काठमाडौं, भाद्र १९ - एमाओवादीले संविधानका मुद्दा मिल्ने दलहरूसूग संविधानसभा
निर्वाचनमा तालमेल गर्ने भएको छ ।
उसले उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमसँगको तालमेललाई पहिलो नम्बरमा
राखेको छ । त्यसपछि अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी छ । अघिल्लो
संविधानसभा निर्वाचनमा एजेन्डा मिल्ने दलहरूसूग दुई तिहाइ बहुमत नभएकाले संविधान
नबनेको भन्दै तालमेल प्रयास थालेको उसको दाबी छ ।
अध्यक्ष पुष्पकमल दाहालले मंगलबार ललितपुर बालकुमारी खन्ना गार्मेन्टमा
कार्यकर्तालाई प्रशिक्षण दिूदै एजेन्डा मिल्ने दलहरूसूग तालमेल गरेर जाने बताए ।
'सिट एड्जस्टमेन्ट भयो भने हामी दुई तिहाइ ल्याउँछौं,' उनको दाबी थियो, 'त्यसो भयो
भने पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान बन्छ ।'
मधेसलाई 'विशेष' महत्त्व दिएको एमाओवादीले फोरमसँग तालमेल गर्दा सहज हुने
विश्लेषण गरेको छ । 'तालमेलका लागि उपेन्द्रजी सबैभन्दा नजिक हुनुहुन्छ,' एमाओवादी
प्रवक्ता अग्नि सापकोटाले भने, 'त्यसपछि अशोकजीको समाजवादी पार्टीसँग हुन्छ ।' उनले
मोहन वैद्यले नेतृत्व गरेको नेकपा-माओवादीले निर्वाचनमा भाग लिए तालमेलका लागि
पहिलो नम्बरमा आउने बताए । समाजवादीसूग तालमेलका लागि यसअघि नै एमाओवादीले वार्ता
गरिसकेको छ ।
फोरम नेपालले मधेसी दलसूग भन्दा एमाओवादीसूग चुनावी सहकार्य गर्दा बढी सिट हात
पार्न सकिने निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय समितिको सोमबार सम्पन्न बैठकले
मधेसमा आफ्नो पकड विगतको जस्तै रहेको भन्दै ठूलो पार्टी एमाओवादीसूग सहकार्य गरे ४०
देखि ५० सिट हात पार्न सकिने निष्कर्ष निकालेको हो ।
अघिल्लो चुनावमा जितेका निर्वाचन क्षेत्रमा अहिले पनि आफ्नै पकड रहेको फोरमको
तीनदिने बैठकको निष्कर्ष छ । अघिल्लो चुनावमा फोरमले ३२ निर्वाचन क्षेत्रमा जितेको
थियो । अहिले भने फोरमबाटै फुटेर तीनवटा पार्टी बनेका छन् ।
शनिबारदेखि जारी केन्द्रीय समिति बैठकमा अधिकांश केन्द्रीय सदस्यले एमाओवादी
ठूलो पार्टी भएकाले उसैसँग सहकार्य गरेर जानुपर्नेमा जोड दिएको एक नेताले बताए ।
यद्यपि एमाओवादीसूगै सहकार्य गर्ने औपचारिक निर्णय भने केन्द्रीय समितिबाट हुन सकेन
। चुनावमा कोसूग सहकार्य गर्ने भन्नेमा एकमत हुन नसकेपछि फोरमले सहकार्यलाई 'खुला
नै राख्ने' औपचारिक निर्णय गरेको छ । सबै दलसूग वार्ता गर्न सकिने भनी फोरमले
निर्णय गरेको छ ।
तराई/मधेसका १ सय १६ निर्वाचन क्षेत्रमध्ये आधाभन्दा बढीमा फोरमले जित्ने दाबी
गरेको छ । बैठकमा विभिन्न जिल्ला र निर्वाचन क्षेत्रमा पार्टीको अवस्थाबारे विस्तृत
छलफल भएको थियो ।
एमाओवादी अध्यक्ष दाहालले पनि उपेन्द्र यादवलाई चुनावमा भाग लिन विभिन्न समयमा
गरेको गोप्य वार्ताका क्रममा चुनावी सहकार्यबारे छलफल गरिसकेका छन् ।
अधिकांशले ठूलो पार्टीसूगको सहकार्यमा जोड दिएकाले फोरम नेपालले मधेसी दलसूग
सहकार्य गर्ने सम्भावना न्यून बन्दै गएको छ । 'गच्छदार र महन्थजीको पार्टीसूग
सहकार्य हुने सम्भावना न्यून छ,' फोरम उपाध्यक्ष मोहम्मद लालबाबुले भने, 'यद्यपि
सहकार्यबारे उनीहरू र विचार तथा मुद्दा मिल्ने अरू दलसूग पनि वार्ता गर्न सकिन्छ ।'
वार्ता गर्न फोरमले वरिष्ठ नेता भरतविमल यादवको नेतृत्वमा चार सदस्यीय वार्ता
समिति बनाएको छ । एमाओवादीले विजय गच्छदार र अन्य दलसूग पनि आफ्नो अनुकूल संविधान
बनाउने सर्तमा तालमेल हुन सक्ने बताएको छ ।
फोरम नेपालले मधेसी दलसूगभन्दा एमाओवादीसूगको सहकार्यलाई प्राथमिकतामा राखेपछि
चुनावमा मधेसी दलहरू दुई शक्ति हुने भएका छन् । उपेन्द्र यादव नेतृत्वको एक र
गच्छदार- ठाकुर- महतो रहेको अर्को चुनावी मोर्चा बन्ने सम्भावना बढेको छ । पछिल्लो
समयमा कमजोर बन्दै गएको महेन्द्र राय यादव नेतृत्वको तमलोपा नेपाल, एक्लिएका
राजकिशोर यादव र अनिलकुमार झाले चुनावी एकताबारे गन्तव्य प्रस्ट पारिसकेका छैनन् ।
शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा) भने यादवको
दलसमेत आबद्ध 'संघीय लोकतान्त्रिक मोर्चा' मै छ ।
प्रकाशित मिति: २०७० भाद्र १९ १२:१९ (कास)

No comments:
Post a Comment