Sunday, March 30, 2014

नेपाल प्रवासी मगर संघ कतारले मगर बचत कोष सम्बन्धी सदस्यहरुलाई प्रशिक्षण दियो।



PK.Suhang दोहा,२९ मार्च- नेपाल प्रवासी मगर संघ कतारले कतारको राजाधानी दोहा स्तिथ होमल्यान्ड रेष्टुरेण्ड्को सभा हलमा नेपाल प्रवासी मगर बचत कोष कतारका अध्यक्ष लीलम्बर चिदी मगरको अध्यक्षतमा "मगर बचत कोष" सम्बन्धी प्रशिक्षण दिएको छ। 

नेपाल प्रवासी मगर संघ कतारका अध्यक्ष शरण थापा मगरको प्रमुख अथित्यमा भएको उक्त कार्यक्रमको शुरुवात प्रमुख अतिथी,बिशेष अतिथीहरुबाट दिपप्रज्वलन गरी राष्ट्र गान र मगर गान गाएर भएको थियो। 

नेप्रम संघ कतारले बचत कोषको मुल उदेश्य स-साना आम्दामी भएका मजदुरहरुलाई मालिक बनाउने भनी आफ्नो अभिलेखमा उल्लेख गरेको छन। र, मगर बचत कोष पनि त्यही घेरा भित्र रहेको जनाएका छन। प्रमुख अतिथी शरण थापा मगरले "बचत कोषको बचत"सम्बन्धी दिएको प्रशिक्षाणमा बचत कोषलाई ८ भागमा बिभाजन गरी बचत कोषको परीभाषा दिएका छन। जस अन्तर्गत १:-परिभाषा र परीभाषालाई १क)लगानी १ख) लाभांश १घ)बचतकर्ता १ङ)संचालक समिती १च)लेखा तथा सुपरिवेक्षण समिती को व्याख्या गरेका छन। २ नम्बरमा "बचतको महत्व" शिर्सक राखी यसलाई (क) देखी (ङ) सम्म ब्याख्या गरेका छन।


३:- बचत संचालनको प्रकृया
क) योजना ख) उदेश्य ग) क्षेत्र निर्धारण घ) स्विकृती ङ्) संचालन समिती गठन च) बचत प्ररम्भ छ) ऋण लगानी असुली ज) कोष बेबस्था र लाभांशा बितरण झ) लेखा परिक्षाण ञ) साधारण सभा ट) सस्था बिघठन
यसरीनै
ऋण बिभागका संयोजक कृष्ण राणा मगरले स्वागत मन्तब्य दिनु भएको थियो। यसरीनै उक्त कार्यक्रममा अतिथिहरु नेप्रमसका प्रमुख सल्लाकार भिम तरामु मगर,कतार्वासि१४)१५का मगर्हरुका राजा केशब राना मगर्,सल्लाकार जनक थापा मगर,नेप्रमसका मानार्थ सदस्य बबिन राइ,टेक ब रसाइली ,एरिया समिती अध्यक्ष बिबेक पुलामी र सनैया बि का सदस्य कुल ब मगर अतिथी हुनुहुन्थियो। कार्यक्रमको अन्तिम चराणमा नेपाल प्रवासी मगर बचत कोषका अध्यक्ष लिलम्बर चिदी मगरले नेप्रम संघका अध्यक्ष तथा प्रमुख अतिथी शरण थापा मगर लगायत १० जनालाई उपहार प्रदान गर्नु भएको थियो। भने कार्यक्रमको संचालन महेन्द्र मगरले गर्नु भएको थियो।

४ :-बचत गर्ने बिधी ५:-हिसाब किताब गर्ने बिधी ६:-आय बेय सम्बन्धी ७:-लेखा तथा सुपरिबेक्षण र ८ मा अन्तिम हिसाब निकाल्ने बिधिको बारेमा प्रमुख अतिथी शरण थापा मगरले उपस्तिथ नेप्रम संघकतारका सदस्यहरुलाई प्रशिक्षण दिनु भएको थियो।

प्रमुख अथिती द्वारा प्रशिक्षण दिइन्दै!