिणाममा तेस्रो स्थानमा पुगेपछि धाँधली भयो भन्दै चुनावको पुनरावलोकनको माग गर्दा त्यो लोकतान्त्रिक विधि र प्रकृयाविपरित हुने भन्दै नेताद्वय महत र पौडेलले माओवादीलाई संविधानसभामा आउन आग्रह गरे।
अघिल्लो साता मतपरिणाम सकेको निर्वाचन आयोगले समानुपातिक तर्फ दलहरुबीच सोमवारदेखि सिट बाँडफाँडको काम सुरु गरेर उम्मेद्वार सिफारिसका लागि आग्रह गर्ने बताएको छ।
' साभार बिबिसी नेपालि "