पूर्वप्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठको उपचारका क्रममा आज बिहान निधन भएको छ ।
श्रेष्ठको पार्थिव शरीर दिउँसो १ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि काठमाडौँको धापासी हाइटस्थित निजी निवासमा राखिने राप्रपा नेपालका केन्द्रीय सदस्य मोहन श्रेष्ठले जानकारी दिनुभयो
श्रेष्ठको पशुपति आर्यघाटमा परम्पराअनुसार आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । श्रेष्ठ पञ्चायती शासनको अन्तिम समयमा करिब चार वर्ष मुलुकको प्रधानमन्त्री बन्नुभएको थियो । स्वर्गीय श्रेष्ठका श्रीमति, तीन छोरा र एक छोरी हुनुहुन्छ

No comments:
Post a Comment