Friday, August 30, 2013

संघीयता विदेशबाट आयातितः ओली

kpकाठमाडौं, भदौ १३– एमाले नेता केपी शर्मा ओलीले संघीयताले मुलुकलाई बर्बादीमा धकेल्ने दाबी गरेका छन् । उनले संघीयताको कुरा विदेशीको ईशारामा मुलुकलाई अस्तव्यस्त उठाइएको दाबी गरे । बिहीबार बालकोटस्थित उनकै निवासमा नेपाली छापामाध्यम राष्ट्रिय संञ्जाल सम्बद्ध सम्पादकहरुसँगको भेटमा उनले जनआन्दोलन ०६२/६३ मा संघीयताको कुरा नउठेको तर पछि विदेशीको इशारामा मुलुकलाई अस्तव्यस्त बनाउन उठाइएको बताए । उनले नेपालमा जातिय संघीयता हुनै नसक्ने भन्दै मौलिक ढंगको संघीयता हुनुपर्नेमा जोड दिए । सो भेटमा उनले मंसिर ४ मा कुनैपनि हालतमा चुनाव हुने बताए । चुनावी प्रक्रियाको विरोधमा रहेको नेकपा माओवादी नेतृत्वको मोर्चालाई पनि चुनावमा भाग लिन आग्रह गरेपनि ओलीले गोलमेच सम्मेलन भने कुनै पनि हालतमा हुन नसक्ने बताए ।स्रोत : रातोपाटि 

No comments:

Post a Comment