Monday, September 15, 2014

तामुवानको लागी युवाहरूले निर्णायक आन्दोलन गर्ने घोषणा

पोखरा, २८ भदौ-तमुवानको आन्दोलन सुस्ताइरहेको बेला कस्केली युवाहरुले तमुवान प्राप्तिका लागि बलिदानीपुर्ण आन्दोलन गर्ने लडाकु फोर्स गठन गरेको छ । पहिचान सहितको संघीयता, तमुवानसहितको संविधान निर्माणको आन्दोलनलाई शसक्त बनाउन कास्कीमा कृष्ण तामाङको अध्यक्षतामा १०१ सदस्यीय संघीय तमुवान युथ फोर्स कास्की गठन गरिएको छ ।

तमुवान प्राप्तिका लागि कास्कीमा लडाकु फोर्स गठनतमुवान भुमिको राजधानी पोखरामा शनिवार संघीय समाजवादी पार्टीको भातृ संगठन संघीय युवा कास्कीको दोश्रो जिल्ला भेलाद्धारा गठित फोर्सको वरिष्ठ उपाध्यक्षमा युवराज थापा, राम गुरुङ, दिलिप गुरुङ, अमित थापा, मन्सु घले, दुर्गा तामाङ, जीवन खाती, सचिवमा बिनोद थापा, सहसचिवमा लिलाबहादुर गुरुङ, कोषाध्यक्षमा देव नेपाली र सहकोषाध्यक्षमा विजय पुन लगायत सदस्यहरु चयन भएकाछन् ।

गठित फोर्समा पुर्व बेलायती सेना, भारतीय सेना, नेपाली सेना, जनमुक्ति सेना, प्राध्यापक, शिक्षकहरु समेत रहेको बताइएको छ ।यसरी नै भेलाले प्रेम गुरुङको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरेको छ । तमुवान प्राप्तिको आन्दोलनको लडाकु शक्तिको रुपमा नवगठित फोर्सलाई संघीय समाजवादी कास्कीका अध्यक्ष दीपक तामाङबाट तमुवान प्रदेश स्थापना, पहिचानको सुनिश्चितता र समान अधिकार प्राप्तिका लागि आवाश्यक परे बलिदान समेत दिने सपथ ग्रहण गरेका थिए ।

पोष्ट बहादुरको प्रथिव शरीर पेरिसडाँडामा

राTopaTi:-

काठमाडौं, भदौ ३०– उपचारको क्रममा नर्भिक अस्पतालमा सोमबार बिहान निधन भएका एमाओवादी नेता पोष्टबहादुर बोगटीको पार्थिक शरीरलाई श्रद्धाञ्जलीका लागि अहिले पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा राखिएको छ ।उनको पार्थिब शरीर नर्भिक अस्पतालबाट शिधै पार्टी कार्यालय लगिएको हो ।बिहीबार हृदयघात भएपछि बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्र लगिएका उनलाई मष्तिष्कघात समेत भएको पाइएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा विहान ७ बनेर २५ मिनेटमा निधन भएको थियो  ।

एमाओवादी अध्यक्ष प्रचण्डका प्रेस सहयोगी शीब खकुरेलले स्वर्गिय बोगटीप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नका लागि उनको शबलाई बिहान ११ बजेसम्म पार्टी कार्यालयमा राख्ने तय भएको रातोपाटीलाई जानकारी दिए । अहिले बोगटीप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नका लागि पेरिसडाँडामा पार्टीका शीर्षनेताहरु, विभिन्न तथा नेताहरु, कार्यकर्ता तथा शुभेच्छुकको भीड लागेको छ । यस्तै बिहान ११ बजे पार्टी कार्यालयबाट शब श्रद्धाञ्जलीको लागि खुल्लामञ्चमा लगिने कार्यक्रम तय भएको खकुरेलले बताए ।उनको आजै अन्त्येष्टि गरिने कार्यक्रम छ ।६२ वर्षीय नेता बोगटीको बिहान ७: ५ बजे निधन भएको नर्भिक अस्पतालका नायव महाप्रबन्धक आरपी मैनालीले पुष्टि गरेका थिए ।यसैबीच एमाओवादी नेता बाबुराम भट्टराईले बोगटीको निधन भएकोमा समबेदना व्यक्त गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘सहयोद्धा क पोष्टबहादुर बोगटीको आज बिहान दुस्खद निधन भएको छ । उहाँप्रति हार्दिक श्रद्धासुमन र परिवारजनमा समवेदना १अन्तिम लालसलाम क।दिवाकर !’नुवाकोट जिल्ला तुप्चे गाविस वडा नं २ को भित्रिनिटार मा २०१० सालमा बोगटीको जन्म निम्न मध्यम परिवारमा भएको थियो । बुवा भैरवबहादुर बोगटी र आमा लेखकुमारी बोगटीको कोखबाट जन्मिएका बोगटी एमाओवादीभित्र त्यागी,भद्र र शलीन नेताका रुपमा परिचित थिए । पटकपटक मन्त्री बनेका बोगटी २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा नुवाकोट क्षेत्र नं ३ बाट विजयी भएका थिए ।- 

Sunday, September 14, 2014

रामचन्द्र पौडेलले अश्लील अङ्ग तिर हात पार्दै भने ई यहाँ बुद्धिजीवी बिद्या भण्डारी मूक दशक

काठमाण्डु, २७ भदौ– संविधानसभाका अन्तरवस्तुबारे छलफल गर्न जुट्दा एउटा पार्टीका शीर्षस्थ नेताले अश्लील हर्कत देखाएपछि नेपालका नेताहरुको असली औकात छर्लंग भएको छ ।शुक्रबार दिउँसो सिंहदरबारमा भएको घटना हो यो । खै ! प्राज्ञ र विज्ञहरुसँग पर्याप्त छलफल भएको ? खै तिनको सुझाव बटुलेको ? कसैले यस्तो कुरा कोट्याउन नपाउँदै काँग्रेस उपसभापति रामचन्द्र पौडेलले बसेकै सिटबाट बुद्धिजिवीमाथि आक्रामण टिप्पणी गरेका हुन् ।

को छ यहाँ बुद्धिजवी ? ई त्यस्ता बुद्धिजिवी ।’ त्यसो भन्दा दुवै हात आफ्नो गोप्य अंगतिर लगेका थिए ।

 नजिकै रहेकी एमाले उपाध्यक्ष विद्या भण्डारीले अप्ठ्यारो मान्दै भनिन्, ‘आजका मितिसम्म तपाईंबारे मेरो धारणा बेग्लै थियो । प्रधानमन्त्रीको चुनावमा १७ चोटिसम्म हारेकाले अवसर दिउँ न त एकचोटि भन्ने लागेको थियो । आजबाट सारा भ्रम टुट्यो ।’रामचन्द्रले लाजै नमानी जवाफ फर्काए, ‘अब के गर्नु त मैले ? भ्रम टुटे टुटोस् मैले त किशुनजी (कृष्णप्रसाद भट्टराई) ले एकताका भनेको कुरा यहाँ राखिदिएको मात्र हुँ ।’सोही क्रममा एमालेका अर्का एक नेताले भदौ २१ गतेको क्यालेण्डर मिलाउन बाबुराम भट्टराई नेतृत्वको समितिको सक्रियतालाई ‘जब भयो राति तब बूढी ताती’ को संज्ञा दिएपछि छेऊमा बसेका एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको टिप्पणी थियो, ‘यी बूढाहरु किन मात्तिएका होलान् ।’जनआस्था साप्ताकिहबाट

झापा मिस ताज रचना उप्रेतिलाई।

२९ भदौ, बिर्तामोड ।  मिस झापा २०१४ को’ उपाधि रचना उप्रेतीले पाएकी छिन् । वीरता जेसीज झापा द्धारा आयोजित ‘वास्किङ्ग रविन्स् मिस झापा २०१४ को’  ताज रचना उप्रेतीले पहिरेकी हुन । शनिवार झापाको चारपानेमा सम्पन्न फाइनल अडिसनमा १८ जना प्रतिश्पर्धीलाई पछी पार्रदै झापा डांगिबारिकी रचना उप्रेतीले उपाधि हात पारेकी हुन् ।

टप पाचौमा पर्न सफल रचनाले समय वित्दै जादा तपाइले आफूमा के परिवर्तन ल्याउन चाहनुहुन्छ ? भन्ने प्रश्नको चित्त बुझ्दो उत्तर दिएर निर्णयकहरुको मन जित्न सफल भएकी थिइन् । उनले ५० हजार नगदसहित विभिन्न ठाउँको भ्रमण तथा विभिन्न कम्पनीबाट निःशल्क गिफ्ट ह्रयम्परसमेत हात पारेकी छन् ।

रचनाले विनरसँगै वेस्ट पर्सानालिटी समेत भएकी थिइन् । रचनालाई  मिस नेपाल २०१० की विजेता सदिक्षा श्रेष्टले ताज पहिरिरयाएकि थिइन । यसै गरी अन्य प्रतिष्पर्धीलाई उछिन्दै रिसिका प्रधान फस्ट रनरअप घोषित भएकी छन् ।

उनले ३० हजार नगदसहित विभिन्न ब्राण्डका निःशुल्क गिफ्ट ह्रयम्पर तथा डान्स प्याकेज लगायत पाएकी छन् । अनिसा प्रधान सेकेण्ड रनरअप घोषित भएकी छन् । सेकेण्ड रनरअपसँगै प्रधान बेस्ट डेस एवं पब्लिक च्वाइजमा पर्न सफल अनिसाले नगद १५ हजार सहित गिफ्ट हेम्पर प्राप्त गरेकी थिइन् ।

प्रतिश्पर्धीमध्ये निशा प्रधानले (बेस्ट स्माइल), पूजा श्रेष्ठले (बेस्ट स्टाइलिष्ट), पुनम भण्डारीले (मिस ट्यालेन्ट) साहारा राईले (बेस्ट वर्क), पार्वता वोहोराले (बेस्ट फ्रेण्डसिप), श्रृस्टी पोखरेलले (बेस्ट डिस्प्लिन) र रिसिका प्रधान (बेस्ट फोटो जोन) हुन सफल भएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक नवराज ढकाल, नेपाल जेसीजका नरेश दाहाल, मिस नेपाल २०१० सदिक्षा श्रेष्ट, सुस्मा नकर्मीलगायतले उपाधि जित्न सफल प्रतिश्पर्धिलाई नगद, तथा ताज पहिर्‍याएका थिए । कार्यक्रम वीरता जेसीज २०१४ का अध्यक्ष विशाल थापाको सभापत्विमा सम्पन्न भएको थियो । <साभार अनलाइन खबर>

Friday, September 12, 2014

पाँचथरमा क्रान्त्रिकारी लिम्बुवान पक्राउ।

लिम्बुवान क्रान्तिकारीका पाँचथर अध्यक्षसहित तीन पक्राउ

दिल कुमार लावती

दमक , २७ भदौ- पाँचथरको सिमानामा रहेको काबेली हाइड्रोपावरका ठेकेदार र कर्मचारीहरुलाई बन्धक बनाएको आरोपमा भूमिगत समूह लिम्बुवान क्रान्तिकारी पार्टीका ताप्लेजुङ अध्यक्ष मनिष हेल्लोक सहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा ताप्लेजुङ तापेथोक ८ का २८ वर्षीय मनिष हेल्लोक, ७ का २४ वर्षका दर्शन लिम्बु, छुरुम्बु १ का टाइगर टेन भनेर चिनिने सावाहाङ लिम्बु रहेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक मेघराज थापाको कमाण्डमा खटिएको ताप्लेजुङ प्रहरीको सहयोगमा ताप्लेजुङ बजारस्थित बीरेन्द्र चौकबाट पक्राउ गरेको हो ।

ताप्लेजुङ १ मा समेत घर भएका मनिष हेल्लोकको घरबाट प्रहरीले १ थान पेस्तोल, २ थान म्यागाजिन, एक राउण्ड गोली, १ थान ल्यापटप, ३ थान मोवाइल र पार्टीको लेटर प्याड समेत बरामद गरेको छ ।

उनीहरुले ठेकेदारहरुलाई बन्धक बनाएर तीन करोड रुपैयाँ फिरौती मागेको थाहा पाएपछि प्रहरी टोली गएको थियो ।

Thursday, September 11, 2014

मधेसमा संघियता बिरोधि नेताको पुतला दहन।

सलमान
२६ भदौ, भैरहवा -तराई मधेस लोकतािन्त्रिक पार्टी कार्यकर्ताले एमाले अध्यक्ष केपी ओली र अर्थमन्त्री रामशरण महतको पुत्ला जलाएका छन् ।

मिलनचोकमा जम्मा भएका तमलोपाका कार्यकर्ताले ओली र महतको पुत्ला जलाएका हुन् । पुत्ला खोज्ने प्रयासमा प्रहरीले बल प्रयोग गर्दा सामान्य झडप समेत भएको छ ।


  ओलीले हालै नेपालमा मधेस नै छैन भनेको भन्दै विपक्षी दलहरुले विरोध गरेका छन् । संघीयतालाई थाती राखेर संविधान जारी गर्न सकिने अर्थमन्त्रीको अभिव्यक्तिको पनि विपक्षी दलले विरोध गरेका छन् ।

- अनलाईन खबर

Sunday, September 7, 2014

मिडियाको निराधार बगबास र अञ्जु पन्त ।

● नारी पुज्छौ भन्नेहरुले नै अञ्जुको असलिल तस्विर बनाए।

शेर बहादुर सुहाङ "मिङ्सो"

झण्डै दशक देखि सांगीतिक क्षेत्रको चर्चामा रहेकी अथवा कर्ण प्रिय स्वरकी धनी गायिका अञ्जु पन्त गत हप्ता देखि निक्कै आलोचनाकी पात्र बनेकी छिन। कलाकारलाई राष्ट्रको गहना भनेर चिनिने नेपाली समाजको एकाध व्याक्तिहरू एकै पटक अन्जुको आलोचनामा उत्रिएको देख्दा त्यती बिश्वास लागेन। कुरोको चुरो नबुझी ईन्जार कसेर उफ्रिने रोगले व्याप्त हामी नेपालिहरुमा अब यस्ले कस्तो रिजल्ड लिएला भन्ने त्रास चै उबेलानै भएको हो। नभन्दै  हप्तादीन नपुगी नेपाली समाज भित्रको एक खाले समुहले  असली रूप देखाउन थाले यँहा सम्म कि अञ्जु पन्तको तस्विरलाई अन्य अशलील फ़ोटो सँग संपादन गरेर चरित्र ह्त्या गरे त्यतिले नपुगेर अझै गरिपनी गरि रहेकाछन। जबकि तिनिहरू हिजो सम्म हामी नारिलाई देवीको रुपमा पुजा गर्छौ भन्थे :D ।  सायद उनिहरुको बुझाईमा राष्ट्रको गहना भनेको यस्तै होला ! महामहिम गृहमन्त्रीज्युको बिषयलाई लिएर फेसबुकमा "पिछ्लगुमा हान्नु पर्ने" भन्दा सिराहबाट कठलोमा समातेर काठमाण्डौमा ल्याई १८/१८ दिन थुन्ने प्रशासन राष्ट्रकै सर्वोकृष्ट गायिका अञ्जु पन्तको तस्वीर सँग अश्लील तस्वीर जोडेर नितान्त व्याक्तिगत जीवनको चरित्र हत्या भई रहदा कस्तो तमासा हेरेर बसी रहेको छ ? मेरो टाउकोले अझैनी ठम्माउन सकी रहेको छैन। लोकतान्त्रिक राष्ट्रको निगरानी र सुरक्षा कति गुणस्तर छ भन्ने कुरा लगबग यसले पुष्टि गरेको छ।

 साता भीत्र अञ्जु बिषयको चर्चाले बजार भर्दै गर्दा बिचमा मैले काठमाण्डौ मै संगीत क्षेत्रमा लामो समय बिताउनु भएका मेरा आदरणीय दाईलाई एक पटक सोंधे दाई अञ्जु पन्तको बिषय के हो ? गायिका जस्तो मान्छिले यस्तो खाले अभिवेक्ति दिनु सांदर्भिक होला ? अलि रिस मुद्रामा उहाले भन्नु भयो :- भाई पत्रकार व्यापार होईन भने एकदिन सत्य बाहिर आउछ।मैले सुनेको त्यो दिन त ऊनि बिमारी पो थीइन रे !
मैले अन्य पनी प्रश्न सोधेको थिएँ  तर दाईले निष्पक्ष पत्रकारको आवश्यकता औलाउदै कुराको बिट मार्नु भयो। मैले खासै उहाको कुरा बुझिन। मेरो प्रश्न त उदारो रह्यो नै त्यो माथि थप प्रश्न बाँकी रह्यो।की यी दाईले कस्तो निष्पक्ष पत्रकार खोजे ?
एक दुई हुदा हुदै अञ्जु प्रकरण मैदान भयो। आवाज निक्लने हो भने यि हावा पानी,माटो,बोट विरुवा पनि अञ्जु माथि केही प्रतिक्रिया दिन्थे होला।तर अञ्जुले तेस्तो बोलेकी हुन की होईनन भन्ने बिषयमा नै हामी भने अस्पष्ट छौ। तर आम प्रश्न बाँकी नै रहेका छन।

काठ्माण्डौको कान्तिपुर देखि ईलामको सन्दकपुर सम्मका अनलाईन मिडियाले अञ्जुले "हिन्दु देवीको नाम रहेको" गीत भनेर गाईनन भन्ने प्रचार त गर्यो।पुष्टि गर्ने आधारहरु दरिलो गरि राख्न सकेको छैन। तर DC नेपालमा अञ्जुले दिएको अन्तरवार्ता हेर्ने हो भने दिलशोभा प्रकरण भन्दा गतिलो आधार मिडिया सँग छैन। आधार बिनाको समाचार कसरी सम्प्रेषण गरिन्छ र त्यसले पुराउने असरहरु बारे मिडिया जगतले बुझेको हुनुपर्छ। हचुवाको भरमा कसैले दिएको समाचारलाई नै सर्वोपरि ठानेर सम्प्रेषण गर्ने हो भने मिडियाहरु साच्चै मिडिया भन्न लाईकका त होलान तर आफु सँगै समग्र राष्ट्रलाईनै विवादमा ल्याएर बिषालू पोखरिमा जकाडि दिएका छन।जस्को विषालू तृणाले सामजिक सहिष्णुतामा बिज्नेवाला पक्का छ। वर्तमान मिडियाको लाजमर्नु पक्ष भनेको नेताहरुले गतिलो गरि वायु छोड्दा २ दिनमा स्पष्टीकरण लिन वा जनता माझ देखाउन नेतालाई स्टेशनमा बोलाउने मिडियाहरु साता बित्न लाग्दा पानी अञ्जुलाई स्टेशनमा बोलाउन किन हिचकिचाई रहेका छन ? रेखा दिदिको स्कट नाप्न पुग्ने पत्रकारहरु अन्जुको सत्यता बुझ्न किन अञ्जु निवास सम्म पुग्न सक्दैनन ? मिडियालाई स्वतन्त्रताको लगाम लगाउन धेरै कोशिस गरे पनि यहाँ नाङ्गिएर जादैछ।Dc नेपालमा अन्जुको प्रतिकृया हेर्ने हो उनले "अहिले स्वस्थ बिग्रिएले असमर्थ छु" भनेकि रहेछिन उनले साँची रेकटर भाईलाई राकेकी छिन।

 यदि अन्जुको भनाई सत्य हो भने मिडिया धर्मको आधारमा बगबास ओकलेर राष्ट्रलाई धार्मिक साम्प्रदायिकता तिर उनमुख गराउन खोज्दैछ।यस्को संकेत तथाकतिथ गोरुसेना कि शिवसेनाहरूले प्रेसविज्ञाप्ति मार्फ़त दिसकेका छन। यदि यि तथा कतिथ सेनाहरूले प्रेसविज्ञापतिमा पूर्वाग्रह ओकले जस्तै हर्कत गरे त्यसको जिम्मेवार को हुने ?
मानौ ल अञ्जु पन्तले "हिन्दु देवीको नाम रहेछ" भनिन अरे ! के त्यो अधिकार अञ्जुमा छैनर ? त्यो कसरी,कहा कुन धर्मको अपहेलना भयो ? होईन यदि कुनै धर्ममाथि अपमानित शब्दको प्रयोग भएको भए अंतरिम संबिधानले ६ महीना देखि २ वर्ष र १०,००० रुपया सम्म दण्डित गरेको छ अञ्जुका यी वाक्यलाई गाली गलौच वा अपमान देख्ने,बुझ्ने कमजोर मानशिकता र जातिवादी चिन्तनको उपज होईन भन्ने कोहिले पुष्टी गराउन सक्ला ?

आफूले यस्तो अविबेक्ति नदिएको  जान अनजान गल्ति भएको भए क्षमा भन्दै माफ़ी मागी सक्दा पनि समाज र जीवन दर्शनबारे फेशबुकमा बुझाउन खोज्ने विद्वान देखि नेपाल बार एसोसियनका सदस्य सम्म अपुष्ट खबर बोकेर दौडाहत गरिरहेको देख्दा कुरिकुरी भयो।

अन्तमा ध्यानकर्षण गरौ।
कृपया शिवसेना देखि फेसबुकसेनाका मित्रहरू अञ्जुले दुईदिन पछि गाई दिन्छु भन्दा यति धेरै आलोचना गर्नु भयो। एउटा ख्रीष्टन धर्मवलम्बिको यति धेरै आवश्यकता हुदों रहेछ यहाँ सम्मकि तपाईको कोठामा गाउने भजन सम्म आवश्यकता पर्दों रहेछ त उसोभए बन गर्नुहोस तपाईका क्रिश्चयन बिरोधी गतिबिधी किन गर्नु हुन्छ चर्ज जलाउने कुरा ? किन गर्नुहुन्छ देश निकाला गर्ने कुरा ?( धरान ३ साता अघिको "बलाष्ट पुष्ट-५" ईन्द्र प्रसाद ओलीको चर्ज लडाउने र धर्म फेर्नेलाई जलाउने जस्ता अमर्यादित अभिबेक्ति) जब सम्म सगरमाथा नेपालको होईन,बुद्ध नेपाली होईन भन्दै डलर भित्राउने तथाकतिथ दीक्षितहरु जस्ता अभिजातको बिरुद्धमा चूँ नबोलेर यस्तै १४ औ शताब्दीका हजुरबा जस्तै मेरो श्लोक/भजन गाईदेन भन्दै कुद्छौ तब सम्म धार्मिक अतिक्रण र धार्मिक दस्ता निरन्तरर्नै रहनेछ। हामी हाम्रो धर्मवलम्वीहेकाहरूले धर्म फेरे भनेर बदलामा बिभिन्न आक्षेप लगाउदै नबसौ बरु थोरै भएपनि हामिमा रहेको विकृतिकोलाई सुदारमा ल्याउँ ताकी रहेकाहरुलाई बचाऊन सकौ। विकृतिमा गर्व गरेर अरुलाई सानो दोष झिकेर दोषारोपण गर्दै बस्नु संसारकै हास्यापद कुरा हो।

(लेखक कतारमा बेल्चा मार्छन)

कतारमा श्रम सहचारीलाई आदिवासी जनजाती महासंघले गर्यो सम्मान र विदाई।


कतारमा श्रम सहचारी ईन्द्र देव पाण्डेको बिदाई

  दोहा , ७ सेक्टेम्बर -
नेपाल आदिवासी जनजाति महासंघ दोहा कतारले
 कतारको लागी नेपाली दुतुवासका श्रम सहचारी ईन्द्र देव पाण्डेलाई २ वर्षे कार्यकालको प्रसंशा गर्दै

नेपाली हिमालयन रेष्टुरेण्टमा
  एक कार्यक्रम मार्फ़त विहिबार
विदाई तथा सम्मान गर्यो।


नेपाल आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष बिनेश तामाङ्को सभापतित्वमा भएको
 उक्त कार्यक्रमको प्रमुख अतिथि श्रम सहचारी ईन्द्र देव पाण्डे रहनु भएको थियो भने अतिथिहरु महासंघका निवर्तमान अध्यक्ष तथा महासंघ संस्थापक सदस्य अमृत गुरुङ, महासंघका सल्लाकार दिल किरण खजुम,सल्लाकार तथा बुद्धिजीवी विल गुरुङ,सल्लाकार बुधबल गुरुङ्, सल्लाकार शुक बहादुर तामाङ्, संस्थापक सदस्य चन्द्रशेर राई, नेपाल प्रवासी मगर संघका अध्यक्ष शरण थापा मगर,किरात राई या-योक्खा अध्यक्ष अमृत राई, नेपाल प्रवासी तामाङ समाजका अध्यक्ष माईला वाईवा तामाङ्,तमु सेवा समाजका अध्यक्ष , किरात याक्थुम चुमलुङ्का सदस्य मिङ्सो सुहाङ,नेवा-पुचका उपाध्यक्ष उपेन्द्रमान श्रेष्ठ,माझी सेवा समाजका अध्यक्ष देव माझी  र पत्रकार तिल विक्रम थेवे रहनु भएको थियो।

आफ्नो २ वर्षे कार्यकाल सिद्धाएर बिदाई हुदै गरेका श्रम सहचारी पाण्डेलाई सम्मान पत्र र खादा ओडाएर महासंघले विदाई गरेको थियो। यसरिनै महासंघमा आबद्ध मातृसंस्था तमु सेवा समाज,माझी सेवा समाज,तामाङ् समाज,नेवा पुच,मगर संघले सम्मान पत्र,ढाका टोपी र खादाले सम्मान गरेको थियो भने किरात राई या.योक्खा र किरात याक्थुम चुम्लुङ्ले संयुक्त रुपमा शीरमा सेतो फेटा बाधेर सम्मान गरेको थियो।

विदाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि ईन्द्रदेव पाण्डेले आफ्नो कार्यकाल अवधिभर कतारमा रहेका बिभिन्न नेपाली संसस्थाले गरेको सहयोगको प्रसंशा गरि धन्यवाद दिनुहुदै आउदा दिनहरुमा पनि नियोगलाई यसरिनै सहयोग गर्दै जान शुभकामना दिनु भएको थियो।




महासंघको तर्फबाट अमृत गुरुङ् र शरण थापा मगर लगायतले कतारमा रहदा प्रवासी नेपालिहरूबाट जानी-अनजानी कसैले मन दुखाई दिएको भए तितो क्षणलाई बिर्सिदीन अनुरोध गर्दै उहाको कार्यकाल अवधी भित्र भएको बिभिन्न उपलब्धी मूलककामको प्रशंशा गरि यात्रा सफलताको शुभकामना दिनु भएको थियो।कार्यक्रममा सांस्कृतिक बिभागका अध्यक्ष  कृष्ण गुरुङले स्वागत मनतब्य राख्नु भएको थियो भने कार्यक्रम संचालन महासंघका सचिवालय सदस्य महेन्द्र(सानु) थापा मगरले गर्नु भएको थियो।

Thursday, September 4, 2014

कतारमा नेपाली मानवअधिकारकर्मी बेपत्ता

दोहा,४ सेक्टेम्बर– कतारमा रहेका कामदारहरुको थप अनुसन्धान गर्न नेपालबाट कतार गएका नेपाली मूलका दुई मानअधिकारकर्मी कृष्ण उपाध्याय र उनका सहकर्मी फोटोग्राफर गुणदेव घिमिरे कतारमा बेपत्ता पारिएका छन्। नर्वेमा प्रधान कार्यालय रहेको मानवअधिकारवादी संस्था जीएनआरडीले आफ्ना कर्मचारीलाई कतार प्रहरीले हतोत्साही गर्नुका साथै कतार छाड्न् भनेको थियो। तर नेपाली मूलका बेलायती मानवअधिकारकर्मी उपाध्याय र घिमिरे अचानक बेपत्ता पारिएको समाचार बेलायती अनलाइन 'द इण्डीपेन्‍डेन्ट'ले प्रकाशित गरेको छ। उक्त समाचारका अनुसार मानअधिकारकर्मी कृष्ण र गुणदेव गत आइतवार दिउँसोदेखि कतारको राजधानी दोहामा बेपत्ता अवस्थामा रहेका छन्।

समाचारमा बताइए अनुसार कृष्ण र गुणदेव कामदारको अवस्था बुझेर फर्किइरहेको बवस्थामा सादा र बर्दि दुवै पोशासमा रहेका कतारी प्रहरीले उनीहररुलाई पछ्‍याइरहेकाले आफूहरु निकै असुक्षित महसुस गरिरहेको उनीहरु कार्यरत संस्थाका साथीहरुलाई म्‍यासेज पठाएका थिए।

मानवअधिकारकर्मी कृष्ण उपाध्यायका एक जना साथीले पाएको म्‍यासेजलाई दाबी गर्दै समाचारमा भनिएको छ, 'गत आइतबार दिउँसोदेखि उनीहरु दुवै जना हाम्रो सम्पर्कमा छैनन्।

उनीहरु बसेको ग्राण्ड हायात होटेलबाट आफ्नो बसाइको अन्तिम दिन एयरपोर्ट जाने क्रममा होटलबाट चेक आउट गरेपछि आफूहरु घेरामा परेकोले असुरक्षित महसुस गरि केहीबेर रिसेप्सन एरियामै बस्ने निधो गरेको बताइएको छ।

यसअघि गत शनिबार उपाध्यायले पठाएको म्यासेजमा आफूहरुलाई कतारी प्रहरीहरुले पछ्याइरहेको र उनीहरुले निकै नै दुःख दिने सम्भावना रहेको बताइएको समाचारमा जनाइएको छ।

मानवअधिकारकर्मीद्वय उपाध्याय र घिमिरे कतारस्थित नेपाली दूतावास र कुटनीतिज्ञको सहयोगमा कतारमा रहेका नेपाली कामदारहरु बस्ने ठाउँ र उनीहरुले गर्ने कामको प्रकृतिको अवस्था बारेमा नजिकबाट खोजबिनका साथ अन्तर्वाता लिने काममा लागेका थिए। 

मानवअधिकारको क्षेत्रमा नेपालबाट नै कामको अनुभव संगालेका मानवअधिकारकर्मी ५२ वर्षीय कृष्ण उपाध्‍याय र उनीसँगै रहेका सहकर्मी फोटोग्राफर गत महिना मात्रै कामको शिलशिलामा लण्डनबाट नर्वे बसाई सरेका थिए। यी दुवै मानवअधिकारकर्मीहरुसँग बेलायती पासपोर्ट रहेको बताइरहदा बेलायती विदेश मन्त्रालयले भने उक्त रिपोर्टको जानकारी आफूसँगै रहेको र बेपत्ताको खोजी भईरहेको बताएको छ। 

उीनीहरु कार्यरत संस्था ग्‍लोबल नेटवर्क फर राइट्‍स् एण्ड डेभेलोपमेन्ट (जीएनआरडी)ले बेपत्ता बनाइएको सम्‍भावित घटनाप्रति गम्भीरता पुर्वक चासो देखाएको छ। जीएनआरडीले बेपत्ता पारिएका नेपाली मूलका दुई मानवअधिकारकर्मी कृष्ण र गुणदेवको सकुसल सुरक्षाको मागसहित रिहाइको माग गरेको छ। 

कतारमा हुने सन् २०२२ को विश्‍वकप फुटबलको लागि बनाइदै गरेको निर्माणाधीन स्‍टेडियममा काम गर्न ल्‍याइएका नेपाली कामदारको दयनीय र दर्दनाक अवस्था अन्तराष्ट्रियस्तरमा सनसनीपूर्ण भइसकेपछि कतारले विश्‍वभर चर्को आलोचना खेपिरहेको छ।

कतारमा कार्यरत कामदारहरुले पाउने पारिश्रमिक, श्रम शोषण तथा पक्राउपछि भोग्‍ने चरम यातनाको बारेमा मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनल लगायतले पटक पटक चासो देखाउँदै आएका छन्। उक्त मानवअधिकारवादी संस्थाहरुले त्‍यहा कार्यरत कामदारलाई 'स्‍ट्यान्डर्ड प्राक्टिस' को अनुसरण गर्न र आधुनिक किसिमको तलबसुविधा दिन समेत कतार सरकारलाई आग्रह गर्दै आएका छन्। -(एजेन्सीको सहयोगमा)

Wednesday, September 3, 2014

राष्ट्रिय दलित मोर्चाको नवलपरासिमा प्रथम महाधिवेशन

●राष्ट्रिय जनमुक्ति पार्टीको जनवर्गीय संगठन 'राष्ट्रिय दलित मोर्चा'को राष्ट्रिय महाधिवेशन आज उदघाटन भएको छ ।

प्रमेस तमु

नवलपरासी,१८ भाद्र- राष्ट्रिय जनमुक्ति पार्टीको जनावार्गीय संगठन राष्ट्रिय दलित मोर्चाले नवलपरासिमा राष्ट्रिय सम्मेलनको उदघाटन गरेको छ।
महाधिबेशनलाई उदघाटन गर्दै राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष एम.एस.थापाले राज्यको नीति निर्माण तहमा दलित तथा पिछडा वर्गको प्रतिनिधित्व नभएसम्म दलितहरुको अधिकार स्थापित हुन नसक्ने र अधिकारका लागि दलित समुदायहरु एक जुट भएर अगाडि बढ्नु पर्ने बताउनु भयो ।अध्यक्ष एम् एस थापाले राष्ट्रिय जनमुक्ति पार्टी दलित मुक्तिका लागि स्थापनाकालदेखि नै मुद्दा उठाउँदै आएको र राष्ट्रिय जनमुक्ति पार्टीमा नीतिलाई ईमान्दारिताका साथ कार्यान्वयन गरेको भन्दै जिकर पनि गरे। उत्पीडन र पछाडि परेको वर्ग तथा समाजको उत्थान विना देशले फड्को मार्न नसक्ने भन्दै देशमा बसोवास गर्ने हरेक जातजातीको विकासको लागि राज्य गम्बिर हुनु पर्नेमा जोड दिनु भयो ।

महाधिवेशन मुल तयारी समितिका संयोजक मोतिलाल सुनारको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय दलित मोर्चाका केन्द्रीय अध्यक्ष रामु परियार, सभासद सिमा कौशल, पार्टीका संघीय परिषद सदस्य कर्णबहादुर सुनारी, प्रेम पोखरेल, झमबहादुर गुरुङ्ग लगायतले बोल्दै राज्यको हरेक क्षेत्रमा जातीय जनसंख्याको आधारमा प्रतिनिधित्व नभए सम्म सम्पूर्ण जातजातीको अधिकार स्थापित नहुने भन्दै अधिकारको लागि एकजुट हुनुको विकल्प नभएको बताएका थिए।

प्रथम राष्ट्रिय दलित मोर्चाको महाधिवेशनमा२७ जिल्लाका करिव १ सय ५० जना प्रतिनिधिहरुको सहभागिता रहेको  प्रथम महाधिवेशन विहिवार सम्म संचालन हुने मोर्चाले र यही महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने समेत मोर्चाले जनाएको छ । 

ईण्डियन कुकुरले जापनमा हैसियत देखायो।

१७ भदौ, एजेन्सी ।

भगवान गौतम बुद्ध भारतमा जन्मेको भन्दै नक्कली लुम्बिनी बनाउने र प्रचारलाई निरन्तरता दिएपनि नेपाल आएर गौतमबुद्धको जन्म नेपालमा भएको बताएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोलि जापान पुगेर बोलि फेरेका छन् ।

भगवान गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनीमा भएको सत्यतालाई कुल्चेर भारतमा नक्कली लुम्बिनी बनाइरहेको भारतीय प्रधानमन्त्री मोदिले महिना दिन अघिमात्र नेपाल आउँदा बोलेको आफ्नै बोली कुल्चेर यस्तो झुट जापान पुगेर बोलेका हुन् ।

जापानको एक विश्व विद्यालयमा बोल्ने क्रममा एक सहभागीको प्रश्नको उत्तर दिने क्रममा मोदिले भने-’भारत भगवान बुद्धको भुमि हो, बुद्ध शान्तिको लागि बाँचे र सँधै शान्ति फैलाउने काम गरे । यो सन्देश भारतमा गहिरोसँग व्याप्त रहेको छ ।’

नेपाली सिमा अतिक्रमण, राजनीतिक हस्तक्षेप, धार्मिक अतिक्रमणसँगै हरेक क्षेत्रमा भारतले दिने अनावश्यक दवावले नेपाली भारत विरोधी रहेको भन्दै उक्त भावना चिर्न मोदी सफल भएको विभिन्न व्यक्ति र दलका नेताहरुको भाषण आइरहँदा भारतय प्रधानमन्त्री मोदीले बोलेको यस्तो झुट बोलिले उनले पाएको केही समय अघिको वाहवाही सवै नष्ट हुन पुगेको छ ।

Sunday, August 31, 2014

पहिचान बिनाको संघियता विश्वको हास्यापद-माबुहाङ

●पहिचानबिनाको संघीयता हास्यास्पद

बालकृष्ण माबुहाङ


विश्वको कुल आवादीको करिब ९५ प्रतिशत जनसंख्या बहुसांस्कृतिक संयोजन भएका मुलुकहरूको आवादी हो । बाँकी पाँच प्रतिशतमा मात्र एकल जातीय, भाषिक वा धार्मिक समुदाय रहेका छन् । पी. ह्यारिस र बी. रैलीको (१९९८) को एक अध्ययनअनुसार २० सौं शताब्दीको पूर्वार्द्धमा घटेका द्वन्द्वहरूमा नागरिक हताहत ५ प्रतिशत थियो, जुन उत्तरार्द्धमा ८० प्रतिशतसम्म पुग्यो । कारण, पहिले अन्तरदेशीय लडाइँ हुन्थ्यो, जहाँ सेनाहरूबीच मात्र मारामार हुन्थ्यो, तर पछिल्ला दिनहरूमा निशस्त्र जनताहरू धर्म, जाति, संस्कृतिका नाममा स्वदेशमै लड्ने भएकाले नागरिक हताहतको संख्या ह्वात्तै बढेको अनुमान गरिएको छ । सन् १९८९-९६ बीच १०१ सशस्त्र द्वन्द्व घटे, जसमध्ये ९५ आन्तरिक र पहिचानसँग सम्बन्धित थिए ।
स्यामुल पी. हन्टिङटनले (१९९३) आजको संसार बहुसभ्यता र संस्कृतिबीच उत्पन्न टक्करले नयाँ आकार लिने क्रममा रहेको बताएका छन् । उनको पुस्तकको महत्त्व आज पनि उत्तिकै सान्दर्भिक छ । उनका अनुसार, ‘मानिसले आफ्नो पुर्खा, भाषा, धर्म र दस्तुरहरूका आधारमा आफूलाई परिभाषित गर्ने गरेका छन् ।’ उनको थप विश्लेषण छ, ‘शीतयुद्धको अन्त्यपछि मानिसले विचारधारा वा आर्थिक आधारमा भन्दा सांस्कृतिक आधारमा चिनाउने प्रवृत्ति बढ्दो छ । बोस्निया, चेचनिया, ट्रान्सकाउकस, मध्यएसिया, कास्मिर, मध्यपूर्व, तिब्बत, श्रीलङ्का, केन्या, नाइजेरिया, रुवान्डा, सुडान र अन्य धेरै क्षेत्रमा पहिचानजनित द्वन्द्व बढ्दो छ । मुस्लिम समुदायमा आएको जनसंख्याको सम्भावित विस्फोट र पूर्वी एसियामा आएको आर्थिक वृद्धिदरले प्रभाव पार्नसक्ने विश्व राजनीतिको समीक्षा गर्दै उनी तर्क गर्छन्, ‘पश्चिमी एकाधिकारका लागि यो चुनौतीपूर्ण बन्दैछ, सँगसँगै बहुसभ्यता बीचको अन्तरद्वन्द्वको सम्भावना पनि ।

संविधानविद रोनाल्ड वाट (१९९९) का अनुसार, संघीयता खासगरी भिन्न र स्वतन्त्र पहिचान बोकेका राष्ट्रहरू/जातिहरू मिली एक अनुकूल संघ बनाउने प्रवृत्ति थियो । जस अन्तर्गत विविधता र विशिष्टता, अल्पसंख्यक र बहुसंख्यक एकैसाथ समान आकार र महत्त्वका बन्नगई एउटै बृहत्तर राजनीतिक संगठनमा सबैलाई अटाइदिने सूत्र संघीयताले बोकेको थियो । तर आजको संघीयताले भने त्योभन्दा अलि भिन्न प्रवृत्ति लिएको देखिन्छ । एकातिर भिन्न र स्वतन्त्र मुलुकहरू आ-आफ्ना सार्वभौमिक अखण्डतालाई साँघुर्‍याएर भए पनि आर्थिक तथा भौतिक लाभ हासिल गर्न संघ बनाएर पहुँच निर्माण गर्ने सोचमा रहेको देखिन्छ भने अर्कातिर एउटा स्वतन्त्र मुलुकमा बसोबास गर्ने भिन्न र स्वतन्त्र पहिचान बोकेका मानिसहरू एकल जातीय अधिनायकत्वबाट शोषित र उपेक्षित भएका कारण संघीयताको माध्यमबाट स्वशासित वा स्वायत्त उपराष्ट्र वा राज्य निर्माण गरी बृहत साझेदारी शासन प्रणालीमार्फत सुशासन प्राप्त गर्ने गरेको देखिन्छ ।
उपरोक्त विश्वव्यापी अनुभव र सिकाइसँगै नेपाली संघीयता परिभाषित हुन खोजिरहेछ । संघीयता परिभाषित गर्ने क्रममा यसको आधारका विषयमा संविधानसभाको निर्वाचनपूर्व आ-आफ्ना दलको घोषणापत्रमा प्रायः सबै दलको जोड जातीय पहिचानमा थियो । जस्तो- एकीकृत नेकपा (माओवादी) ले पहिलो बोलीमा नै भनेको थियो, ‘जातीय बनोट’, त्यसरी नै भौगोलिक अनुकूलता, भाषिक आधार, आर्थिक सम्भावना । एघारवटा स्वायत्त गणराज्य र तीभित्र अरू थप उप-स्वायत्त राज्य वा इकाइमा विभाजन गर्न सकिने भन्दै संघीयताको ढाँचासहित प्रस्तुत भएको थियो । नेपाली कांग्रेसले आफ्नो पहिलो बोलीमा, ‘राष्ट्रिय अखण्डता’को कुरो गरेको थियो भने पाँचौं बोलीमा, ‘भाषिक/जातीय एवं सांस्कृतिक सघनता’ संघीयताको आधार हुनुपर्छ भनेको थियो । नेकपा एमालेले आफ्नो पहिलो बोलीमा, ‘जातीय, भाषिक, सांस्कृतिक र भौगोलिक विशिष्टता’ भनेको थियो । मधेसवादी दलहरूमा तत्कालीन मधेसी जनअधिकार फोरमले आफ्नो पहिलो बोलीमा, ‘भौगोलिक’ आधारमा भनेको थियो भने दोस्रो बोलीमा, ‘जातीय, भाषिक, सामाजिक र सांस्कृतिक विशिष्टता’ भनेर स्पष्ट पारेको थियो । त्यसरी नै तराई-मधेस-लोकतान्त्रिक पार्टीले आफ्नो पहिलो बोलीमा, ‘भौगोलिक अनुकूलता, सांस्कृतिक तथा भाषिक, जनसांख्यिक र आर्थिक अनुकूलता’ संघीयताको आधार हुनुपर्ने उल्लेख गरेको थियो । सम्भवतः यही प्रतिबद्धताका आधारमा राज्य पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले आफ्नो प्रतिवेदनमा संघीयताको आधार पहिलो ‘पहिचान’ र दोस्रो ‘सामथ्र्य’ सहायक आधार भनेर सर्वसम्मत निर्णय गर्नसकेको थियो ।

विडम्बना, नेपाली राजनीति बौद्धिक तथा नागरिक समाज र सञ्चार एउटा सिलसिलाबद्ध विचार अभिव्यक्ति, जवाफदेहिता र कर्तव्य पलायनताको कुसंस्कृतिबाट गुजि्रएको छ । जबकि संघीयताले अत्यन्त राजनीतिक श्रेष्ठता र ज्येष्ठताको माग गर्छ, तर नेपालका राजनीतिक नेताहरूले त्यो देखाउनसकेका छैनन् । एक साताअघि आफूले बोलेको कुराको हेक्का नराख्ने नेताले नेपाल र नेपालीको हेक्का कति राख्छन् र चिरकालसम्म एउटा स्वतन्त्र र समृद्ध मुलुक बनाउन राजनीतिक नेताहरू कति काविल छन् ? प्रश्नको उत्तर खोज्नुपर्ने हुन्छ । एउटा उदाहरणमात्र लिउँ, नेकपा एमालेका अध्यक्ष झलनाथ खनालको सार्वजनिक अभिव्यक्ति: ‘जाति/जनजातिका आधारमा निर्माण हुने संघीय राज्यको विरुद्धमा उनको पार्टी छ । ….राज्यका कति इकाइहरू बन्छन् वा बन्नुपर्छ, त्यो प्रमुख कुरो भएन, तर तिनीहरू बहुजातीय हुनेछन् । ….जातीय राज्यहरू बन्न असम्भव छ । ….संघीभूत इकाइहरू बहुजातीय र मिश्रति नै बनाउनुपर्छ, सानाभन्दा साना किन नहुन् (गोरखापत्र, १७ मंसिर, २०६८) किन हुनसक्दैन भन्ने सवालमा अध्यक्ष खनालको तर्क छ, ‘कुनै पनि जातिको जनसांख्यिक बाहुल्यता कुनै पनि क्षेत्रमा छैन । अध्यक्ष खनालले बोलेको कुराको पुष्टि ओलीपक्षीय नेता प्रदीप ज्ञवालीले स्पष्ट पारे, ‘हाम्रो जनसांख्यिक बनोट एकदमै मिश्रति प्रकृतिको छ । जिल्लामा मात्र होइन, अधिकांश गाविस र गाउँहरूसमेत मिश्रति जातीय-सांस्कृतिक बनोट रहेको हाम्रोजस्तो समाजमा जातीय पहिचानमाथि आधारित एकल राजनीतिक इकाइ ज्यादै जोखिमपूर्ण हुन्छ (कान्तिपुर, २७ पुस, २०६८) ।’ खनाल र ज्ञवालीको चस्मामा नेपाली समाजको बनोट हेर्दा लाग्छ, उनीहरू कि त नेपाली समाजबारे सतही ज्ञान राख्छन्, कि त सहरकेन्दि्रत ।

०५८ को राष्ट्रिय जनगणनाकै आँकडाका आधारमा भन्दा पनि क्षत्री
(खस जनजातिसहित) बाहुल्य भएका गाविसहरू ९२८ छन् । बाहुन (४९१), मगर (३६२), थारु (३१०), तामाङ (३०१), नेवार (८४), मुस्लिम (२७८), कामी (१७), यादव (३०८), राई (१८०), गुरुङ (१३०), लिम्बु (१२१), ठकुरी (३५), सार्की (२), तेली (१४), चमार
(९), कोइरी (५१) ले आ-आफ्नो बाहुल्यता सावित गर्छन् । जिल्लागत बाहुल्यताकै कुरो गर्ने हो भने क्षत्री (२१), बाहुन (१०), मगर (७), थारु (४), तामाङ (७), नेवार (३), मुसलमान (५), यादव (५), राई (६), गुरुङ (४), लिम्बु (३) ले सावित गर्छन् । जबकि उपरोक्त संरचनाहरू एकात्मक दृष्टिकोण र मान्यताबाट कुनै अमूक जातिलाई फुटाएर शासन गर्न बनाइएका भए तापनि जातिगत बाहुल्यतामय छन् । वास्तविकता अझ सघन र बाहुल्यतामा जाति/जनजातिको उपस्थिति नेपालको कुनै न कुनै भू-क्षेत्रमा छ भन्ने हो । कसरी देशको नै भविष्य बोकेको दाबी गर्ने पार्टी र नेताले उपलब्ध तथ्यांकले भन्दा भिन्न दृष्टिकोण सम्प्रेषण गरिरहेछन् ?

नेपाली कांग्रेसका जल्दाबल्दा नेता रामचन्द्र पौडेलको भनाइ झनै अलौकिक छ । राज्य पुनर्संरचना समितिको प्रतिवेदनले प्रस्ताव गरेको १४ प्रदेशको ढाँचा, उनको भनाइमा, ‘२१ औं शताब्दीकै प्रगतिशील र लोकतान्त्रिक युगको सामाजिक, राजनीतिक मूल्य र मान्यतासँग मेल नखाने सोचमा आधारित छ -कान्तिपुर, २८ पुस, २०६८) ।’ उहाँ अगाडि लेख्नुहुन्छ, ‘थरुहट प्रदेशको राजधानी दाङलाई एउटा राजधानी तोकियो । मगरातको भनेर पाल्पालाई अर्को राजधानी तोकियो । ….रुकुम र रोल्पाका जनताले त्यहीं काखैको दाङ छाडेर पाल्पा आउँदा कस्तो सास्ती होला….। मनकामनाको मगर पोखरा पार गरेर पाल्पा जान राजी हुन्छन् भन्ने कुरा मेरो दिमागले भ्याउने कुरो होइन ।’ पौडेलजीको दिमागमा आजकै राज्यको संरचना सवार छ, जुन मानवीय चाहना र आकांक्षाको भन्दा भौगोलिक सुगमता र दुर्गमताको ‘आउटडेटेड’ मान्यतामा बढी विश्वास गर्छ । संघीयताको सवाल प्रथमतः काठमाडौंमा अति केन्दि्रत राज्यशक्तिलाई प्रादेशिक क्षेत्रहरूको आवश्यकता तथा अनुकूलतामा अधिकारहरू विभाजन गरी स्वशासन र स्वायत्तताको प्रबन्ध मिलाउने जुक्ति हो । अर्थात् थरुहट प्रदेशका लागि आवश्यक र उपयुक्त अधिकार दाङमा लग्ने हो । मगरातलाई आवश्यक र उपयुक्त हुने अधिकार काठमाडौंबाट पाल्पा लग्ने हो अनि रुकुम, रोल्पा वा मनकामनालाई आवश्यक पर्ने अधिकार दाङ वा पाल्पाबाट तत् स्थानीय सरकारसम्म अधिकारको पूर्ण निक्षेपण गरी जनताको नजिक पुर्‍याउने हो । रोल्पा, रुकुम न दाङ धाइरहनु आवश्यक हुन्छ, न मनकामना, पाल्पा जाइरहनुपर्छ । संघीयताको अर्थ दाङ जानु नजिक पाल्पा जानु टाढा. दूरी छोट्याउनु र लम्याउनुसँग सम्बन्धित विषय नै होइन । मनकामनाका मगरहरूलाई पोखरा जान सिधा पर्ने वा पाल्पा जान घुमाउरो भन्ने विषय नै होइन । हो भने पनि त्यो काठमाडौंभन्दा नजिक हुनेछ । आफूलाई आवश्यक र अनुकूल अधिकार संघीय, प्रादेशिक, विशेष संरचना तथा स्थानीय निकायबाट प्रचलनमा ल्याउने र जनताले प्राप्त गर्ने ध्येय संघीयताको अभीष्ट हो । यसरी बुझ्न नसकुन्जेल रामचन्द्रजीले संघीयता बुझ्न सक्नुहुन्न ।

एक्काइसौं शताब्दीको लोकतन्त्रको शाब्दिक ज्ञान भएका तर विशद अध्ययन अनुभव नभएका दुवै खाले ‘वामपन्थी’ र ‘कांग्रेसी’ नेताहरूले मध्ययुगीन अवस्थामा जनता, पार्टी, कार्यकर्ता र आफ्नो पनि सोचलाई सीमित गरेर राखुन्जेल नेपाली राजनीति हाँसोको पात्रमात्र बन्नेछ । आजको चुनौती भनेकै जातीय पहिचानले बोकेको राष्ट्रवादिता र नागरिकको लोकतान्त्रिक अधिकारबीच कसरी तादात्म्यता मिलाउने भन्ने हो । राजनीतिशास्त्री विल किमलिकाको भनाइमा, ‘मानिस सांस्कृतिक र राजनीतिक समुदायमा विभक्त छ ।’ यी दुईमध्ये कुनको सदस्यता लिने वा त्याग्ने द्विविधालाई हल गर्न जातीय पहिचानजनित इकाइहरू गठन गरी राष्ट्रिय राजनीति समावेशी र लोकतान्त्रिक संरचनाको बनाउन सकिन्छ । जुन उदार लोकतान्त्रिक शासन परिपाटीमा सम्भव हुने कुरा हो । त्यसकारण पहिचानलाई भुलेर यो वा त्यो बहानामा, सीमित बुद्धि र विवेकका आधारमा कुरूपको संघीयता निर्माण गर्नु भनेको शताब्दीकै हास्यास्पद प्रयत्न हुनेछ ।

लेखक त्रिविमा अध्यापन गर्छन् ।


Saturday, August 30, 2014

लिम्बुवान,खाम्बुवानबाट छिरेका तिन "चितुवा"- श्रवार्ण मुकरुङ


सिर्जनशील अराजकता १५ वर्ष पुगेकोमा यसका अभियन्ता (राजन मुकारुङ, हाङयुग अज्ञात र उपेन्द्र सुब्बा) लाई शुभकामना व्यक्त गर्न चाहन्छु । सिर्जनशील अराजकतासँग मेरो भातृत्वपूर्ण सम्बन्ध रहेको अवगत गराउन चाहन्छु ।
पन्ध्र वर्षअघि, उहाँहरुको सिर्जनशील अराजकता अभियान सुरु हुनुभन्दा पनि १५ वर्षअघि म काठमाडौं आएको थिएँ । लगभग ३० वर्षअघि । त्यसपछि उहाँहरु आइपुग्नुभयो ।
▪लिम्बुवान र खम्बुवानका उहाँहरु बैरागी काइँलाको चितुवाजस्तो भएर  काठमाडौं आइपुग्नुभयो▪
म उहाँहरुको सिर्जनशील अराजकताको म प्रत्यक्ष साक्षी हुँ । उहाँहरुको घोषणापत्र र सबै इतिहास हराएर ममात्रै बाँचें भने पनि म यसको आधिकारिक व्यक्ति हुँ । किनभने मेरो कोठामा निर्माण भएको आन्दोलन हो यो ।
उहाँहरु धेरै ठूला सपना र उत्तेजनाहरु लिएर काठमाडौं आउनुभएको थियो । १५ वर्षअघि पूर्व लिम्बुवानका हाङयुग अज्ञात र खम्बुवानका राजन मुकारुङको शहर प्रवेश भयो ।
बैरागी दाइको एउटा कविता छ, मालीगाउँको चितुवा । जंगलबाट अप्ठ्यारो परेपछि शहरमा, मालीगाउँमा चितुवा आइपुगेछ एक दिन । बैरागी दाइले कविता लेख्नुभयो । त्यस्तै लिम्बुवान र खम्बुवानबाट बैरागी काइँलाको चितुवाजस्तो भएर उहाँहरु काठमाडौं आइपुग्नुभयो ।
उहाँहरुलाई शहरमा असहज भयो । मान्छे बसेको ठाउँमा चितुवालाई त अप्ठ्यारो हुने भैगो ।
sarwan
उपेन्द्र सुब्बा, राजन मुकारूङ
उहाँहरुलाई पहिचानको समस्या भयो । सपना त कवि हुनेछ । लेखक हुनेछ । ठूलो मानिस हुने सपना छ । यो सर्भाइभ हुने समस्याबाट उहाँहरु मानसिकरुपमा गुज्रन थाल्नुभयो । त्यसपछि उहाँहरुले खोज्नुभएको बाटो हो सिर्जनशील अराजकता ।
उहाँहरुले कविता त धेरै लेख्नुभयो । उपेन्द्रजीको कविताको शीर्षकजस्तै उहाँका कविताहरु सबै खोलाका गीत भए । दुई-दुईवटा, तीन-तीनवटा किताव निकालिसक्नुभयो, न चर्चा छ, न कुनै स्पेस छ, कहीँ, कसैले सुनिदिएन ।
मलाई लाग्छ, शीर्जनशील अराजकताको उदय र हाम्रो गोविन्दराज भट्टराईको समालोचकीय उदय पनि सँगसँगै भयोजस्तो लाग्छ मलाई । दुबैको इन्ट्रेस्ट मिल्यो । सिर्जनशील अराजकताको इन्ट्रेस्ट आफूलाई स्थापित गराउने, आफूलाई अगाडि बढाउने थियो भने उहाँलाई समालोचक हुने इन्ट्रेस्ट थियो ।
हाङयुगजी अझ बढी मेहनत गर्ने । उहाँ मारक्सवाद, नियोमार्क्सवादेखि उहाँ दर्शन धेरै चिजहरु अध्ययन गर्ने । साइन्सको त उहाँ विद्यार्थी नै । उहाँहरुले धेरै कुराहरुको अध्ययन गर्नुभएको थियो । मभन्दा उमेरले सात/आठ वर्ष कान्छो भए पनि मलाई उहाँ दाजुजस्तो लाग्थ्यो । त्यतिबेलै उहाँलाई सबाल्टन राइटिङबारे थाहा हुने, मोर्डनिज्मको त पित्री बुझाइदिने । गोविन्दराज भट्टराई र अभि सुवेदीलाई पनि बुझाउने क्षमता उहाँमा थियो ।
राजनजी चिन्तनशील हुनुहुन्थ्यो । राजनजीमा अर्को विलक्षण प्रतिभा के थियो भने किरात सभ्यता र संस्कृति, मुन्धुमजस्ता चिजहरुको साह्रै भित्री तहसम्म पुग्न सक्ने क्षमता उहाँमा थियो ।
उपेन्द्रजीमा ती चिजहरुलाई सिर्जनात्मक बनाउन सक्ने क्षमता थियो । कविता बनाइदिनसक्ने क्षमता थियो ।
यसरी साथीहरुले सिर्जनशील अराजकताको आन्दोलनको प्रारम्भ गरे ।
काठमाडौंमा मण्डले कविताको जगजगी
हामी काठमाडौं आउँदाखेरि, हामीले कवितामा संघर्ष गर्दाखेरि पनि थिए यस्ता ग्रुपहरु त । श्यामप्रसाद, नारायणप्रसाद, विमलप्रसाद भनेजस्ताहरुको एउटा ग्रुप । अर्को के बहादुर, के बहादुर भनेजस्तो ग्रुप हुने रैछ । मैले पछि थाहा पाएँ ।
श्यामप्रसाद, नारायणप्रसाद र विमलप्रसादको ग्रुपमा तपाईलाई मन पर्ने कवि को हो भनेर विमलप्रसादलाई सोध्यो भने श्यामप्रसाद र नारायणप्रसाद भनिदिने । अनि श्यामप्रसाद कहाँ गएर सोध्यो भने विमलप्रसाद र नारायणप्रसाद भनिदिने ।
अर्को पनि त्यस्तै गु्रप हुने, जसले अषेशप्रसाद, विष्णुप्रसादको मात्रै नाम लिने । आफ्नै ग्रुपको मात्रै नाम भन्ने ।
त्यतिबेला समग्र विचार सिद्धान्त बोकेर हिँड्ने एउटा छँदैछ, त्यो त्यत्तिकै बनेको ग्रुपलाई मण्डल भन्छ क्यारे । मण्डले त भन्न भएन । मण्डले कविता लेख्नेहरुको जगजगी थियो । मैले लेखेकै ठीक भन्ने जगजगीमा मेरो जेनेरेशन चाँहि कविता लेख्न आइपुगेछ । हामीचाँहि हरितन्नमहरु ।
श्रवण मुकारूङ
श्रवण मुकारूङ
हाम्रा समयका कवि विप्लव ढकाल, रमेश क्षितिजहरुको पनि ग्रुप त थियो, तर, हामीचाँहि त्यस्ता थिएनौं । मलाई विप्लव ढकालको कविता मन परेन भने मन परेन नै भन्थें म । मेरो कविता मन पराएन भने रमेश क्षितिजले तेरो कविता मन पराइँन नै भन्थ्यो । शुत्रकेा कविता राम्रो लाग्यो भने त्यो नै राम्रो भन्थ्यौं । हामी त्यसरी हुर्केर आयौं ।

साहित्यमा संगठन जरुरी
साहित्यमा संगठनको जरुरी हुन्छ भन्ने कुरा त नेपाली साहित्यमै तेस्रो आयामदेखि सिर्जनशील अराजकतासम्मै आउँदा हामीलाई थाहा भइसक्यो । संगठन राजनीतिमा मात्रै चाहिने होइनरहेछ ।
बुद्धलाई त बुद्धिज्मका लागि संगठन चाहियो । एक्लो मान्छे हो नि बुद्ध त । उनलाई त संगठन चाहियो भने साहित्यमा त चाहिने नै रहेछ ।
त्यसैले संगठित श्रष्टाहरुको आन्दोलन फलोस्, फुलोस् । अझै तेस्रो आयामको आन्दोलन सिद्धिएको छैनजस्तो काँल्दाइहरु गर्नुहुन्छ । आन्दोलन त मलाई लाग्छ, निश्चित उद्देश्यको लागि हुन्छ होला । त्यसलाई भँजाई खान त हुँदैन होला ।सधैंभरि भइरहने आन्दोलन कमजोर आन्दोलन हो । जस्तो, ०६२/०६३ मा झ्याप्पै भयो, १९ दिनपछि सकियो । अब अर्को आन्दोलनतिर जाने हो नि । सिर्जनशील अराजकताको आन्दोलन १५ वर्ष पुगिसकेछ, अब यसलाई कहाँसम्म लानुहुन्छ ? लैजानुहोला ।
■हाङयुगजीको कविता संग्रह करङको हिरासत परीक्षणमा पर्नेवाला छ ■

कवि समाजसँग जोडिनुपर्छ
हाङयुग अज्ञातका बारेमा बोलिसकें मैले । उहाँका कविताहरु उम्दा कविता छन् । गहिरा कविताहरु छन् । संसारका अनन्त ज्ञानहरुलाई निचोरेर लेखिएका कविताहरु छन् र ती आजको हाम्रो नेपालको जीवनसँग जोडिएका कविताहरु छन् ।
तर, पछिल्लो समयका कविताहरुको विषयमा निै ठूल्ठूलो बहसको सुरुवात भएको छ । समाजसँग कविहरुले प्रत्यक्ष सम्वाद गर्नुपर्‍यो । सम्वाद गर्नैपर्‍यो । तिमीले लेखेको कविता तिम्रो समाजले स्वीकार गर्नैपर्‍यो र अपनत्व समाजले ग्रहण गर्नैपर्‍यो भन्ने विचार आइरहेको समयमा हाङयुगजीको कविता संग्रह (करङको हिरासत) परीक्षणमा पर्नेवाला छ ।
तर, यिनी उच्च कोटीका कवि हुन् भन्नलाई मैले घडी हेरिराख्नु पर्दैन ।


स्रोत :- अनलाईन खबर

Wednesday, August 27, 2014

कतारबाट बाढ़ी पहिरो पीडितलाई ने.रु.३,८८,७०४ सहयोग

● रु. ३,८८,७०४ बाढी पीड़ितलाई सहयोग

 दोहा , २७ अगष्ट- गत श्रावण महीनामा शुनकोशी नदिमा पहिरो गएर विस्थापित हून पुगेका पीड़ित परिवारलाई सहयोग पुराउन नेपाल प्रवासी तामाङ समाजको अगुवाईमा प्रवास कतारका समाजसेवी किशोर सुनुवारको संयोजकतामा गठन भएको "शुनकोशी बाढ़ी,पहिरो पीड़ितलाई सहयोग अभियान"ले कतारको बिभिन्न संसंस्था र ब्यक्ति मार्फ़त कतारि रियल १४,६४६ संकलन गरेर २५ अगष्टमा नेपाल पठाएको संयोजक सुनुवारले बताउनु भयो।

संयोजक सुनुवारले संस्थागतरुपमा
 नेपाल प्रावासी तामाङ समाज कतारबाट - ४,२३९ रियल
प्रवासी सांगीतिक परिवारबाट-४,१९७ रियल
सुनुवार सेवा समाजबाट-१,४३२ रियल
कतार एभिसन सर्बिसेस स्पेशल हेण्डलिङ समुहबाट-६०८ रियल
पौरखि भुजेल समाजबाट- ३५४ रियल
संघीय लिम्बुवान एकता समाजबाट- १०१ रियल
अन्तराष्ट्रीय कलाकार मञ्च शाखा कतारबाट-१०१ रियल
नेपाल प्रवासी महिला समाजबाट-५१ रियल उठेको र
ब्याक्तिगत रुपमा शनदेश तामाङको सक्रियातामा-१,६१३रियल,
ईन्द्र तामाङ्को सक्रियातामा- १,२१६रियल
काजिमान राईको सक्रियातामा -३८० रियल
संतोष लामाको सक्रियातामा-३७२ रियल गरि उठेको भन्दै यो अभियानबाट प्रभावित बनेर डेनमार्कमा रहेकी एक चेलिले पनि नेपाली ५,००० सहयोग गरेको सुनुवारले बताउनु भयो।

संकलन गरेर पठाइएको नेपाली रुपंया ३,८८,७०४।- नेपाल प्रवासी तामाङ समाज कतारका महासचिब दिल दोर्जे तामाङको सक्रियातामा बाढ़ी पीड़ितलाई वितरण हुने कुरा पनि "शुनकोशी बाढ़ी,पीड़ित सहयोग अभियान"ले जनाएको छ।
यसरिनै नेपाल प्रवासी तामाङ समाज र "सुनकोशि बाढ़ी,पीड़ितलाई सहयोग अभियान" ग्रुपले बिशुद्ध र सामाजिक सेवाको मन दुव्र्रा सहयोग गरेर अभियानलाई सफल बनाउन सहयोग पुराउने सबै संसस्था र ब्याक्तिहरूलाई धन्यवाद दिएको छ।


Tuesday, August 26, 2014

नेपाल झण्डाको अर्थ के हो ? - बालकृष्ण माबुहाङ

नेपालको झण्डाको अर्थ के हो?

बालकृष्ण माबुहाङ

संयुक्त राष्ट्रसंघको सदस्यता लिन तत्कालीन प्रधानमन्त्री मोहन शमशेरले लेखेको पत्र संयुक्त राष्ट्रसंघमा तत्कालीन कर्णेल पदमबहादुर खत्रीले सन् १९४९मा राष्ट्रसङ्घमा बुझाए पछि नेपालको झण्डाको व्याख्या बारे नेपालको सरकारलाई सोधी पठाएको अर्थ तत्कालनिन प्रधानमन्त्री मोहन शमशेरको दिमागमा कुनै नयाँ विचार फुरेको थियो रे (?),

तर राजा त्रिभुवनबाट हुकुम भएछ: “परम्परावाट चलिआएको झण्डा किन हेरफेर गर्नु यहाँ (?) जस्ले बढी चित्त बुझ्दो व्याख्या गर्छ त्यही राष्ट्रसंघमा पठाउनु बेसहोला तिनीहरूले जे ठानेनी के भयो र?” साहित्यकार मदनमणी लेख्छन, ‘यी मैले भनेका कुरोको कुनै लिखित प्रमाण छैन।’ अर्थात् नेपालको झण्डाको । छ भने त्यो व्याख्या त्यतिखेर के गरियो त्यो राष्ट्रसंघमा अभिलेख छ, त्यस बारेमा पनि कसैलाई थाहा छैन ।

त्यसकारण नेपालको राष्ट्रिय झण्डाको गहन अध्ययन गर्ने एउटा प्रपोजल युक्त विचारप्रधान लेख मदनमणी दिक्षितले उपरोक्त सारा कुराको खुलासा २०५७ साल असोज २९ मा हिमालय टाईम्स पत्रिकामा ‘राष्ट्रिय झण्डाको प्राचीन स्रोतको अध्ययन जरुरी’ शीर्षकको लेख लेखेका थिए।

श्रमजीवि जनताको रगतले भिजेको पृष्ठभूमिमा महान् सर्वहारा क्रान्तिको झण्डामा हँसिया-हतौडाको श्रमिकको प्रतिनिधित्व गर्ने झण्डा भन्दै बोकाएर, बोकेर, हजारौँ नेपालीको ज्यान गएको छ। खास गरी नेकपा (माओवाद)को सशस्त्र सङ्घर्षको एक दशकको द्वन्द्व भए पछि। गएको संविधानसभामा नेपालको राष्ट्रिय झण्डा के हुने? भन्ने विषयमा यै अनर्थको ‘राष्ट्रिय झण्डा’ रातो पृष्ठभूमिको, सेतो चन्द्र र सूर्य तल भाथि भएको निलो पट्टीको झण्डा नेपालको राष्ट्रिय झण्डामा दलहरू सहमत भएका थिए, अर्थ पुनरपरिभाषित गर्ने सर्तमा। तर अहिले सम्म त्यो अर्थ खुलेको थाहा छैन । र अहिलेको संविधानसभा के गर्दैछ, कसैलाई थाहा छैन । पुरानो प्रचलन र अर्थका आधारमा भन्ने हो भने नेपालको झण्डा, ‘रातो भूमिमा चन्द्र सूर्य अंकीत र निलो पट्टी युक्त दुइटा त्रिकोण संयुक्त नेपालको राष्ट्रिय झण्डाको स्रोत वैदिक हो’ भनेर योगिनरहरी नाथ, र शंकरमान राजवंशीको हवाला दिँदै दिक्षितको लेखको सार के हो भने राजवंशी र नरहरीनाथको दाबी सतहीछ, त्यसको गहन अध्ययन गर्न भारतको दक्षिणनी सहर र त्यहाँ निर्मित हिन्दु धर्म सम्प्रदायको पिठहरूमा गएर गहन अध्ययन गर्‍यो भने स्रोत, अर्थ खुल्छ। उनको दावि के हो भने उनी त्यसको लागि ईच्छुक व्यक्ति हुन र अन्दाजी भारु ७५ हजार भए खर्च पनि पुग्छ, अहिलेनै यो कार्य गरिएन भने पछि ढिलो र खर्चिलो हुन्छ, भन्ने आशय उक्त लेखको थियो। सवाल यहाँ दिक्षित र उनको रिसर्च गर्ने कुरो भन्दा पनि भारतभूमिका मठ मन्दिरको स्रोत भएको झण्डा नेपालको कसरी हुन्छ? हुँदैछ? र हुनेवाला छ?
यहाँ चर्चा गर्न खोजेको कुरो के हो भने हिन्दु धर्म सम्प्रदाय जो विश्वभर छरिएर रहेका छन् उनीहरूको परम्परा, रहन-सहन, र संस्कृतिक प्रतिमूर्ति अंकित कसरी नेपालको झण्डा हुन सक्छ? बहुजाति, बहुसंस्कृति, बहुधर्मलाई प्रतिनिधित्व गर्ने नेपाली समाजको प्रतिक एउटा सम्प्रदाय र धर्मको सूचक छ, त्यो कसरी नेपाली राष्ट्रिय झण्डा हुन सक्छ।?

 विद्वान कामरेड डा. बाबुराम भट्टराई र महान् जनयुद्दका नायक कामरेड प्रचण्डको सर्वहारा क्रान्तिकारीत कहाँ हो, कहाँ? उनको लहै लहैमा ज्या त्यागेका अभागी नेपाली जनताको रगको मोलत कता हो, कता? विश्वभरि छरिएर रहेका हिन्दुहरू, त्यसमा पनि वैदिक, उपल्ला सभ्य र सुसंस्कृति पण्डितहरूको प्रतिनिधित्व गर्ने राष्ट्रिय झण्डा आज पनि नेपाको झण्डा भनेर नतमस्त हुन हामी बाध्य छौँ। हिजै मात्र हिजो टुँडिखेलमा दुनियादार मानव सागर ओरालियो राष्ट्र र राष्ट्रियताको लागि। युवाहरूहरू भेला गरेर मानव निर्मित झण्डा बनाईयो । मेरो छोरो, छोरी, भतिज, भतिजी, नाता-गोता सबै युवा नानीहरू भेला गरेर। आखिरि कामरेड द्वय भट्टराई र प्रचण्डले रातारात युवाहरूलाई जङ्गल जङ्गल डुलाएर अर्थविहिन क्रान्तिको लागि रौसे झैँ वैदिक हिन्दु धर्म र संस्कृतिको प्रतीक हिन्दु मठाधिस, राजामहाराजाहरूको त्रिकोणात्मक झण्डाको प्लेकार्ड बोक्न मेरो छोराछोरी सहित दुनियाका छोराछोरीलाई, शनिवार ढिलो गरी उठ्ने, टुँडीखेल दौडाएर बनाएको झण्डाको अर्थ चाँही के हो? कम्तीमा मेरो जीवनमा संस्कृति र रहनसहनमा मलाई चाँही पत्तो छैन ।

( नोट-फेसबुकबाट " लेखक त्रिभुवन विश्वविद्यालयका सह प्रध्यापक हुन)

पहाडलाई मार्दैछन प्रवाभशाली नेताहरु

डाक्टर महेन्द्र लावती

केहि प्रभावशाली पहाडे समुदायका सदस्यहरुले मागे अनुसार, हिमाल पहाड तराइ जोडिएको प्रान्तहरु निमार्ण गरिएमा भविश्यमा पहाडलाई घाटा लाग्ने संभावना छ । यो माग पहाडी समुदायका ठुला पार्टीका नेताहरु, बद्धिजीवीहरु, नागरिक समाजका अगुवाहरुले मात्र होइन हैकमवादी समुदायको बिरोधमा उत्रिएका पहिचानवादी शक्तिहरु (जस्तै लिम्बुवान जन्य दलहरु) ले पनि उठाएका छन । दोस्रो संबिधानशभाको निर्बाचनपछि सतारुढ दलहरु कांग्रेश र एमालेका शिर्षस्थ नेताहरु हिमाल पहाड तराइ जोडिएको पंचायती पांच बिकाश क्षेत्रलाई संघीय नेपालका प्रान्तहरु बनाइनुपर्छ भनेर थप तिखो स्वरमा वकालत गर्न थालेका छन । झट्ट हेर्दा आर्कषक देखिने त्यस ढांचाको संघीयताले न त देशको न त पहाडको कल्याण गर्नेछ । बरु बेफाइदा गर्नेछ ।
संलग्न तालिकाले प्रश्तावित हिमाल पहाड तराइ समेटिएका प्रान्तहरुमा हिमाल र पहाडमा ठुलो भुगोल र धेरै जिल्लाहरु भएपनि त्यस्ता प्रान्तका भित्रीमधेश (भित्री तराइ) र मधेश (तराइ) का जिल्लाहरुमा प्राय बढी जनसंख्या हुने प्रष्ट पार्दछ । पश्चिमाञ्चल र सुदर पश्चिमाञ्चलबाहेक अन्य तीन प्रान्तहरुका (पूर्वाञ्चल, मध्यमाञ्चल र मध्यपश्चिमाञ्चल) भित्रीमधेश र मधेशका जिल्लाको जनसंख्या पहाडी र हिमाली जिल्लाभन्दा बढी छ । पहाडमा बढि जनसंख्या भएको सुदर पश्चिमाञ्चलका पहाडी र हिमाली जिल्लामा एक लाखभन्दा कम मात्र जनसंख्या बढी छ । उतरदेखि दक्षिणका समतल र उर्बर भुभागमा बसाइ सर्ने नेपालको प्रबृतिलाई आधार मान्ने हो भने अर्को जनगणनामा उक्त प्रदेशको तराइका जिल्लाले पहाडी र हिमाली जिल्लालाई उछिन्ने प्रबल संभावना छ ।

त्यस्तै पश्चिमाञ्चलका १३ वटा हिमाली र पहाडी जिल्लामा तराइका तीनवटा जिल्लाभन्दा करीब सातलाख बढी जनसंख्यामात्र छ । तर पाल्पा र अर्घाखाचींका भित्रीमधेश र मधेशका गाविश र शहरको जनसंख्या घटाउने हो भने उक्त अन्तर कमह हुनेछ । (गाविशहरुको जनसंख्यालाइ आधार लिएमा अझ गतिलो बिश्लेषण गर्न सकिन्छ) । बसाइ सराइले पनि भविश्यमा यस प्रान्तमा जनसंख्याको अन्तर कम वा पुर्ण रुपले बदल्न पनि सक्छ ।

चाहे समानुपातिक वा प्रत्यक्ष निर्बाचन प्रणाली मार्फत होस, जनसंख्या बढि भएका क्षेत्रहरुले लोकतान्त्रिक ब्यबस्थामा साधरणतया बढी प्रतिनिधित्व पाउंछन । हिमाल पहाड तराइ मिलाएर बनाइएको प्रदेशमा सानो भुगोल भएपनि धेरै जनसंख्या भएका तराइले प्रादेशिक राजनितीमा बढी प्रभाव पार्नेछ किनकी जनप्रतिनिधीहरु साधरणतया तराइमा बढि हुनेछन । राजनैतिक धर्म र स्वभावले नै जनप्रतिनिधीहरु फेरी चुनाव जित्नुको लागि आफनो निर्बाचन क्षेत्र र त्यहांका जनताको आवश्यकता, चाहना, र आकांक्षा पुरा गर्न तत्पर रहन्छन ।

तराइमा जनप्रतिनिधीहरु बढी हुनु र स्वभाविक रुपले उनीहरुको सरोकार र चासो आफनै क्षेत्रको हितप्रति बढी हुने प्रबृतीले पहाडको सवालहरु ओझलमा पर्ने बढि संभावना रहन्छ । तराइमा राजनिती गर्ने पहाडेहरु पनि आफनो राजनैतिक कर्मभुमीको हितमा नै काम गर्नेछन किनकी उनीहरुले त्यंहीबाट फेरी चुनाव जित्ने आकांक्षा राखेका हुन्छन । पहाड र तराइको सवालमा अन्तरद्धन्द उठेमा तराइ बसोबाश गर्ने प्रतिनिधीहरुले तराइको हितमा नै बढी काम गर्ने संभावना रहन्छ । तराइ र भित्री तराइका कतिपय समस्या र आवश्यकताहरु हिमाल र पहाडको भन्दा फरक हुने भएकोले ती सवालहरुमा अन्तरद्धन्दहरु उजागर भइरहन्छन । त्यस अबस्थामा पहाडको प्रभाव न्युन भइ आफनो सरोकारको सवालहरु प्रर्बधन गर्न नसकि घाटा ब्यहोर्ने संभावना रहन्छ ।

यसो भन्नुको तात्पर्य मधेशी सरोकार र हकहितको गुन्जायश हुनेछ भन्ने होइन । तराइका पहाडी मुलका प्रतिनीधिहरुले मधेशी संकृति र समुदायको हक, अधिकार र हितप्रर्बधन र रक्षा गर्न त्यती तत्परता नदेखाउने मात्र होइन, केहि शवालमा बिरुद्धमा पनि उत्रन सक्छन । बिशेषत पुर्बपश्चिम राजमार्ग वरीपरी रहेका पहाडीहरु आफनै समुदायको हकहितप्रति बढि सजग र सचेत रहलान भन्नु गल्ती नहोला । तराइमा बसोबाश गरेका 'उच्च' जातका पहाडे हिन्दुहरु आफनो संस्कृति र जातिको प्रभुत्वकायम राख्न कृयाशिल रहन सक्छन । यसरी ती तराइमा बसोबास गरे पनि मधेशी समुदाय र तराइका आदिवाशी जनजाति र दलितको हितबिपरीत काम गर्न सक्छन ।

हिमाल पहाड तराइप्रान्तको माग काठमाण्डौं र तराइमा बसोबाश गर्ने 'उच्च' हिन्दु पहाडेहरुबाट बढि जोडदार रुपमा उठेको छ । यस ढांचाका प्रदेशले केन्द्रमा मात्र होइन प्रान्तहरुमा पनि उक्त समुदायको हालिमुहालि कायम राख्न मद्धत पुराउंदछ किनकी जातिगत रुपमा एउटै भाषा र धर्म मान्ने र आफुलाइ पहाडको उच्चजातहरु संझिने उनीहरु केन्द्र र प्राय सबै प्रदेशहरुमा बाहुल्य वा बहुमत हनेछन । यसो हुदां हुदै पनि पहाडमा रहने बाहुन क्षेत्री र तराइका पहाडी मुलकाबाहुन क्षेत्रीबिच भौगोलिक भिन्नताले केहि महत्वपर्ण सवालमा फरक सरोकारहरु निर्माण गरेका हुन्छन र यहां छलफल गरिएको प्रान्तको ढांचाले पहाडका बाहुन क्षेत्रीको फरक भुगोलले जन्माएका फरक आवश्यकता, चाहना र आकांक्षालाइ पनि अधिकांश समय संबोधन नगर्ने संभावना सिर्जना गर्दछ ।

हिमाल पहाड तराइ प्रान्तको माग बर्तमान सन्दर्भमा पहाडी समुदायको राज्य र समाजका बिभिन्न क्षेत्रमा मधेशीमाथि रहेको हैकमी मनोबिज्ञानको उपज हुनसक्छ । जानि नजानि भविश्यमा पनि उक्त हैकमजारी रहने मनोबिज्ञानले हिमाल पहाड तराइप्रान्तको माग गरिएको हुनसक्छ । यस मान्यता सांस्कृतिक सवालमा केहि हदसम्म लागु होला तर यस्ता मान्यता बोक्नेहरुले तीन कुराको हेक्का नराखेको भान हन्छ ।

एक, माथि भनिएझै पहाड र तराइमा रहेका हैकमवादी समुदायबिच पनि कतिपय सवालमा सरोकारहरु फरक हुन्छन । दुइ, परिबर्तीत सन्र्दभमा लामो समयसम्म लोकतान्त्रिक निर्बाचनको अभ्यास भएमा त्यसले बाहुल्यता मात्र भएको समुदायको बिभिन्न क्षेत्रमा रहेको हैकम कमजोर पार्दै जान्छ । तीन, परम्परागत हैकमकमजोर पार्ने अभियानलाई मधेशी मात्र होइन आदिवाशी जनजाति र दलित समुदायको सामाजिक न्यायको आन्दोलनले थप उर्जा दिइ कमजोर पार्दै गइरहेको छ । वहिष्करणमा परेका समुदायहरुको गठबन्धन मजबुतहुदै गएमा हैकम कमजोर हुने प्रकृयाले थप गति लिनेछ । यसले कतिपय पहाडीहरुमा रहेकेा उग्र राष्टबादि गठबन्धनलाई फितलो बनाउदै लानेछ भने अर्कोतिर तराइमधेशमा रहने बहिष्करणमा परेका पहाडी र मधेशी समुदायबिच सामीप्य पनि बढाउन सक्नेछ । त्यसैले भविष्यको परिकल्पना बतर्मानको आखींझयालबाट हेर्दै संरचनागत परिर्बतन पनि त्यहि अनरुप गरिएमा अप्रत्याशीत परिणाम हात लाग्न सक्छ र ठुलो धोका हुनसक्छ ।

हैकमी मनोबिज्ञानबाट प्रभावित सोचहरुले पहाडलाइ लाग्न सक्ने घाटा महशुश नगरेकोले उक्त घाटालाइ कसरी कम पार्न सकिन्छ वा कस्तो प्रकारको संरचनाले क्षतिपुर्ति गर्नसक्छ भनेर सोच्न र छलफल गर्न जरुरत संझेको छैन । धेरै संघात्मक देशहरुमा माथिल्लो सदनलाइ शक्तिशाली बनाइ त्यस सदनमा थोरै जनसंख्या भएका प्रान्तहरु वा अल्पसंख्यक समुदायको अत्याधिकप्रति निधित्व गराइ तीनीहरुको हकहित र अधिकार सुनिश्चितगर्ने बाताबरण मिलाइएको हुन्छ । जनसंख्या धेरै भएको प्रान्त वा समुदायको तल्लो सदनमा धेरै प्रतिनिधि हुने भएकोले त्यस सदनबाट उनीहरुको हकहित सुरक्षीत हुने भएकोले झण्डै उक्तिक्कै शक्तिशालिमाथिल्लो सदनमा ससानाप्रान्त र समुदायलाइ अत्याधिक प्रतिनिधित्वको ब्यबस्था मिलाइ हकहित संरक्षण गर्ने गरिएको हन्छ ।

उदाहरणको लागि, अमेरिकाको शक्तिशाली माथिल्लो सदनमा धेरै र न्युन जनसंख्या भएका सबै प्रान्तहरुको दुइजना प्रतिनीधि रहन्छन । छ लाखभन्दा कम जनसंख्याभएको वायोमिड० प्रान्तले पनि दुइजना प्रतिनिधि (सिनेटर) पठाउंछ भने झण्डै चार करोड जनसंख्याभएको क्यालिफोनिया प्रान्तले पनि दुइ जनामात्र प्रतिनिधिप ठाउंछ जबकि वायोमिङसहित सात वटा न्युन जनसंख्याभएकाप्रान्त (मोनटाना, डेलावेर, दक्षिण डेकोटा, अलाष्का, उक्तर डेकोटा, भेरमोन्ट) ले तल्लो सदनमा एक, एक जनामात्रप्रतिनिधि (कांग्रेसब्यक्ति) पठाउछन भने क्यालिफेर्नियाले ५३ जना पठाउंछ । यसरी क्यालिफेर्निया जस्ता अधिक जनसंख्याभएको प्रान्तको हकहिततल्लो सदनबाट सुरक्षितगर्न सकिन्छ भने ससाना प्रान्तहरुको हकहितको सुरक्षा शक्ति शालिमाथ्लिलो सदनबाट गरिन्छ ।

लोकतान्त्रिक नर्बाचन पद्धतीबाट भविष्यमा तराइको दाजोंमा जनसंख्या पातलिन्दै गएको पहाडलाइ घाटा लाग्ने नै छ । अहिले नेतृत्वदायी पहाडी समुदायको दुर दृष्टिको अभावले उक्त घाटालाइ कम पार्ने वा क्षतिपुर्ति सोधभर्नान गर्ने संरचनाको सबिंधानमा परिकल्पना गरिएका छैन । त्यसैले हिमाल पहाड तराइ जोडेर प्रान्तहरु निर्माण गरिएमा पहाड र त्यहाका वासिन्दालाई प्रान्तिय राजनितीमा गम्भीर र स्थायी घाटा लाग्ने धेरै संभावना छ ।

Monday, August 25, 2014

‘जनजातिले खाँदै आएको गाइ होइन, कुकुरलाई बनाऔं राष्ट्रिय जनावर

‘जनजातिले खाँदै आएको गार्इ होइन, कुकुरलाई बनाऔं राष्ट्रिय जनावर

’राष्ट्रिय जनमुक्ति पार्टीका सभासद शिवलाल थापाले कुकुरलाई राष्ट्रिय जनावर घोषणा गर्न माग गरेका छन् ।व्यवस्थापिका–संसदको सोमबारको बैठकमा बोल्दै उनले जनजातीले सदियौंदेखि काटेर खाँदै आएको गाईलाई राष्ट्रिय जनावार मान्न नसकिने बताए ।

उनले गाई काटेर खानु जनजातिहरुको परम्परा भएको दाबी गरे ।‘जनजातिले खाँदै आएको गाईलाई किन राष्ट्रिय जनावर किन बनाउने ?’ उनको पश्न थियो, ‘कुकुर वा अरु जनावारलाई किन जनावरलाई बनाउन सकिन्न ?’

उनले गोरखामा गाई काटेर खाएको आरोपमा प्रहरीले पञ्चायतकाल बिर्साउने गरी गोली हानेर एक जनाको हत्या भएको भन्दै आपत्ति जनाए । उनले ती प्रहरीलाई कारबाहीको माग गरे ।

यसरी बढ्यो सभासद्को तलब ।

कति पुग्यो सभासद्को तलब ?


 काठमाडौं,भदौ ९ –ब्यवस्थापिका संसदका सदस्यले नियमित पाउँदै आएको मासिक तलबभत्ता गत साउनदेखि ६ हजार २ सय ९४ रुपैंया बढेको छ ।संविधानसभा चुनावपछि ७४ हजार ३ सय ८८ पाउँदै आएका सभासदले साउनदेखि मासिक सुविधा ८० हजार ६ सय ८२ रुपैंयाँ लिने भएका छन् । शाखा अधिकृत बराबर हैसियत हुने सभासद्का स्वकीय सचिवको पनि २ हजार २ सय २० रुपैंयाँ वृद्धि भएपछि मासिक पारिश्रमिक २४ हजार ४ सय रुपैंयाँ पुगेको छ ।गत आर्थिक वर्ष २०७१–०७२ को बजेट भाषणमार्फत कर्मचारीको तलबभत्ता १० प्रतिशत वृद्धि गरिएकाले त्यसैसँग समायोजन गर्दै सभासदको तलवभत्ता बढाइएको संसद सचिवालयले जानकारी दिएको छ । साथै गत असार ३१ गते बसेको मन्त्रीपरिषद वैठकले विशेष भत्तास्वरुप मासिक एक हजार रुपैंयाँ थप प्रदान गर्ने निर्णय गरेको छ ।त्यसैगरी, वैठकमा उपस्थिति भत्ता दैनिक दुई सय र सवारी सुविधा नलिएकालाई उपस्तिति भएको दिनको एक सय रुपैयाँ सवारी भाडा सुविधा भने यथावत नै राखिएको छ ।सभाध्यक्षरसभामुख सुभाषचन्द्र नेम्वाङ्ले मासिक रुपमा दुई लाख १२ हजार ७ सय ८० रुपैंयाँ बराबर सुविधा लिनेछन्, जसमा मासिक पारिश्रमिक ५३ हजार ८ सय ५०, आवास २९ हजार, मसलन्द दुई हजार पाँच सय र पत्रपत्रिका तीन सय रुपैंयाँ पर्छ । मासिक दुई सय ५० लिटर पेट्रोल र १० लिटरको मोबिल सुविधा लिने सभाध्यक्षलाई मात्र धारा, विजुली र टेलिफोनको बिल अनुसार रकम भुक्तानी गरिनेछ । वाषिर्क रुपमा सभाध्यक्षरसभामुख नेम्वाङका लागि राज्य कोषबाट २५ लाख ५३ हजार ३ सय ६० खर्च हुन्छ जसमध्ये एक लाख २५ हजार ८ सय ७० सचिवालय खर्च अन्तर्गत पर्छ ।संविधानसभाकी उपाध्यक्ष जयपुरी घर्तिमगरले मासिक तलब र सुविधाबापत १ लाख ७८ हजार ८ सय ६५ रुपियाँ बुझ्छिन् । प्रमुख प्रतिपक्ष दलका नेताले १ लाख ६७ हजार ५४३ रुपियाँ पाउँछन् ।

Saturday, August 23, 2014

विध्वंस शहरको विधवा - टंक वनेम ( श्लेष्मान्तकको साम्माङ्)

श्लेष्मान्तक साम्माङ्

विध्वंस सहरको विधवा 


-टङ्क वनेम

पाल्म रुखहरुको पातमा बसेर बथानमा उड्ने चराहरु चिर्बिराई रहेका थिए। सन १९८० सालको सेप्टेम्बर महिना हुनु पर्छ। एक बिहान खवर पत्रिका पढेर हुक्काको सर्को गुडगुडाउँदै मेरो बाबा सादकारी साद कड्कनु भयो। दाजु भाई र एउटै धर्ममा सदाशयता नहुने हामी मान्छेहरु। बाबा के भन्दै हुनु हुन्छ मलाई केही थाहा थिएन। सात बर्षको उमेरमा लडाइँवारे वास्ता पनि हुँदैन्थ्यो। केहीवेर पछि आमाले भन्नु भएको थियो। इराक/इरानवीचको युद्ध चर्किने भएकोछ। धेरै टाढा टाढा बम बिस्फोट र तोप गोलाका आवाजहरु सुनिए पनि बग्दादको अमिल क्षेत्रमा लडाइँको अनुभव गर्नु परेन। बग्दादको कुनै कुनै क्षेत्र वाहेक दुई देशवीचको सीमानामा भएको ८ बर्षको लडाइँ उत्तै साम्य भएको थियो। समय बित्न पो कति लाग्दो रहेछ र। अब्दुल जारा मेरो पछि लाग्न थाले पछि झसङ्ग भएकी थिएँ। मेरो माध्यमिक स्तरको पढाई सकिएको थियो। अब्दुल जारा मेरै टोलको ठिटो थियो। मेरो सहपाठी अब्दुल जारा मौका पायो कि कुनै न कुनै निहुँ बनाएर बोलाउँने गर्दथ्यो। कसो कसो मेरो मन जित्न सफल भयो। एक दिन उसले हिम्मत बटुलेर भन्यो,फतिमा म शिया हुँ भन्ने कुरा त थाहा होला नी? मैले भनेँ,किन नहुनु तिमीले मलाई गरेको चोखो प्रेम नै सबै थोक हो। अब्दुल जारा र मेरो सम्बन्ध गाडा हुँदै गयो। मेरो बाबाले पनि त्यो सम्बन्धमा कुनै भाँजो हाल्नु भएन। हाम्रो विवाह पनि भयो। अब्दुल जाराको बाबुले इराकी फ्ल्याट रोटी,खबुस र केक्को कुटिर उद्योग चलाउँने गरेका रहेछन्। अब्दुल जारा कलेज जान छाडेर त्यही रोटी बनाउँने उद्योगमा काम गर्न थाल्यो। हामी बाबुकै घरको तलामाथि बस्न थाल्यौं। त्यही बसाइमा हाम्रा तीन छोरा र दुई छोरीहरु जन्मिए।

सन १९९०/१९९१ सालको दोश्रो गल्फ युद्धको कारण हाम्रो ब्यपार खस्कन्दै गएको थियो। जे भए पनि जीवन धान्ने बाटो त्यही कुटिर उद्योग थियो। अमिल क्षेत्रमा इराकी फ्ल्याट रोटी,खबुस र केक् बिक्रि गर्न अब्दुल जारा दिन भरि खटी रहन्थे। मलाई पाँच जना छोरा छोरीको हेरचाह गर्दै दिन वित्ने गर्दथ्यो। दुःख सुःखले जीवनको रथ गुडाई रहेका थियौं। शुक्रवार मस्जिदबाट फर्के पछि अब्दुल जारा,मेरो बाबु सादकारी साद र रइद काका देशकोवारेमा प्रायः छलफल गरि रहन्थे। मेरो बाबा सुन्नी थिए। अब्दुल जारा र रइद काका शिया।

कहिले कहीँ उनीहरु वीच भनाभन नै चल्ने गर्दथ्यो। मेरो बाबा सद्दाम हुसेनको पक्ष लिन्थे। अब्दुल जारा र रइद काका सद्दाम हुसेनको विरुद्धमा तर्क पेश गर्दथे। एक दिन चर्काचर्की नै परेको थियो। मेरो बाबा भन्दै हुनु हुन्थ्यो,गधाले दाइँ गर्छ तर उसले मौका पायो भने टोक्छ। त्यो सेफि्टक भयो भने मान्छे नै मरिन्छ। गधा नभए घोडाले पनि दाइँ गर्न सकिन्छ। तर घोडाको रिस उठ्यो भने लात्ती हान्छ। घोडाको लात्ती लागेर घुँडा फुस्के पनि मरिदैन्। तिमीहरुले मर्ने कुरा गर्दैछौ। इराकको आत्मा नै सद्दाम हुसेन हुन। यो देशमा सद्दाम हुसेन भएनन् भने बोका जस्ता गधाहरुको दाइँ हुनेछ। बोका जस्ता गधाहरुले यो देशको दाइँ गर्न सक्दैनन्। रइद काका तुरुन्त प्रश्न गर्थे,अल्लाहको नाममा नर्भ ग्यास प्रयोग गरेर जनता मार्ने शासकले हामीलाई न्याय गर्न सक्छन् त? अब्दुल जारा एक कदम अघि बढेर सद्दामको विरुद्धमा बोल्थे। कुर्दिसहरुलाई त मारे मारे तर कुवेत जस्तो स्वतन्त्र राष्ट्रमाथि जाई लाग्नु आफ्नो दुर्दिन निम्त्याउँनु हो। उनीहरु घण्टौं यस्तै वादविवाद गरेर समय कटाउँथे।

जव सन दुई हजार साल लाग्न शुरु भयो,सहर भरी लडाइँको त्रास फैलिएको थियो। सन २००३ मार्चको दोश्रो हप्ताको एक बिहान पत्रिका पढेर बाबा मुर्मुरिनु भयो। पत्रिका पढि सकेर हामीलाई पनि पढ्न दिनु भयो। पत्रिकामा लेखिएको थियो। इराकले अत्यधिक मात्रामा अवैधानिक अस्त्र भण्डार गरेकोछ अरे। सन्धि विपरित अस्त्र भण्डार गरिएका क्षेत्रहरुमा सद्दाम सरकारले लचकता नअपनाएको हुनाले सद्दाम सरकार विरुद्ध पश्चिमा शक्तिहरुले आक्रमण गर्ने भएका छन्। मार्चको तेश्रो हप्ताको एक बिहान रइद काका हस्याङ फस्याङ गर्दै आई पुगे। उनको मुखबाट फुस्केको अशुभ समाचारले शरीर नै सिरिङ्ग बनायो। ल वर्वाद हुने भयो। बाबाले नाकको डाँडीमा अडिएको चस्मा अलि माथि उचालेर प्रश्न गर्नु भयो,रइद काका तिमी ठिकै त छौ? श्वास रोक्न खोज्दै रइद काका भन्दै थिए। अस्त्र भण्डार निरिक्षण गरिए पनि अमेरिकाको शङ्का हरण भएनरे। त्यसको अर्थ लडाइँ हुने भयो। बाबाको मुहार सपाट थियो र उनका मुलायम हात लयबद्ध ढङ्गले जुँगा मुर्सान व्यस्त थिए। उनले नम्र तर दिक्दार लाग्दो छोटो उत्तर दिए। रइद काका तिमी नडराउ अल्लाहको मेहरबानी जे हुन्छ त्यही भोग्नु पर्दछ। रइद काका भन्दै थिए,दुई देश वीचको लडाइँ त ठिकै थियो तर हामी (शिया र सुन्नी) वीचको सौहार्दता पो भड्किने हो कि? बाबा अवाक्क भएर आँगनबाट घर भित्र पस्नु भयो। रइद काका अँध्यारो मुख लगाएर आफ्नो घरतिर लागे।

खवर पत्रिका,टेलिभिजन जताततै लडाइँकै होहल्ला चल्न थाल्यो। आतङ्कित र भयाबहको स्थितिमा दिन बित्न लाग्यो। रोटीको व्यपार नचलेर चौपट भए पनि अब्दुल जाराले आफ्नो काम छाडेका थिएनन्। लडाइँ शुरु हुनु अघिल्लो दिन सबै परिवार भेला भयौं। रइद काका हाम्रो पाहुना बनेर आएका थिए। उनी रसिक त थिए नै,अव यो देशमा के हुँदैछ भन्ने राम्रा जानकार पनि। उनी भन्दै थिए,भोली देखि हामीलाई ओताउने आकाश माथिको बगैँचा भत्किनेछ। मोहम्मद पेगाम्बरले सुन्नु भयो भने त्यो बगैँचा भत्काउने मानवहरुप्रति सजाय मिलोस। बाबाको जवाफ थियो। रइद काका,तिमीले अल्लाहसंग अनुरोध गरेनौ,मोहम्मद पेगाम्बरले त्यो समाचार अल्लाह कहाँ पुर्‍याउँदा ढिलो भई सक्नेछ। अब्दुल जारा थप्थे,शिया र सुन्नीवीचको यो अनमेल देखेर सत्रुहरु हाँसेका छन्। जसको परिणाम हामी सबैले भोग्नु पर्नेछ। रातभर निन्द्रा लाग्दैन्थ्यो। टाढा टाढा तोप गोला र बन्दुक पड्किन थालेको थियो। हामी “विस्मिल्लाहिर्रहमानिर्रहीम” “ला इला ह इल्लल्लाह मुहम्मदुर्रुसुल्लाह” भन्दै निदाउने प्रयत्न गर्दथ्यौं।

अर्को साँझ करिव सात वजेतिर बग्दादको कुनै ठाउँमा विशाल बम विस्फोट भएको आवाजले सहर थर्काएको थियो। रोटी बनाउने कामलाई सुचारु राख्न जाउँ कि नजाउँ भन्ने दोधार मन लिएर अब्दुल जारा आफ्नो काममा लाग्नु अघि भन्दै थिए,महमुदलाई जिम्मा लगाएर आउँछु होला। साँझपख घर फर्केका अब्दुल जाराको अनुहार सधैँ जस्तो उज्यालो थिएन। उनको अनुहार अँध्यारो र अन्योलको रङ्ले पोतिएको थियो। उनले अलि मसिनो स्वरमा भने “उम नुर परिस्थिति भयङ्कर डर लाग्दो होला जस्तोछ”। मेरो छोटकरी प्रश्न थियो, किन? उनले भने “शियाहरुलाई हात हतियार उपलब्ध गरिएकोछ भन्ने खवरछ। सुन्नीको बीउ नराख्ने भन्दैछन्। उनीहरुको योजनामा साथ नदिँदा चिढिएर गएका छन्। रइद काकाले पनि बेस्सरी सम्झाएर पठाएका छन्”।

विशेष रात भरी धर्तीलाई कम्पन गर्दै बम विस्फोड भई रहन्थ्यो। अप्रिल दश पछि बम बर्षक विमानहरुको आक्रमण त कम भयो। तर साम्प्रदायिक दंगा भड्किएकोले कतै हिँड्नु ज्यानको वाजी थाप्नु पर्ने जस्तै भएको थियो। लडाइँ शुरु भएको करिव एक बर्ष पछि एक दिन रोटी बनाउने उद्योग बन्द गरेर आउँछु भनेर हिँडेका अब्दुल जारा फेरी फर्केर आएनन्। रइद काकाको भनाई अनुसार उनी कार बम विस्फोटमा मारिए। उनको शरीरको अङ्गहरु क्षत विक्षत भएको हुनाले उनको मृत लासको चिहान बनाइएन। मेरो श्रीमानको मृत्यु भए पछि मेरो समाजले सहयोग गर्छ होला भन्ने झनो आशा थियो। किन भने छरछिमेकमा शिया र सुन्नी असाध्यै मिलेर बसेका थियौं। तर अमिल नगर र सारा देशमा साम्प्रदायिक दंगा यसरी भड्किएको थियो कि दुवै पक्ष घृणाको सन्निपातले बहुलाउन थालेका थिए। शिया र सुन्नी एक अर्कालाई फुटेको आँखाले हेर्न चाहदैन्थे। बरु एक अर्कालाई समाप्त गर्न तम्सेका देखिन्थे। अमिल शिया बहुल सहर थियो तर म सुन्नीको छोरी थिएँ। मेरो श्रीमानको हत्या भएको केही महिना पछि शियाहरुको एक समुहले मेरो भाइको हत्या गरे। उसलाई घरबाट कठालोमा समातेर निकालिएको थियो। त्यस पछि सडकै सडक लखेटेर एक छिमेकीको घरमा पुर्‍याए पछि गोली ठोकिएको थियो। मेरो भाईको हत्याराहरु घाइते बाघ झैं देखिन्थे। भाइका हत्याराहरुले मेरो जेठा छोरा हाम्दीलाई पनि घरबाट निकालेर घिसार्न थाले। मेरै आँखा सामुन्ने गोली बर्षाएर उनको प्राण लिए। उनीहरु कति सम्म बर्बर थिए भने मेरो सात बर्षको भतिज मजिदलाई समेत बाँकी राखेनन्। मेरो छोरा र भतिजको अपराध यति थियो कि उनीहरुको आमा र बाबु सुन्नीका सन्तान थिए। अव मेरा सन्तानहरुलाई बचाउँनको लागि सुन्नी क्षेत्रमा बसाइँ सर्नु बाहेक मसंग अर्को विकल्प थिएन। यहीँ कुरा सोँची रहेको थिएँ। अमिल नगरका जावीर (स्थानिय मादी सेनाका नाइके) दलबल सहित घर भित्र छिर्‍यो। मेरा आमा बाबुहरुलाई जवरजस्ति भ्यानमा लगाएर लगिए। उनीहरुलाई कहाँ लगियो? किन लगिएको हो? कुनै खोज खवर पाउँने सम्भावना रहेन। बाँच्नु थियो म सुन्नी क्षेत्रको आबु गराइवमा बस्न थालेँ। तर सुन्नीहरुले पनि मेरो दुःखको अन्त्य हुने नाम लिई रहेका थिएनन्। म सुन्नी भए पनि मेरो श्रीमान अब्दुल जारा शिया थिए। म र मेरा सन्तानको दुर्भाग्य शिया क्षेत्रमा उनीहरु सुन्नी हुन्थे। किन भने म उनीहरुको आमा सुन्नी थिएँ र सुन्नी क्षेत्रमा उनीहरु शिया हुन्थे किन भने उनीहरुका बाबु अब्दुल जारा शिया थिए। तिनै कठिनाईहरुको बाबजुत सुन्नी क्षेत्रको आबु गराइवमा बस्न थाल्यौं।
बमबार्डले भत्काएको भूताहा घर नजिकैको जन्नाह (अराबिक–मुसलमानहरुको चिहान,मकबरा वा बाखी) अलकार्खमा मलामीहरुको लागि पानीको धारा जोडिएको थियो। त्यहीबाट पानीको जोहो गर्दथ्यौं। गाउँ टोल र जन्नाहतिर पलास्टिक र टिनका क्यानहरु बटुल्थ्यौं। कुनै बेला सादत भन्ने थोत्रा टिन व्यपारी कहाँ टिन र अन्य धातुहरु छुट्याउने काम गरेर पाएको पैसाले खबुस किनेर ल्याउँथ्यौं। छोरा छोरीहरु बन्दी झैं भत्केको घर भित्र थुनिएका थिए। मलाई राम्ररी थाहाछ। दश प्रन्द्र बर्ष अघि शिया र सुन्नी वीच यस्तो कुनै असहिसुष्णता थिएन। मेरो श्रीमान अब्दुल जारा शिया थिए र म सुन्नी। तर बिना कुनै रोकटोक हाम्रो विवाह सम्पन्न भएको थियो।

धेरै मान्छेहरुले सोँचेका थिए। सद्दाम हुसेनको पतन हुँदा खासै फरक पर्ने छैन्। तर सद्दाम हुसेनको पतन हुन लाग्दै बमविस्फोट र गोली हानाहानको भयानक सिलसिला शुरु भएको थियो। मेरो श्रीमानको हत्या भएकै बर्ष अमिल जिल्लामा सुन्नी सम्प्रदायका हजारौं जनावी जनजातिका मानिसहरु मारिए। धेरै जनावी परिवारहरु अमिल नगर छाडेर अन्त कतै जाँदै थिए। तर मेरो शरण लिन जाने ठाउँ कतै थिएन। त्यसैले मैले आफ्नो जन्म घर नछाड्ने निर्णय गरेको थिएँ। तर दिनहरु वित्दै जाँदा अमिल क्षेत्रमा मेरो सन्तान सहित मेरो ज्यानको सुरक्षा हुने छैन् भन्ने महसुस भयो। जीवनभरी जसलाई मैले आफ्नो जन र ठाउँ ठानेकी थिएँ। उनीहरुबाटै अलग गरिए पछि त्यो ठाउँमा बसि रहनुको औचित्य देखिन। एक बिहान ढोकामा जे देखियो,त्यो दृश्यले मुटुमा तीर हाने जस्तै भयो। लेखिएको थियो, “तुरुन्त यो घर छोड् नत्र राम्रो हुने छैन्”। त्यसको एक हप्ता पछि खाजा बनाई रहेको बेला एक हुल बच्चाहरु रइद काकालाई मारे,रइद काकालाई मारे भनेर चिच्याउँदै मेरो भान्सा कोठामा पसे। पुरानो सम्बन्ध भएका छिमेकी रइद काका आफ्नै बाबु जस्तै थिए। रइद काका मारिएको खवर सुनेर पैतालामुनीको जमिन भासिए जस्तै भयो। जसोतसो हिम्मत बटुलेर बच्चाहरुलाई पछ्याउँदै रइद काका मारिएको ठाउँ सम्म पुगेँ। बच्चाहरु नजिकैको घरमा छिरे। त्यस घरका मानिसहरु थर्रथरी कामी रहेका थिए। महिलाहरु रोई रहेका थिए। रइद काकाको शरीर रगतले लतपत्तिएको थियो। उनको टाउकोमा एक गोली र छातिमा दुई गोली हानिएको रहेछ। मैले त्यो दृश्य राम्ररी हेर्न सकिन। पछि सुनेँ रइद काका भाग्दा भाग्दै त्यस घरमा छिरेका रहेछन्। त्यस घरका दयालु मानिसहरुले रइद काकालाई लुक्न दिए पनि मादी सेनाका लडाकाहरुले मारी छाडे छन्। रइद काका शिया भएर पनि मादि सेनाको पछि नलाग्ने भए पछि मारिएको रहेछ। आश्रय दिएको अपराधमा त्यस घरका मानिसहरु एकै चिहान हुन सक्थे। धन्न अल्लाहको कृपाले उनीहरुको ज्यान जोगियो।

ममेरो बच्चाहरु र मेरो भाइका परिवारको ज्यान जोगाउन अमिल जिल्ला छाड्नै पर्ने भएको थियो। तर घरका सामान त्यसै छाडेर भाग्न सकिन्।  सामान ओसार्न लाग्ने भ्यान नभएकोले म टिभी र फ्रिज छिमेकीहरुलाई बेच्नतिर लागेँ। त्यही नै मेरो ठूलो गल्ति भयो। रइद काका मारिएको भोलि पल्ट टिभी र फ्रिज बेच्न खोज्दा खोज्दै दिन बित्यो। अर्को दिन ती सामानहरु बेचे पछि मैले एकजनालाई सामान ओसार्न भ्यान बोलाउन पठाएँ। हामी भ्यान पर्खन लाग्यौं भने मेरो माइला छोरा अली अहमदलाई लिएर आफ्ना साथीहरुसंग विदा माग्न गयो। उ गएको एकै छिन पछि मेरो घरमा एक हुल मानिसहरु पसे। उनीहरुको अनुहार कालो कपडाले ढाकिएको थियो। उनीहरुले बन्दुक बोकेका थिए। उनीहरु घरको चोटा कोठा चाहार्दै जताभावी गोली बर्षाइ रहेका थिए। उनीहरु मध्ये एउटाले सोध्यो,तेरो छोरो भनाउँदो कहाँछ? कहाँछ तेरा भाईका छोराहरु? ती विषालु सर्पका बच्चाहरु कहाँ छन्? विषालु सर्पलाई मारेर त्यसका बच्चाहरुलाई त्यसै छाड्नु हुँदैन भन्ने उखान त तँलाई थाहा नै होला? म उनीहरुको पाउ परेँ,रोएँ,कराएँ,चिच्याएँ। अल्लाहको नाममा मेरो छोरा र मेरा भाईका बच्चाहरुको जीवन बक्स देउ भनेँ। तर ढुङ्गाको मुटु भएका ती निर्दयीहरुको मुटु पग्लेन।

खुदाहापिस बोल्न गएको मेरो माइला छोरा घरमा बित्यास आइ परेको थाहा पाएपछि मेरो भाईको सानो छोरा अहमदलाई लिएर हस्याङ फस्याङ गर्दै घर आई पुग्यो। उ आफ्नी आमालाई अर्थात मेरो ज्यान बचाउन चाहन्थ्यो। उसको बाबु र दाजुको मृत्यु भए पछि घर सम्हाल्ने त्यही छोरा थियो। हत्याराहरुले अलि र अहमदलाई उनीहरुको गाडीमा राखेर लगे। कोही भने मेरो भाईको अर्को छोरा अब्दुल्लाहलाई खोज्दै थिए। हाम्रो अनुनयविनय र अलापविलापले उनीहरुलाई एकरत्ति पनि छोइ रहेको थिएन। तर पनि म चिच्याइ रहेकी थिएँ। छाति पिटि रहेकी थिएँ। कपाल लुछि रहेकी थिएँ। केही वेर पछि बन्दुक पड्केको आवाज सुनियो।
ढ्याङ......
ढ्याङ......ढ्याङ...... मेरो मुटुलाई एउटा ठूलो पहाड भत्केर थिचे जस्तो भयो। म रुन सकिरहेको थिइनँ। मेरो मुखबाट कुनै वाक्यहरु निकाल्न सकिरहेको थिइनँ। म भुइँमा थचक्क बसेकी थिएँ। चारैतिर अँध्यारो भएको महसुस गरेँ। कतिखेर मेरा छोरीहरुले तानेर घर भित्र लगेछन्। मलाई केही होस थिएन। केही घण्टा पछि जव सामान ओर्सार्ने भ्यान आइ पुग्यो,म झल्यास ब्यूँझीएँ। रइद काकालाई लुक्न दिने दयालु छिमेकीहरु भनी रहेका थिए। फतिमा तिमी यसरी बसि रह्रयौ भने तिम्रा बाँकी सन्तानहरुलाई पनि बचाउँन सक्ने छैनौं। आफुलाई सम्हाल र यहाँबाट भागी हाल्। मेरा छिमेकीहरुले बचेखुचेका सामानहरु भ्यानमा लगाइ दिए। मेरा छोरा र भतिजोको पार्थिव शरीर म गएको ठाउँमा पुर्‍याइ दिने वचन दिए। मेरा बाँकी परिवार सहित भाइ बुहारीका दुइ जना बच्चाबच्ची लिएर हामी आबु गराइव भन्ने सुन्नी नगरमा आइपुग्यौं। म छोराहरुको मृत्युमा यति शोकविह्ल थिएँ कि तीन दिन सम्म चुपचाप बसिरहेँ। न रुन्थेँ,न बोल्थेँ,न खान्थेँ। मेरा छिमेकीहरुले मेरो छोरा र भतिजोको लास पठाई दिए। जन्नाहमा लगेर सतगत गर्ने हुती थिएन। बमबार्डले भत्काएको घर नजीक कसैले छाडेर गएको घरको बगैँचामा लगेर पुरि दियौं। आधीरात पछि निन्द्रा खुल्थ्यो वा निन्द्रै लाग्दैन्थ्यो। नजिकै रहेको अलकार्ख जन्नाहमा बुलबुल चरोको सुरिलो स्वर सुनि रहन्थेँ। अमिल नगरमा हुँदा पनि अमिल नगरको बगैँचामा त्यसरी नै बुलबुलचरो गाउँने गर्दथ्यो। तर ति सुखमय दिनहरु र मेरा वर्तमान रातदिनहरुमा आकाश पतालको फरक थियो। मेरा सानो छोरा युसुफ आधारातमा ब्यूँझेर आमा भोक लाग्यो भन्थ्यो। हाम्रो बाजे बज्यै,बाबु र दाजुहरु कहाँ गएका हुन? उनीहरु कहिले फर्केर आउँछन् भनेर प्रश्न गर्दथ्यो। मसंग न छोराको भोक शान्त गर्ने रोटी हुन्थ्यो। न बाजे बज्यै,उसको बाबु र दाजुहरु फर्केर आउँछन् भन्ने शान्त्वना दिने उत्तर थियो। उसलाई के थाहा उनीहरु अव कहिल्यै पनि फर्केर आउने छैनन् भन्ने कुरा।

त्यस्तो दुख पाएको सम्झदा बग्दादमा रहेको महिला शरणार्थी शिविरतिर जाउँ कि जस्तो पनि लाग्थ्यो। तर इराकी विधवा शरणार्थी शिविरमा सामान्य नागरिक र अमेरिकन विरोधी विधवाहरु एउटै शरणार्थी शिविरमा राखिएका थिए। अमेरिकन विरोधी र अमेरिकी सैनिक दुवै पक्षलाई लाग्दो रहेछ। त्यहाँ भित्र बसेर इराकी विधवाहरु भयङ्कर योजना बनाई रहेका हुन्छन्। हुन पनि शरणार्थी शिविरका कुनै कुनै विधवाले शरीरभरि आत्माघाती बम बेरेर अमेरिकी सैनिक क्यापभित्र छिर्दै बम विष्फोट गराउँथे। त्यस पछि अमेरिकी सैनिकले इराकि विधवा शिविरमा बम प्रहार गर्दथ्यो। सयौं इराकि विधवा मारिन्थे र सयौं घाइते हुन्थे। यस्तो घटना थाहा पाई पाई शरणार्थी शिविरमा जान आँट आएन। बरु त्यही बमबार्डले भत्काएको भूताहा घर नै सुरक्षित थियो। विध्वंस सहरको कथा गिदीबाट निकालेर सधैँको लागि फालुँ झैं लाग्थ्यो। तर जीवनले भोगेको आतंकको अविर त्यती सजिलै नमेटिदो रहेछ। अहा! अब्दुल जारासंग विताएका ति रमाइला दिनहरु। टाइग्रिस र युफ्रेटस नदीमा बोटिङ गर्दै माछा मारेका समर साँझ। हुक्कावारमा सोनावाथ लिँदै अब्दुल जारा भन्ने गर्दथ्यो। “उम नुर म तिमीलाई कहिले पनि दुःख हुन दिन्नँ”। हुन पनि उ बाचुन्जेल मलाई कुनै दःख थिएन। भाइको सानो छोरा तालीव ब्यूँझेर उसको आमालाई पिरोल्थ्यो। रुँदै भन्थ्यो आमा भोक लाग्यो। हामीसंग केही खाने कुरा हुँदैन्थ्यो। हुन पनि किन भोक नलागोस,दुइ टुक्रा इराकी फ्ल्याट रोटी र पानी ख्वाएर सुताएका हुन्थ्यौं। भतिजो तालीवलाई हौसला दिन्थेँ,बाबु अहिले चुप लागेर सुत। उज्यालो भए पछि खबुस किनेर ल्याउनेछु। हाम्रो चित बुझाउँने ठाउँ यति मात्र थियो। इराक र संसारभरी हामी जस्ता लाखौं विधवाहरु छन्। मेरो बुहारी र मैले जे जस्तो दुःख भोगी रहेका छौं,उनीहरुले पनि त्यही दुःख भोगी रहेका छन्। हामीले दुःख मान्नु हुन्न। अल्लाहको कृपा भए हामीले फेरी पनि सुःखमय जीवन विताउँन पाउनेछौं।

अलकार्ख जन्नाहमा बुलबुल चरो चिर्बिराउँन छाडे पछि पूर्वी क्षितिजमा उज्यालो रङ पोतिन्थ्यो। त्यही बेला कतै टाढाको मस्जिदबाट “अल्लाह–हो–अकबर” को सुमधुर आवाज गुन्जि रहेको हुन्थ्यो। भत्किएका झयाल ढोकाहरुबाट उज्यालो किरणहरु छिरे पछि उठेर पानी तताउथ्यौं र अघाउन्जेल पिउथ्यौं। अलकार्ख जन्नाहमा मान्छे पुरिने कार्य बिहान देखि साँझसम्म टुट्दैन्थ्यो। आइमाइका समुहहरु छाती पिटिपिटि रुइ रहेका हुन्थे। विध्वंस सहरको विधुवा मध्ये हामी पनि थियौं। तर न हामीले हाम्रो श्रीमानहरुको लास देख्न पायौं न उनीहरुलाई जन्नाहमा लगेर सदगद गरी गाड्ने मौका नै मिल्यो। हाम्रो आँसु उनीहरुको अन्तिम विदाइको लागि विदाको फूल हुन सकेन। तिनै आँसुका फूलहरु मुटुमा काँडा भएर उमि्र रहेकैछ। थाहा छैन् टाइग्रिस र युफ्रेटस नदी किनारमा काँस फुलेर हावाले उडाए जस्तो हाम्रो मन पनि कहिले सम्म उडि रहने हो। यसो भन्दै बडो कस्ट साथ जीवन बिताई रहेका थियौं। मैले सुनेको थिएँ। मानिसहरुको रक्षाको लागि अल्लाहले आफ्ना फरिस्ता(देवदुत) हरुलाई पठाउँने गर्दछन्। ती फरिस्ताहरुले जुनसुकै रुपधारण गर्न सक्छन्। सम्भवतः त्यही आस्थाको स्तम्भ नडगमगाएको हुनाले म वेलायत आई पुगेँ। तर जीवनमा हजारौं दुःख भोग्न परे पनि आखिर मेरो इबादतगाह(प्रार्थना स्थल) त्यही अमिल र इराक हो। मलाई जन्नत (स्वर्ग) जानुछ। त्यही इबादतगाह फर्किने यात्राको तयारीमा तिमीसंग भेट भयो। तर अर्को दुई महिना पछि मेरो कथा सुन्न पाउने छैनौ। न इराकी वाइट्रेसको हातबाट तातो तातो चिया पिउन पाउनेछौ।

फतिमाको आत्मा कथा टुङ्गिएको एक हप्ता भई सकेको थियो। एक दिनको लन्चब्रेकमा फेरी उनको आत्मा कथाकै प्रसंग अघि बढयो। मेरो मुखबाट अचानक यी शब्दहरु फुस्किए। “फतिमा तिम्रो जीवनका भोगाईहरु त एउटा कथा बनी सकेको रहेछ”। फतिमाले मुश्कुराउदै भनिन्। “युद्धका पीडाहरु हुन ति त। वेलायतमा कसरी आई पुगेँ,अझ अर्को चाख लाग्दो कहानीछ। तर युद्ध मैदानमा भोगेका मेरो भोगाईहरु कथा बनाएर लेख्यौ भने मेरो नाम “फतिमा” नलेख्नु “उम नुर” लेख्नु। अब्दुल जारालाई मन पर्ने नाम भएको हुनाले उनी मलाई “उम नुर” नामले बोलाउने गर्दथे”।


(फागो वनेम वंशावाली ईतिहास , संगीतको मुर्च्छना, साँघुर्र र बुढा सुब्बा , पेन्जिरी पेन्मिक्हा जस्ता (ईतिहास,कविता संग्रह ) कृतिहरू प्रकाशन गरि सकेका व्याक्तिहुन टंक वनेम । उनले बजारमा ल्याउन लागेका "श्लेष्मान्तकको साम्माङ्" कथासंग्रहमा संग्रहित २१ कथा मध्येको एक कथाको अंश हो "बिध्वंस शहरको विधवा" )