Saturday, September 7, 2013

जन्म कैद सजाय पनि कम हुने अपराधिहरु ढलौटिमा छुटेछन् :-


विराटनगर, भाद्र २० - ( बेलबारी घट्ना ) 

डेढ महिनाअघि गाउँलेले कालो मोसो दलेर जुत्ताको माला लगाई दुव्र्यवहार गरेपछि विस्थापित मोरङको बेलबारी-३ की माया सार्की बिहीबार घर फर्केकी छन् । आफूलाई झूटो आरोप लगाएको भन्दै स्थानीय भेटवाल परिवार र गाउँलेले २३ वषर्ीया माया र दलित अगुवा मनोज विश्वकर्मालाई दुव्र्यवहार गरेका थिए । 

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलको नेतृत्वको टोलीले मायालाई फूलमालासहित पुनःस्थापना गरेको हो । राष्ट्रिय मानव अधिकार, दलित आयोग, सञ्चारकर्मीसहित एक दर्जनभन्दा बढी प्रतिनिधिहरूले मायालाई घर भित्र्याएका थिए । उनलाई कालो मोसो दलिएको स्थानमै सहायक प्रजिअसहितले अबिर दलेर फूलमाला लगाएका थिए । अबिर र फूलमाला लगाउँदा मायाले हर्षका आँसु खसालेकी थिइन् ।

डेढ महिनासम्म विराटनगरमा ओरेक नेपालको सेफ हाउसमा बसेकी मायालाई तत्काल पुनःस्थापनाका लागि भन्दै लुइँटेलले सामूहिक रूपमा संकलन गरेको नगद ४८ हजार पनि प्रदान गरे । अपराधीलाई राज्यले दण्डित गरे पनि पुनःस्थापनाका लागि सामाजिक सहयोग आवश्यक रहेको उनले बताए ।

उक्त घटनाका १७ अभियुक्तविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा चलाएको सार्वजनिक अपराधसम्बन्धी मुद्दामा २८ हजार धरौटी माग गरी तारेखमा छोड्ने आदेश गरिएको थियो । जिल्ला अदालत मोरङले जातीय विभेद तथा छुवाछूतविरुद्धको मुद्दामा जनही ७ हजार रुपैयाँ धरौटी मागेको थियो । घटनाका मुख्य कारण माया सार्कीलाई घर र्फकंदा जबरजस्ती गर्न खोज्ने कृष्ण सुनदास २० हजार धरौटीमा अदालतबाट तारेखमा छुटेका छन् । 

श्रोत : कास 

Tuesday, September 3, 2013

एमाओवादीको तालमेल फोरम र समाजवादीसँग

काठमाडौं, भाद्र १९ - एमाओवादीले संविधानका मुद्दा मिल्ने दलहरूसूग संविधानसभा निर्वाचनमा तालमेल गर्ने भएको छ । Prachandaउसले उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमसँगको तालमेललाई पहिलो नम्बरमा राखेको छ । त्यसपछि अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी छ । अघिल्लो संविधानसभा निर्वाचनमा एजेन्डा मिल्ने दलहरूसूग दुई तिहाइ बहुमत नभएकाले संविधान नबनेको भन्दै तालमेल प्रयास थालेको उसको दाबी छ । अध्यक्ष पुष्पकमल दाहालले मंगलबार ललितपुर बालकुमारी खन्ना गार्मेन्टमा कार्यकर्तालाई प्रशिक्षण दिूदै एजेन्डा मिल्ने दलहरूसूग तालमेल गरेर जाने बताए । 'सिट एड्जस्टमेन्ट भयो भने हामी दुई तिहाइ ल्याउँछौं,' उनको दाबी थियो, 'त्यसो भयो भने पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान बन्छ ।' मधेसलाई 'विशेष' महत्त्व दिएको एमाओवादीले फोरमसँग तालमेल गर्दा सहज हुने विश्लेषण गरेको छ । 'तालमेलका लागि उपेन्द्रजी सबैभन्दा नजिक हुनुहुन्छ,' एमाओवादी प्रवक्ता अग्नि सापकोटाले भने, 'त्यसपछि अशोकजीको समाजवादी पार्टीसँग हुन्छ ।' उनले मोहन वैद्यले नेतृत्व गरेको नेकपा-माओवादीले निर्वाचनमा भाग लिए तालमेलका लागि पहिलो नम्बरमा आउने बताए । समाजवादीसूग तालमेलका लागि यसअघि नै एमाओवादीले वार्ता गरिसकेको छ । फोरम नेपालले मधेसी दलसूग भन्दा एमाओवादीसूग चुनावी सहकार्य गर्दा बढी सिट हात पार्न सकिने निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय समितिको सोमबार सम्पन्न बैठकले मधेसमा आफ्नो पकड विगतको जस्तै रहेको भन्दै ठूलो पार्टी एमाओवादीसूग सहकार्य गरे ४० देखि ५० सिट हात पार्न सकिने निष्कर्ष निकालेको हो । अघिल्लो चुनावमा जितेका निर्वाचन क्षेत्रमा अहिले पनि आफ्नै पकड रहेको फोरमको तीनदिने बैठकको निष्कर्ष छ । अघिल्लो चुनावमा फोरमले ३२ निर्वाचन क्षेत्रमा जितेको थियो । अहिले भने फोरमबाटै फुटेर तीनवटा पार्टी बनेका छन् । शनिबारदेखि जारी केन्द्रीय समिति बैठकमा अधिकांश केन्द्रीय सदस्यले एमाओवादी ठूलो पार्टी भएकाले उसैसँग सहकार्य गरेर जानुपर्नेमा जोड दिएको एक नेताले बताए । यद्यपि एमाओवादीसूगै सहकार्य गर्ने औपचारिक निर्णय भने केन्द्रीय समितिबाट हुन सकेन । चुनावमा कोसूग सहकार्य गर्ने भन्नेमा एकमत हुन नसकेपछि फोरमले सहकार्यलाई 'खुला नै राख्ने' औपचारिक निर्णय गरेको छ । सबै दलसूग वार्ता गर्न सकिने भनी फोरमले निर्णय गरेको छ । तराई/मधेसका १ सय १६ निर्वाचन क्षेत्रमध्ये आधाभन्दा बढीमा फोरमले जित्ने दाबी गरेको छ । बैठकमा विभिन्न जिल्ला र निर्वाचन क्षेत्रमा पार्टीको अवस्थाबारे विस्तृत छलफल भएको थियो । एमाओवादी अध्यक्ष दाहालले पनि उपेन्द्र यादवलाई चुनावमा भाग लिन विभिन्न समयमा गरेको गोप्य वार्ताका क्रममा चुनावी सहकार्यबारे छलफल गरिसकेका छन् । अधिकांशले ठूलो पार्टीसूगको सहकार्यमा जोड दिएकाले फोरम नेपालले मधेसी दलसूग सहकार्य गर्ने सम्भावना न्यून बन्दै गएको छ । 'गच्छदार र महन्थजीको पार्टीसूग सहकार्य हुने सम्भावना न्यून छ,' फोरम उपाध्यक्ष मोहम्मद लालबाबुले भने, 'यद्यपि सहकार्यबारे उनीहरू र विचार तथा मुद्दा मिल्ने अरू दलसूग पनि वार्ता गर्न सकिन्छ ।' वार्ता गर्न फोरमले वरिष्ठ नेता भरतविमल यादवको नेतृत्वमा चार सदस्यीय वार्ता समिति बनाएको छ । एमाओवादीले विजय गच्छदार र अन्य दलसूग पनि आफ्नो अनुकूल संविधान बनाउने सर्तमा तालमेल हुन सक्ने बताएको छ । फोरम नेपालले मधेसी दलसूगभन्दा एमाओवादीसूगको सहकार्यलाई प्राथमिकतामा राखेपछि चुनावमा मधेसी दलहरू दुई शक्ति हुने भएका छन् । उपेन्द्र यादव नेतृत्वको एक र गच्छदार- ठाकुर- महतो रहेको अर्को चुनावी मोर्चा बन्ने सम्भावना बढेको छ । पछिल्लो समयमा कमजोर बन्दै गएको महेन्द्र राय यादव नेतृत्वको तमलोपा नेपाल, एक्लिएका राजकिशोर यादव र अनिलकुमार झाले चुनावी एकताबारे गन्तव्य प्रस्ट पारिसकेका छैनन् । शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा) भने यादवको दलसमेत आबद्ध 'संघीय लोकतान्त्रिक मोर्चा' मै छ । प्रकाशित मिति: २०७० भाद्र १९ १२:१९ (कास)

जय लिम्बुवान !

- सुजन सेलिङ्ग लिम्बु
       भाद्र १९ गते

 आमाले पोतेको घर हो -लिम्बुवान
बिरताले रोपेको थर हो -लिम्बुवान
बाबाले जोतेको माटो -लिम्बुवान
पुर्खाले खोपेको बाटो -लिम्बुवान
जय,जय,जय,जय -लिम्बुवान

पश्चिम अरुण सुसाउछ, पूर्व फालेलुङ
दक्षिणमा माई बग्छ, उत्तर मुकुम्लुङ
ए...है.....लिम्बुवानको ढाका टोपी
हिमाल सेसेलुङ , हिमाल फक्ताङ्लुङ
आमाले पोतेको घर हो -लिम्बुवान
बिरताले रोपेको थर् हो -लिम्बुवान
जय,जय,जय, जय -लिम्बुवान

इँवा तमर आबिरल, बड्यो लिम्बुवान
हाङ्देवाको पहिरो दुख्दा, रुन्छ लिम्बुवान
ए....है....लिम्बुवानको सिरबन्दी
हिमाल सेसेलुङ, हिमाल फक्ताङ्लुङ
बाबाले जोतेको माटो -लिम्बुवान
पुर्खाले खोपेको बाटो -लिम्बुवान
जय,जय,जय,जय -लिम्बुवान

आमाले पोतेको घर हो -लिम्बुवान
बिरताले रोपेको थर हो -लिम्बुवान
बाबाले जोतेको माटो -लिम्बुवान
पुर्खाले खोपेको बाटो -लिम्बुवान
जय,जय,जय,जय -लिम्बुवान


पूर्वमन्त्री खपाङ्गीको अवस्था नाजुक : :-



काठमाण्डु, १७ भदौ – पूर्वमन्त्री गोरेबहादुर खपाङ्गीमगरको स्वस्थ्य अवस्था थप जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
सिङ्गापुरको एलिजाफेद अस्पतालमा उपचार गराइरहेका खपाङ्गीको सिङ्गापुर अस्पतालमा मात्रै एक लाख २२ हजार सिङ्गापुर डलर (एक करोड एक लाख २६ हजार रुपैयाँ) खर्च भइसकेको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार हुन नसकेपछि उनलाई सिङ्गापुर गत २३ अगस्टमा सिङ्गापुरको एलिजावेथ अस्पताल भर्ना गरिएको थियो । ९ दिनमै उपचारमा एक करोडभन्दा धेरै रकम खर्च भएपछि उनको थपचार गर्न समस्या भएको छ ।
खपाङ्गीको उपचारमा न्यूरो सर्जन डाक्टर आइभन र डाक्टर ली संलग्न छन् । उनका सहयोगी नन्दबहादुर घर्तीका अनुसार चिकित्सकले भिपी नन्सट नली फेर्नुपर्ने बताएका छन् । यसअघि खपाङ्गीको बाँसबारीस्थित न्यूरो अस्पतालमा भिपी नन्सट नली हालिएको थियो । न्यूरोले हालेको नली खराब भएकाले उनको अवस्था झन बिक्रिएको घर्तीले बताए । खपाङ्गी मोटरसाइकलले ठक्करबाट तीन महिनाअघि गम्भीर घाइते भएका थिए ।

Monday, September 2, 2013

लिम्बुवानको आन्दोलन कतातिर ? सशस्त्र कि शान्तिपूर्ण ! – चन्द्रगोपाल चेम्जोङ



ठूलो आर्मी ब्याग पछाडि भिरेका, दुई साइडमा दुईवटा झण्डा ठड्याएका, सामान्य खाजा पानीको व्यवस्था र राति सुत्नलाई ओड्ने, ओछ्याउने कपडा त्यसैभित्र बोकेर लामवद्व युवाहरू लिम्बुवानको नारा घन्काउदै सडक र जङ्गल मार्चपासमा हिँड्ने गरेकाछन् । झट्ट देख्दा सैन्य टुकडीजस्तो देखिएता पनि बुढापाका र महिलाहरूको उल्लेख्य सहभागिताले यो मार्चपास सामन्य नै लाग्छ । निरन्तर १४, १५ घण्टा हिँडेर गन्तव्य छिचोल्न लाग्दासम्म पनि उनीहरूमा बाहिरी थकान, भोक र तिर्खा देखिँदैन । बरु, जोस, जाँगर र उर्जा सलबलाएको देखिन्छ ।
————

राज्यको पुनर्संरचना गरिँदा लिम्बुवान राज्यको स्थापना भएन भने के लिम्बुवान सशस्त्र युद्घ गर्ने तयारीमा छ ?
———
लिम्बुवानले गर्दै आइरहेको मार्चपास सशस्त्र युद्घको तयारी नै हो त ?
——-
संघीय लिम्बुवान राज्य परिषदले गर्दै आइरहेको सडक मार्चपासदेखि जङ्गल मार्चपाससम्मको कार्यक्रहरूको विस्तार हतियार मार्चपाससम्म पुग्दैन होला र ?
———-
सडकहरूमा गर्ने गरिएको मार्चपासमा सहभागी एल. भी.का टुकडीहरू सशस्त्र युद्वकालीन टुकडी नबन्ला र ?
———-
लिम्बुवान स्वायत्त राज्य स्वीकार हुन्छ भने नेपाललाई स्वीकार गर्ने, होइन भने अन्तिम लडार्इं लड्ने ।
———-
पहिचानमा आधारित राज्यको पनःसंरचना भएन भने यत्रो कार्यक्रम गर्ने लिम्बुवानले त्यसै सम्झौता गर्लान ?

————————

लिम्बुवान, माघ २०६८ । पूर्वी नेपालको लिम्बुवानमा आन्दोलनरत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्व संघीय लिम्बुवान राज्य परिषदले मङ्सिर २१ र २२ मा मोरङको उर्लाबारीदेखि सुनसरीको इटहरीसम्म हजारौं संख्यामा उपस्थित भएर दुईदिने मार्चपास सम्पन्न ग¥यो ।
सैन्य कवचको शैलीमा गरिएको पछिल्लो यो मार्चपास लिम्बुवानको पाचौं पटक हो । यी सबै मार्चपासहरूको नेतृत्व परिषदका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ ले गर्ने गरेकाछन् । यसअघि पनि सडक र जङ्गलमा गरी चारपटक लामो दुरीको मार्चपास सम्पन्न गरेर छुट्टै ढङ्गको राजनीतिक क्रियाकलापको अनुभूत लिम्बुवानले गराएको छ । मोरङको जोगवनीदेखि सुनसरीको धरान बुढासुब्बा खण्ड, झापाको काँकडभिट्टादेखि दमक खण्ड र सुनसरीको चतरादेखि धनकुटाहुँदै सङ्खुवासभाको सभाया खोला खण्ड गरेर पटकपटकमा मार्चपासको कार्यक्रम सम्पन्न गर्दै आइरहेको छ । ‘‘संघीयता विरोधी र एकात्मकवादीहरूलाई घेरौं’’ भन्ने नाराको साथ काठमाडौंको रिङरोडलाई पनि लिम्बुवानी जनताले मार्चपासको तारो बनाउन भ्याइसकेका छन् ।
ठूलो आर्मी ब्याग पछाडि भिरेका, दुई साइडमा दुईवटा झण्डा ठड्याएका, सामान्य खाजा पानीको व्यवस्था र राति सुत्नलाई ओड्ने, ओछ्याउने कपडा त्यसैभित्र बोकेर लामवद्व युवाहरू लिम्बुवानको नारा घन्काउदै सडक र जङ्गल मार्चपासमा हिँड्ने गरेकाछन् । झट्ट देख्दा सैन्य टुकडीजस्तो देखिएता पनि बुढापाका र महिलाहरूको उल्लेख्य सहभागिताले यो मार्चपास सामन्य नै लाग्छ । निरन्तर १४, १५ घण्टा हिँडेर गन्तव्य छिचोल्न लाग्दासम्म पनि उनीहरूमा बाहिरी थकान, भोक र तिर्खा देखिँदैन । बरु, जोस, जाँगर र उर्जा सलबलाएको देखिन्छ ।
कतिपयले भन्ने गरेका छन्– यो मार्चपासको उद्देश्य अर्कै छ । मार्चपास प्रारम्भिक चरणको सैन्य अभ्यास नै हो । कतिपयको यो शङ्का गरिएको वाक्यमा सत्यता पनि देखिन्छ । मञ्च सम्बद्व परिषदले युवा दस्ता लिम्बुवान भोल्युण्टियर्स (एल.भी.) को गठन गरेको छ । एल.भी. लिम्बुवानको राजनीतिमा अत्यन्तै शक्तिशाली र सक्रिय छ, जुन अन्य पार्टीमा भन्दा फरक ढङ्गले निर्माण गरेको छ र गोप्य ढङ्गले परिचालन गर्दै आइरहेको छ । यसको आर. एल. भी. र जि. एल. भी. नामका दुईवटा दस्ताहरू छन् । यसका प्रमुखहरूलाई सुप्रिम कमाण्डर, कमाण्डर, फिल्ड कमाण्डर, एरिया कमाण्डर स्ता सैन्य प्रकृतिका नामहरूले चिन्ने गर्दछन् । एल. भी. का कतिपय विषयमा परिषदका केन्द्रीय सदस्यहरू पनि जानकार हुँदैनन् । एल. भी. को सुप्रिम कमाण्डर परिषदको अध्यक्ष हुने व्यावस्था छ । यो दस्ता अध्यक्षमार्फत गोप्य ढङ्गले परिचालन हुँदै आइरहेको छ ।
राज्यको पुनर्संरचना गरिँदा लिम्बुवान राज्यको स्थापना भएन भने के लिम्बुवान सशस्त्र युद्घ गर्ने तयारीमा छ ? लिम्बुवानले गर्दै आइरहेको मार्चपास सशस्त्र युद्घको तयारी नै हो त ? यो जिज्ञासा पक्कै पनि महत्वपूर्ण छ । एल. भी. का तत्कालीन राजनीतिक कमिश्नर प्रेमदीप थाम्सुहाङले काठमाडौंको रिङरोड मार्चपास सम्पन्न गर्ने क्रम्मा सातदोबाटोमा कोण सभालाई सम्बोधन गर्दै भनेका थिए– ‘‘एकात्मक सत्ताका प्रहरी र सेनाको जस्तै एल. भी. हरूको पनि टुकडी र तालिम छ । लड्न तयार छौं । ’’ थाम्सुहाङको भनाइ र एल. भी. हरूका गराईमा केही हदसम्म सत्यता पनि छ । एल. भी. जवानहरू केन्द्रीय कमाण्ड र कमाण्डरहरूप्रति अनुशासित ढङ्गले प्रस्तुत हुन्छन् । कार्यालयमा मेसमा खाना खान्छन् ।
लिम्बुवानको नौवटै जिल्लामा एल. भी. जवानहरू परिचालित छन् । परिषदको केन्द्रीय कार्यालयमा रोटेशनको आधारमा एल. भी. जवानहरू सुरक्षार्थ खट्ने गर्दछन् । कार्यक्रममा जाँदा आउँदा एल. भी.हरूले आफ्ना सुप्रिम कमाण्डर ‘मिराक’लाई कडा सुरक्षा घेरामा लाने–ल्याउने गर्ने गरेका छन् । एल. भी.हरूको यो प्रवृत्ति सैन्यउन्मुख छ । एल. भी. का कमाण्डर फक्ताङलुङका अनुसार लिम्बुवानको नौवटै जिल्लामा गोप्य तवरमा दशौंहजार एल. भी. हरू परिचालित छन् । एल. भी. को सङ्ख्या पचासौं हजार पु¥याउने योजना भएको उनी बताउँछन् ।
त्यसो त परिषदको निगरानीमा एल. भी. ले न्यायलय पनि सञ्चालन गर्दै आइरहेका छ । दमकको केन्द्रीय कार्यालयमा कुनै दिन छैन, लिम्बुवानले बहस पैरवी नगरेको । सयौं मानिसहरूले न्यायको लागि केन्द्रीय कार्यालयमा निवेदन हालेका छन् । निवेदनको ठूलो थाक आफुसँग भएको बताउँछन्– एल. भी. का केन्द्रीय कार्यालय इन्चार्ज मेरिङ योङहाङ । मोरङ पथरी निवासी राजकुमार लिम्बूले पनि लिम्बुवानको केन्द्रीय कार्यालयमा बुबासँगको अंशबण्डाको विषयलाई लिएर निवेदन हालेका छन् । लिम्बुवानमै निवेदन किन हालेको भनेर प्रश्न गर्दा, उनी भन्छन्– ‘‘हाम्रोतिर भरपर्दो र लिम्बुवानले गरेको निर्णय यहाँका जनताले मान्ने भएको हुनाले मैले पनि निवेदन हालेको हुँ । पालो पर्खिरहेको छु ।’’ त्यसो त लिम्बुवानले ०६४ र ६५ सालतिर आफ्नै सरकारको अभ्यास गर्ने नीतिअन्तर्गत दर्जन बढी ढाट राखेर कर असुली गर्ने गरेको थियो । पछि एकचरण पूरा भएपछि ढाट हटाउने निर्णय ग¥यो । पान्थरका तत्कालीन प्रमुख जिल्ला अधिकारी जिल्लाका गाउँका जङ्गलहरूमा मञ्च सम्बद्व लिम्बुवानको एल. भी. को विशेष तालिम भइरहेको सुराकी पाएपछि आफै त्यो स्थान पुग्ने गरेको विशेष सुत्रले बताएको छ । कार्यक्रमहरूमा एल. भी. का खेलाडीहरूले तरवार, लौरो, हात, खुट्टाको खास प्रदर्शन कलात्मक ढङ्गले गर्ने गरेका छन् । यही प्रदर्शनको लागि हो भने जङ्गलको बीचमा तालिम गरिरहनुपर्ने जरुरी देखिन्न ।
त्यसो त, पञ्यायतकालीन डरलाग्दो राजनीतिक सेरोफेरोमा पनि लिम्बुवानजन्य राजनीतिक संगठनले आफ्नो क्रियाकलाप बढाएको थियो । वीर नेम्बाङको नेतृत्वमा लिम्बुवान मुतिm मोर्चाले लिम्बुवान राज्यको लागि पञ्चायती समयदेखि नै आइरहेको छ । आजसम्ममा, लिम्बुवान जन्य राजनीतिक सङ्गठनहरू आधा दर्जनभन्दा बढी भइसकेका छन् । तीमध्ये स्वतन्त्र लिम्बुवान देशको माग गर्ने संगठन पनि छन् भने स्वायत लिम्बुवानको माग गर्दै सशस्त्र युद्घ सुरुगरेका सङ्गठन लिम्बुवान स्टेट फोर्स पनि छ । लिम्बुवान स्टेट फोर्सले पूर्वमा थुप्रै ठाउँमा बम पड्काउने गा. वि. स. कार्यलयहरूलाई ध्वस्त गर्नेदेखि लिएर इलाम र पान्थरको सिमावर्ती क्षेत्र पञ्चमीमा चौकी कब्जा गरी हतियार लुटेर लग्नेसम्मको क्रियाकलाप गर्दै आइरहेको छ । फोर्सको सैन्य कमाण्डार खाम्बेक्सा झापामा पक्राउ परेपछि आक्रामक शैलीको क्रियाकलाप बन्द भएपनि शालीनको नामबाट प्रेस रिलिज गरेर सशस्त्र आन्दोनल जारी रहेको बताउँदै आइरहेको छ ।
नेपाललाई छिमेकी मुलुक भनेर सम्बोधन गर्ने पल्लो किरात लिम्बुवानलाई नेपाल सरकारले निषेध गरेपनि बेलावखत विरोधको झण्डाहरू गाड्ने, प्रचार—प्रसार पम्पलेट टाल्ने गर्ने गरेकाछन् । लिम्बुवानजन्य यी सङ्गठनहरूको राजनीतिक क्रियाकलापहरूलाई सूक्ष्म ढङ्गले अध्ययन गर्दा पूर्वका नौवटा जिल्लाहरूमा सशस्त्र आन्दोलनको गन्ध आइरहेको छ । कथम्कदाचित, नेपालमा स्वायत्त राज्यको मागलाई लिएर सशस्त्र युद्वको शुरुवात हुन्छ भने सजिल्ै ढङ्गले अडकलवाजी गर्न सकिने प्रशस्तै ठाँउ छ कि शुरुहुन्छ– लिम्बुवानमा । मञ्च सम्बद्व संघीय लिम्बुवान राज्य परिषदले गर्दै आइरहेको सडक मार्चपासदेखि जङ्गल मार्चपाससम्मको कार्यक्रहरूको विस्तार हतियार मार्चपाससम्म पुग्दैन होला र ? सडकहरूमा गर्ने गरिएको मार्चपासमा सहभागी एल. भी.का टुकडीहरू सशस्त्र युद्वकालीन टुकडी नबन्ला र ? लिम्बुवानका दोस्रो श्रेणीका नेताहरूले जतिसुकै डरलाग्दा क्रान्तिकारी भाषण गर्ने गरेता पनि अध्यक्ष कुमार लिङदेन ‘मिराक’ले भन्ने गरेका छन्– ‘‘हजारौ वर्षसम्म लिम्बुवानको शान्तिपूर्ण आन्दोलन जारी रहनेछ ।’’ उहाँको भाषणको यो अंशलाई हेर्ने हो भने उहाँको नेतृत्वमा सशस्त्र युद्व लिम्बुवानमा हुँदैन । शान्तिपूर्ण राजनीतिमा मञ्च सम्बद्व लिम्बुवानको आस्था छ भन्ने बुझिन्छ । मिराकले कार्यकर्ताहरूसँग दोहो¥याइरहने वाक्य हो– ‘‘शान्तिपूर्ण तर सशक्त कार्यक्रम ।’’ लिम्बुवानले गर्ने गरेको सडक र जङ्गल मार्चपास कार्यक्रमहरू, त्यही सशक्त शान्तिपूर्ण कार्यक्रम अन्तर्गत हुनसक्छ ।
त्रि. वि. का समाजशास्त्री प्रा. डम्बर चेम्जोङको हेराइमा मञ्च सम्बद्व लिम्बुवान अन्य सङ्गठनहरूभन्दा फरक छ । उहाँ भन्नुहुन्छ– ‘‘लिम्बुवानको कार्यक्रमहरू, योजनाहरू र सम्पन्न गर्ने हरेक शैलीहरू आदिवासीवादी छ ।’’ प्रा. चेम्जोङलाई छुट्टै ढङ्गको अनुभूति भएजस्तै पूर्वका जनताहरूलाई पनि फरक शैलीको अनुभूति भएर पनि होला, प्रायले भन्ने गरेका छन्– के गर्न लाग्यो लिम्बुवानले ? पहिचानमा आधारित राज्यको पनःसंरचना भएन भने यत्रो कार्यक्रम गर्ने लिम्बुवानले त्यसै सम्झौता गर्लान र ? पूर्वका जानकारहरू प्रश्न गर्छन् । लिम्बुवानमा युवा सहभागिता तीब्र भएको हुनाले विभिन्न किसिमले राजनीतिक शङ्का, उपशङका गर्न मिल्ने आधारहरू छन् । राजनीतिमा असम्भव भन्ने केही हुँदैन । शान्तिपूर्ण भनिएको लिम्बुवानको आन्दोलन ती युवा सहभागिताको बलमा सशस्त्र हुँदैन भन्न सकिन्न । यसो त सप्तकोशीपूर्वका नौवटा जिल्ला भूगोल र सामरिक हिसाबबाट अत्यन्तै संवेदनशील पनि छ । उत्तरमा चीन, पूर्व र दक्षिणमा भारत, भुटान र बङ्गलादेश छन् । भारतमा सशस्त्र हङ्गामा मच्चाइरहेका नक्शलवादी(माओवादी) को प्रभाव क्षेत्र पश्चिम बङ्गाल पनि लिम्बुवानसँग सिमानामा पर्ने हुनाले लिम्बुवान सशस्त्र हुनेतिर संवेदनशील छ ।
अस्तित्व र पहिचानका भोका आन्दोलनकारीहरूले माग्दै आइरहेको लिम्बुवान नेपालभन्दा बाहिर प्राप्त हुने सर्त र त्यो आधारको राजनीतिको विकास हुने संवेदनशीलता पनि छ । यी दुवै किसिमका जोखिम सम्भावनाहरू लिम्बुवानमा छ । किनभने यिनीहरूले नारामा भन्ने गरेका छन्– ‘‘लिम्बुवान छैन त नेपाल पनि छैन ।’’ शासकहरूसँगको सिँगौरी लम्बिने र मागप्रति शासकहरू गैरजिम्मेवार मात्र भैरहने हो भने लिम्बुवानको मनोविज्ञानमा परिवर्तन हुने सम्भावना पनि देखिन्छ । उनीहरूले तताइरहेको लिम्बुवान राज्यको माग गर्न थालेको आधा शताब्दी हुनलाग्यो । उनीहरूको राजनीतिक मनोविज्ञान भनेकै ‘‘लिम्बुवान स्वायत्त राज्य स्वीकार हुन्छ भने नेपाललाई स्वीकार गर्ने हो होइन भने अन्तिम लडार्इं लड्ने’’ भन्ने छ । पूर्वको वस्तुस्थितिलाई ख्याल गर्ने हो भने लिम्बुवानको नाममा भइरहेको राजनीति राष्ट्रियता, अखण्डता र संघीय गणातन्त्रको सन्दर्भमा बहुत संवेदनशील भएर गइरहेको छ 
=>संघिय 

Sunday, September 1, 2013

मान्छे भन्दा धेरै ढुङ्गा आयो भाग्न बाध्य भयौ-राम बहादुर बुढा मगर

Mingso Suhang
पाँचथर,भदौ १७- राष्ट्रिय जनमोर्चा पार्टीको संघीयता बिरुद्ध राष्ट्रव्यापी अभियान अन्तरगत पाँचथर आईपुगेका राम बहादुर बुढा लगायतले पाँचथर फिदिममा फेरी अर्को लिम्बुवानको सामना गर्नु परेको छ।
धेरै जसो पुर्वी पहाडी जिल्लाका जनताहरु संघीयताको बिरोधीहरुलाई खुट्टा नै राख्न नदिने चुनौती गर्छन। गत साता भने राजमोको संघीयताको बिरुद्ध राष्ट्रिय अभियान अन्तरगत ईलाम फिक्कल पुगेका राजमोका कार्यकर्ताहरुमाथी मञ्च मै लिम्बुवान सँग माईक्रोफन ताना तान परेको थियो तर प्रहरीको नियन्त्रण पछि सहज रुपमा नै कार्यक्रम सफल भएको राजमो राष्ट्रिय अभियानका सदस्य राम बहादुर बुढा बताउनु हुन्छ।
ईलाममा हौसिएका राजमोका कार्यकर्ताहरु अभियानलाई निरन्तर्ता दिन फेरी पाँचथर फिदिममा पुग्नु भएको थियो।तर पाँचथरको माहोल फिक्कलमा जस्तो भएन। मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद वा कुमार लिङदेन पक्षका परिषदका कार्यकर्ताले मञ्च नै तितर बितर बनाई अबरोध खडा गरे। मञ्चमा अतिथीहरु पुग्ने बित्तिकै परबाट सेतम्मै फुलेका बृद्धा देखी नाकमा सिंगान तान्दै गरेका बालकका एउटा हुल बढेर आयो। मञ्च तर्फ रहेका धेरैले राजमोका मान्छे रहेछन भनेर हर्सित बनि रहेका थिए तर मञ्चको छेउ त्यो हुल आई पुग्दा असिना बर्षीए झै ढुङ्गाहरु बर्षीन शुरु गरे मञ्चबाट अतिथीहरुको भागरे भाग भयो। तुरुन्त प्रहरीले फेरी माओललाई नियन्त्रणमा लियो। यो लोकतन्त्रको बिरुद्ध भयो भन्ने प्रश्नमा खरिएका एक विपक्षी बृद्धाले भने "हामीले लोकतन्त्रलाई ढुङ्गा हानेका होईनौ बरु हजारौ जनताको अमुल्य बलिदानले स्थापीत (अझ झोकिन्दै भने) हाम्रो ईच्छा,चाहाना,आकांक्षा "संघीयता"को बिरोधी चित्रेका कार्यकर्तालाई सुध्रिन ढुङ्गे फुलको गुच्छाले स्वागत गरेको" बताए। भने यता राजमो राष्ट्रिय अभियानका सदस्य राम बहादुर बुढा लोकतन्त्रको बिपरीत भएको बताउनु भयो। तपाईहरु मञ्च नै छोडेर किन भाग्नु भयो भन्ने प्रश्नमा राम बहादुर भन्नु हुन्छ "मान्छे भन्दा धेरै ढुङ्गा आयो के गर्न ? तर्किन त पर्यो"। ढुङ्गा प्रहारबाट खासै ठुलो असर नपुगे पनि सुरेन्द्र भण्डारी बिष्णु थिंग र तिलक गहा मगरलाई सामन्य चोट लागेको कुरा राम बहादुर बुढा मगरले बताउनु भयो।

५०औं पटक निर्वाचन भएपनि संविधान बन्दैन : माखिम



 २०४६ सालको परिवर्तनसँगै कम्युनिष्ट आन्दोलनमा होमिएका खगेन्द्र माखिम अनेरास्ववियू मोरङमा सक्रिय अवस्थामा रहँदा विचारको द्धन्द्धभएपछि पाटी परित्याग गरेका थिए । अहिले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वन्ध संघीय लिम्बुवान राज्य परिषद्का महासचिव छन् । नेकपा ड्यास माओवादीको नेतृत्वमा रहेको ३३ दलीय गठबन्धनमा दरिलो खम्बाको रुपमा उभिएका माखिमसँग खबरपाटीका राज गुरुङ र प्रकाश पौडेलले गरेको राजनैतिक कुराकानीको सार संक्षेप :



खगेन्द्र माखिम : महासचिव
संघीय लोकतान्त्रिक राष्टिय मञ्च सम्बन्ध
संघिय लिम्बुवान राज्य परिषद
३३ दलिय मोर्चा को सम्पूर्ण कार्यक्रम हरु तपाई मार्फत नै हुने गरेको छ रे नी ?
३३ दलीय मोर्चा स्थापना गर्ने पहिला ५ वटा पार्टीहरुको संस्थापनबाट भएको हो । बामपन्थी कम्युनिष्ट शक्तिहरु र उदीयमान हरु दलहरुको साझा दलको मोर्चा भनेको ३३ दलीय मोर्चा हो । त्यसैले म एक्लैबाट भन्दा पनि सबैको सहकार्यबाट कार्यक्रमहरु अगाडी बढ्छन् ।

संघीय लोकतान्त्रिक राष्टिय मञ्च सम्बन्ध संघिय लिम्बुवान राज्य परिषदको चुनावी माहोल के छ त ?
हामी चुनावको पक्षमा छौं । संविधानसभाको निर्वाचन र संविधानसभाकै आधारमा संविधान जारी गर्ने पक्षमा छौं । तर मुल विषय भनेको त्यो संविधानासभाको निर्वाचन कसरी हुन गईरहेको छ भन्ने हो । पहिला निर्वाचन हुने प्रक्रिया र आधारको बारेमा निक्यौल हुनेपर्ने हुन्छ । हामी संविधानसभाको विरोधी हैनौं । एउटा कुरा के हो भने संविधानसभाको निर्वाचन हुँदैमा संविधान नबन्दो रहेछ । पहिला संविधान बन्ने ग्यारेन्टी हुनुपर्यो । अनि मात्र निर्वाचनको कुरा अगाडी सार्न सकिन्छ ।
३३ दलिय राष्टिय मोर्चा ले राष्टपतिलाई ज्ञापन पत्र पनि बुझाउनुभयो, आन्दोलनका कार्यक्रमहरु पनि घोषणा गर्नुभयो, यसमा राष्टपतिको प्रतिक्रिया कस्तो रह्यो ?
हामीले राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाएको यो पहिलो पटक होइन । ३३ दलीय मोर्चा गठन भएको समयमा पनि राष्ट्रिपतिलाई ज्ञापन पत्र बुझाएका थियौं । सरकार र ४ दलसँग गरेको बार्ता भङ्ग भएपछि राष्ट्रिपतिलाई अन्तिम प्रयासको रुपमा ज्ञापन पत्र बुझाएको हौं । सहजीकरणको भूमिका खेल्नुहोस् नत्र भने देश द्धन्द्धमा फस्नेछ भनेर राष्ट्रपतिलाई जानकारी गराएका छौं ।

पहिलो संविधान सभा बाट संविधान जारी हुन सकेन, फेरी बल्ल बल्ल हुनै आटेको दोस्रो निर्वाचन पनि विथोल्न खोजेर नेपाली जनतालाई धोका दिएको आरोप छ नी तपाईहरुलाई ?

राजनीतिमा आरोप खेप्नुपर्छ । आरोपसँग डराउनु हुँदैन । हामीले संविधानसभाबाट भाग्न खोजेका हैनौं हामीले संविधानसभाबाट संविधान जारी हुन्छ भन्ने आधार खोजेका हौं । घर बनाउनुअगाडी नक्शा बनाउनुपर्छ नै त्यसरी नै पहिला संविधानको आधार बनाउनुपर्छ भन्ने हाम्रो माग हो । जनताले भोट दिएर संविधान निर्माण गर्न पठाएका प्रतिनिधीलाई एक ठाउँमा राखेर केही नेताहरु रिसोर्टमा गएर संविधानको निर्णय गर्नु हुँदैन । संविधानसभाको पहिलो बैठकले गणतन्त्र, संघियता, धर्मनिरेपक्ष लगातयका कुराहरुको घोषणा गरेको थियो त्यो कुराहरुको अहिले सुनिश्चता हुने वा नहुने । विना नक्शा संविधानसभाको निर्वाचन दोस्रो होइन ५० औ पटक गरे पनि संविधान बन्दैन ।

गोलमेच सम्मेलन मार्फत सैद्धान्तिक सहमति भएर जाने कुरा थियो। सबै जनताले आशा गरेका थिए अब देशमा केही हुने भयो भनेर तर रातारात निर्णय किन बदलियो ?

संविधानसभालाई सुनिश्चत गर्नको लागि ४ दलले गरेको सहमतिले मात्रै हुँदैन, सरोकारवाला आन्दोलनमा रहेका शक्तिहरुबीच नयाँ सहमति हुनु जरुरी छ । जनयुद्धबाट माओवादी शान्तिप्रक्रियामा आउनको लागि १२ बुँदे सहमति भएजस्तै, ४ दलले जे सहमति गरेर गयो त्यही आधारमा संविधानसभाको दोस्रो निर्वाचन हुन सक्दैन । त्यसैले हामीले नयाँ सहमति गरौं, त्यो सहमतिको आधारमा संविधानसभाको निर्वाचनमा जाऔं भनेर भनेका हौं । त्यसलाई गोलमेच सम्मेलन वा गोलमेच सभा जे नाम दिए पनि भयो । देश गम्भिर संकटमा रहेको हुनाले एउटा सहमति गरेर अगाडी बढौं भनेर भन्दा उनीहरुले राउन्ड टेबलमा बस्न मानेनन् । जनता र देशलाई ढाँटेर अगाडी बढिरहेका नेताहरुको नाङ्गोझार गोलमेचमा हुने भएकाले उनीहरु बस्न नमानेका हुन् ।

अब के सम्भावना छ ?

अब दुईवटा सम्भावनाहरु छन् । कि त उनीहरु असफल हुन्छन् कि हामीहरु असफल हुन्छौं ।

संघीयताको विषयमा दलहरु विभाजित छन् । तपाईको धारणा के छ यसमा ?

संघियताको बारेमा दलहरुको मत विभाजन छैन । संघियताको आधार पहिचानमा हुन्छ । पहिचान भनेको एकल मात्र हुन्छ । यो कुरा स्वीकार गर्न नसकेपछि भ्रम मात्र फैलाइएको हो ।

एकल पहिचान भनेको कस्तो हो ?

एकल भनेको एकजना होइन । जस्तो भारतको कुरा गरौं नागाल्याण्ड, पञ्जाव एकल पहिचानमा बनेको हो । यसको मतलब त्यहाँ एउटै जाती बस्नुपर्छ भन्ने हैन । एकल पहिचानको आधारमा नाम स्थापना गर्ने हो तर शासन भनेको दलीय रुपमा हुने हो ।

पूर्वमा लिम्बुवान राज्य दियो भने त्यहा बस्ने अन्य जातिहरुले जातिय पहिचान खोज्ने कि नखोज्ने ? यसले जातिय द्धन्द्ध निम्त्याउदैन र ?

लिम्बुवान भनेको ऐतिहासिक नाम हो हामीले संघीय राज्यलाई जाततर्फ लान खोजको हैन । शासन भनेको दलले गर्ने हो । त्यो ठाउँमा एमाले, कांग्रेस, लिम्बुवान लगायतका सबै पार्टीहरु हुन्छन् । जसले जित्छ उसले शासन चलाउने हो ।

लिम्वुवान राज्यको माग गर्दै पूर्वमा अन्य पार्टीहरु पनि आन्दोलित छन् तपाईहरुको मुद्दा, एजेण्डा सवै मिल्छ । तर पार्टी किन मिल्नुभएन ?

त्यहाँ लिम्बुवान छ तर सबै पार्टीगत छ । कोही माओवादीको लिम्बुवान छ कतै कांग्रेसको छ । लिम्बु विद्यार्थी मञ्च, सामाजिक विद्यार्थी संगठन हो । धु्रब आङदाम्वे नेकपा ड्यास माओवादी सँग संम्विन्धित हुनुहुन्छ । यसरी पार्टीगत रुपमा लिम्बुवान धेरै छन् । उनहरुसँग हाम्रो सहकार्य हुँदैन किनभने विचार नै अलग छ ।

अन्तमा
अहिलेको संक्रमणकालको अवस्थामा सबै मिलेर अगाडी जानुपर्छ । ४ दलले अहिलेको संघीयताको मुद्दा मान्न तयार छैन । जनता संघीयता र पहिचान सहितको राज्य चाहिरेका छन् । यही कुरा नमिल्दा संविधान सम्भव नभएको हो । यो अवस्था ४ दलले बुद्धि नपुराउने हो भने ०४६ सालको अगाडीका दलको पञ्च नेताहरु जस्तै हुनेछन् ।
खबरपट्टि