Wednesday, March 12, 2014

नेमस कतारको भाग्यशाली उपहार नतिजा सार्वजानिक !

१२ मार्च दोहा, युएईमा मृत्यु दण्ड सुनाइएका अनिश खालिंग बचाउ अभियान सहयोगार्थ नेपाली महिला समाज कतारले आयोजना गरेको  भाग्यशाली उपहार गत ०७ मार्च २०१४ का दिन  अर्थात १०४औ विश्व नारि दिवसको अवशरमा दोहा स्थीत ब्रुस्ली रेस्टुरान्टमा भब्य कार्यक्रम गरि विजेताहरुको नामवाली सार्वजानिक गरेको छ|
नेपाली महिला समाजको चाहना एकता र बिशुद्ध सामाजिक सेवा "१०४ औ विश्व नारि दिवस, अनिश खालिंग बचाउ अभियान" भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रमको सभापत्तित्व समाजकी अध्यक्ष रेखा राइले गर्नु भएको थियो, भने प्रमुख अथिति कतार स्थीत नेपाली दुतावासका महामहिम कार्यबहाक राजदुत गणेस प्रसाद ढकाल हुनु हुन्थियो| यसै गरि  उत्त कार्यक्रममा दोहा स्थीत बिभिन्न संघ सस्था, मातृ सस्था, जिल्ला सस्था र बैचारिक संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो |
अभियान दोषीको आत्मबल बढाउने नभई पराया भूमीमा एक नेपाली नागरिकलाई अकाल मृत्युबांट बचाउन गरिएको निस्वार्थ मानव कल्याणकारी अभियान भएको र आगामी दिनहरुमा यस्तो घटना नदोहो¥याउन तमाम पर्देशी नेपालीहरु सजक रहनु पर्ने  भन्दै खालिंग बचाउ अभियान सहयोगार्थ आयोजना गरिएको भाग्यसाली उपहार योजनामा मसलन्द खर्चहरु कटाई नेपाली रु.१०००००/= ( एकलाख रुपैंया) उनको आफन्त नाराद राइ र रबिता राइको संयुक्त्त आइएमइ खातामा रकम जम्मा गरि सकिएको कुरा समाजकी अध्यक्ष रेखा राइले बताइन! 



उपहार विजेताहरुको नामावली यस प्रकार छ!

  नाम :                  कुपन नम्बर:          उपहार:
१. जोस रिकयोंग (Jose Ricayong) ८२५   प्रथम: १/२ तोला सुनको सिक्का 
२. प्रमोद मैनाली                 ३८३    दोश्रो : २८" को LCD TV
३. दिपक शाही                  १०७०   तेश्रो:  सोनी डिजिटल क्यामेरा
४. हिरा पुन                    १६३९   चौथो:  टेबलेट

५ शान्तवना पुरस्कार दुई जनालाई:

१. सन्जीब गोर                 १०६०    शान्तवना: एलइडी टोर्च
२. प्रमोद                      ०२१७   शान्तवना : एलइडी टोर्च

नोट: उपहार बिजेताहरुले नेपाली महिला समाज कतार का प्रतिनिधिहरुलाई सम्पर्क गर्न नभुल्नु होला र बिजेताहरुले अर्धकट्टी अनिवार्य साथमा लिएर हामि कहा सम्पर्क राख्न अनुरोध गरिन्छ!

Tuesday, March 11, 2014

सच्याइएको < ०८ मार्च, दुतावासको शरणमा ..........>




डी.बि.एल.>०८ मार्च दोहा, २२ महिना अगाडी  बैदेशिक रोजगारीको लागि  कतार आएका ताप्लेजुङ् निवासी सुरेन्द्र ओख्राबु (लिम्बु) र रामेछाप निवासी मोहन सुनुवारले ८ महिना यता आफूहरू कार्यरत कम्पनिबाट पाउनु पर्ने सरसुबिधा लगायत  परिश्रमिक ज्याला समेत नपाई रहेकोले अन्तत उनीहरुले घर फर्कने निर्णय गरे र घर जान पाऊँ भनि पटक पटक आफ्ना कम्पनीका मालिकलाई आग्रह गर्दा पनि अटेर गरेर बिभिन्न बहानामा अलमलाइरहेकोले खान, बस्न समेतमा समस्या परेको र  आफूहरू बस्दै आएको घरको भाडा तिर्ने पैसा समेत  नभएकोले घर मालिकले त्यहाबाट निस्क्नु पर्ने अल्टिमेट दिए पछि, कँहा जाने ? के गर्ने ? के खाएर बाच्ने ? अवस्थामा पुगेका ती नेपालीहरूलाई एक साता भित्रमा नेपाल फिर्ता पठाउन पहल गर्ने भनी  गैर आवसिय नेपाली सस्था एन।आर।एन का अध्यक्ष मक्सुद अलाम ज्युले प्रतिबद्दता दिनु भएको र नेपाली दुताबासको शरणमा महिनौ दिन बिती सक्दा पनि घर जाने कुनै प्रक्रिया हुन नसकेकोमा दु:ख ब्यात्त गर्दै नेपाली नियोग र सरोकारवला निकायहरुले यथासक्य चाडै पहल गरि हामीलाई घर जाने ब्याबस्था मिलाइयोस भनी उहाँहरूले आग्रह गर्नु भयो!
यता तहल्का बल्ग स्पोट डटकमले (मार्च३, २०१४)का दिन टेलीफोन संपर्क गरि दुताबासमा रहेका पिडितहरूको बारेमा के सम्म प्रक्रियाहरू हुँदै छन् भनि एनआरएनका  अध्यक्ष अलामलाई गरेको प्रष्नमा> आलम भन्नु हुन्छ सबै प्रक्रियाहरू पूरा भई सकेकोले उहाँहरूलाई शुक्रबार अगाबै नेपाल पठाउन सकिनेछ,भनी पनि अहिले सम्म उनीहरू दुतावासमै खुम्चिएर बसेका छन, भने ३ महिना अगाडी नेपाली दलाल मार्फत भारतको बाटो हुँदै कतार आइपुगेका पवित्रा जोसी आफुलाई नेपलका एजेण्डहरूले भनेको कम्पनी र काम नभएको र विभिन्न पीडाहरू सहन नसकी बन्दी अवस्थामा रहेकी जोसी मरे मर्छु बचेँ दुतावस सम्म पुग्छु र त्यहाबाट त पक्कै केहि  होला भनि १ तला माथी बाट हाम फाली धेरै दु:ख कस्टका साथ दुतावास आइपुगेकी जोसीले ९ दिन सम्म दुताबसमा बिताउनु पर्‍यो। र ५ दिन देखी (फिर्ती केन्द्र)सी,आइ,डी मा बसिरहेकी छिन् कहीले सम्ममा आफू नेपाल पुग्न पाउने हो केही थाहा नभएको पिडितले टेलेफोने मार्फत बताइन। यसरिनै ३ बर्षकि दुधे छोरीलाइ छाडेर धन कमाउन ठुलो सपनाको ढाकर बोकेर ८ महिना अगाडी कतार आइपुगेकी मिना उनी पनि नेपाली दलाल मार्फत भारतको बाटो हुँदै कतार आइपुगेकी र यहा आइ पुगे पच्छी नेपाल स्थित मेनपावर कम्पनीले भनेको काम, तलब र सुबिधा नपाएको, मानसिक्, शारिरिक, श्रमशोषरण जस्ता समस्याहरू खेप्न नसकेर दुतावासको शरणमा ५ दिन देखि बसेकी छिन् !मिनाले भाबुक हुँदै थप्छिन >- "म आएको कम्पनीले लेबर सप्लाइ गर्ने हो, त्यहा बिभिद समस्याहरू सामना गर्नु पर्ने हुन्छ र ती समस्याहरू लिएर कम्पनीको कार्यलयमा आएमा अर्थात आफूलाई काम गर्ने वातावरण अनुकुल नभएको ले म काम गर्न सक्दिन भनेर कम्पनीमा भन्यो भने कुटपिट गर्ने, खान नदिने जस्ता सजाय भोग्नु पर्ने र यसरिनै मैले जस्तै पीडा सहेर रहेका अन्य ५ जना नेपाली दिदि बहिनिहरू छन। उनिहरु पनि कहाँ र कुन अवस्थामा उद्धार'को आशामा होलान गह भरी आँशु पार्दै भनिन"! फेरी अर्की एक नेपाली चेली (गीता) पनि'पवित्र र मिना'को जस्तै समस्या लिएर केही दिन यता दुतावासमा आइपुगेकी बताउछिन। आफूहरूलाई नियोगले कहीले सम्ममा घर पठाउन प्रक्रिया पूरा गर्ने हो? दुतावासमा आपतमा परेका नेपाली महिलाहरूको लागि ब्याबस्थित आवासको ब्यबस्था नभएकोले यहा पनी बस्नमा निक्कै समस्या भएको बरु एकछाक भात र रोटीको त्यत्रो समस्या होईन महिलाहरूको लागि आवस अलिक ब्याबस्थित हुनु पर्ने हो। पुरुष दाजुभाई त यता उता लढेरै भए पनि रात कटाउन सक्नु हुन्छ हामीलाई त निक्कै समस्या हुन्छ यसबारेमा कतार स्थिति निपाली नियोग र सरोकारवला संघ संस्थाले चाडै पहल गरोस। र हामीलाई यथा सक्या चाडै नेपाल फिर्तीको लागि पहल गरियोस भनि पीडित चेलीहरूले नियोग र सरोकारवला निकायहरुलाई  आग्रह गर्नु भयो। 
पवित्रा जोषी र मिना लाई नेपाली महिला समाज कतार'की अध्यक्ष रेखा राईले  दुतावसमै पुगि हावाइ टिकेट उपलब्ध गराई सकेकी छिन भने मोहन सुनुवारको लागि पनि नेपाली महिला समाज कतार मार्फत नेपालीहरूको गैर आवसिय सस्था एन आर एन,कतारलाई बुझाई सकेको बताइन, र लिम्बूको लागि हावाइ टिकेट एनआरएन कतारले उपलबध गराउने भनि अध्यक्ष अलामले बताउनु भयो। 
सुधारिएको> पवित्रा जोशी र मोहन सुनुवारलाई नेपाली महिला समाज कतारले हावाई टिकेट उपलब्ध गरि सकेको छ! भने मिना को लागि निज कार्यरत कम्पनीमै अनुरोध गर्ने यदि कम्पनीले दिन नसकेको अवस्थामा नेमसक'ले नै उपलब्ध गराउने भनि अध्यक्ष रेखा राइले जानकारी गराउनु भयो! अर्का पिडित सुरेन्द्र लिम्बुको लागि एनआरएनए कतारले टिकट उपलब्ध गरि सकेको छ!

Monday, March 10, 2014

अनिशले 'ब्लडमनी'बाहेकको रकम नलिने


  • 'मजस्तै दुःख पाएकालाई दिनू'

  • अरु पनि छन् खतरामा

युएई, फाल्गुन २५ - एक पाकिस्तानीको हत्या अभियोगमा मृत्युदण्डको फैसला सुनाइए पनि  'ब्लडमनी' तिरेर माफी पाउन लागेका अनिश खालिङ राईले ब्लडमनी तिरेर बाँकी रहेको रकम आफ्नो परिवारलाई दिनु नपर्ने स्पष्ट पारेका छन् ।
झन्डै डेढ बर्षदेखि युएईको अल एनस्थित जेलमा रहेका राईले अनिश बचाउ समिति युएई तथा किरात राई यायोख्खाका प्रतिनिधिसँगको भेटमा यस्तो बताएका हुन् । लामो प्रयासपछि यूएईस्थित नेपाली राजदुताबासको पहलमा एनआरएनए युएईका अध्यक्ष तथा अनिश खालिङ बचाउ समिति युएईका संयोजक कृष्ण भुसाल, अनिश खालिङ बचाउ समिति युएईका प्रबक्ता तथा किरात राई यायोख्खा युएइका अध्यक्ष उमेश राई र किरात राई यायोख्खा युएईका संस्थापक अध्यक्ष खटक राई अल एनस्थित अनिशलाई राखिएको जेलमा भेट्न गएका थिए । एकसाता अघि यूएई भ्रमणमा आएका एनआरएन अध्यक्ष शेष घलेले अनिशलाई भेट्न खोजेको भए पनि भेट्न पाएका थिएनन् ।
भुसालका अनुसार ४ घण्टा कुरेपछि दुतावासको पत्रका आधारमा जेल प्रशासनले अनिशसँग भेट्ने अनुमति दिएको थियो । करिब ४५ मिनेटको भेटमा अनिशले पाकिस्तानीले अप्राकृतिक यौन सम्बन्ध राख्न खोज्दा भएको प्रतिकार, घटना कसरी भयो र कसरी  प्रहरीले पक्रियो भन्नेबारेबारे सबै विवरण सुनाएका थिए ।
एनआरएनए अध्यक्ष भुसालले अनिशले आफुलाई बचाउनका लागि विश्वभर रहेका नेपालीहरुले आवश्यक भन्दा बढी रकम सहयोग गरेकोमा आभार व्यक्त गरेका थिए । 'मेरो जीवन रक्षा नै सबैभन्दा  ठुलो कुरा हो, म सहयोग गर्नुहुने सबैलाई विशेष धन्यबाद दिन चाहन्छु । ब्लडमनी तिरेर बाँकी रहेको रकम म र मेरो परिवारलाई दिनु पर्दैन, त्यो रकम म जस्तै आपत विपतमा परेका नेपालीलाई सहयोग गर्ने काममा खर्च गरियोस्,' अनिशको भनाइ उधृत गर्दै भुसालले भने, 'विशेष गरेर यूएई र विश्वब्यापी रुपमा नेपालीहरुले अभियानको रुपमा अनिशलाई बचाउन आबस्यकता भन्दा धेरै रकम उठाउनु भएकोमा रकम उठाएर सहयोग गर्ने सबैलाई अनिशले बिशेष धन्यबाद ज्ञापन गर्नुभएको छ ।'
भुसालका अनुसार भेटको क्रममा अनिशले युएइको अदालतको फैसला अनुसार ब्लडमनी तिरेपनि आफु तत्काल जेलमुक्त नहुने र अदालतले तोकेको  र युएईको कानुनले निर्धारण गरे अनुसार ५ बर्षको  जेल सजाय ९ महिनामा १ बर्षका दरले ४५ महिनामा मात्र समाप्त हुने जानकारी गराएका थिए । अनिश सन् २०१२ को अगस्ट २४ मा जेल चलान भएका थिए । घटना २०१२ को अगस्ट २ मा भएको थियो । 
अनिशलाई आठ महिनाअघि अबुधाबीस्थित तल्लो अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो । माथिल्लो अदालतले दुई महिना अघि तल्लो अदालतको फैसला सदर गरेपनि ब्लडमनीको विकल्प खुला गरेको थियो । अनिश पक्राउ परेपछि दुताबासका कर्मचारीसँग कुराकानी भएपनि हालसम्म नेपालीले भेट्न पाएका थिएनन् ।
ब्लडमनीका लागि युएईबाट २४ लाख
यसैबीच अनिश खालिङ बचाउ समिति युएईको शुक्रबार सम्पन्न बैठकले अनिशलाई ब्लडमनीका लागि युएईबाट हालसम्म संकलित रकमको अन्तिम विवरण सार्बजनिक गर्दै उक्त रकम सशर्त अनिशकी पत्नी रविता र अनिश बचाउ समिति नेपालका संयोजक नारद राईको नाममा पठाउने निर्णय गरेको छ ।
अनिश खालिङ बचाउ समिति युएईको बैठकले अनिश बचाउ अभियानका क्रममा संकलित रकममध्ये ब्लडमनी तिरेर बाँकी रहेको रकम अन्य परोपकारी काममै लगाउनु पर्ने निर्णय पनि गरेको छ ।
अरु पनि छन् खतरामा
अनिश ब्लडमनी तिरेर बच्ने निश्चत भएपनि यूएईमै केही नेपालीको जीवन खतरामा परेको छ ।
एक भारतीय नागरिक सरद कुमार सेठ्ठिको हत्यामा संलग्नताको आरोपमा मृत्यूदण्डको सजाय तोकिएका दार्चुला धारी गाविसका अमरवहादुर बम २००३ देखि जेलमा छन् । सबै अदालती फैसलापछि पनि सरकारले पहल नगर्दा जेलमै छन् ।
कम्पनीमा काम गर्ने क्रममा मेसिन चलाउँदा भएको दुर्घटनामा पाकिस्तानी नागरिकको मृत्यु भएपछि स्याङजा पुतलीबजार २ का थमबहादुर कुँवरलाई क्षतिपूर्ति अर्थात ब्लडमनी वापत २ लाख दिराम (५६ लाख नेपाली रुपैयाँ) तिर्न कम्पनीले दवाव दिइरहेको कुबरले हालसालै सञ्चारकर्मीलाई बताएका छन् । सन् २०१२ को डिसेम्बर १२ मा उक्त घटना  भएको थियो ।’
केही दिन जेल बसेर छुटेपछि कम्पनीले फेरी काममा लगाएको र तलब पनि दिइरहेको छ तर कम्पनीले ब्लडमनी तिर्न दवाव दिएपछि आफू समस्यामा परेको उनी बताउँछन् । उनलाई यूएई बाहिर जान प्रतिबन्ध लगाइएको बताइएको छ ।
यसअघि केही बर्ष पहिले युएईमा हत्या आरोपमा मृत्युदण्डको सजाय तोकिएका दुर्गाबहादुर सुनुवार ब्लडमनीबाटै बचेका थिए । दुई महिना अघि एक बच्चाको हत्या आरोपमा घरेलु कामदारको रुपमा कार्यरत एक महिला दुबईमा पक्राउ परेकी छिन् । उनको नाम खुलाइएको छैन । उनलाई काम गर्ने घरकै बच्चालाई मारेको आरोप उनीमाथि लागेको छ ।
त्यस्तै यसै साता काठमाण्डौंक घर भएकी रचना महर्जनको रहस्यमय र शंकास्पद हत्या भएपछि गत मंगलबार दुबईमै झापाका एक युवालाई प्रहरीले पक्रेको छ । झापा सुरुङ्गाका युवा भट्टराई थरका भएको बताइएको छ । -अम्बिका भण्डारी/यूएई
kantipur.com

Sunday, March 9, 2014

दोहामा १०४औ विश्व नारी दिवस सम्पन्न!


दोहा,९ मार्च-बिश्वका आधा आकाश ढाक्ने महिलाहरुले १९११ देखी मनाउदै आएको महिला दिवस कतारमा कार्यरत नेपाली महिलाहरूले पनि ७ मार्च शुक्रवार छुट्टीको अवशर पारि भब्यताको साथ मनाएका छन। "नेपाली महिला समाजको चाहना । एकता र सहयोगी विशुद्ध सामाजिक भावना" भन्ने मुल नाराको साथ दोहा स्थीत ब्रुस्ली रेष्टुरेण्टमा  नेपाली महिला समाज कतारकी अध्यक्ष रेखा राइकी अध्यक्ष्तामा १०४ औ महिला दिवस मनाएको छ।

१०४औ महिला दिवस कार्यक्रम्को शुभारम्व प्रमुख अतिथी तथा कतारका लागि महमहिम कार्यबहाक राजदुत गणेश प्रसाद ढकाल र बिशेष अतिथिहरुबाट ब्यानर अनावरण, दिप प्रजल तथा राष्ट्रिय गीत बाट शुरु भएको कार्यक्रमलाई स्वागत मन्तब्य शुष्मिता भुशालले दिनुभएको थियो। कार्यक्रमको औचित्यको बारेमा नेमसक'का सचिब अमीना खान'ले प्रष्ट पार्दै २० हजार भन्दा धेरै महिला कतारमा रहेता पनि महिला दिवस जस्तो एतिहासिक दिनमा पनि कतार बासि नेपाली महिलाहरुको न्युनतम सहभागीता नहुनु दु:खद पक्ष रहेको गुनासो गर्नु भएको थियो। 
महिला दिवस कार्यक्रमलाई शुभकामना मन्तब्य दिदै महामहीम ढकालले कतारमा नेपाली महिलाको समस्या प्रती दुतुवास सधा शंबेदनशिल रहेको जानकारी गराउदै कतारमा परिवार सहित रहेको महिलाको कुल आकडा तयार गर्न सहयोगको लागि नेपाली महिला समाज कतारलाई अनुरोध गर्नुभएको  थियो। मन्तब्यकै क्रममा बैचारिक संगठन जनप्रगतिशिल मन्चका अध्यक्ष होमनाथ शर्माले आज सम्म भएको आमुल परिवर्तनमा महिलाको अहम भूमिका रहेको भन्दै वर्तमान अवस्थामा राष्ट्र हाक्ने यथास्तितिवादि वर्चस्व रहेकोले ४७ को संबिधान बिउताउने खतरा रहेकोले सबै जनता सचेत रहन आग्रह गरेका थिए। नेपाली एकता समाज कतारका अध्यक्ष टुक्नाथ शर्माले कतारमा रहेका महिलाको कुल तथ्यांक नियोगलाई अझै सम्म थाहा नहुनु दुतुवाशको हेलचेक्राइ र हास्यपद रहेको टिप्पणी गरेका थिए। संघिय समाजबादी कतारका कार्यवहाक अध्यक्ष चन्द्रशेर राइले जनजातिले पहिचान माग्दा देश टुक्रायो भन्ने,दलित,महिलाले अधिकार माग्दा साम्प्रदायिक दंगा शुरुभयो भन्ने राष्ट्रबाट अधिकार र समाबेशिताको आशा राख्नु समय बर्बादी मात्र हो भन्दै समाबेसीता अधिकार र पहिचानको लागि आन्तिम संघर्ष बाकिनै रहेको औलाएका थिए। जनसंपर्क मन्चका प्रतिनिधिले पनि महिला अधिकारको लागि महिला अघीबढ्नु पर्ने धारणा राखेका थिए। 

यसरीनै संघिय लिम्बुवान राज्य परिषद कतारका प्रवक्ता मिङ्सो सुहाङले प्रधानमन्त्री शुसिल  कोइरालाले कन्चनपुरमा दिएको "टनक्पुर भारतको" भन्ने अभिब्यात्तीलाई कडा आलोचाना गर्दै वर्तमान सरकार पुरुषप्रदान समाजको पित्री हाईकम  चिन्तन्को कारण जनताले जिताएको महिला,दलितलाई वाइपास गरी भारतको रिमोट् कन्ट्रोलको आधारमा मन्त्रालय जनताले नचिनेका बुढा पुरुषहरुलाई जिम्मा लगाएको आरोप लगाए।भने  जनसंपर्क समितिका सभापति विमल सुबेदिले भने नुनको  सोझो गरेका छन> सुबेदिले भने- नेपाली कांग्रेसको सरकार रहुन्जेल टनकपुर नेपालको भन्न सकिन्दैन। कसैले टनकपुर नेपालको भन्दा नेपालको हुनेहोइन ! ईतिहास हेर्नुहोस् टनकपुर   नेपालको कहिलै थिएन। भन्दै महिलालाई आफ्नो बौदिक क्षमतामा बृदी गरेर  सरकारमा समाबेसिता खोज्नु बैज्ञानीक हुनेछ र ३३ प्रतिशत महिला अधिकार काङ्रेसको सरकारलेनै ग्यारेण्टी गरेको  जिकर गरे। यद्दपी पूर्ण समानुपातिकताको कुरा उठ्दा काङ्ग्रेस भागेको भने  खुलाउन चाहेनन।यसरीनै  आदिवासी जनजाती महासंघ कतारका महा सचिब देबराज राई,एनआरएनए कतार अध्यक्ष मक्सुत आलम,जनसंपर्कमन्चका संस्थापक सदस्य कमल गुरागाइ,एनआरएन कतार नीवर्तमान अध्यक्ष अमृत गुरुङ,सुनुवार सेवासमाज कतारका प्रथम उपाध्यक्ष किशोर शुनुवार,किरात याक्थुम चुम्लुङ शाखा कतारका सचिब हर्क खजुम, डाक्टर पूजा लामा, नेमस कतार सदस्य रबी तमाङ लगायत  बिभिन्न सामाजिक,मातृ सस्था र ब्यबसायिहरुले १०४ औ महिला दिवसलाई शुभकामना दिनुभएको थियो। यसैगरी माया परीयार, सल्मा तामाङ्, रविना तामाङ्,सकुन जस्विन,इशोरा मगर्,सन्देश राई जस्ता कलाकारहरुको  नृत्यले माझालाई नचाइदिएको थियो भने, राजकुमार राइको समुधुर स्वारमा "थाहा पाए दोबाटोमा" भन्ने गीतले कार्यक्रमा स्थलनै गुन्जायमान बनेको थियो ।

कार्यक्रमको समापन गर्दै नेपाली महिला समाजकी अध्यक्ष रेखाराइले कार्यक्रम सफल बनाउन प्रतक्ष अप्रतक्ष रुपमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिदै बाकिदिनहरुमा अन्तरराष्ट्रिय महिला दिवस मनाउदै गर्दा कार्यक्रम नजुदाइ दिन गैराअवसिय सस्था एनआरएनए र आदिवासी जनजाती महासंघ कतारलाई अनुरोध गर्नुभएको थियो। १०४ औ महिला दिवस कार्यक्रम अवधिभर जानुका खड्काले कार्यक्रमको संचालन गर्नु भएको थियो।