दोहा (कतार) , जेष्ठ २९ - कतारको एउटा क्लिनिङ कम्पनीमा कार्यरत धरानकी सुरेखा गुरुङ मृत फेला परेकी छन् ।
कतारको राजधानी दोहास्थित समुद्रि किनार (कर्नेस)मा उनलाई मंगलबार साँझ प्रहरीले मृत अवस्थमा फेला पारेको हो । उनको हत्या वा आत्महत्या भन्ने विषयमा प्रहरीले छानबिन गरिरहेको छ ।
'त्यस दिन सुरेखाको ड्युटी थियो । तर, आफ्नो काम भएको भन्दै अर्का साथीलाई ड्युटी पठाएकी रहिछन्, सँगै काम गर्ने संगिता लामाले भनिन्, 'हामीलाई एक्कासी राति १२ बजे प्रहरी क्याम्पको खानतलासी गर्न आएपछि मात्रै जानकारी भएको हो ।'
गुरुङ बिहानै कम्पनीको बसमा चढेर क्याम्पबाट बाहिरिएकी थिइन् । प्रहरीले गुरुङको सट्टामा ड्युटी जाने एक जना नेपाली महिलालाई सोधपुछको लागि नियन्त्रणमा राखेको छ ।
श्रीमानसँग सम्बन्ध बिच्छेद भएपछि उनी दोहामा आएकी थिइन् । प्रहरीले उसँग चिनजान रहेको केटा साथीको खोजी गरिरहेको छ । 'हामीले यसबारे सूचना छ । तर विस्तृत जानकारी छैन,' कतारस्थित नेपाली दुतावासका कार्यबाहक राजदूत गणेश ढकालले भने ।
!!साभार!!
