काभ्रे, भाद्र २६ - नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेलले संविधानसभाको निर्वाचन ध्वस्त पार्ने चेतावनी दिँदै उम्मेद्वारी दिनेलाई बाँकी नराख्ने धम्की दिएका छन् । उनले उम्मेद्वार बनेकालाई गाउँ प्रवेशमा रोक लगाउन कार्यकर्तालाई निर्देशनसमेत दिए ।
बुधवार बनेपामा आयोजित युवा मार्चपास कार्यक्रमलाई सम्बोधन गदै गजुरेलले मंसिर ४ मा हुने चुनावले नेपाल सिक्किमीकरण दाबी समेत गरे । 'कथित संविधानसभाको निर्वाचनमा उम्मेदवार नबन्न र नबनाउन परिवारका सदस्यहरुलाई अनुरोध गर्दछौं,' उनले भने ,'यदि हाम्रो आग्रहलाई अटेर गरेर उम्मेदवारी दर्ता गरे त्यो उम्मेदवार घर फर्कने नफर्कने ठेगान हुँदैन ।'
उनले नेकपा-माओबादीले राखेको गोलमेच सम्मेलन र १८ बुँदे मागलाई सम्बोधन गरे आगामी चैतसम्ममा संविधान सभाको चुनाव हुने संकेत गरे । 'वार्ताबाट हामी भागेका होइनौं,' उनले भने, 'चार दल वार्ताबाट भागेका हुन् ।' सेनाको काम सिमा सुरक्षा गर्ने भन्दै उनले चुनावमा सेना उतार्न नहुने बताए । 'सेना प्रयोग गरे चुनाव होइन, द्वन्द्व हुन्छ,' उनले भने, 'सेनाले सीमा सुरक्षा गर्ने हो । जनतालाई गोली हान्ने होइन ।'
कथित संविधान सभा बहिष्कार गरौं भन्ने नारा लेखिएको रातो टिसर्ट लगायका करिब दुई हजार युवाहरुले धुलिखेल बसपार्कबाट बनेपासम्म करिब ६ किलोमिटर मार्चपास गरेका थिए । मार्चपास बनेपा बसपार्कमा आएर कोणसभामा परिणत भएको थियो ।
स्रोत कास.
स्रोत कास.
No comments:
Post a Comment