न्युयोर्क, भदौ १३ (एजेन्सी)–अमेरिकी राष्ट्रपति बराक ओबामाले सिरियामाथि तत्काल आक्रमण गर्ने निर्णय गरी नसकेको बताएका छन् । स्थानीय सार्वजनिक प्रसारण सेवामा कुरा गर्दै सिरियामाथि तत्काल आक्रमण नगर्ने ओबामाले बताएका अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ओबामाले यसअघि आप्mना जलसेना सिरियातर्पm आक्रमणको लागि अगाडि बढेको चेतावती दिएपनि पछिल्लोपटक यस्तो भनाई सार्वजनिक गरेका हुन् । उनले सिरियाली सरकारले ‘रासायनिक हतियार’ प्रयोग गरी दमास्कस नजिक नरसंहार मञ्चाएको अमेरिकाले निष्कर्ष निकालेको बताए । ओबामाले रासायनिक हतियारको प्रयोग अमेरिकी हितविपरीत रहेको भन्दै यसखालको हर्कतले सिरियाली शासकलाई नै अप्ठ्यारो पर्ने चेतावनी दिए । सरियामाथि कस्तो कार्वाही गर्ने भन्नेमा संयुक्त राष्ट्रसंघमा विवाद चलिरहेका बेला ओबामाले यस्तो बताएका हुन् ।Friday, August 30, 2013
सिरियामाथि तत्काल हस्तक्षेप हुँदैनः ओबामा
न्युयोर्क, भदौ १३ (एजेन्सी)–अमेरिकी राष्ट्रपति बराक ओबामाले सिरियामाथि तत्काल आक्रमण गर्ने निर्णय गरी नसकेको बताएका छन् । स्थानीय सार्वजनिक प्रसारण सेवामा कुरा गर्दै सिरियामाथि तत्काल आक्रमण नगर्ने ओबामाले बताएका अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ओबामाले यसअघि आप्mना जलसेना सिरियातर्पm आक्रमणको लागि अगाडि बढेको चेतावती दिएपनि पछिल्लोपटक यस्तो भनाई सार्वजनिक गरेका हुन् । उनले सिरियाली सरकारले ‘रासायनिक हतियार’ प्रयोग गरी दमास्कस नजिक नरसंहार मञ्चाएको अमेरिकाले निष्कर्ष निकालेको बताए । ओबामाले रासायनिक हतियारको प्रयोग अमेरिकी हितविपरीत रहेको भन्दै यसखालको हर्कतले सिरियाली शासकलाई नै अप्ठ्यारो पर्ने चेतावनी दिए । सरियामाथि कस्तो कार्वाही गर्ने भन्नेमा संयुक्त राष्ट्रसंघमा विवाद चलिरहेका बेला ओबामाले यस्तो बताएका हुन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment