- राजनीति विद्रोहको पहिलो नेतृत्व गर्ने लखन थापा मगरलाई पहिलो सहिद घोषणा गर्न जोडदार माग!
पूर्ण सुहांग, दोहा,१४ फेब्रुवरी - आदिवासी जनजाती महासंघ कतार र नेपाल प्रवासी मगर संघ कतारले शरण थापा मगरको अध्यक्षतामा १३७ औ लखन थापा मगर स्मृति दिवस दोहा स्थिति होमल्याण्ड रेष्टुरेण्डमा "हाम्रो ईतिहास,हाम्रो गौरब" भन्ने मुल नाराको साथ भब्य गरी मनाएको छ। आदिवासी जनजाती महासंघ कतारका कार्यवहाक अध्यक्ष सीयामान चौधरी प्रमुख अतिथी रहेका उत्त १३७ औ लखन थापा मगर स्मृति दिवस कार्यक्रमको औचित्यको बारेमा आदिवासी जनजाती महासंघ कतारका कोषध्यक्ष महेन्द्र मगरले प्रष्ठाउनुभएको थियो। प्रमुख अतिथी, बिशेष अतिथी र अत्तिथिहरुको संयुत्त हस्तवहालिमा लखन थापा मगरको तस्बिरमा फुलमाला अर्पण, दीप प्रजलन गरि राष्ट्र गान तथा ज्ञात अग्यात सहिदहरु प्रती मौन्धारण बाट कार्यक्रमको सुरुवात भएको थियो ।

उत्त कार्यक्रममा बिभिन्न बैचारिक्, मातृ र सामाजिक संस्थाका प्रतिनिधिहरु उपस्तिथी रहेको थिए। नेपाल जनसंपर्क मंच कतारका केन्द्रिय सदस्य टंक भट्टराई,नेपाल प्रवासी मंचका छबिलल बिक,नेपाली एकता समाजबाट बाबुराम न्यौपाने,मंच सम्बद्ध संघिय लिम्बुवान प्रवास कतारका प्रबक्ता मिङसो सुहाङ रहेका थिए भने सामाजिक तथा मात्री सस्थाबाट नेपाली महिला संघ कतारकी अध्यक्ष रेखा राइ, किरात याक्थुम चुम्लुङ्का अध्यक्ष लोकेन्द्र तुम्रोक, सुनुवार सेवा समाजबाट भानु सुनुवार, आदिवासी जनजाती महासंघ कतारका सल्लाकार अमृत गुरुङ, तामाङ समाजबाट तेज बहादुर तामाङ,थारु कल्याण्डकारी बाट सुर्य नारायण चौधरी अतिथी रहनु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सबै जसो अतिथिहरुले जहानिय निरङ्कुश सामन्ती राणा शासनको बिरुद्धमा प्रजातन्त्रको लागि आवाज बुलन्द गर्ने क्रममा चरम यातना दिएर झुण्डाइ मारिएका "लखन थापा मगरलाई" राष्ट्रले पहिलो शहिद घोषणा गर्नु पर्नेमा जोड दिएका थिए। कार्यक्रमको समापन गर्दै सभापति शरण थापा मगरले उपस्तिथ सबै संघ सस्था र मासलाई धन्यवाद दिदै मगरसंघले पेश गरेको प्रमाणको आधारमा "लखन थापा मगर"लाई पहिलो शहिद घोषणा गर्न सबै संसस्थाले केन्द्रलाई दबाबदिन आग्रह गर्नु भयो। कार्यपालिकाबाट सबै प्रकृया पुगेर स्विक्रिती भएको जानकारी गराउदै सभापति मगर आक्रोसित बने- कुन प्रमाण पुगेको छैन न्यापालिकालाई ? जस्ले गर्दा लखन थापा मगरलाई पहिलो सहिद घोषणागर्नबाट बर्जित गराइन्दैछ। कि पहिलो शहिद न्यापालिकाले निकाल्नु पर्यो कि प्रमाणको आधारमा लखन थापा मगरलाई "पहिलो शहिद" घोषणा गर्नु पर्यो। अन्य भन्दा फरक ढङ्गबाट प्रस्तुत भएका सभापति मगरले ईतिहासलाई छुपाउन खोज्ने राज्यको गलत प्रबितिले लखन थापा मगर जस्ता महान योद्धाहरु ओझेलमा पारीएर शहिदको अपमान भएको गुनासो पोख्नु भएको थियो। आदिवासी जनजाती महासंघ कतार र नेपाल प्रवासी मगर संघले संयुक्त रुपमा आयो जना गरेको "हाम्रो ईतिहास,हाम्रो गौरब" १३७ औ लखन थापा मगर स्मृति दिवस कार्यक्रमको संचालन नेपाल प्रवासी मगर संघका महासचिब रमेश कनौजे मगरले गर्नु भएको थियो।