दाङ, साउन ३०
नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष नगेन्द्र कुमालले आदिवासी जनजाति अधिकारका निम्ति संबिधानसभाको निर्वाचन हुनैपर्ने बताएकाछन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा दाङले आज (बुधवार) दाङको घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कुमालले संबिधान निर्माण भए मात्रै आदिवासी जनजातिको अधिकार सुनिश्चित हुने बताउँदै मंसिर ४ गते हुने भनिएको निर्वाचन कुनैपनि हालतमा हुनुपर्ने बताए ।
आदिवासी जनजाति महासंघ आदिवासी जनजातिहरुको पहिचान सहितको संघियताका पक्षमा, संघिय राज्य निर्माणका पक्षमा निरन्तररुपमा आन्दोलनमा रहेको भन्दै अध्यक्ष कुमालले केही ब्यक्तिहरुले एनजिओ आईएनजिओको सहयोग नभएपछि महासंघको आन्दोलन तुहियो भनेर गलत हावा फैलाएको भन्दै महासंघको आन्दोन कुनैपनि हालतमा नरोकिने स्पष्ट पारे । कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष कुमालले आदिवासी जनजातिको सवालहरु, मुद्दाहरु सम्बोधन भएनन् भने मुलुक अगाडी बढ्न नसक्ने बताउँदै संबिधानमा पहिचान सहितको संघियतासहितको संबिधान निर्माण हुनुपर्नेबताए ।

त्यस अवसरमा बोल्दै महासंघका निवतमान अध्यक्ष तथा वर्तमान सल्लाहकार राजकुमार लेखीले पहिचानसहिचको संघियता सुनिश्चित हुनेगरी संबिधान निर्माण गरिनुपर्ने बताए । महासंघ आधिकारीक रुपमा एकल जातिय राज्यको बिरुद्धमा भएको भन्दै आदिवासी जनजातिहरुले एकल जातिय राज्य नभएर पहिचान सहितको संघियता चाहेको बताए ।
फोनिज दाङका अध्यक्ष देविका घर्ती मगरको अध्यक्षतामा सम्मेलन भएको थियो । पार्षद् माधव चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण सचिव शिव घर्ती मगरले गरेकाथिए ।
श्रोत>राज्यसत्ता
No comments:
Post a Comment