Saturday, February 15, 2014

छोराको मृत्यु नेपालमा, आमाको मृत्यु कुवेतमा



छोराको मृत्यु नेपालमा, आमाको मृत्यु कुवेतमा
हरी कृष्ण न्यौपाने कुवेत 
 
सन १९९५  अर्थात करिब १९ बर्ष देखी कुवेतमा काम गर्दै आएकी पर्बत जिल्ला भोर्ले ४ कि ४७ बर्षिय श्रीमती मनमाया गुरुङको हिजो फेब्रुअरी १४ को शुक्रबार दिउसो आकस्मिक मृत्यु हुन् पुगेको छ। 
 
कुवेतको साल्मियामा बिहानको ब्युटीपार्लरको काम सकेर कोठामा आए पछी अन्य साथीहरु संग भ्यालेन्टाइन डेको अबसरमा केएफसी चिकेन खान रेस्टुरेन्ट जादै गर्दा बाटोमै उनी ढले पछी उनलाई ट्याक्सी मार्फत जाब्रिया अस्पताल लादै गर्दा बाटोमै उनको मृत्यु भएको थियो। जन प्रगतिशिल मन्च कुवेतका सचिब श्याम पराजुलीका अनुसार जाब्रिया अस्पताल नपुग्दै मनमाया गुरुङको बाटोमै मृत्यु भैसकेको हुनाले जाब्रिया अस्पतालले हिजै उनको शब फर्मानिया अस्पताल पठाएको छ।
 
यसै बिच उनको परिवार तथा नेपाली दुताबास कुवेतलाई पनि यस बारेमा जानकारी गराइ सकिएको पराजुलिले  बताए।  मन मायालाई नजिकै बाट चिनेका श्याम पराजुलीले उनको पारिवारिक स्थिती पनि अत्यन्त नाजुक रहेको बताए। लामो समय देखी ब्युटीपार्लरमा काम गरेर आफ्नो परिवारको आर्थिक जिम्बेवारी निभाउदै आएकी मन मायाको छोरा पनि केही समय पहिला सम्म कुवेतमा काम गर्थे। कुवेतमा काम गर्ने क्रममा बिमार भए पछी उपचारका लागि नेपाल पुगेका उनको छोरा पनि २ वटै किड्नीले काम नगरेर मृत्यु भएको थियो । मृतक छोराको उपचारको ॠण र पारिवारिक बोझलाई बेहोर्दै लामो समय देखी कुवेतमा काम गर्दै आएकी मृतक मन माया गुरुङको श्रीमान, ९ बर्षिय नाती र बुहारी नेपालमा रहेका छन।
 Posted by: नेपाल कतार न्यूज Posted date: February 15, 2014 | comment : 0

No comments:

Post a Comment