 |
| फोटो : कार्यक्रमको औपचारीक उत्घाटन हुँदै। |
दोहा, २२ भाद्र : नेपाली हिन्दू नारीहरूको महान चाड हरितालिका तीज दोहाको नज्मा स्थिति इष्ट वेष्ट होटेलमा भब्यताको साथ सम्पन्न भयो । कार्यक्रमका सभापति जि.बी. परिवार, प्रमुख अथिती मेनुका खड्का, बिशेष अथिती - लगायत को सयुत्त हस्तवहालिमा दीप प्रजलन, ब्यानर अनावरण तथा राष्ट्रिय गान गाएर कार्यक्रमको औपचारीक सुरुवात भएको थियो भने मिना खड्काले स्वागत मन्तब्य राख्नु भएको थियो । खड्काले स्वागत मनतब्यकै क्रममा बहु-धार्मिक्, बहु-भाषी, बहु-जाती, बहु सस्क्रिती बिशेषता युत्त नेपालका हामि नेपालिहरू विश्वको जुनसुक्कै कुना कन्दरामा पुगेता पनि हामि, हाम्रो मौलिक चाड पर्व अनि परम्परा भन्दा टाडा रहन सक्दैनौ। हाम्रो परम्परागत रितिरिवाजनै हाम्रो प्रमुख पहिचान हो यसरिनै हामिले हाम्रो पहिचानलाई बचाइ राख्नु पर्छ । आफू बैदेशिक रोजगारिको शिलसिलामा दोहा कतारमा रहेर पनि आज आफ्नै गाऊ घरमा धुम-धाम साथ तिज पर्व मनौदै गरेको आफ्नो अनुभव रहेको उहाँले बताउनु भयो । र यसरिनै आफ्नो पहिचान अर्थात परम्परागत रितिरिवाजलाई बचाइ राख्न अन्य धर्मलम्बी दिदि-बहिनी तथा दाजु-भाइहरू समेतलाई आग्रह गर्नु भयो । हरितालिका तिज हिजोका दिनमा यो चाड हिन्दु धार्मिक मुल्य र मान्यतामा सिमित थियो,त्यो अवस्थामा हिन्दु नारीहरुको लागी यो अति नै पवित्र, मुल्यवान र समतामुलक चाड पनि थियो।तर आज आएर यो चाडको निरपेक्षता संगै यसका धार्मिक मुल्य,मान्यता र पवित्रताहरु जोगाउँन निक्कै हम्मे हम्मे परिरहेको साथै गाउँघर कुना कन्दराका गरीब किसान,पाका नारीहरुको लागी यो चाड पुर्णरुपमा बिस्थापित भई शहरिया,धनाढ्य बर्गका नारीहरुको आफ्नो हैसियत प्रदर्शन गर्ने थलो मात्र बन्दै गरेको र आधुनिकताको नाममा यो चाडले बिकृति,बिसंगति र वर्गीय बिभेदको ठुलो फाटो निम्त्याएमा उहाले त्यस परि गहिरो चिन्ता ब्यात गर्नु भयो। र हिजो एउटी हिन्दु महिलाले आफ्नो माईतिको निमन्त्रणा पाएर माईतिघर गई शिवजी को पुजा आराधाना गरी दर खाएर बाल्यकालको साथी संगिनी संग नाच्दा गाउँदा,रमाईलो गर्न पाउँदा अर्कै आनन्द महसुस हुन्थियो । हिजो आज यस पर्वलाई नारीहरूले नयाँ फेशनका कपडा,महंगा गरगहनामा सजिएर तीजको नाममा शहरका चौक र पार्टी प्यालेस तिर बीयर र सेकुवा खाँदै डिस्कोमा रमाउँदा नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तिजको अपमान नारिहरुबाटै भई रहेको र यसरी धाम्रिक मुल्य र मान्य नजोगिने भएकोले यस्ता बिक्रितीहरू बाट सधा सचेत रहन सबैलाई ध्यानकर्षण गराउदै आगन्तुक ३०० जनाको जमात रहेको पाहुनाहरुलाई स्वागत गर्नु भएको थियो ।
यसरिनै दर्शकलाई प्रवासी नेपाली सांगितिक परिवारले "कालिमा काली हेर्दामा दिलवाली" लगायत धेरै तीजका गितहरुमा नृत्य प्रस्तुत गरि दर्शकलाई मनोरजन दिलाएको थियो भने स्थानिय गायक नविन खनाल को समुधुर स्वर अनि (गीतको बोल) "यहाँ यस्तै छ सबै कुरा भन्दा नी पैसा ठुलो छ। ……… " भन्ने गितले कार्यक्रम हलनै गुन्जयमान अनि तालिमय भएको थियो ।
कार्यक्रमलाई जोड दार रुपमा प्रमेश दाहाल र कृष्ण सिवा ज्युले सन्चालन गर्नु भएको थियो ।
 |
| तीज कार्यक्रममा सहभागी दिदि-बहिनीहरु ! |
 |
| मासको सामुहिक फोटो। |
 |
| कार्यक्रमको उत्घाटन समारोहमा मिना खड्का द्वारा दिप प्रजलन गरिंदै। |
No comments:
Post a Comment