<तहल्कान्युज>दोहा,२० डिसेम्बर- नेपालको पुर्वी र मध्य पुर्व भु-भागमा सघन बसोबास रहेका सुनुवार,राई,लिम्बु,धिमाल,याख्खा,अठपहरिया,लोहरुङ जाती तथा किराती,नेपालीहरुको महान पर्व चासोक तङनाम,फोल शाँदर,साकेला उधौलीलाई २० डिसेम्बर शुक्रबारका दिन कतारको समाल पार्कमा किरात याक्थुम चुम्लुङ, किरात राई यायोक्खा, किरात सुनुवार सेवा समाजले, कियाचुका अध्यक्ष लोकेन्द्र कुमार तुम्रोकको सभापतित्व र नेपाली दुताबासका दितिय सचिब हरिहर कान्त पौडेलको को प्रमुख अथित्यमा करिब १३सय जनमासको साथ भब्यतापुर्ण मनाएको छ।
- देश विदेशबाट शुभकामनाको ओइरो!
- नेपाली नियोग प्रति किरातीहरुको गुनासो!
- किरातिहारुको राष्ट्रिय पोशाक प्रति गम्भीर प्रश्न?
- कियाचु केन्द्रिय कार्यलय प्रति कतारको गुनासो!
दीपप्रजलन तथा राष्ट्रिय गानबाट शुरु भएको उत्त कार्यक्रमलाई ऐतिहासिक भएको भन्दै दक्षिण अफ्रिकाबाट मान बहादुर साँबा लगायत नेपाल,अमेरीका, युकेबाट धेरैले अनलाईन मार्फत शुभकामना सन्देश दिनु भएको थियो। यसै गरि आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष बिनेश तामाङ, नेपाली महिला समाज कतारकी अध्यक्ष- रेखा राई,कियाचुका प्रमुख सल्लाकार दिलकिरण खजुम, सुनुवार सेवा समाजका अध्यक्ष किसोर सुनुवार,NRNA NCC कतारका अध्यक्ष मक्सुत अलाम,NRNA ICC का उपाध्यक्ष टिबी कार्की, समाजसेवी तथा बुद्दिजिवी कमलमणी गुणागाइ लगायत बिभिन्न सामाजिक तथा जिल्ला संस्थाका प्रतिनिधिहरूले शुभकाना मनतब्य दिनु भएको थियो। यसै गरि बैचारिक सगठनको तर्फबाट मंच सम्बद्ध सलिराप कतारका प्रथम उपाध्यक्ष यातुकुमार सम्बांग्फे, जनसम्पर्क समिति कतारका सभापत्ति बिमल सुबेदी, लोकतान्त्रिक राष्ट्रिय मन्च , जनप्रगतिशिल लगायत विभिन्न बैचारिक सस्थाका अथितिहरु रहनु भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै किरात राई यायोक्खा शाखा कतारका अध्यक्ष धिरज चाम्लिङले उपस्थित माझलाई धन्यवाद दिँदै नेपाली नियोग प्रति गुनासो समेत ब्यक्त गर्नु भयो। आक्रोशित रुपमा चाम्लिङले मञ्चबाट भन्नुभयो "हामीले बैधानिक तवरबाट ३ हप्ता अघीनै प्रमुख अथितीको लागी दुतुवासलाई अनुरोध गरेको थियौ। उहाँहरुले तोक्नु भएको व्याक्ती उपस्थित हुन सक्नु भएन फेरी अनुरोध गर्दा धेरै बार्गेनिङ्ग भयो। ढिलै भएपनि प्रतिनीधी पठाउनु भयो त्यस प्रति आभार व्यक्त गर्दछौ। चाम्लिङ्ले थपे>तर जुन प्रकारले किरातीहरुको आव्हानलाई गैरजिम्मेवार पुर्वक बेवास्ता गर्न खोजीयो त्यो किरातीहरु माथी अपमान भएको छ। त्यस प्रति घोर आपती जनाउदछौ। यो शन्देस नियोग प्रमुख सम्म पुगोस" चामलिंगले भने ।
झन्डै नेपाली रुपैया ८ लाख जति खर्च गरि सन्युक्त्त रुपमा गरिएको किरातीहरूको पर्व ऐतिहासिक भएको र दोहा कतारमा यस्तो कार्यक्रमको पहिलो पटक भएको उपस्थिती जनमासको दाबिछ। सहभागी धेरैले आ-आफ्नो जातीय पहिचान झल्काउने पोशाक लगाएर कार्यक्रममा सहभागी भएका थिए। तिन संस्थाको संयुक्त कार्यक्रम भएकोले पनि पोशकको मिश्रित सौन्दर्यताले समाल पार्क रङ्गीचङ्गी देखिन्थ्यो। तर तीन थरिका किरातीहरूको राष्ट्रिय पोशाकको बारेमा उपस्थिती जनसमुदायहरुनै अन्योलमा परेका थिए, अन्योलमा नपर्ने पनि कसरि? किरात याक्थुङ चुम्लुङ कतारकै केही आधिकारिक ब्यात्तीहरूले दौरा सरुवाललाई परिमार्जित गरिएको ढाकाको किनारा भरिएको रङिचङी पोशाक लगाएका थिए भने, अध्यक्ष तुम्रोक, कियाचुका सल्लाकार यातु कुमार सम्बाङ्फे र कलकारहरूले भने तागबा र मेख्ली पहिरन लगाउनु भएको थियो।
बिबादित पोषकको बिषयलाई लिएर तहल्काले कतारमा रहनु भएका लिम्बू जातिका बुद्दिजिबी मुधुम बिधहरूलाई बेग्ला बेग्लै फोन सम्पर्क गरी उत्त दिन कियाचु कतारको तर्फबाट प्रदर्शन गरिएको तीन थरिका पोशाक मध्य कुन चाँही लिम्बू जातिको पोशाको हो ? भनेर गरेको प्रश्नमा किरात याक्थुङ चुम्लुङ कतारका सल्लाकार समेत ररहनु भएका यतु कुमार सम्बाङ्फे भन्नु हुन्छ > निश्चय पनि कार्यक्रममा उपस्थित १३०० जनसमुदायको मनमा पनि यहि प्रश्न उठेको हुन सक्छ। यसको बारेमा कियाचु कतारले समिक्षा गर्नै पर्छ र जनसमुदाय लाई यथार्थताको बारेमा जानकारी गराउँनै पर्दछ। मैले यी बारेमा आफ्नै ब्यक्तिगत बुझाईहरु भन्नु पर्दा यस्तो किसिमको फरकपनहरु देखा पर्नुमा कियाचु केन्द्रिय कार्यालयकै पहिलो कमजोरी रहेको छ। किनकि कियाचु केन्द्रिय कार्यालयले निति र निर्णयहरु मात्र गर्यो। तर त्यसलाई कार्यानयन गरेन । लिम्बु जातिको जातिय पोशाक तागावा र मेख्ली भनेर निर्णय त गर्यो। तर उसले आम समुदाय लाई चिनाउँन,पहिरन लगाउँने बिषयमा कुनै नीति बनाएन। जुन कुराहरु कियाचु केन्द्रिय कमिटिको चासोक तङनाम २०७० को गतिबिधि र फोटोहरु हेरेर नै प्रष्ट हुन्छ। केन्द्रिय समितिको यस्तो निस्कृयताको बारेमा कियाचु कतारले बारम्बार आवाज उठाई रह्यो। तर सुने पनि नसुने'झैँ गरि रह्यो। र यहि पोशाकको बारेमा पनि कियाचु कतारले केन्द्र लाई फोन,चिट्ठि,ईमेलको माध्यम द्वारा कैँयौँ पटक लिम्बु पोशाक "तागावा र मेख्लि" लाई प्रचार प्रसार गर्न र कतार लाई पनि उपलब्ध गराउँन आग्रह गरेको थियो। लामो दबाब र आग्रह पछि संस्थागत रुपमा पुरुष/महिला गरि जम्मा १० जोर र केहि ब्यक्तिगत रुपमा अर्डर बमोजिम लिम्बु जातिय,सांस्कृतिक पोशाक तथा सामग्री उत्पादन गरिरहेको "कल्पना बुटिक उद्योग" बाट उपलब्ध त गरायो । तर ती पोशाकहरु तागावा र मेख्लि नभई उहि दौरा सुरुवाल लाई नै ढाकाको किनारी लगाइ केहि कलात्मक मात्र बनाईएको थियो। तर हाम्रा बाऊ सम्मकाले जानेको देखेको र चुम्लुङले पारित गरेको तागावा र मेख्लि त्यो थिएन। त्यसैले ती पुरुष पोशाक लाई रद्द गरी पुन: ५ जोर तागावा कियाचु कतारले झिकाएको हो। वास्तवमा राई र सुनुवार जातिहरुले लगाएको दौरा सुरुवाल पनि उनीहरुको जातिय पोशाक नभई नेपाल सरकारले तोकेको राष्ट्रिय पोशाक दौरा सुरुवाल नै थियो। तर ३ किराँति संस्था मध्ये दुईटा संस्थाको पोशाक एउटै भएको र अर्को सहोदर किराँति संस्था चुम्लुङको मात्र अलग हुनु,त्यसमा पनि चुम्लुङ भित्रै पनि भिन्नता देखिनुले निश्चय पनि लिम्बु समाज फुट परस्त रहेको संकेत स्पष्ट झल्काएको थियो। तर यस संकेतको साथ साथै चुम्लुङले ईतिहासमै पहिलो चोटि फरक संरचनाको आफ्नो ऐतिहासिक जातिय पोशाक तागावा र मेख्लि लाई हजारौँ जनमास बीच प्रदर्शन गरेको छ।यसले चुम्लुङ लाई एक कदम अगाडी पनि उभ्याएको छ। हुन सक्छ,यो पोशाक (दोहामा) पहिलो पटक देखिनमा आएकोले धेरैलाई नौलो लाग्न स्वाभाविक थियो ।कार्यक्रमका पाहुनाहरुले (जो गैह्र किराँती थिए) समेत किराँतीहरुले यस कार्यक्रममा आफ्नो जातिय पोशाक दौरा सुरुवाल लगाएर प्रस्तुत भएकोमा खुशी ब्यक्त गरे। त्यो फुर्क्याई लाई दौरा सुरुवालमा सजिएका हाम्रा ती किराँती साथिहरुले कुन अर्थमा बुझे कोनि..?तर मैले भने ब्यंग्यात्मक प्रशंशा मात्र ठानेको छु। जे होस् यस पटक ती अतिथिहरुले फरक प्रकृतिको पोशाक देखे पनि नाम जानेनन्। तर अर्को पटक भने अवश्य पनि लिम्बु जातिहरुको राष्ट्रिय पोशाक तागावा र मेख्लि हो भनेर जान्नेछन्। तर यो अभियान लाई भने कियाचु केन्द्रिय कार्यालय नेपाल र लिम्बु समुदायले निरन्तरता दिँदै जानु पर्दछ भन्ने उहाँको कथन थियो ।
यसै गरि अध्यक्ष लोकेन्द्र कुमार तुम्रोक, प्रमुख सल्लाकार दिलकिरण खजुम, उपाध्यक्ष नरेन्द्र एभेङ, अबिर मादेन र हरि भक्त्त जबेगु सँग तहल्काले सोधेको प्रश्नमा उहाँहरू भन्नु हुन्छ, वास्तबमा किरात लिम्बू जातिहरूको राष्ट्रिय पोशाक कार्यक्रमा अध्यक्ष तुम्रोक र कलाकारहरूले लगाएका तागाबा र मेख्लिनै हो । ज-जसले पछिल्लो पटक आधुनिक तरिकाले परिमार्जित गरिएको रङी-चंगी दौरा सरुवाल लाई ढाकाको किनारा भरिएको फोशाक लगाउनु भएको थियो त्यो लिम्बू जातिको राष्ट्रिय पोशाक नभई आधुनिक दौरा सरुवाल भएको उहाँहरूको दाबी छ। कियाचु केन्द्रिय कार्यालय नेपालले पनि २०५२ सालमै निक्कै लामो खोज अनुसन्धा पच्छी पारित गरेको पोशाक पनि "तागाबा र मेख्ली"नै हो । तर दु:खको कुरा कियाचु नेपालले गाऊ गाऊ, बस्ती बस्ती सम्म लिम्बू जातिको राष्ट्रिय पोशाकको बारेमा प्रचार प्रसार नगर्नाले यो समस्या देखा परेको हो भन्ने उहाँहरूको एउटै मत छ!
प्रमुख सलाकार खजुम थप्नु हुन्छ> फेरी हामि किरात लिम्बुहरु पनि दुई धारका छौ, त्यसैले कसैले यो सेतो रंगको तागाबालाई सत्यहाङहरूको पोशाकहो भनेर गलत् अर्थमा बुझ्नेहरु पनी उत्तिकै छन् । तर वास्तबमा लोप हुन लागेको हाम्रो पोषकलाई किरात साहित्य उथ्थान सँग(सत्यहाङ)हरूले प्रयोगमा ल्याएकाहुन! तागाबा र मेख्लिनै हाम्रो राष्ट्रिय पोशाक हो, त्यसैले एकरुपत ल्याउनको लागि कियाचु केन्द्रिय कार्यलाई यथासक्य चाडै पहल गराउने खजुमले बताए।
![]() |
| प्रमुख अथिथिलाई स्वागत गर्दै लिम्बु कलाकार परिसदका कलाकारहरु! |
संयुक्त ऐतिहासिक कार्यक्रमको अन्त्य औपचारीक रुपमा मुल समारोह संयोजक तुम्रोकले गर्नु भएको थियो भने कार्यक्रम संचालन किरात राई यायोक्खा महा-सचिब देबराज राईले गर्नु भएको थियो ।
![]() |
| लिम्बु जातिको या-लाङ्ग गर्दै लिम्ब सास्कृतिक परिषदका अध्यक्ष श्रवण लिम्बु, उपाध्यक्ष हर्क खजुम लगायत कलाकाहरु। |


