Wednesday, August 14, 2013

"मञ्च सम्बद्ध लिम्बुवानको क्षेत्रीय समिति गठन"


यतुकुमार सम्बाम्फे  दोहा,                   नव निर्वाचित समिति

2013 अगष्ट 10 तारिक शनिबारका दिन लिम्बुवानप्रेमी श्री सुरेन्द्र लिम्बु ज्युको अध्यक्षता र मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद केन्द्रिय प्रवास कार्य समिति कतारका अध्यक्ष श्री नरेन्द्र कुमार एभेङ ज्युको प्रमुख आथित्यमा सम्पन्न भएको औपचारिक कार्यक्रम बाट 11 सदस्यीय मञ्च सम्बद्ध स.लि.रा.प.प्रवास अलखोर क्षेत्रीय कार्य समिति सर्व समहतीले चयन गरेको छ।परिषदका प्रवास केन्द्रिय कार्य समिति कतारका प्रवक्ता श्री मिङ्सो सुहाङ ज्युको सञ्चालनमा भएको उक्त कार्यक्रममा परिषदका केन्द्रिय सचीव श्री डम्बर लिवाङ ज्युले स्वागत मन्तब्य राख्नु भएको थियो।यसै गरेर शुभकामना राख्ने क्रममा परिषदका कोषाध्यक्ष श्री अबीर मादेन ज्युले लामो समय देखि लिम्बुवानवासीहरु लाई केन्द्रिकृत एकात्मक राज्य सत्ताले अन्यायमा पार्दै आएकोले अब त्यसको मुक्तिको खातीर फरक धारको राजनीतिक बाटो मार्फत आफ्नो मुक्तिको निकास खोज्नु पर्ने बताउँनु भयो।यसरी नै परिषदका प्रथम केन्द्रिय उपाध्यक्ष श्री यतु कुमार लिम्बु ज्युले पार्टीको नीति र अवधारणा,संघीयता र एकात्मक ब्याबस्था बीचको अन्तर,सह-अस्तित्ववादी लिम्बुवानी आन्दोलन र त्यस बाट प्राप्त हुने सुन्दर सप्तरंगी ईन्द्रेणी समाजको बारेमा चर्चा गर्नु भएको थियो।मन्तब्यकै क्रममा परिषदका केन्द्रिय अध्यक्ष श्री नरेन्द्र कुमार एभेङ ज्युले नेपालको वर्तमान राजनीतिक अवस्था,संघीयता,गणतन्त्र र धर्मनिरपेक्षताको बिरुद्धमा एकात्मकवादी हरुको चलखेल र त्यसको प्रतिरक्षाको निम्ति मञ्च सम्बद्ध लिम्बुवानको भावी रणनीतिको बारेमा प्रकाश पार्नु भएको थियो।यसरी नै परिषदका केन्द्रिय सल्लाहकार सदस्य श्री अशोक योङ्हाङ ज्युले समय र परिस्थितिको सहि मुल्यांकन गर्दै सम्पुर्ण लिम्बुवान वासीहरु यो जाती वा त्यो जाती नभनी एकजुट भएर अघी बढ्नु पर्ने धारणा ब्यक्त गर्नु भएको थियो।यसरी नै लिम्बुवानप्रेमी श्री ओम दाहाल ज्युले आफ्नो सुन्दर कवीता मार्फत नेपालको राजनीति र नेतृत्व प्रति तीखो आलोचना गर्नु भएको थियो।नव निर्वाचित पदाधिकारीहरु निम्नानुसार रहेका छन्।
अध्यक्ष श्री सुरेन्द्र लिम्बु,उपाध्यक्ष श्री ओम दाहाल,सचीव श्री मनकुमार वाम्बुले राई,सहसचीव श्री सुर्य गुरुङ,कोषाध्यक्ष श्री गणेश लिम्बु,सदस्य श्री सङ्सारहाङ चबेगु,सदस्य जोगेन्द्र माङ्मु,सदस्य श्री पदम संग्रौला,सदस्य श्री उपेन्द्र लिम्बु,सदस्य श्री पिताम्बर लिम्बु,सदस्य श्री भीम चोङ्बाङ रहनु भएको छ। 
जय लिम्बुवान, संघीय अभिवादन !














स।लि।रा।प। कतार केन्द्रिय समितिबाट पाल्नु भएका अथितीहरू



No comments:

Post a Comment