Saturday, June 21, 2014

नेपाली महिला समाजको प्रथम अधिवेशन सम्पन्न |


  • निर्बिरोध अध्यक्षमा रेखा राइ निर्वाचित।

फोटो साभार> फेसबुक @ रेखा राइ 
पूर्ण सुहाङ्,दोहा,२१ जुन- नेपाली महिला समाज कतारको प्रथम अधिवेशन "नेपाली महिला समाजको चाहना, एकता र सहयोगको बिसुद्ध सामाजिक भावना" भन्ने मुल नाराको साथ गत २० जुन शुक्रवारको दिन दोहा ग्राण्ड प्यालेस होटलमा प्रथम अधिवेशन सम्पन्न भएको छ। नेपाली महिला समाजकी अध्यक्ष रेखा राईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी नियोगका श्रमसहचारी ईन्द्रदेब पाण्डे लगायत अन्य अतिथीले ब्यानर अनवरण, दिप प्रज्वल गरी राष्ट्र गानबाट कायक्रमको सुरुवात भएको थियो। कार्यक्रममा "प्रवासी नारिको शन्देश"को पनि अतिथिहरु दुव्रा बिमोचन भएको थियो। नेपाली महिला समाजको कार्य प्रतिबेदन समाजकी सचिब अमिनाखानले प्रस्तुत गर्नु भएको थियो। समाजले गैर आवासिय नेपाली संघ NRNAN का अध्यक्ष मक्सुद आलम, पत्रकार तिल बिक्रम थेबे, सुरज तामाङ लगायतलाई मानर्थ सदस्यता प्रदान गरेको थियो। भोला थापा, करिम मिया, मिना तामाङ, मणी आचार्य , सुरज लामा, इन्दिरा शाह, उर्मिला राइ, तिर्थ संगम राई, बिजय कुमार याक्थुङ्वा लगायत अरुलाई समाजले प्रसंशा पत्र बितरण गरेको थियो। भने खोटाङ सेवा समाज, तामाङ सेवा समाज र केही बुद्धिजिवीलाई सम्मान पत्र पनि बितरण गरेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथी ईन्द्रदेब पाण्डेले गत साता कर्नेसमा घटेको घट्नाले नेपाली समुदायलाई मार्महित बनाएको भन्दै सुरक्षाको लागि समुह अनिवार्य भएकोले सबै महिला दिदिबहिनीहरु नेपाली महिला समाज कतार संस्थाको छातामुनी आएर गोल्बन्द भाई सुरक्षित हुन आव्हान गर्नु भएको थियो र महिला हक अधिकार सम्बन्धी निर्देशिका बन्दै गरेकोले सबै संसस्थालाई उचित सुझाब दिन आग्रह गर्दै बर्तमान कार्यसमितिलाई धन्याबाद र बन्न लागेको समितिलाई कार्यकालको शुभकामना दिनु भएको थियो। कार्यक्रममा तमु समाजकी महिला संयोजक मनु गुरुङले कतारमा घट्ने घट्नाहरु अक्शर नेपाली समुदायबाटनै भई रहेकोले महिलाहरु आँफै सचेत रहन अाग्रह गर्नु भएको थियो। कार्यक्रममा एनसिसी अध्यक्ष मक्शुत आलम, उपाध्यक्ष टीबी कार्की बुद्धिजिबी बिल गुरुङ, अमृत गुरुङ, पत्रकार तिल बिक्रम थेबे, सहयोगी कारीम मिया,तमाङ सेवा समाजकी नेत्री मिना तामाङ र नेपाली जन संपर्क मञ्चका अध्यक्ष बिमल सुबेदी,जनप्रगतिशिल मञ्चका अध्यक्ष होमनाथ शर्मा, नेपाली एकता समाजका अध्यक्ष टुकुनाथ शर्मा,मंच सम्बद्ध लिम्बुवानका प्रबक्ता मिङ्सो सुहाङ लगायतले मनतब्य राख्नु भएको थियो।यसरीनै स्याङ्जा समाजका बुद्धी बिक,नेपाली मगर संघका अध्यक्ष शरण थापा मगर,सुनुवार सेवा समाजका सोम सुनुवार, कारत याक्थुम चुमलुङ्का महा सचिब राजेन्द्र साम्मेखाम कपिल्बस्तु समाजका खान अबुकलम, स्याङ्जा समाजका भेषराज परिवार, रामेछाप समाजका राजेन्द्र मगर, गल्फ टाइमकी पत्रकार उषा वाग्ले,निवर्तमान किरात राइ यायोक्खाका अध्यक्ष धीरज चाम्लिङहरु अतिथी हुनुहुन्थ्यो। नेपाली महिला समाज कतारको २ वर्षे कार्यकालको आर्थिक प्रतिबेदन समाजकी कोषाध्यक्ष संगिता लामाले प्रस्तुत गर्नु भएको थियो। कार्यक्रममा बोल्ने बक्ताहरुले सामाजिक सेवाको पाठ महिला समाजबाट सिक्नु पर्ने बताउदै २ वर्ष कार्यरत समितिलाई बिषिष्ट काम गरेको भन्दै धन्यवाद र आउदो नयाँ समितिलाई शुभकामना दिएका थिए। 

१५ जुलाई २०१२मा स्थापना भएको नेपाली महिला समाज कतारले २ वर्ष पछी प्रथम अधिवेशन गरेको थियो। यस अधिवेशनबाट निर्बिरोध अध्यक्षमा रेखा राइ निर्वाचित हुनुभएको छ भने निर्बिरोध महासचिब पदमा जानुका खड्का (बस्नेत) निर्वाचित हुनु भएको छ| यसैगरी प्रथम उपाध्यक्ष-अमिना खान, दुतिय उपाध्यक्ष- संगिता लामा,कोषध्यक्ष-शुस्मिता भुसाल, सह-कोषाध्याक्ष रेनुका चौलागाई, यसै गरि क्रमस सदस्यहरुमा जानुका मगर, इस्वरा मगर, सर्मिला मगर, उर्मिला राइ, बिष्णुमाया सुनुवार, लक्ष्मी गुरुङ, अस्मिता गरुङ, मिना तामांङ निर्वाचित हुनु भएको छ भने सचिब र एक सदस्यको पद रिक्त रहेको समाजकी अध्यक्ष रेखा राइले बताउनु भयो ! खुल्ला सत्र र बन्द सत्र दुवै कार्यक्रम समाजकी महा सचिब जानुका खड्का (बस्नेत) ले संचालन गर्नु भएको थियो |

Friday, June 20, 2014

इराकमा रहेका नेपालीको उद्धारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने -

५ असार, काठमाडौ ।
नेपाल सरकारले इराकमा रहेका नेपाली हालसम्म सुरक्षित अवस्थामा नै रहेको र अपहरण हताहत वा अन्य घटना नपरेको जनाएको छ ।

सुरक्षा स्थिति बग्रिदै गएर सहयोग गर्नुपर्ने अवस्थामा उद्धारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने स्पष्ट गरेको छ । इराकमा विकसित पछिल्लो घटनाक्रमलाई सरकारले गम्भीरतापूर्वक अवलोकन गरिरहेको बताउँदै परराष्ट्र मन्त्रालयले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाली हालसम्म सुरक्षित अवस्थामा नै रहेको स्पष्ट गरेको हो ।
iraq rebel killing armyइराकमा शसस्त्र आन्दोलनरत विद्रोहीले इराकी सैनिकलाई मारेको दृष्य
“तथापि त्यहाँको खस्कँदो सुरक्षा अवस्थाले कुनै बखत नेपालीलाई पनि प्रभावित पार्न सक्ने देखिएकाले इराकमा रहेका नेपालीलाई सुरक्षित स्थानमा बस्न, बाहिर डुल्न र ननिस्कन तथा सम्भव भएमा व्यवस्था मिलाई नेपाल फर्कन परराष्ट्र मन्त्रालय अनुरोध गर्दछ,” मन्त्रालयका प्रवक्ता दीपक धितालले भन्नुभयो ।

नेपाली बढी केन्द्रित बगदाद, बसरा, कारवाला र नजाफ जस्ता सहरको सुरक्षा स्थिति तुलनात्मक रुपमा स्थिर रहेको बताइएको छ । सरकारले इराकको सुरक्षा अवस्था अझै बिग्रिएमा त्यहाँका नेपालीलाई कसरी उद्वार गर्न सकिन्छ भनेर श्रम, गृह, स्वास्थ्य, पर्यटन र परराष्ट्र मन्त्रालयका प्रतिनिधि सम्मिलित संयन्त्रसमेत बनाएको छ ।

सो संयन्त्रको आज श्रम तथा रोजगार मन्त्रालयमा सरोकार भएकाहरुको बैठक बसेको जानकारी दिँदै सहसचिव प्रकाश सुवेदीले इराकामा रहेको नेपालीको तथ्याङ्क लिने र वैदेशिक रोजगारसँग सम्बन्धित संस्थाले पनि यसमा सहयोग गर्ने वचन दिएको बताउनुभयो ।

इराकमा कति नेपाली कार्यरत छन् भन्ने आधिकारीक तथ्याङ्क सरकारसँग छैन तर त्यहाँ उल्लेख्य सङ्ख्यामा नेपाली रोजगारका लागि गएको बताइन्छ । उद्धारका लागि विदेशस्थित कूटनीतिक नियोग तथा मिसन र अन्तर्राष्ट्रिय संस्थासँग पनि समन्वय गरिने बताइएको छ ।

मन्त्रालयले इराकमा कार्यरत नेपालीका आफन्त, सदस्य, इष्टमित्र वा साथीभाइ जोकोहीलाई इराकमा कार्यरत नेपाली कहाँ बस्छन् र कसरी सम्पर्क गर्न सकिन्छ भनेर जानकारी दिन आग्रह गरेको छ । त्यसका लागि टोल फ्रि नंको व्यवस्था गरिएको र रेस्क्यु एट द रेट मोफा डट जिओभी डट एनपी (rescue @mofa.gov.np) मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।

पाकिस्तानस्थित राजदूतावासबाट इराकको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीसँग सम्पर्क कायम गरिएको र नेपालीको सुरक्षातर्फ विशेष ध्यान आकृष्ट गरिएकामा इराकी विदेशी मन्त्रालयका उच्च अधिकारीले सहयोगको सकारात्मक जवाफ दिएको पनि सो पत्रकार सम्मेलनमा जानकारी दिइयो । रासस