Saturday, September 14, 2013

सरिया झरेर ४ जना नेपालीको मृत्यु ,१३ चेपिएको अवस्थामा !



 दोहा, २९ भदौ । कतारको लुसेल शहरमा रहेको एक्सप्रेस अवेमा बन्दै गरेको पुलको सरिया झरेर ४ जना नेपालीको मृत्यु भएको छ भने । अन्य १३ जना चेपिएका छन् ।
अहिले सरियालाई क्रेनले उठाउन नसकेपछि स्थिति थप गम्भिर बनेको छ । मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । उक्त घटनामा परी मृत्यु हुनेहरुको सनाखत हुन सकेको छै। 

धरानबाट पनि संघियता बिरोधी चित्रबहादुरका कार्यकर्ताहरुलाई लखेटिए :-



फोटो साभार: सान बहादुर 
आज भाद्र २९ गते संघियताको बिरोधी नेता चित्र बहादुरको कार्यकर्ताहरुलाई लिम्बुवानबासीले सुनसरी, धरान भानुचोकबाट पनि लखेटेका छन्। आफ्नो संघियता बिरोधी अभियान लिएर सुनसरीको धरान पुगेका राष्ट्रिय जनमोर्चाका ति कार्यकर्ताहरुलाई लिम्बुवानबासीहरुले संघियताको बिरोध गरेर संविधानको खिल्ली उडाएको लिम्बुवानी आन्दोलन, दोस्रो ऐतिहासिक जनआन्दोलन, आदिवाशी आन्दोलन, मधेश आन्दोलनहरुको उपहास गरेको र संघियताप्रेमी लिम्बुवानबासीहरुको भावना माथि गम्भीर चोट पुर्याएको भन्दै कार्यक्रम स्थलनै गएर लखेटेका हुन्। संघियता बिरोधीहरुलाई लखेटे लगतै संघियता पक्षधरहरुले खबरदारी सभा गरेका थिए।
यस अघि पनि चित्रबहादुरका कार्यकर्ताहरुलाई इलामको फिक्कल र इलाम बजार, पान्थरको फिदिम र यासोक बजार, झापाको बिर्तामोडबाट संघियता बिरोधी भन्दै लिम्बुवानी जनताले लखेटेका थिए।
हाम्रो आन्दोलन जारी छ ।

Friday, September 13, 2013

सर्वदलिय बैठकमा के भयो ?


भाद्र २८ दमक, ३३ दलीय राजनीतिक मोर्चाको प्रतिनिधित्व गर्दै बैठकमा गएका माओवादीका सचिव देव गुरुङका अनुसार बैठकमा वर्तमान चुनावी सरकार विघटन गरी सर्वदलीय सरकार गठन गर्नुपर्ने, सहमतिको आधारमा सरकारको नेतृत्व गराउने नै हो भने वर्तमान मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीसको पदबाट राजिनामा दिनुपर्ने, चुनाव अगामी चैतका लागि सारिनु पर्ने र नयाँ बन्ने संविधानका अन्तरवस्तुहरुका सैद्धान्तिक कुराहरुमाथि छलफल हुनुपर्ने प्रस्ताव राखेका छन् ।

‘हाम्रो प्रस्तावलाई अरु दलका नेताहरुले सकरात्मक रुपमा लिएको पायौं, उहाँहरुले हामी लचिलो भएर आएको बताएका छन्’ बैठक पछि गुरुङले संवाददाताहरुलाई भने, ‘उहाँहरुले आन्तरिक छलफलका लागि भोली एक दिनको समय माग गर्नु भएको छ ।’

शनिबार आन्तरिक छलफल पछि आइतवार नै राष्ट्रपति निवासमै फेरी सर्वदलीय बैठक बस्ने तय भएको छ ।

३३ दलिय मोर्चाको बन्दले उपत्याका र पुर्वको जनजिवन प्रभावित।

३३ दलिय मोर्चाको बन्दले उपत्याका र पुर्वको जनजिवन प्रभावित।

  • उपत्यकामा जुवारी 
  • पुर्वमा लिम्बुवानले ८ सय भोलेन्टियर्स खटायो।

धुर्व अधिकारी

भदौ २८ दमक - ११ र २५ बुदै सम्झौताको खारेजी र राजनितीक गोलमेच सम्मेलनबाट निर्वाचनको मिती घोषणा हुनुपर्ने माग राख्दै ३३ दलीय मोर्चाले हिजोबाट बन्द र आन्दोलनका दुबै कार्यक्रमहरु एकैसाथ बढाएको छ। बन्दका कारण उपत्यका काठमान्डौ,ललितपुर र भक्तपुर पुरै शैक्षिक,यातायात,कलकारखाना उद्योगधन्दा र सवारिसाधन  बिहानै देखी ठप्प भएर बेलुका ५ बजे खुलेका थियो। बन्दको कारण प्रभावित बनेका केहि युवाहरुले माईतिघरबाट बसन्धरा सम्म जाने भन्दै "बन्द सधैको लागी बन्द, नेपाल बन्द कहिले सम्म ? नागरिक चुप जहिले सम्म भन्ने नारा लगाउदै उपत्यकाका केहि भाग परिक्रमा गरीरहदा रत्नपार्कमा रहेका बन्दकर्ताहरुले त्यो खबर पाएपछि बन्दकर्ताहरुपनी अघी बढेका थिए। बन्दकर्ताहरु पनि नेपाल बन्द कहिले सम्म ? डलरबादी रहे सम्म। भन्दै अघी बढेपछी झडप हुन सक्ने आसंका गर्दै प्रहरीले दुबै तर्फकालाई रोकेका थिए।



यसरीनै यता पुर्वको १६ जिल्लाहरुमा बन्दको कारण जनजिवन प्रभावित बनेको छ। बिहानै देखि सवारी साधन,शिक्षण, उद्योग,कारखाना, सबै क्षेत्र ठप्प थिए। पुर्वमा पनि उपत्यकामा जसरी नै मोरङको उर्लाबारीमा बिहान करिब १० बजे सम्म "हाम्रो उर्लाबारी राम्रो उर्लावारी" बन्द सधैको लागी बन्द" भन्ने नाराको साथ सयौ संख्यामा सर्वसाधरण व्यापारी देखी बाणिज्यका अध्यक्ष र  महा सचिव सम्मले नै खुलेर बन्दको अवज्ञा गर्दै कोहि बन्दकर्ता उर्लाबारी नछिर्न पनि चेतावनी दिएका थिए। बिहानै बन्द गराउन आएका मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका सचिवालय सदस्य प्रेमदिप थाम्सुहाङ सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएपछि बन्दकर्ताहरुलाई उर्लाबारी नआउन बाणिज्यले सचेत गराएको थियो। भने परिषदका अध्यक्ष कुमार लिङ्देनले सामाजिक सञ्जाल फेसबुक मार्फत यो मञ्च सलिरापलाई सिध्याउने षडयन्त्र भएको आरोप लागाउनु भयो साथमा बाणिज्य र सर्वसाधरण व्यपारीहरुलाई संयम रहन आग्रह गर्दै लिम्बुवान झुक्ने मनस्तिथीमा छैन है ! भन्ने चेतावनी दिएको  केहि समय नबित्दै सयौको संख्यामा युवाहरु माईकिङ सहित लिम्बुवान आन्दोलनको पक्षमा नारा जुलुस गर्दै  उर्लाबारी परिक्रमा गरेका थिए। करिब ३ बजे सम्म युवा देखी बुढा सम्म थपीने क्रम जारी थियो। परिषदले हजार भन्दा माथी संख्य युवाले मार्चपास गरेको जिकर गरेपनी करिब ८ सय युवाहरु मार्चपासमा सहभागी थिए। बिहान दश बजे सम्म बाणिज्य र साधारण व्यपारीहरुको कब्जामा रहेको चोक बजार ११ बजे पछि हुद्दाका हुद्दा परिषदका कार्यकर्ता र उर्लाबारीका स्थानियवासीहरु आएर पुन बजारलाई नियतत्रमा लिएर मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले कोण सभा समेत गरेको थियो। परिषदका अध्यक्ष लिङदेनले पुन फेसबुक मार्फत कांग्रेस एमाले र राप्रपा संघीयता बिरोधीहरुले वातावरण असहज बनाएको बाँकि स्थानिय जनता लिम्बुवानकै पक्षमा रहेको दावी गर्दै  संघीयता बिरोधीहरुले नियोजित ढङगबाट उर्लाबारी उर्लाबारीकै युवाहरु भिडाउन खोज्दै गरेको यस्मा सबै युवाहरु सचेत रहनुहोला भन्दै लिङ्देनले उर्लाबारीका स्थानियलाई सचेत गराएका थिए। हिजो बेलुका५ बजे पछि भने बाटोहरु खुल्ला भएका छन,सवारी साधन चल्न शुरुगरेका छ।
Photo

पुर्वका बिष्लेशक र पत्रकारहरुले उर्लाबारीको यो परिघट्ना एउटा झडप हुन सक्ने डरलाग्दो संकेत दिएपनि स्थानियवासीले बन्दकर्तालाई खुलेर साथ दिनुको कारण कसै सँग झडपको अवस्था सिर्जना भने भएन,बिरोधको लागी बिरोध ठुलै भएपनी कँहि कतै क्षती नभएको बाणिज्यसंघका  महासचिब तारामान सेरेङले स्रोतलाई जानकारी गराउनु भयो ।



Thursday, September 12, 2013

गजुरेलको चेतावनी- 'जबरजस्ती उम्मेदवारी दर्ता गरे घर फर्कने/नफर्कने टुंगो हुँदैन'

CPकाभ्रे, भाद्र २६ - नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेलले संविधानसभाको निर्वाचन ध्वस्त पार्ने चेतावनी दिँदै उम्मेद्‌वारी दिनेलाई बाँकी नराख्ने धम्की दिएका छन् । उनले उम्मेद्‌वार बनेकालाई गाउँ प्रवेशमा रोक लगाउन कार्यकर्तालाई निर्देशनसमेत दिए ।
बुधवार बनेपामा आयोजित युवा मार्चपास कार्यक्रमलाई सम्बोधन गदै गजुरेलले मंसिर ४ मा हुने चुनावले नेपाल सिक्किमीकरण दाबी समेत गरे । 'कथित संविधानसभाको निर्वाचनमा उम्मेदवार नबन्न र नबनाउन परिवारका सदस्यहरुलाई अनुरोध गर्दछौं,' उनले भने ,'यदि हाम्रो आग्रहलाई अटेर गरेर उम्मेदवारी दर्ता गरे त्यो उम्मेदवार घर फर्कने नफर्कने ठेगान हुँदैन ।'
उनले नेकपा-माओबादीले राखेको गोलमेच सम्मेलन र १८ बुँदे मागलाई सम्बोधन गरे आगामी चैतसम्ममा संविधान सभाको चुनाव हुने संकेत गरे । 'वार्ताबाट हामी भागेका होइनौं,' उनले भने, 'चार दल वार्ताबाट भागेका हुन् ।'  सेनाको काम सिमा सुरक्षा गर्ने भन्दै उनले चुनावमा सेना उतार्न नहुने बताए । 'सेना प्रयोग गरे चुनाव होइन, द्वन्द्व हुन्छ,' उनले भने, 'सेनाले सीमा सुरक्षा गर्ने हो । जनतालाई गोली हान्ने होइन ।'
कथित संविधान सभा बहिष्कार गरौं भन्ने नारा लेखिएको रातो टिसर्ट लगायका करिब दुई हजार युवाहरुले धुलिखेल बसपार्कबाट बनेपासम्म करिब ६ किलोमिटर मार्चपास  गरेका थिए । मार्चपास बनेपा बसपार्कमा आएर कोणसभामा परिणत भएको थियो ।

स्रोत कास. 

Wednesday, September 11, 2013

आज भाद्र २६ गते लिम्बुवानको बन्द नरहेको!


आज भाद्र २६ गते मंच सम्द्ब संघीय लिम्बुवान राज्य परिसदको लिम्बुवान बन्द कार्यक्रम भनेर पुर्वमा व्यापक हल्ला भईरहेकोले लिम्बुवानका अध्यक्ष कुमार लिङ्ग्देन ले बिहानै झापा बिर्तामोड स्थिति सनराइज एफ एम संग भएको कुरा कानिको क्रममा "आज हाम्रो पार्टिको बन्द नरहेको" जानकारी गराएको र गलत भ्रममा नपर्न सर्वसाधरणलाइ आवहान गर्नु भयो भने आज बन्द नरहेको र यस बारेमा सबैलाई जानकारी गराई दिन हुन सम्पुर्ण पत्रकार हरुलाई उहाको फेसबुक वालबाट  आग्रह गर्नु भएको छ। र उहाले आउदा दिनमा पार्टिको घोषित कार्यक्रमहरु यस प्रकार रहेको भनेर जानकारी गराउनु भएको छ।  


 भाद्र २७ गते देखि मंगसिर ४ को बिरुद्ध मा आन्दोलन सुरु हुदैछ,  लिम्बुवानको  घोषित कार्यक्रम हरु :-
१. भाद्र २७ - लिम्बुवान ,खम्बुवान बन्द 
२. असोज ३ -इटहरी मा बिशाल संयुक्त आमसभा 
३. असोज ९ ,१० -नेपाल बन्द 

Tuesday, September 10, 2013

हार्दिक श्रदाञ्जलि !


नेपालका बरिष्ट  गायक फत्तेमान सिङ्ग राजभण्डारिको ७७ बर्षको उमेर निधन भएकोमा तहल्का न्युज डट कम  गहिरो दु:ख ब्यात्त गर्दछ। वहाको दिवानगत आत्मालाइ चिरशान्ति मिलोस भनि भावपुर्ण श्रदाञ्जलि अर्पण गर्दछौ! साथै सोक संतप्त्व परिवारजन प्रति इश्वरले धर्यधारण गर्न सक्ने शक्त्ती प्रदान गरुन भनि समबेदना प्रकट गर्दछौ!

Monday, September 9, 2013

मुसलधारे बर्षापछि लेउतीखोलामा आएको बाढीले ५ सय मिटर सडक बगाएको छ ।

तेह्रथुम समाचार, - मुसलधारे बर्षापछि लेउतीखोलामा आएको बाढीले ५ सय मिटर सडक बगाएको छ ।
शुक्रबार राती खोलामा आएको बाढीले कोशी राजमार्गको लाबरबोटेमा सडक बगाएको हो । सडक भत्किएपछि धरान–धनकुटाको सडक सम्बन्ध विच्छेद भएको छ । यस अगाडी पनि २०६६ साल असोजमा गएको भुकम्पले पहिरो जाँदा कोशी राजमार्गको कोलबोटेमा सडक भत्किएको थियो ।
२०४० सालपछि खोलामा आएको ठुलो बाढीले जग भत्काएपछि सडक बगेको हो । खोलामा ठुलो बाढी आईरहेकाले सडक निर्माण गरी यातायात खुलाउन नसकेको धनकुटाका प्रमुख जिल्ला अधिकारी रामेश्वर दंगालले बताउनुभयो ।
सडक भत्किएकाले मान्छेहरुलाई आवतजावत गर्न समेत समस्या भएको छ । सुरक्षाकर्मीले जंगल र भिरालो ठाउँमा डोरीको सहयोगले मान्छेहरुलाई आवतजावत ब्यवस्था मिलाएका छन् । यो अस्थायी र जोखिम रहेको सुरक्षाकर्मीहरुले बताए ।
शनिबार विहानै घटनास्थलमा पुगेका प्रजिअ दंगाल, जिल्ला विकास समितिका स्थानीय विास अधिकारी प्रेमप्रसाद भट्टराई र सडक डिभिजन कार्यालयका निमित्त प्रमुख सुर्दशन कार्कीसहितको टोली घटनास्थलको निरीक्षण गरेर फर्किएको छ । ‘पानीमा ढुंगा र बालुवा मिसिएर आएकाले कुनै काम गर्न सकिँदैन’, सडक डिभिजन कार्यालयका निमित्त प्रमुख कार्कीले भन्नुभयो ‘सडक खुलाउन अझै केही सयम लाग्छ ।’ सडक भत्किएपछि यात्रु, तरकारी र अन्य सामग्री लिएर गएका सयौं गाडीहरु मुलघाट, घण्टेखोला र सिम्सुवामा रोकिएका छन् ।
सडक नखुले करोडौ रुपैयाँको तरकारी कुहिने अवस्था रहेको छ । त्यसैले जिल्लाका ग्रामिण क्षेत्रका किसानहरुलाई बारीबाट तरकारी नटिप्न अनुरोध गर्न सार्वजनिक सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी दंगालले बताउनुभयो ।
शुक्रबार धनकुटाबाट लैजाँदै गरेको दुध फाटेपछि कामुधेनु डेरीले ४ हजार लिटर दुध सडकमा पोखाएको छ ।

इष्ट वेष्ट होटेलमा नेपाली हिन्दु नारीहरुको महान चाड हरितालिका तीज भब्यताको साथ् सम्पन्न।





फोटो : कार्यक्रमको औपचारीक उत्घाटन हुँदै।  
दोहा, २२ भाद्र : नेपाली हिन्दू नारीहरूको महान चाड हरितालिका तीज दोहाको नज्मा स्थिति इष्ट वेष्ट होटेलमा भब्यताको साथ सम्पन्न भयो । कार्यक्रमका सभापति जि.बी. परिवार, प्रमुख अथिती मेनुका खड्का, बिशेष अथिती - लगायत को सयुत्त हस्तवहालिमा दीप प्रजलन, ब्यानर अनावरण तथा राष्ट्रिय गान गाएर कार्यक्रमको औपचारीक सुरुवात भएको थियो भने मिना खड्काले स्वागत मन्तब्य राख्नु भएको थियो । खड्काले  स्वागत मनतब्यकै क्रममा बहु-धार्मिक्, बहु-भाषी, बहु-जाती, बहु सस्क्रिती बिशेषता युत्त नेपालका हामि नेपालिहरू विश्वको जुनसुक्कै कुना कन्दरामा पुगेता पनि हामि, हाम्रो मौलिक चाड पर्व अनि परम्परा भन्दा टाडा रहन सक्दैनौ। हाम्रो परम्परागत रितिरिवाजनै हाम्रो प्रमुख पहिचान हो  यसरिनै हामिले हाम्रो पहिचानलाई बचाइ राख्नु पर्छ । आफू बैदेशिक रोजगारिको शिलसिलामा दोहा कतारमा रहेर पनि आज आफ्नै गाऊ घरमा धुम-धाम साथ तिज पर्व मनौदै गरेको आफ्नो अनुभव रहेको उहाँले बताउनु भयो । र यसरिनै आफ्नो पहिचान अर्थात परम्परागत रितिरिवाजलाई बचाइ राख्न अन्य धर्मलम्बी दिदि-बहिनी तथा दाजु-भाइहरू समेतलाई आग्रह गर्नु भयो । हरितालिका तिज हिजोका दिनमा यो  चाड हिन्दु धार्मिक मुल्य र मान्यतामा सिमित थियो,त्यो अवस्थामा हिन्दु नारीहरुको लागी यो अति नै पवित्र, मुल्यवान र समतामुलक चाड पनि थियो।तर आज आएर यो चाडको निरपेक्षता संगै यसका धार्मिक मुल्य,मान्यता र पवित्रताहरु जोगाउँन निक्कै हम्मे हम्मे परिरहेको  साथै गाउँघर कुना कन्दराका गरीब किसान,पाका नारीहरुको लागी यो चाड पुर्णरुपमा बिस्थापित भई शहरिया,धनाढ्य बर्गका नारीहरुको आफ्नो हैसियत प्रदर्शन गर्ने थलो मात्र बन्दै गरेको र आधुनिकताको नाममा यो चाडले बिकृति,बिसंगति र वर्गीय बिभेदको ठुलो फाटो निम्त्याएमा उहाले त्यस परि गहिरो चिन्ता ब्यात गर्नु भयो।  र  हिजो एउटी हिन्दु महिलाले आफ्नो माईतिको निमन्त्रणा पाएर माईतिघर गई शिवजी को पुजा आराधाना गरी दर खाएर बाल्यकालको साथी संगिनी संग नाच्दा गाउँदा,रमाईलो गर्न पाउँदा अर्कै आनन्द महसुस हुन्थियो । हिजो आज यस पर्वलाई नारीहरूले नयाँ फेशनका कपडा,महंगा गरगहनामा सजिएर तीजको नाममा शहरका चौक र पार्टी प्यालेस तिर बीयर र सेकुवा खाँदै डिस्कोमा रमाउँदा नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तिजको अपमान नारिहरुबाटै भई रहेको र यसरी धाम्रिक मुल्य र मान्य नजोगिने भएकोले यस्ता बिक्रितीहरू बाट सधा सचेत रहन सबैलाई ध्यानकर्षण गराउदै आगन्तुक ३०० जनाको जमात रहेको पाहुनाहरुलाई स्वागत गर्नु भएको थियो ।
यसरिनै दर्शकलाई प्रवासी नेपाली सांगितिक परिवारले "कालिमा काली हेर्दामा दिलवाली" लगायत धेरै तीजका गितहरुमा नृत्य प्रस्तुत गरि दर्शकलाई मनोरजन दिलाएको  थियो भने स्थानिय गायक नविन खनाल को समुधुर स्वर अनि (गीतको बोल) "यहाँ यस्तै छ सबै कुरा भन्दा नी पैसा ठुलो छ। ……… " भन्ने गितले कार्यक्रम हलनै गुन्जयमान अनि तालिमय भएको थियो ।

कार्यक्रमलाई जोड दार रुपमा प्रमेश दाहाल र कृष्ण सिवा ज्युले सन्चालन गर्नु भएको थियो ।


तीज कार्यक्रममा सहभागी दिदि-बहिनीहरु ! 


मासको सामुहिक फोटो।  

कार्यक्रमको  उत्घाटन समारोहमा मिना खड्का द्वारा दिप प्रजलन गरिंदै।