भाद्र २८ दमक, ३३ दलीय राजनीतिक मोर्चाको प्रतिनिधित्व गर्दै बैठकमा गएका माओवादीका सचिव देव गुरुङका अनुसार बैठकमा वर्तमान चुनावी सरकार विघटन गरी सर्वदलीय सरकार गठन गर्नुपर्ने, सहमतिको आधारमा सरकारको नेतृत्व गराउने नै हो भने वर्तमान मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीसको पदबाट राजिनामा दिनुपर्ने, चुनाव अगामी चैतका लागि सारिनु पर्ने र नयाँ बन्ने संविधानका अन्तरवस्तुहरुका सैद्धान्तिक कुराहरुमाथि छलफल हुनुपर्ने प्रस्ताव राखेका छन् ।
‘हाम्रो प्रस्तावलाई अरु दलका नेताहरुले सकरात्मक रुपमा लिएको पायौं, उहाँहरुले हामी लचिलो भएर आएको बताएका छन्’ बैठक पछि गुरुङले संवाददाताहरुलाई भने, ‘उहाँहरुले आन्तरिक छलफलका लागि भोली एक दिनको समय माग गर्नु भएको छ ।’
शनिबार आन्तरिक छलफल पछि आइतवार नै राष्ट्रपति निवासमै फेरी सर्वदलीय बैठक बस्ने तय भएको छ ।
No comments:
Post a Comment