Wednesday, November 25, 2015

असन्तुष्ट पक्षलाई कुमार लिङ्देनको पत्र : यस्तो छ ६ बुँदे बटमलाइन


असन्तुष्ट पक्षलाई कुमार लिङ्देनको पत्र : यस्तो छ ६ बुँदे बटमलाइन
काठमाडौं, मंसिर ९ । केन्द्रीय समितिको बैठक राख्न दबाब दिन फरक धारका नेता–कार्यकर्ताहरू हस्ताक्षर संकलनमा अभियानमा लागेको बेला संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङ्देनले असन्तुष्ट पक्षलाई सहमतिको लागि भन्दै छ बुँदे प्रस्तावसहितको पत्र बुझाएका छन् ।
असोज ६ गते महासचिव सूर्य माखिममार्फत असन्तुष्ट पक्षलाई सो पत्र बुझाएका हुन् । पत्रमा प्रस्तावको १ नम्बर बुँदामा झापा दमकबाट प्रकाशन भई लोकार्पण भएको विधान नै लागु हुनुपर्ने, सोसम्बन्धी किचलो झिक्ने पदाधिकारीहरूले माफी माग्नुपर्ने उल्लेख छ । २ नम्बर बुँदामा समानान्तर सरकार र ग्रेटर लिम्बुवानको आवाज उठाउँदै आएका नेताहरूले यो मुद्दा नउठाउने गरी लिखित प्रतिबद्धता गर्नुपर्ने उल्लेख छ । 
लिम्बुवान चाहने पार्टीहरूसँग मोर्चाबन्दी र भविष्यमा पहिचान पक्षधरहरूको एउटै चुनाव चिन्ह हुने गरी महाएकतामा जानुपर्ने र पार्टी चेन अफ कमान्डको सिस्टमअनुसार अघि बढ्ने प्रस्ताव गरिएको छ । यी बुँदाहरू आफूहरूको बटम लाइन भएको पत्रमा उल्लेख छ ।
संघीय लोकतान्त्रिक मञ्च चाँडो ब्युँताउनुपर्ने, एकतापछि दमकमा भएको पहिलो बैठकमा दुई हजार तिरेर सहभागी भएका व्यक्ति वा उपस्थित हुन नसक्नुको दरिलो आधार पेस गरेको व्यक्ति मात्र केन्द्रीय सदस्य मानिनुपर्ने, लिम्बुवान चाहने पार्टीहरूसँग मोर्चाबन्दी र भविष्यमा पहिचान पक्षधरहरूको एउटै चुनाव चिन्ह हुने गरी महाएकतामा जानुपर्ने र पार्टी चेन अफ कमान्डको सिस्टमअनुसार अघि बढ्ने प्रस्ताव गरिएको छ । यी बुँदाहरू आफूहरूको बटम लाइन भएको पत्रमा उल्लेख छ ।
पत्रको बेहोरामा एकतापछि संस्थागत गर्न खोज्दा एकताको जस लिन खोज्ने, पार्टीभित्र स्पेस खोज्ने र बनाउने क्रियाकलापले संस्थागतीकरण सोचेअनुसार अघि बढ्न नसकेको उल्लेख छ । एकतापछि नेताहरू नयाँनयाँ कुरा आए पनि सुनेर, सहेर बसेको समय आएपछि बोल्नैपर्ने भएकोले बटमलाइन अघि सारिएको उल्लेख छ । सहमतिको लागि प्रस्तुत बुँदाहरू एक शब्द पनि तलमाथि नहुने पत्रमा उल्लेख छ ।
महासचिव सूर्य माखिममार्फत विपक्ष खेमालाई लेखिएको पत्रमा भनिएको छ, ‘यी बुँदाहरू खगेन्द्रजी, प्रेमदीपजी, कमल छाराहाङज्यू, बीर नेम्बाङज्यू, संजुहाङ पालुङ्वाज्यू, रामभक्त कुरुम्बाङज्यूलाई एकदम चाँडै सुनाइ दिनुहोला ।’
‘राजनीति हो, आन्दोलन हो जहाँ सँगै मर्ने सँगै बाँच्ने कुराहरू हुन्छन् । यति धेरै अविश्वास र असमझदारीबीच कसरी अघि बढ्न सकिन्छ ?’ प्रश्न गर्दै समय हुँदै स्पष्ट हुनुपर्ने पत्रमा उल्लेख छ । पत्रमा उल्लेख भएका वीर नेम्बाङ तत्कालिन लिम्बुवान मुक्ति मोर्चाका अध्यक्ष, कमल छाराहाङ संघीय गणतान्त्रिक पार्टीका अध्यक्ष, सञ्जुहाङ पालुङ्वा संघीय लिम्बुवान राज्य परिषद र रामभक्त कुरुङ्बाङ लिम्बुवान मुक्ति मोर्चा नेपालका अध्यक्ष थिए ।
पत्रमा एकता प्रकृयामा आएका सवै नेताहरूको नाम उल्लेख छ । एकता हुनुभन्दा अघि सँगै रहेका वर्तमान उपाध्यक्ष खगेन्द्र माखिम र युवा नेता प्रेमदीप थाम्सुहाङको पनि नाम उल्लेख छ ।
लिम्बुवान आन्दोलनलाई सशक्त बनाउने उद्देश्यले पाँच वटा लिम्बुवानजन्य पार्टीबीच २०७१ साउन १८ र १९ गते धनकुटाको भेडेटारबाट एकटा भएको थियो । एकतापछि असोज ४ गते झापाको दमकमा केन्द्रीय समितिको बैठक, २०७२ असार ९—११ गते इलाममा सचिवालयको बैठक भएको थियो । दुवै बैठक विवादमा रुमलिएको थियो ।
पार्टी एकता गराउन कसरत गरेका विज्ञ समितिको पहलमा असार ३० गते सुनसरीको धरानमा पदाधिकारी बैठक बसाएर विवाद केही मत्थर पार्ने प्रयास गरे पनि संविधान घोषणापछि गुटगुटको बैठक बसे पनि औपचारिक रूपमा संयुक्त बैठक बस्न सकेका छैनन् ।
पार्टीभित्रका क्रान्तिकारी युवा कार्यकर्ताहरू, देशविदेशमा रहेका सहयोगी तथा शुभचिन्तकहरूले पार्टी नफुटाउन चर्को दबाब परिरहेको छ ।

टीकापुरमा थारुको घर जलाउने २९ जनाविरुद्ध किटानी जाहेरी, रावल, भण्डारी र विष्ट प्रमुख योजनाकार


Tikapur_tharu house
थरुहट आनदोलनको क्रममा कैलालीको टीकापुरमा ०७२ भदौ ७ र ८ गते भएको आगजनीका पीडितहरुले आगजनी गर्नेहरुको नाममा किटानी जाहेरी गरेका छन् । जाहेरीले प्रहरीलाई चुनौती थपिएको छ भने पीडकहरुमा भित्रभित्रै खैलाबैला मच्चिएको छ ।
थरुहट आन्दोलनको क्रममा पूर्ब घोषित कार्यक्रम अनुसार टीकापुर नगरपालिकामा ०७२ भाद्र ७ गतेका दिन थरुहट स्वायत्त प्रदेशको ब्यानर लगाउने र लेख्ने कार्यक्रम अनुरुप टीकापुरमा आन्दोलनकारीहरु चारै दिशाबाट एकैचोटी पस्ने योजना बनाएका थिए । योजना अनुरुप ५० औंं हजारको संख्यामा थारुहरु टीकापुर पुगेका थिए र पस्ने क्रममा दक्षिण पश्चिमको चिलम चौराहाबाट शुरु भएको बादबिबाद, प्रहरी हस्तक्षेप र दमनले अन्तिममा हिंसाको रुप लिन पुगेको थियो ।
आन्दोलनकारीहरुका अनुसार ‘टीकापुरमा स्थानिय निकायको साइनबोर्डमा थरुहट प्रदेश लेख्ने, ब्यानर टाँग्ने कार्यक्रम छ, जान दिनुस् भन्दा प्रहरीले अश्रुग्यास र गोली छोड्न थालेपछि त्यहाँ उपस्थित मास आक्रोशित भएको थियो । धेरै मान्छे घाइते भएपछि आक्रोशित मासले प्रहरीमाथि जाइलागेको थियो र त्यहाँ उपलव्ध बाँस, ढुङगा आदिले प्रहरीमाथि आक्रमण गरेको थियो, जसमा ७ प्रहरीको घटनास्थलमै ज्यान गएको थियो र १ जनाको उपचारको क्रममा मृत्यु भएको थियो । घटनामा परेका केहि प्रहरी धानखेतमा लुकेका र आन्दोलनकारीहरु भागिसकेपछि उनीहरु फायर गर्दै भाग्ने क्रममा प्रहरीको गोली लागि एक अढाई बर्षीय बालकको समेत मृत्यु भएको थियो । प्रहरी मारिएको रिसमा प्रहरीले हत्यामा संलग्न भनी २२ जनालाई पक्राउ गरी कर्तब्य ज्यान मुद्दा चलाएको थियो । धेरैलाई कुटपिट गरेको थियो । पक्राउ परेका २१ जना थारुहरु पुर्पक्षका लागि हाल कैलाली कारागारमा थुनामा रहेका छन् । १ जना नाबालकलाई छोडिएको छ भने १ जना अर्को बालकलाई सुधार गृह नभएको कारण कारागारभित्रै राखिएको छ ।
आजगनी पीडितहरुले टीकापुरमा भाद्र ७ गते घटेको घटना पश्चात नवराज रावल, चन्द्रभूषण स्वाँर, योगेन्द्र बमको प्रमुख योजना बमोजिम महेन्द्र भण्डारी, कमला के.सी., रामु भण्डारी, सञ्जय बिष्ट लगायतका ब्यक्तिहरुले कफर्यूको बिचमा साँझ नगरपालिकास्थित शिव नारायण चौधरीको निरु ट्रेडर्स रहेको घर, कमल चौधरीको अस्पताल रोडमा रहेको न्यू कमल बाकस उद्योग र ब्लक नं. १७ मा रहेको थारु कल्याणकारिणी सभाको भवनलाई मान्छे रहेकै अवस्थामा आगजनी, तोडफोड, लुटपाट गरी ज्यान मार्ने उद्देश्यले गरेको भनी किटानी जाहेरी गरेका छन् ।
प्रमुख योजनाकारहरुले ७ गते राती योजना बनाएको र उनीहरुको योजना बमोजिम महेन्द्र भण्डारी, कमला के.सी., रामु भण्डारी, सञ्जय बिष्ट लगायतका ब्यक्तिहरुले भाद्र ८ गते बिहान ८ बजेदेखि ३ बजेसम्म कफर््यूको बिचमा मान्छे भएकै अबस्थामा २६ जना थारुहरुको घरमा आगजनी, तोडफोड, लुटपाट कार्य गरे भनी आगजनी पीडितहरुले जाहेरीमा उल्लेख गरेका छन् ।
आगजनी पीडितहरुले कफयूको बिचमा (प्रहरी र सेनाको उपस्थितिमा) आगजनी भएको उल्लेख गर्दै योजनाकारसहित २९ जनाको नाम किटानी गरेपछि पीडकहरुका बिचमा भित्रभित्रै खैलाबैला मच्चिएको छ । प्रहरी, सेनाको उपस्थितिमा घट्ना घट्न पुग्नुले राज्यलाई झन चुनौती थपिएको छ । राज्यमा पहुँच नभएकै कारण राज्यले थारु र मधेशीहरुलाई हेप्दै चेप्दै आइरहेको, दमन, शोषण गर्दै आइरहेको आरोप लागिरहेको बेलामा २९ जनामाथि आगजनी, तोडफोड, लुटपाट, ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा परेपछि राज्यलाई न्याय संकट परेको छ । अब राज्यले के गर्छ ? मुद्दा चलाउँछ कि चलाउँदैन ? उनीहरुलाई समात्छ कि समात्दैन ? आगजनीमा आफ्नै मान्छेहरु संलग्न रहेको अबस्थामा प्रहरीको ब्यबहार कस्तो हुन्छ ? आम चासोको बिषय बनेको छ । आन्दोलनकै समयमा भएको यो किटानी जाहेरी प्रहरीको लागि फलामको च्युरा साबित हुनेछ, किन कि त्यसै पनि थारु समुदाय राज्यप्रति असन्तुष्ट रहेको अवस्था छ र कारागारमा रहेका २१ जना थारु निर्दोष हुन् भनिरहेको अवस्था छ ।
जाहेरीमा अपराध गर्ने ब्यक्तिहरुको नाम, थर, ठेगाना र हुलियामा प्रमुख योजनाकारमा नवराज रावल, चन्द्रभूषण स्वाँर र योगेन्द्र बमको नाम खुलाइएको छ भने महेन्द्र भण्डारी, कमला के.सी., रामु भण्डारी, सञ्जय बिष्ट लगायतका २६ को नाम खुलाइएको छ ।
पीडितहरुको जाहेरी हुलाक कार्यालयमार्फत ईलाका प्रहरी कार्यालयमा पुगेको थियो । जाहेरीवालाहरुको तर्फबाट प्रदीप चौधरी र शिव नारायण चौधरीले हस्ताक्षर गरेका छन् । ०७२ कार्तिक ३० गते लेखिएको जाहेरी दरखास्त, राष्ट्रपतिको कार्यालय काठमाण्डौं, नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय काठमाण्डौं, ब्यबस्थापिका संसद सामाजिक न्याय तथा मानवअधिकार समिति सिंहदरबार काठमाडौं, नेपाल सरकार गृहमन्त्रालय काठमाडांै, जिल्ला प्रशासन कार्यालय धनगढी कैलाली, राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय धनगढी, ईलाका प्रशासन कार्यालय टीकापुर, कैलाली र इन्सेक क्षेत्रीय कार्यालय धनगढीलाई बोधार्थ पठाइएको छ । आगो लगाउने, डाँका चोरी, लुटपाट र ज्यान मार्ने उद्योग अन्तरगत सजायको माग गरिएको छ ।

Monday, November 23, 2015

हजारौ झापावासीहरु सडकमा : रगत बगाउछौ जिल्ला टुक्रयाउन दिदैनौ



झापा, ७ मंसिर झापाका नागरिक समाजका अगुवाहरुले प्रदेश नम्बर १ बाट झापा,मोरङ र सुनसरीलाई टुक्रयाउन नहुने माग गरेका छन् ।झापाको बिर्तामोडमा आजभएको खवरदारी सभामा उनीहरुले यस्तो माग गरेका हुन् । झापा,मोरङ र सुनसरीलाई टुक्र्याएर प्रदेशको सीमांकन गर्ननहुने भन्दै तीनै जिल्लाका नागरिक आन्दोलित बनिरहेको समयमा झापामा वृहतर्यालीको आयोजना गर्दै बिर्तामोडमा खबरदारी सभाको आयोजना गरिएको थियो ।

हात हातमा राष्ट्रिय झण्डा बोकेका झापाली नागरिकको ¥याली बिर्तामोड नगर परिक्रमापछि सभामा परिणत भएको थियो ।हिमालपहाड तराई कोही छैन पराईप्रदेश नम्बर एकबाट झापा,मोरङ र सुनसरीलाई टुक्रयाउन पाइदैन लगायतका नारासहित नागरिकले बिर्तामोडमा प्रदर्शन गरेका थिए ।

र्यालीपछि आयोजित खवरदारी सभामा बोल्दै अिधकांस बक्ताहरूले आन्दोलनरत मधेसी मोर्चाको माग सम्बोधन गर्ने नाममा जिल्ला टुक्रयाउने गृहकार्य गरे रगतको खोलो बगाउन आफुहरु तयार रहेको बताएका छन ।   सभामा बोल्दै सांसद रवीन कोइरालाले मधेशी मोर्चाले सिमाङ्कनको विषयलाई बखेडा निकालेर मुलुकलाई नै अस्त व्यस्त बनाएको बताउनुभयो ।

त्यस्तै अर्का सांसद सुधीरकुमार शिवाकोटीले संविधान नचाहिरहेको मधेशी मोर्चाले संसारकै उत्कृष्ठ संविधान नेपालमा जारी भएपनि अरुका इसारामा मधेशवादी दल सञ्चालनमा रहेकाले देशले यो झमेला व्यहोर्नु परेको आरोप लगाउनुभयो ।नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व मन्त्री खगेन्द्र प्रसाईसांसदहरु मनकुमार गौतम,अमृतलाल श्रेष्ठ ,हरि राजवंशीराप्रपा नेपालका जिल्ला नेता टीकाराम खरेल लगायतले सम्बोधन गर्नुभएको थियो । राजु आर्चाय अग्निले सञ्चालन गरेको कार्यक्रमको औचित्यमाथि प्रकाश चिन्तन पाठकले गर्नुभएको थियो ।

साभार : पूर्वेली न्युज 

Sunday, November 22, 2015

किरात याक्थुङ चुम्लुङ, संघीय लिम्बुवान समाज कतार र अससमा सेवालुङको प्रोपोगान्डा





  • डम्मर लाबुङ द्धारा संघीय लिम्बुवान समाज कतार र किरात याक्थुङ चुम्लुङबारे ब्लगमा पोष्ट गरिएको विषय तथाकथित र भ्रमात्मक रहेको । 
म्मर लाबुङ द्वारा लेखिएको लेख भ्रमात्मक 

By-Yatu Kumar Limbu Sangbangphe


सेवा लुङ् जीको यो निक्कै पुरानो पोष्ट (२६ जुन २०१५) लाई एक जना बरिष्ठ फेशबुके पत्रकार मित्र डम्मर लाबुङ् जीले पुन सम्प्रेषण गरी केहि नयाँ अन्जान पाठक मित्रहरुमा भ्रम सृजना हुन सक्ने संभावना देखिएकोले पुन मैले पनि यसको बारेमा केहि कुरा लेख्ने जमर्को गरेको छु।हुन त उक्त सवालको जवाफ त्यहि पोष्ट भित्र कम्मेण्ट्स् को रुपमा पहिले नै लेखि सकेको थिएँ।तर उहाँले म र डम्बर लिवाङ् जीका प्रतिकृयाहरु डिलेट गरिहाल्नु भएको रहेछ।त्यसैले सत्य तथ्य कुराहरु अलिकति बिस्तृतमै लेख्नु पर्ने भयो।

किरात याक्थुङ चुम्लुङमा र संघीय लिम्बुवान समाज कतारमा  सेवालुङको प्रोपोगान्डा 
(१)संघीय लिम्बुवान समाज कतारको बिबादको शुरुवात कियाचु कतारको आठौँ अधिवेशन होईन।यो सेवा लुङ् जीको दोश्रो प्रोपोगाण्डा मात्र हो।उहाँले त संघीयता र लिम्बुवान स्वायत्त राज्य प्राप्तिको कठिन यात्रालाई सामना गर्न नसकेर बिना कारण त्यो भन्दा अगाडी देखि नै संलिस कतार र लिम्बुवान आन्दोलन बाट भाग्ने कोशिश गरि रहनु भएको थियो।फेब्रुवरी १९ तारिक नै उहाँले लिखित र अबिर मादेन जीले त्यसको भोलिपल्ट बैठकमा मौखिक राजिनामा मागि खाता समेत बुझाउँनु खोज्नु भएको थियो।त्यस पटक हामीले उहाँहरु लाई अनेक सम्झाई बुझाई गरी राजिनामा फिर्ता गराउँन सफल भएका थियौँ। उहाँको राजीनामा पत्र फेशबुक बाट साभार:
Sewa Lung 
श्रीमान् अध्यक्ष ज्यु, कार्य समिति तथा सचिबालाका सम्पूर्ण पदाधिकारी ज्यु हरु, संघीय लिम्बुवान समाज कतार , सेवारो ,, जय लिम्बुवान !
बिषय:-  जिम्मेवारी बहन गर्न नसक्ने जानकारी गरिएको सम्बन्धमा।
उपरोक्त सम्बन्धमा सम्पूर्ण मान्यजन हरुमा म यो सबिनय अनुरोध गर्न चाहान्छु कि, आजको दिन देखि उप्रान्त म संघिय लिम्बुवान समाज प्रबास कतार को सचिब पद मा बसी काम गर्न नभ्याउने र नसक्ने व्यहोरा अबगत गराउन चाहान्छु। र आजकै दिन देखि अन्तरास्ट्रिय जिम्मेवारी हरु बाट पनि बिदा भएको अबगत गराउन चाहान्छु। राजनीति फोहरी खेल नै रहेछ। हाम्रो बिसुद्द लिम्बुवान प्राप्ति भाबना हरु हुदा हुदै पनि केन्द्रमा रहेका सिर्सस्थ नेतृत्व हरुको खिचातानी, र दोसारोपण अनि इन्टरनेट को प्रयोग गरि ब्याक्तिगत स्वार्थ पूर्तिको लागि धमिलो खेल खेल्ने प्रबिती हरु देखि पनि हतास हुदै अन्तत्तगत्व भोलिका दिन हरुमा कतै हामि हरुलाई पनि टेक्ने न समाउने ठाउँ नहुने अबस्थामा त पुर्याउने होइन? भन्ने धरासायी अबस्था हरु लाइ बिचार गर्दै अब उप्रान्त बाहिर बसेरनै भए पनि लिम्बुवान प्राप्ति आन्दोलन लाइ सहयोग गर्ने प्रण गर्दछु। हुन त समुद्र बाट एकलोटा पानि बाहिर निकाल्दैमा हुने वाला केहि पनि छैन। त्येसैले पनि सम्पूर्ण जिम्मेवारी बाट बाहिर पन्छिएर लिम्बुवान भुमि मुक्ति आन्दोलन लाइ सहयोग गर्ने प्रतिबद्दता व्यक्त गर्दै यहा हरु बाट बिदा माग्दै छु। अस्तिको अ.स.स को मिटिंगमा मलाइ पनि जोडेर मेरो मनका बिचार हरु राख्ने मौका दिनु भएकोमा धन्यबाद! म बाहिर बसेर यहा हरु लाइ जस्तो सुकै सहयोग गर्ने नै छु। यदि पहिचान र संघियता बिरोधि अन्य कसै पार्टीको झोला बोकेर हिडेको सुन्नु भयो भने मेरो मुख मा थुकी दिनु सक्नु हुने छ। भन्दै बिदा सेवारो। सेवालुंग निबर्तमान सचिब संघीय लिम्बुवान समाज वातारFeb 19 · Sent from Web Sewa Lung left the conversation.)
सेवालुंग ले राजनीमा पत्र पेश गरे पश्चातको आकष्मिक बैठक @ मुन्ताजा  पार्क 20 Feb 2015


(२) कियाचु कतार: कतारमा रहेका याक्थुङ्बा हरुको एक मात्र जातीय सामाजिक संस्था भएकोले हामी हिजो मञ्च सम्बद्ध लिम्बुवान प्रवास कतार,आजको संलिस कतार स्थापना गर्नु पुर्व देखि नै हामी केहि ब्यक्तिहरु कियाचु कतारमा आबद्ध रहँदै आएका थियौँ। कियाचु कतारको सातौँ अधिवेशनले निर्वाचित गरेको केन्द्रिय कार्य समिति यस्तो रहेको थियो।
श्री अध्यक्ष-लोकेन्द्र कुमार तुम्रोक
 श्री प्रथम- उपाध्यक्ष मन कुमार आङ्बो
श्री द्वितिय-उपाध्यक्ष नरेन्द्र एभेङ् (संलिस)
श्री महासचिव- राजेन्द्र साम्याङ्खाम्
श्री सचिव- डम्बर लिवाङ (संलिस)
श्री सचिब- मंगलसिं केरुङ लिम्बु
श्री कोषाध्यक्ष- हरी जबेगु
श्री सह- कोषाध्यक्ष हर्क बहादुर खजुम लिम्बु (संलिस)
श्री सदस्य किरण लिङ्देन (संलिस)
श्री अशोक योङ्हाङ् (संलिस)
श्री स्यामसुहाङ् हुक्पा चोङ्बाङ् (संलिस)
श्री मिङ्सो सुहाङ् (संलिस)
श्री विशाल आङबो लिम्बु
श्री बिक्रम हुक्पाचोङबाङ लिम्बु
श्री बम बहादुर चेम्जोङ लिम्बु
श्री नन्दराज लोवा लिम्बु
श्री गुञ्जन माङलाक लिम्बु  (संलिस)
श्री गजेन्द्र फियाक, लिम्बु (संलिस)
श्री तहन शेर्मा, लिम्बु
श्री पदम वेघा लिम्बु
श्री देवी केरुङ, लिम्बु
श्री भीम खापुङ, लिम्बु
श्री दिल कुमार पन्दाक, लिम्बु
श्री शुनिल खजुम, लिम्बु
श्री सुक बहादुर फागो, लिम्बु
श्री दिल किरण खजुम लिम्बु
श्री मान ब.साँवा लिम्बु
श्री गणेश प्र.थक्लुङ लिम्बु
श्री केवल पाहिम लिम्बु
श्री श्रवण योङया लिम्बु
श्री यतु सम्बाङफे लिम्बु  (संलिस)
श्री लिलाहाङ लावती लिम्बु
श्री हर्क प्रसाद आङदेम्बे लिम्बु  (संलिस)
श्री गंगा आङबुहाङ लिम्बु  (संलिस)
श्री अविन्द्र मादेन लिम्बुयसरी नै अन्य सदस्यहरु रहेका थिए ।

(३)कियाचु कतारको आठौँ अधिवेशन २७ मार्च २०१५ का दिन तोकिएको थियो।उक्त आठौँ अधिवेशनको पुर्व सन्ध्यामा कियाचु कतारको कार्य समितिको बैठक बाट आठौँ अधिवेशनले निर्वाचित गर्ने कार्य समिति र आगामी कालका कार्य समिति हरुको पदिय बाँडफाँड वा मिलानको बारेमा रोलक्रमकै आधारमा गर्ने,जसको लागी वर्तमान अध्यक्ष लोकेन्द्र तुम्रोक ज्यु बरिष्ठ सल्लाहकार,अहिलेको प्रथम उपाध्यक्ष मनकुमार आङ्बो अध्यक्ष र द्वितिय उपाध्यक्ष नरेन्द्र एभेङ प्रथम उपाध्यक्ष र यसैगरी क्रमगत सर्दै जाने भनेर भद्र सहमति भई सकेको थियो।त्यसैले उक्त सहमति लाई अन्तिम समयमा आएर भंग गर्नु,बखेडा झिक्नु त्यति मुनासिव हुँदैनथ्यो।र अर्को कुरा,यदि सबैले उक्त भद्र सहमति लाई सबैले बिश्वास र ईमान्दारीताका साथ लागु भएको खण्डमा आगामी कार्यकालको नेतृत्व हाम्रै पक्षमा रहेको थियो।त्यसैले उक्त सहमति लाई नै मानेर बाँकि केन्द्रिय सदस्य पद हरुमा चाहिँ धेरै संख्यामा पहिचान सहितको संघीयता र लिम्बुवान स्वायत्तता चाहानेहरु हुनु पर्छ भन्ने सोच चाहिँ बनाएकै हो।तर यो कुरा लाई हाम्रै साथिहरुले बुझ्नु भएन वा आवश्यकता भन्दा धेरै बुझिदिनु भयो।

(४)"मार्च २० तारिक बेलुका नै संलिस कतारका केहि अतिवादी हरुको छुट्टै गोप्य बैठक बस्यो" भनेर सेवा लुङ् जीले जुन आरोप लगाउँनु भएको छ।त्यो सरासर झुठ हो।सत्य कुरा के चाहिँ हो भने अर्को हप्ता अर्थात मार्च २७ तारिक हुँदै गरेको कियाचु कतारको आठौँ अधिवेशनको बारेमा समसामयिक बिषय बस्तु वा कियाचु कतारमा भएको सहमतिका कुराहरु लाई हाम्रो बैचारिक संगठन भित्र अन्यौल नहोस् भनेर अध्यक्ष ज्युले ब्रिफिङ् गर्ने सोचले आज बेलुकि मेरो रुममा एकछिन बसौँ है भन्न खोज्नु भएको कुरा सत्य हो।त्यो दिन यो कुरा कसैलाई भन्न भ्याउँनु भयो,कसैलाई भ्याउँनु भएन होला।किनकि त्यो दिन वनभोजको दिन थियो।उहाँको यो सल्लाह गलत नियत बाट प्रेरित पटक्कै थिएन।तर कुरा के भई दियो भने अघिल्लो रात १९ तारिक बेलुका कार्यक्रमको तयारीको लागि पुरै रात र २० तारिक पुरै दिनको ब्यस्तताले थाकेर सबै लखतरान भईएकोले उक्त दिन बेलुकि बैठक बस्न सकिएन।र सबैलाई बैठकको समाचार दिन पनि सकिएको थिएन।अझ म गुईँठे र सेवा लुङ् महोदय कार्यक्रम सकिए पछि संगै एउटै बसमा फर्किएका थियौँ।मेरो क्याम्प बाट लगिएका २ वटा ग्याँस सिलिण्डर उहाँ लगायत केहि साथिहरुले नै ओराल्न सघाएर राती अन्दाजी ९:०० बजे हाँसि खुशी बिदा भएका थियौँ।कुरा यति सत्य हुँदा हुँदै राती गोप्य बैठक बसे भनेर आरोप लगाई रहनुको कुनै तुक देखिन

(५)यसरी औपचारिक रुपमा बैठक बस्न नसकिए पछि यो बिषयमा संलिस कतारको च्याट ग्रुपमै भए पनि केहि सर सल्लाह गरौँ भन्ने सोचले बिषय बस्तुको उठान गरिएको थियो। त्यसमा हामी बहसकर्ता मध्ये धेरैले माथि उल्लेखित सहमतिका कुराहरु नै राख्यौँ।बाँकि सेवा लुङ् जीले तोक्नु भएका सदस्यहरु मध्ये:
(क)तिल विक्रम थेबे जी शुरु देखि नै एक ब्यक्ति एक पदको मान्यतामा उभिनु भएको थियो। (ख)धन प्रसाद साँवा जी यो बिषयमा मुछिनु नै भएन।उहाँ तटस्थ बस्नु भयो।
(ग) किरण लिङ्देन जीको मत अलिक फरक थियो। उहाँको मत संलिस कतारको नेतृत्वले अन्य संघ संगठन लाई भन्दा आफ्नै बैचारिक संगठन लाई नै पहिलो प्राथामिकता दिईनु पर्दछ। त्यसैले हाम्रो अध्यक्षले यस पटक कियाचु कतारको प्रथम उपाध्यक्षमा गएर अर्को पटक अध्यक्षको आकांक्षि बन्नु हुँदैन।यसो भयो भने ध्यान र समय दुई तिर बिभाजित भई संगठन कमजोर बन्न पुग्छ भन्ने रहेको थियो। हामी सबैले उहाँको यो धारणा सहि रहेको निस्कर्ष निकाल्यौँ।र अध्यक्ष ज्यु बाट पनि सम्बोधन भएको छ।
(घ) यो बिषयमा मदन मादेम्बा,अबिर मादेन र बिरेन जबेगु जी हरुको कुनै ठोस बिचार नै आएन।उहाँहरुको एउटै कुरा रह्यो ''सबै जना मिलेर जाऔँ''। तर हामीमा नमिलेको कुरा के हो ? मिल्दा कसरी मिल्ने ? यो कुरा क्लियर नै गर्न सक्नु भएन भएन।
(ङ) तर हामी लाई अतिवादी र गुटबन्दी भन्नु हुने सेवा लुङ् जीले भने कुनै हालतमा कियाचु कतारमा गएर कांग्रेस एमालेको नेतृत्व स्वीकार नगर्ने,संभव भए प्यानल बनाएर लोकतान्त्रिक बिधि बाट,त्यो नभए ठोकतान्त्रिक बिधि बाट (उहाँकै भाषा बाट डाङ्डाङ् डुङ्डुङ् गरेरै भए पनि झ्याप् झुप पार्ने) भए पनि कब्जा गर्ने रहेको थियो। यसको लागि तिल विक्रम थेबे जी लाई अध्यक्ष बनाएर बाँकि अन्य पदमा रहेर जाने प्रस्ताव राख्नु भयो। यहि बिषयमा हामी बिच लामो बहस भयो। सबैले आ-आफ्ना तर्क र बिचारहरु राख्यौँ। तर पनि कुनै एउटा साझा निस्कर्ष निकाल्न सकेनौँ। पछिल्लो अवस्थामा एक ब्यक्ति एक पदको मान्यतामा रहनु भएका तिल विक्रम थेबे सरले समेत सेवा लुङ् जीको प्रस्तावमा ग्रीन सिग्नल दिनु भए पछि त झन् पछि हट्ने कुरै रहेन।
(६) मैले बहसको क्रममा तिल विक्रम थेबे जी लाई कतारको खजुरको बोटहरुले समेत बिरोध जनाउँछन् भनेको सत्य हो। तर सेवा लुङ् जीले भन्नु भए झैँ डोमिनेट गरेर भनेको होईन।कुरा के हो भने कियाचु कतारको केन्द्रको बिधान साथ साथै आफ्नो छुट्टै बिनियम वा निर्देशिका पनि रहेको छ।त्यो बिधानमा स्पष्ट के लेखिएको छ भने केन्द्रिय समितिको मेजर पदहरुमा उम्मेद्वार बन्नको लागि एक कार्यकाल सम्म केन्द्रिय सदस्यमा रहेर काम गरेको हुनु पर्नेछ।
"(कियाचु कतारको बिधान धारा नं.१४ को उपधारा (२) अधिवेशनमा विषेश गरि अध्यक्ष, उपाध्यक्ष, महासचिब, सचिब, कोषाध्यक्ष र सह-कोषाध्यक्ष पदको लागि उम्मेदवारी दिन सो ब्यक्ति उत्त समितिमा अनिवार्य एक पदावधी कुनै पनि विभागमा पूरा गरेको हुनु पर्ने छ ।)"
तर दुर्भाग्यको कुरा हामीले अध्यक्षको उम्मेद्वारको रुपमा अघि सार्न खोजिएको ब्यक्ति तिल विक्रम थेबे जी अत्यन्तै सक्षम ब्यक्तित्व हुनु भए पनि त्यो योग्यताको कमी रहेको थियो। र दोहा कतारमा उहाँलाई नचिन्ने नजान्ने नेपाली सायदै होलान्।यसरी उहाँ जतिका बौद्धिक ब्यक्तित्व, चर्चित पत्रकार दोहा कतारमा रहनु भएको झण्डै १२/१३ बर्ष बिति सक्दा पनि कियाचु कतार संगको सम्पर्क नहुनु बडो दु:खको कुरा हो। यस्तो अवस्थामा उहाँलाई यसरी अप्रत्याशित र अनपेक्षित रुपमा एकाएक अध्यक्षको उम्मेद्वारको रुपमा प्रस्तुत गर्दा मानिसमा हाम्रो उक्त कार्य प्रति सिधै शंका,उपशंका उठ्दछ।र यसमा कियाचु कतारका मानिसहरुले मात्र नभएर दोहाका खजुरका बोटहरुले समेत बिरोध गर्छन् भनेको हुँ।यसरी बोलिएको कुराको मुख्य सार लाई काटेर छेऊ र टुप्पो लाई देखाउँदै भ्रम फैल्याउँनु कतिको भलाद्मिपन कुरा हो ? सोच्न जरुरी रहेको छ।

(७)बिगतमा कियाचु कतार भित्र कार्य समितिको बैठकमा सदस्यहरु बिच औपचारिक वा अनौपचारिक रुपमा पहिचान सहितको संघीयता र लिम्बुवान आन्दोलनको बारेमा कियाचु कतारको भुमिका बारे बहसहरु उठेको,उठाउँन खोजिएको सत्य हो। किनकि लिम्बुवान स्वायत्त राज्य स्थापना,आत्मा निर्णयको अधिकार,प्रथा जनित कानुन जस्ता बिषयहरु कियाचु नेपालले आफ्नो छैँठौँ केन्द्रिय महाधिवेशन बाट नै पारित गरिसकेको बिषय हो।त्यसैले कियाचु कतार भित्र पनि एक पक्ष केन्द्रको नीतिलाई अनुशरण गर्दै अहिले नेपाल लिम्बुवानमा उठिरहेको लिम्बुवान आन्दोलन लाई नैतिक तथा आर्थिक रुपमा साथ र समर्थन गर्दै ऐक्यबद्धता जनाउँनु पर्छ र अर्को पक्ष कियाचु भनेको जातीय सामाजिक संस्था भएकोले राजनीति गर्नु हुँदैन।यो लिम्बुवान स्वायत्तताको कुरा राजनीतिक बिषय हो भन्ने दुई पक्ष रहेका थियौँ।कहिले काहिँ यहि बिषयमा हामी बिच निक्कै चर्काचर्कि घम्साघम्सि बहस समेत हुने गर्दथ्यो।यो एउटा जिवित संस्था भित्र हुने स्वाभाविक प्रकृया हो।तर यसरी बिचार एक भएन भन्दैमा संस्था लाई नै ध्वस्त वा कब्जा गर्नु पर्छ भन्ने मानसिकता पक्कै पनि राम्रो होईन भन्ने लाग्छ।किनकि कियाचु भनेको भिन्न भिन्न राजनीतिक पार्टी र धार्मिक आस्था बोकेका तमाम याक्थुङ् जातीहरुको एक मात्र साझा जातिय सामाजिक संस्था हो।कुरा के मात्रै हो भने केन्द्रिय अधिवेशनले पारित गरेको नीति र कार्य दिशा लाई कार्यान्व्ययन गराउँन त्यसका नेता कार्यकर्ता कतिको ईमान्दारीताका साथ लागि परेका छन् कि छैनन् भन्ने कुराको निगरानी चाहिँ हुनु पर्दछ।


(८)यदि मार्च २७ तारिक कियाचु कतारको आठौँ अधिवेशनमा सेवा लुङ् जी कै मत लाई मानेर प्रस्तुत भएको भए हामीले निम्न नतिजाहरु निश्चित रुपमा ब्यहोर्नु पर्दथ्यो।
(क)त्यो दिन कुनै हालतमा अधिवेशन सम्पन्न हुँदैनथ्यो।र त्यसै दिन देखि कतार चुम्लुङ् औपचारिक रुपमै बिभाजन हुन्थ्यो ।साथै यसको सम्पुर्ण दोषि संलिस कतार नै हुनु पर्दथ्यो।फलस्वरुप देश देखि बिदेश सम्मका सम्पुर्ण याक्थुङ्बा समुदाय हरुको नजरमा संलिस कतार कलंकको पात्र बन्नु पर्दथ्यो।
(ख)हल भित्र कुटाकुट,हानाहान ,ठोकाठोक हुन्थ्यो।र त्यसका केहि जिम्मेवार २/४ जना टाउकेहरु पुलिशको हतकडी लगाएर नेपाल फर्कनु पर्ने अवस्था सम्म हुन सक्दथ्यो। संस्था सधैँका लागि मर्ने खतरा रहन्थ्यो।
(ग)सांगठनिक रुपमा संलिस कतारमा आबद्ध नरहेका तर भित्रि आत्मा देखि नै लिम्बुवान लाई बोकेका धेरै भन्दा धेरै लिम्बुवान प्रेमीहरु संलिस कतार संग रुष्ट हुन्थे।आक्रोशित भई हामी माथि नै खनिन्थे।उनिहरुमा पलाउँदै गरेको लिम्बुवानी प्रेम,आस्था,सद्भाव र सहानुभुति जस्ता मानविय नाताहरु सबै टुट्दथ्यो।र अन्तमा संलिस कतार पक्षकाहरु भिजेको मुसा जस्तै भएर हल बाट बाहिरिनु पर्दथ्यो।
(घ)संलिस कतारले आज सम्म प्राप्त गरेका सम्पुर्ण उपलब्धि र उचाईहरु सबै माटोमा बिलय हुन्थ्यो।

 (९) धेरै ठुलो संयमता,धैर्यता, बुद्धिमता र सुझबुझ सहितको कसरतले कियाचु कतारको अधिवेशन लाई सफलता पुर्वक सम्पन्न गरियो।कुनै दुर्घटना हुन नपाई सेफ लैण्डिङ् भयो।यसमा सेवा लुङ् जी लगायत सम्पुर्ण टिम लाई धन्यबाद दिनै पर्दछ।अधिवेशनको यो सफलता संगै हामी सबै खुशि र पुर्ण सन्तुष्टि भयौँ।अब हाम्रो यात्रा सरल र सहज रुपमा अघि बढ्नेछ भन्ने लागेको थियो। तर बिडम्बनाको कुरा,त्यो खुशि एक अर्कामा सेयर गर्न नपाउँदै त्यसको भोलिपल्ट बिहानै सेवा लुङ् जीले आफ्नो फेशबुक स्ट्याटसमा यस्तो अभिब्यक्ति पोष्ट गरेर धमिलोपन शुरु गर्नु भयो।
(Sewa Lung हिजो काग लाइ बेल पाक्यो हर्ष न बिस्मात भने जस्तै अनुभब भयो। March 28 at 11:02am · Public 24 · Like · Comment · Share · Full Story · Report)

 (१०) यसरी कियाचुको आठौँ अधिवेशन बाट सेवा लुङ् जी लाई सचिव र तिल विक्रम थेबे जी लाई के.स.मा निर्वाचित गरिँदा "हामीलाई पछारेर गुईँठेहरु खुशि मनाई रहेका छन्"भनेर आरोप लगाई रहनु हुँदा यि गुईँठेहरु लाई चाहिँ के लागेको छ भने कियाचु कतार प्रति संलिस कतार सधैँ अनुदार मात्र पो रहने गर्दछ कि भन्ने कतारमा रहनु भएका आम याक्थुङ्बा समुदायको शंका,उप शंका निवारण गरी हामी संस्था प्रति अत्यन्तै जिम्मेवार पनि छौँ भन्ने बिश्वास र अनुभुति अनुभुति दिलाएका छौँ। ब्यक्ति,संस्था र संगठन सबै बाँचेका छौँ।त्यसैले यदि उहाँहरुले कियाचु कतारको आगामी कार्यकालको नेतृत्वको लागि ईच्छा र चाहाना राख्नु भएमा स्पष्ट बैधानिक बाटो,योग्यता निर्माण गर्ने प्लेटफार्म र संस्थामा रहेर समाज प्रति आफ्नो योगदान गर्ने अवसर समेत प्राप्त भएको छ।तर सोचाई र बुझाई आ- आफ्नै !

 (११)अन्तमा सेवा लुङ् जीको कियाचु कतार कब्जा गर्ने,ध्वस्त पार्ने,कियाचु कतार र संलिस कतार बिच वैमनस्यता सृजना गराएर दुवै संस्था लाई खत्तम बनाउँने योजना पुर्ण असफल भए पछि आफु निर्दोष रहेको सावित गर्न कियाचु कतारका बिशिष्ठ ब्यक्तिहरु संग फेशबुक सञ्जाल बाट हतार हतार यसरी सुन पानीले चोखिने असफल प्रयास गर्नु भयो।प्रयोग भएका केहि मन्त्रहरु उहाँकै फेशबुक बाट कपी गरेर यहाँ राखिएको छ।
(Sewa Lung with Samir Limbu Mangal and 3 others संघिय लिम्बुवान समाज प्रबास समिति कतारमा दुइ जना नारदमुनि हरुका कारण केहि खटपटी उत्पन्न भएको छ। भोलिका दिन हरुमा यी ब्वाँसा हरुले कियाचु कतार लाइ पनि निसानी बनाएर राखेका छन्। यिनी हरु नसुध्रिए यिनी हरुका इतिश्री कर्तुत हरु सामाजिक संजाल फेस्बुकका वाल हरुमा राख्न बाध्य भइने छ। यी खुरापाती हरु भनेको साइबर दुनिया लाइ गलत प्रयोग गर्ने र लिम्बुवान बिरोधि हरु मात्र हुन्। यिनी हरुको सिधा सम्पर्क युकेका केहि नेता हु भनाउदा हरु र अन्य दुइ तिन मुलुकका दोभासे नेता हरु संग छ। यिनी हरुको नियत भनेको बिदेसमा बसेर फुर्सदको समय लाइ सदुपयोग गरि भइ रहेको केन्द्रिय समितिमा हल्लीखल्ली गराई नेता हरुको सम्बन्ध चिस्याउनु र एकता लाइ सस्थागत हुन बाट रोक्नुनै हो। June 8 at 11:27am · Friends More Suman Sahayatri Yonghang and51 others like this.)
(Sewa Lung अस्ति अधिबेसन को बेला थाहा पाइएन लुङ्गा। दुइ बर्सको लागि दाह्रा गाडेर बसेका छन् हेरौ अब कियाचुमा चाहि यस्तो सकुनी चाला चल्न दिनु हुदैन। यदि आबस्यक परेमा वा बेलैमा बिचार नपुर्याए कियाचुको अधिबेसन अगाडी भए गरेका सम्बाद हरु पनि सार्बजानिक गरिने छ। Like · 1 · Reply · Report · Jun 8)


- अन्तराष्ट्रिय समन्वय समितिमा  "सेवालुङ्"को  प्रोपोगण्डा
(१) संघीय लिम्बुवान पार्टी नेपाल,अन्तराष्ट्रिय समन्व्यय समिति स्थापना र यसको उद्धेश्य: नेपालमा पहिचान सहितको संघीयता र लिम्बुवान स्वायत्त राज्य स्थापनाको लागि तत्कालिन मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले हाँकि रहेको शान्तिपुर्ण तथा शशक्त आन्दोलन लाई थप ऊर्जा प्रदान गर्न प्रवासमा रहेका तमाम लिम्बुवानी जनताहरु एक भई लागी पर्नु पर्ने र त्यसको लागि सबै प्रवासहरु लाई समन्व्यय गर्ने एक साझा प्रवास संगठन आवश्यक रहेको महसुस गरिएकोले सन् २०१२ जुन/जुलाई महिनाको वरिपरी तत्कालिन मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका १० वटा प्रवास संगठनहरु मिलेर स्थापना गरिएको सह-अस्तित्ववादी एउटा साझा फोरम थियो।यो संगठनको स्थापनामा प्रवास साउदीका एल नेम्बाङ,प्रवास युके का युमा (नेत्रकला) लिम्बु र कम्बोडियाका दिपेन योङ्हाङ् जी हरुको मुख्य भुमिका रहेको थियो। 

(२) असस स्थापना गरिँदा यसका मुख्य ३ वटा उद्धेश्यहरु रहेका थिए। (क)लिम्बुवानमा मञ्च सम्बद्ध संलिरापले हाँकि रहेको लिम्बुवान स्वायत्तता प्राप्तिको आन्दोलन लाई सक्दो रुपमा आर्थिक,नैतिक सहयोग गर्न एक अर्कामा प्रेरित गराउँने। (ख)प्रवासमा गठन भएका मञ्च सम्बद्धका सबै प्रवास संगठनहरुले असस लाई छाता संगठनको रुपमा मान्ने र उक्त संगठनमा आबद्ध भएका बिभिन्न संगठनहरुले आ-आफ्नो राष्ट्रको संगठन बिस्तार गर्ने क्रममा संगालेका आफ्नो अनुभव,समस्या,चुनौति र संभावना जस्ता कुराहरु एक अर्कामा सेयर गर्ने।र पार्टी कुनै पनि खाले संकटमा परेको अवस्थामा सबै प्रवास हरुको तर्फ बाट साझा सुझाव वा अवधारणा तयार गरी असस मार्फत पठाउँने। (ग)अन्य देशहरुमा छरिएर रहेका लिम्बुवान चाहाने तर संगठन निर्माण गरि नसकेका मानिसहरु लाई अससले सम्पर्क गरी संगठन निर्माणको लागि अभिप्रेरित गर्ने। यहि उद्धेश्यका साथ मञ्च सम्बद्ध संलिराप अन्तराष्ट्रिय समन्व्यय समितिको स्थापना गरिएको थियो।र यसको संस्थापक संयोजक युमा लिम्बु लाई सर्व सम्मत छनौट गरी प्रत्येक सदस्य राष्ट्र बाट १ देखि ३ जना सम्म प्रतिनिधि सदस्य रहन पाउँने ब्याबस्था गरिएको थियो।

(३) शुरुवाती समयमा यो संगठन अत्यन्तै सकृय र प्रभावकारी समेत रह्यो। प्रवास समितिहरु गठन गर्ने लहर नै उर्लेर आयो।१० वटा प्रवास समिति बाट शुरु गरिएको असस छोटो अवधिमै १८/१९ वटा राष्ट्र बन्न पुगे।अससको यहि सकृयता र प्रभावकारीताले गर्दा मातृ पार्टीले छोटो समयको तयारीमै जस्तोसुकै ठुला ठुला कार्यक्रमहरु पनि सजिलै सम्पन्न गर्न सक्दथ्यो।

(४) तर पनि यो संगठन कुनै बिधि,बिधान,नियम,बिनियम जस्ता मेरुदण्डिय अस्त्र बिना केवल भावनात्मक रुपले निर्माण गरिएको हुनाले यस भित्र बिस्तारै धमिरा लाग्न शुरु गर्यो।यसका नेता कार्यकर्ताहरु आवश्यकता भन्दा बढि महत्वाकांक्षि बन्दै गए।बिधि,प्रकृया र पद्धतिमा भन्दा पनि राजनीतिक संस्कार बिहिन नातावाद,कृपावाद को बाटो अंगाल्दै गयो।जसले गर्दा राजनीतिक मुल्य र मान्यता भन्दा बढि ब्यक्तिवादी चरित्र हावी बन्दै गयो।प्रवास समितिहरुको कुनै आधिकारिक निर्णय र सिफारिश बिना जसले जसलाई पायो उसैलाई प्रवासको प्रतिनीधि भनेर समावेश गराईयो।अससमा संयोजक,प्रतिनीध ि सदस्य पदको पदिय मर्यादा भन्दा फुफु,भदा,भदैनी,ज्वाईँ,जेठान जस्ता ब्यक्तिगत तथा पारिवारीक नाता सम्बन्धहरु बढि हावी हुँदै गए।आफु र संगठन लाई निर्देश गर्ने स्पष्ट बिधि,बिधान र नीति नियम नहुँदा संयोजक आफैँ अलमलमा पर्नु भयो। आफ्नो कार्य क्षेत्र र जिम्मेवारी सम्म भुल्नु भयो।नेपाल जाँदा उतै बाट असस सञ्चालन गर्ने,प्रेस बिग्यप्ति दिने,निर्देशन जारी गर्ने कामहरु भए। यसरी संगठन भित्र दिन दिनै बिबाद,समस्या र अराजक गतिबिधिहरु मात्र बढ्दै जाने,तर निवारण गर्ने कुनै अस्त्र नहुँदा अससमा बिबादै बिबादको चाङ् लाग्यो। यसमा मञ्च सम्बद्ध बाहेकका बाह्य लिम्बुवानका केहि नेताहरुले पनि ठुलै चलखेल गर्न खोजे।अन्तमा स्थिति यहाँ सम्म पुग्यो कि केन्द्र देखि प्रवास सम्मका केहि नेताले असस खारेजीको माग उठाए।यी सबै हुनुमा असस संयोजकको ब्यक्तिगत कमजोरी भन्दा पनि बिधि र बिधानको अभाव नै मुख्य कारण थियो।

(५) संलिपाने अन्तराष्ट्रिय समन्व्यय समिति समायोजन/पुनर्गठन र प्रवास कतार: संलिस कतार अससको एक परिकल्पनाकार र संस्थापक सदस्य राष्ट्र समेत भएकोले बिधिवत रुपमा चाँडो भन्दा चाँडो असस पुनर्गठन वा समायोजन होस् भन्ने चाहान्थ्यो। त्यसैले पाँच लिम्बुवानी पार्टी एकता पछि असस पुनर्गठनको लागि संयोजक ज्यु बाट चाँडै पहल गरियोस् भनेर प्रवास कतार लगायत अन्य केहि प्रवास समितिहरुले जोडतोडका साथ आवाज उठाएको पनि हो।तर संयोजक ज्युले केन्द्रको निर्देशन पर्खने भन्दै आलटाल गर्नुभयो।ता कि असस समायोजनकॅ लागी केन्द्रको कुनै निर्देशन जरुरी थिएन।तर यसरी समायोजनमा ढिलाई वा बेवास्ता गरिनुको कारण प्रवास युकेको आन्तरिक समस्या कारक तत्व बनेको रहेछ भन्ने कुरा पछि बाट मात्र प्रष्ट भयो।

(६) तर जब २०१५ अप्रिल १८ तारिक बसेको प्रवास युकेको बैठकले मई ३० तारिक संलिस युकेको समायोजनको मिति तय गर्यो।त्यसपछि भने संयोजक युमा जी लाई असस समायोजन गर्नै पर्ने भुत चढेर आयो।र उहाँहरुको तोकिएको समायोजनको मिति भन्दा अगावै अप्रिल २४ तारिक असस समायोजन/ पुनर्गठनको मिति तोकि ऊर्दी जारी गर्नु भयो।प्रवास कतारको यसैमा मुख्य बिमति वा आपत्ति रहेको हो। किनकि समायोजन कार्य यसरी हचुवाको भरमा नभई बिधिवत रुपमा बैठक बाट निर्णय गरि मिति तय गरेर सम्पुर्ण सदस्य राष्ट्रहरु लाई पत्राचार गरिनु पर्दथ्यो।कम्तिमा पनि हामीले अघिल्लो कार्यकाल बाट तीता मीठा,सजिला अप्ठ्यारा कुराहरु सिकि सकेका छौँ,अनुभव गरि सकेका छौँ।त्यसै बाट हामीले नयाँ पाठ सिकेर अबको अससको सांगठनिक संरचना कस्तो हुने? प्रतिनिधि सदस्य कसरी चयन गर्ने? एउटा सदस्य राष्ट्र बाट न्युनतम कति देखि अधिकतम कति जना सम्म प्रतिनिधि सदस्य रहन पाउँने ? असस र प्रवास समिति बिचको चेन अफ कमाण्ड वा राजनीतिक मर्यादा कस्तो रहने ? जस्ता समायोजनका न्युनतम आधार वा रुप रेखाहरु तय गरेर मात्र अघि बढ्नु पर्दछ।यदि यि कुराहरुमा सहमति नगरी समायोजनमा गईयो भने समितिको एउटा बोडि त बन्ला,तर त्यो चलायमान हुन सक्दैन।अन्तत:यसले केहि दिन पछि उहि पहिलेकै जस्तो रुप धारण गर्दछ।यसरी फेरी पनि हामी सधैँभरी बिबादमा मात्र अल्झिई रहने खालको काम गर्नु हुँदैन भन्ने हाम्रो धारणा थियो।र अर्को कुरा पार्टी एकता पछि धेरै प्रवास समितिहरु समायोजन भई सक्दा पनि प्रवास युके भने बाँकि रहेको थियो।यसरी जम्मा १९ वटा प्रवास समितिहरु मध्ये सबैभन्दा शक्तिशाली प्रवास राष्ट्र र अससको संयोजक समेत त्यहि राष्ट्र बाट रहनु भएकोले गर्दा युके समायोजन बिना असस समायोजन संभव हुँदैनथ्यो। त्यसैले उहाँहरुले आफ्नो प्रवास समिति युके समायोजनको मिति पनि तोकि सक्नु भएको अवस्थामा त्यसलाई बेवास्ता गर्दै असस समायोजन गर्दा उहाँहरुमा बन्दै गरेको सहमतिको वातावरण खल्बलिन पुगि समायोजन कार्यमा गम्भिर असर पुग्न सक्दछ। यसैको लागि भए पनि असस समायोजन एक छिन रोकौँ।हामी अन्य प्रवासहरु पनि उहाँहरुको समस्यामा अलिकति गम्भिर बनौँ,ईमान्दार बनौँ र एउटा असल छिमेकिको रुपमा प्रस्तुत हौँ।यदि त्यसो होईन भने संयोजक युमा जीले नै उद्धार बनि असस समायोजनको लागि आफुले राजीनामा गरेर मार्ग प्रशस्त गर्नु पर्छ भन्ने थियो।तर उहाँ लगायत अन्य केहि प्रवासहरुले भोलि आई पर्ने समस्यामा अलिकति पनि सोच बिचार नगरी जबर्जस्ति अघि बढ्नु भयो।जसको परिणाम प्रवास समिति युके दुई खेमामा बिभाजित भयो।र सबै प्रवासको साझा संगठन असस लाई पनि मृत्यु शैय्यामा पुर्याएरै छाड्यो।

संलिस कतारमा सेवालुङ् को तेश्रो प्रोपोगाण्डा: 
(७) संलिस कतारले यदि बिधिवत रुपमा असस पुनर्गठन हुने भएमा कतारको तर्फ बाट प्रतिनिधि मदन मादेम्बा र रेखा राई लाई शिफारिस गर्ने भनेर अप्रिल ३ तारिक हिमालयन बैठकमा बसेको केन्द्रिय बैठकले नै निर्णय गरिसकेको थियो।तर अससको संयोजकको बारेमा चाहिँ हामी बिचको अनौपचारिक छलफलमा पुन: युमा लिम्बुले नै निरन्तरता पाउँनु पर्छ भन्ने कुरा भएको तर यसको लागि सांगठनिक धारणा बनाई नसकेकोले मैले अससको च्याट ग्रुप बहसमा यहि कुरा लेखेको थिएँ।तर "के निहुँ पाऊँ र कनिका केलाउँ" भनेर कुरि बसेका सेवा लुङ् जीले त्यहि शब्दको अर्थको अनर्थ लगाउँदै कोकोहोलो मच्चाई रहनु भएको छ।तर उहाँले लगाई रहनु भएका आरोप हरुमा कुनै तुक छैन।मैले च्याट ग्रुपमा बोलेको कुरा र सेवा लुङ्ले उछालेको शब्दहरु यिनै हुन्। (अससको संयोजकको बिकल्पको बारेमा प्रवास समिति कतारले सांगठनिक रुपमा कुनै छलफल गरेको छैन। त्यसैले यतिखेर मैले आफ्नो नीजि बिचार मात्र राखेको भनेर बुझिदिनु होला।अससको बिगतको बारेमा मैले बुझेको चाहिँ गल्ति मानिसले 2 किसिमले गर्दछ।एउटा नियतवश गल्ति र अर्को नजानेर भुलवश गल्ति।मलाई लाग्छ वर्तमान असस संयोजक युमा जीले आफ्नो पाईला चाल्ने,संगठनलाई अघि बढाउँने क्रममा पटक पटक धेरै वटा गल्तिहरु गर्दै आउँनु भएको छ।तर ति गल्तिहरु त्यस्तो कुनै खराब नियत राखेर गल्ति गर्नु भएको नभई नजानेर गल्ति कामहरु भएका छन्।यसो हुनुको मुख्य कारण हामि संग असस लाई डोर्याउँने कुनै बिधि वा बिधानहरु नभएको र खालि लिम्बुवान स्वायत्तता प्राप्तिको उत्कट चाहानाले भावनात्मक रुपमा मात्र अघि बढ्न खोजिएकोले हो।यसो भए पछि असस र त्यसको संयोजकले के गर्ने के नगर्ने भन्ने कुराहरु छुट्याउँन सकेनौँ। त्यसले अलिअलि हुँदै बिकराल रुप लिन पुगेको हो।कसैलाई गुमराहमा राखेर आफु भर्याङ् उक्लिने उहाँको नियत पटक्कै होईन।उहाँमा काम गर्ने जोश,जाँगर र ईच्छा शक्ति अत्यन्तै प्रवल रहेको छ।मानिसले पद मात्र खोजेर हुँदैन।उसमा काम गर्ने ईच्छा शक्ति पनि उतिक्कै हुन आवश्यक छ। उहाँकै महत्वपुर्ण भुमिकाले अससले यो उचाई प्राप्त गर्न सफल भएको छ।18/19 वटा प्रवास संगठनहरु गठध भएका छन्। त्यसैले असस स्थापना गर्नुमा युमा जीको भुमिका,उहाँले पुर्याउँनु भएको योगदान,अहिले सम्मको प्रगति र उहाँमा रहेको ईच्छा शक्तिलाई क्यालकुलेशन गर्दा अझै एक पटक अससको संयोजक भएर काम गर्न उहाँलाई नैतिक सपोर्ट मिल्ने देखिन्छ।र अबको अससमा स्पष्ट नीति नियम र बिधान हुने भएकोले तपाई हामि जो कोहि अससका पदाधिकारीहरुमा उक्त बिधानले ब्याबस्था गरेका अनुशाशन सम्बन्धि धारा उपधाराहरु क्रियाशिल हुनेछ भन्ने कुरा आशा गर्न सकिन्छ। April 20 at 6:29pm)

(८) यसरी युमा जी ले अप्रिल २४ तारिक असस पुनर्गठन नगरी नछाड्ने भए पछि प्रवास कतारले अससको वर्तमान अवस्था र समायोजन पुर्व गरिनु पर्ने न्युनतम सहमतिका १० बुँदे लिखित तथा मौखिक अवधारणा पेश गर्न बैठक बाट निर्णय गरिएको ब्यत्ति लाई नै पठाउँने भनेर अध्यक्ष नरेन्द्र लिम्बु ज्युले मदन मादेम्बा जी लाई पटक पटक फोन गर्नुभयो।तर उहाँले जवाफमा आफुलाई छक्का बनाईएकोले आफु अससमा नजाने,बरु कार्वाही नै गरेर देखाउँनुस् भन्दै बौँठिनु भयो।तर त्यो उहाँको कनिका केलाउँने बहाना मात्र थियो। यथार्थमा उहाँहरुको सब्जि मुण्डि पार्कमा "कि वार,कि पार" को छुट्टै भेला आयोजना गर्नु भएको थियो। Copy Paste By Facebook-
Sewa Lung  मदन सर, अबिर सर जसरी भए पनि आगामी सुक्रबार सब्जिमन्डी पार्कमा आउनु होला। त्यो अस्तिको बाकी कुरा हरु गर्नुछ। र निर्णायक कुरा चाहिँ तिलबिक्रम सर आएपछी मात्र गरौला। कि वार कि पार को निर्णय नगरी नहुने अबस्था आयो। जय लिम्बुवान। April 21 at 4:28pm · Public 32 · Like · 10 Comments · Share · Full Story · Report)

(९) मदन मादेम्बा जी अससको कार्यक्रममा जान नमाने पछि म उपाध्यक्ष यातुकुमार सम्बाहाङ्फे र उपमहासचिब डम्बर लिवाङ्नै जानु पर्ने स्थिति आयो । त्यो बेला महासचिव तिल विक्रम थेबे जी छुट्टिमा नेपालमा हुनु हुन्थ्यो। तर उक्त दिन कियाचु कतार मातहतको याक्थुङ् सांस्कृतिक परिषदका कलाकार भाई जयन्द्र जबेगुको बिदाई कार्यक्रम रहेकोले अध्यक्ष नरेन्द्र लिम्बु ज्यु र डम्बर लिवाङ् कियाचु कतारका सल्लाहकार र महासचिव रहनु भएकोले उतै ब्यस्त हुनुभयो।मेरो चाहिँ दिउँसोको ड्युटि भएकोले अससले तोकेको समयमा उपस्थित हुन सक्ने कुरै भएन।अब अससको आजको कार्यक्रममा नजाउँ भने अरु त के,आफ्नै भिभिषणहरुले असस बिरोधि भनेर उत्पात मच्चाउँने,जाउँ त समयको प्रतिकुलता। त्यो दिन निक्कै ठुलो बिलखबन्दमा परियो।तर पनि जसरी पनि उपस्थिति जनाउँनै पर्ने भएकोले ड्युटि सकेर ढिलै भए पनि लगभग कतारी समय ४:३० बजे डम्बर लिवाङ् जी लाई भेटेर उहाँकै साधन,आईडी र उहाँकै गाडी भित्र बसेर अन लाईन भएँ।

(१०) तब म अन लाईन बैठकमा सहभागी भई सके पछि मलाई यति आश्चार्य लागेर आयो कि,त्यो दिन अससको स्कैप बैठकमा नजाने,जान नभ्याउँने "कि वार,कि पार" को भेलामा जुटेका मुख्य ब्यक्ति सेवा लुङ् जी म भन्दा पहिले नै अन लाईन भएर अतिथि आसन ग्रहण समेत गरिसक्नु भएको रहेछ।उहाँको यो घिनौला हर्कतहरु देखेर कता कता म आफैँलाई लाज लागेर आयो।सायद उहाँले फेशबुकमा बारम्बार लेखिरहनु भएका सुगे,छादे,हाँडीघोप्टे,चुफिते,हर्घन्दे,चैते,कातिके प्रवृति र चरित्र यिनै होलान् भन्ने लाग्यो। तर पनि आन्तरिक कुरा जे जस्तो भए पनि बाहिरी दुनियाँको नजरमा प्रवास कतार बाट २ जना प्रतिनिधि त छौँ भनेर मन मनै गर्वित पनि भएको थिएँ।म अन लाईन हुँदा युमा लिम्बु ज्युको अध्यक्षता, मौसम आङ्देम्बे जी र दिपेश खाम्बेक जी को सञ्चालनमा कार्यक्रम धुमधामका साथ भई रहेको थियो। केहि प्रवासले बोलि सक्नु भएको रहेछ केहिको बाँकि थियो। ति मध्ये प्रवास कतार पनि बाँकिको लिष्टमा रहेछ। र जब प्रवास कतारको बोल्ने पालो आयो,त्यसमा सञ्चालकले कतारको तर्फ बाट सेवा लुङ् जी लाई नै पहिले बोलाउँनु भएको थियो। तर उहाँले कुनै प्रतिकृया नदिई त्यसै सुनेर मात्र बस्नु भयो। तर सञ्चालकले उहाँको नाम पटक पटक उद्घोष गरि रहँदा सायद "जाँतो लाई भन्दा हातो लाई हतार" भने झैँ संयोजक युमाले नै स्पष्टोक्ति सहितको मीठो लेघ्रो तान्दै "अहिले सेवा लुङ् ज्युले बोल्न मिल्दैन रे मौसम ज्यु" भनेर बचाऊ गर्नुभयो। तर अरुको बेईज्जत गरेर आफु सज्जन बन्न खोज्ने अपराधिले सत्य ओकल्ने क्रममा फलानाले यस्तो बोल्यो,ढिस्कानाले उस्तो बोल्यो। ति सबै कुरा मैले सुनिरहेको थिएँ भन्दै आफ्नो गल्ति आफैँले वकेका छन्।आफ्नो असली अनुहार आफैँले उदाङ्गो पारेका छन्।

(११) त्यसरी सेवा लुङ् जीले बोल्न नमाने पछि कार्यक्रम सञ्चालकले मलाई नै बोल्ने अनुमति दिनुभयो।आफ्नो बोल्ने क्रममा मैले माथि उल्लेखित कुराहरु र असस समायोजनका आधारहरुको बारेमा प्रवास कतारको १० बुँदे अवधारणा,तत्कालको असस समायोजनले प्रवास युकेको समायोजनमा पर्न सक्ने संभावित असरहरुको बारेमा आफ्नो खुबीले भ्याएको कुराहरु सुझाएँ। साथै अससको सांगठनिक संरचनाको बारेमा संयोजक,उप संयोजक र बाँकी प्रतिनिधि सदस्य मात्र रहनु पर्छ भन्ने मेरो आफ्नो ब्यक्तिगत धारणा रहे पनि संलिस कतारका साथीहरु संगको अनौपचारिक कुराकानीमा धेरै साथिहरुको मत बहु पदिय संरचना नै उपयुक्त हुन्छ भन्ने रहेकोले अबको अससमा बहुपदिय हुनु पर्छ भनेर बोलेको सत्य हो। उक्त समायोजन कार्यक्रममा संलिस कतारले राखेको १० बुँदे अवधारणा निम्न रहेका छन् : 

  • असस र संलिस यी दुवै संगठनहरुले संघीय लिम्बुवान पार्टी,नेपालको बिधान र घोषणा पत्रलाई सर्वोपरी मान्दै अरुण सप्तकोशी पुर्व मेची नदि पश्चिम ९ जिल्ला ऐतिहासिक पृष्ठभुमिको आधारमा लिम्बुवान स्वायत्त राज्य प्राप्तिको मुद्धामा क्रियाशिल रहने छन्। 
  • संलिस प्रवास कार्य समिति अससको भातृ संगठनको रुपमा नभई एक स्वायत्त निकायको रुपमा रहने छ।यदि अससको गतिबिधि र उसले गर्ने ब्याबहारहरु प्रति आफ्नो चित्त नबुझेको खण्डमा कुनै पनि बेला अससको सदस्य राष्ट्र बाट अलग हुन सक्नेछ।र यदि उक्त बाहिरिएको राष्ट्रका सदस्यहरुले अससको मेजर पदहरु धारण गरेका छन् भने ति पदाधिकारीहरुले पनि नैतिकताको आधारमा पद बाट राजीनामा दिई परिस्थितिलाई सहज बनाउँन सहयोग गर्नु पर्नेछ । 
  • कुनै पनि प्रवास कार्य समिति बाट सिफारिश गरिएका प्रतिनिधिहरु सम्बन्धित राष्ट्रका अध्यक्षले फिर्ता बोलाउँन वा फेर बदल गर्न चाहेमा उक्त प्रस्तावलाई अससले निसन्देह कार्यान्व्यन गर्नेछ।
  • असस भित्र प्रत्येक राष्ट्र बाट कम्तिमा २ देखि बढिमा ३ जना सम्म प्रतिनिधि सदस्य रहन पाउँने छन् ।प्रवासमा आफ्नो कार्य समिति नरहेको तर संघीय लिम्बुवान पार्टीको मुभमेन्ट लाई आर्थिक,नैतिक रुपमा साथ दिईरहेका ब्यक्तिहरु लाई अससको पर्यवेक्षकको रुपमा स्थान दिईनेछ । 
  • अससको मुल सांगठनिक मेरुदण्ड,बैचारिक श्रोत प्रवास कार्य समिति लाई नै मानिने छ।तर संलिसले असस लाई सधैँ अभिभावकिय निकायको रुपमा सम्मान गर्नेछ। 
  • अससका सदस्य राष्ट्रहरुले कुनै बेला पार्टी केन्द्रलाई प्रवासको अवधारणा,राय,सल्लाह,सुझाव आदि दिनु परेमा ति सुझाव उपर अल्पमत र बहुमतको खेल हुने छैन।सके सम्म सर्वसम्मतको प्रयास गरिनेछ।यदि त्यो कुरा सम्भव नभएको अवस्थामा अससको बैठकमा कुनै प्रस्ताव उपर उठेका बहुमत र अल्पमत दुवै मतहरु दुरुस्तै केन्द्रलाई उपलब्ध वा रिपोर्टिङ् गरिनेछ। 
  • कुनै पनि प्रवास समितिहरुको आन्तरिक सांगठनिक बिबादहरुमा अससले कुनै किसिमको हस्तक्षेप गर्ने छैन।तर सम्बन्धित राष्ट्रले नै बिबाद सुल्झाउँन अनुरोध गरेमा समस्या समाधानको लागि एउटा समिति बनाई त्यसले मध्यस्थकर्ताको भुमिका निर्वाह गर्नेछ। 
  • कुनै पनि प्रवास समितिले पार्टीको हित हुने नयाँ कार्यको थालनी र त्यसलाई सम्पन्न गर्न अन्य प्रवासहरुको आर्थिक,भौतिक,नैतिक सहयोगको आवश्यक परि अपील गरेमा अससले त्यस कार्यलाई समर्थन र सहयोग गर्नेछ। 
  • अससको संयोजक वा अध्यक्ष पदको हक दावी गर्न योग्य हुनको लागि उक्त उम्मद्वारले कम्तिमा एक कार्यकाल सम्म अससको प्रतिनिधि सदस्य पदमा रहेर काम गरिसकेको ब्यक्ति हुनु पर्नेछ । तर यो प्रावधान समायोजित अवस्थामा भने लागु हुने छैन । 
  • अससमा रहेका सबै पदाधिकारीहरुले राजनीतिक संस्कार भित्र रहेर पदिय मर्यादा,अनुशाशन र गोपनियता लाई पुर्ण रुपमा पालना गर्नु पर्नेछ। April 23 at 4:59pm · Friends Oct 30 · Sent from Mobile)

(१२) तर कथित समायोजन कार्यक्रम भनिएको बैठकमा सहभागी ८/९ वटा राष्ट्रका लगभग १३/१४ जना सहभागी हरुले बोलि सक्दा पनि समायोजनका आधार हरुको बारेमा कसैले बहस चलाउँनु भएन।र प्रवास कतारले प्रस्तुत गरेको लिखित/मौखिक अवधारणा प्रति पनि कुनै छलफल वा टिक्का टिप्पणी भएन।बरु धेरैले धेरै पटक दोहोर्याई तेहर्याई जापानका पदम चेञ्जी माबो र कम्बोडियाका दिपेन योङ्हाङ लाई कुनै हालतमा पनि अससमा प्रवेश दिन नहुने जस्ता ब्यक्ति बिशेषका कुराहरुमा मात्र समय खर्चिनु भयो। संगठनका प्राबिधिक कुरामा बाहेक अन्तर्बस्तुको बारेमा कुनै बहस नै भएन। मैले भनेँ,ठिकै छ पदम माबो र दिपेन योङ्हाङ् लाई अससमा प्रवेश नगराउँ रे ! तर त्यसरी प्रवेश नगराईनुको नीतिगत तथा बैधानिक आधार के त ? असस संग त्यसको स्पष्ट आधार वा मापदण्ड हुनु पर्छ कि पर्दैन । यदि आजकै बैठक लाई अससको समायोजन मान्ने हो भने उहाँहरु स्वत समावेश भईसक्नु भएको छ। किनकि उहाँहरु भनेका हिजोको अससमा सदस्य राष्ट्र बनि सकेका,अससले मान्यता दिएका राष्ट्रहरु हुन्।आज त्यहि हिजोकै अससको पुनर्गठन वा समायोजन हो।तर यसरी आधा बाटो हिँडि सकेपछि बिच बाटोमा आई पुगेर तपाई हाम्रो संगैको यात्रा यहाँ सम्म मात्र हुन सक्यो।अब तपाईँहरु फर्कनु होस्।हामी संग जानु हुँदैन भन्न मिल्दैन।यदि नमिल्ने हो भने शुरुमै स्पष्ट संग यो कुरा भन्नु पर्दछ।होईन भने यो भनेको उहाँहरु माथिको अन्याय र धोकाधडी मात्र हुन जान्छ।यस्तै कारण हरुले गर्दा पनि समायोजन हुनु पुर्व कम्तिमा पनि समायोजनका न्युनतम साझा शर्तहरुको बारेमा किटान गरी सहमति गरेर जाऔँ।यदि उहाँहरु लगायत हामी सबै बसेर गरिएको साझा शर्त वा मापदण्ड पुरा गर्नुभयो भने अससको सदस्य राष्ट्र बन्न पाउँनु हुनेछ।अथवा त्यो मापदण्डमा पुग्न आफुलाई सक्षम र योग्य बनाउँन प्रेरित हुनु हुनेछ।अन्तमा केहि सिप लागेन भने बाहिरै बस्नु हुनेछ।आखिर त्यो नियम भनेको सबैमा बराबरी लागु हुने कुरा हो भन्ने थियो। तर उहाँहरुले खेल खेलि सके पछि मात्र जित्नेहरुले नियम बनाउँनु पर्ने भन्दै उक्त दिनको सहभागि हरुको बहुमत बाट नै भनौँ,(i) संयोजक युमा लिम्बु (ii) उप संयोजक निमा शेर्पा र (iii) सचिव मौसम आङ्देम्बे गरी जम्मा ३ सदस्यिय असस समायोजन सफलतापुर्वक सम्पन्न भएको घोषणा गर्नु भयो।ता कि जम्मा १९ वटा सदस्य राष्ट्र मध्ये सो दिन सहभागी भएका ८/९ वटा राष्ट्र सम्म लाई समितिमा जोडिएनन्। सबै हेरेका हेर्यै पारिए।

(१३) यसरी प्रकृया लाई अवरूद्ध पारेर हिजोका १९ वटा प्रवास समिति सबैलाई बाईपास गरी अबैधानिक तरिकाले ३ सदस्यिय असस समायोजन गरिए पछि त्यसमा संलिस कतारको बिमति रहेको र उक्त असस आफुहरु लाई कुनै हालतमा मान्य नहुने जानकारी गराउँदै अढाई घण्टाको लामो सहभागिता पछि मिटिङ् बाट बाहिरिएको हुँ।तर सेवा लुङ् जीले भन्नु भए जस्तो चोर कुकुर जस्तो जान्छु पनि नभनि सुटुक्कै भागेको पटक्कै होईन।तर जब प्रवास कतारका प्रतिनीधि यतु कुमार सङ्बाङ्फे लोग आउट भईसके पछि चाहिँ उनै सेवा लुङ् महोदय नै चोर कुकुर जस्तो टाङ् मुनी पुच्छर लुकाउँदै फुत्त निस्किएर जुठोपुरो चाट्दै भाषण ठोक्दै गरेको पनि स्पष्ट थाहा भयो। यसरी पहिले बोल्ने मौका दिँदा नबोल्ने,तर सहकर्मी बाहिरिए पछि चाहिँ ठालु पल्टिँदै बोल्ने र त्यस्ता नैतिकताहिन गद्धार ब्यक्ति लाई आफ्नो स्वार्थमा प्रयोग गर्ने,उभ्याउँने छिमेकि साथिहरुको नीति र नैतिकता लाई पनि कुनै दिन समयले अवश्य बाहिर ल्याउला।साथी हो ! सबैले यति कुरा चाहिँ राम्ररी याद राखौँ,सत्य लाई दबाउँन खोजियो भने केहि समय त दबिएला,तर कहिल्यै डग्दैन।सत्य लाई केहि समयको लागि कप्लक्कै निल्न त सकिएला,तर त्यसलाई पचाउँन भने कहिल्यै सकिँदैन है।त्यसैले म सधैँ भन्ने गर्छु,अब त हामी निष्ठा,ईमान्दारीता,लगनशिलता र साँच्चैको राजनीति गर्न शुरु गरौँ। यसरी आफ्नै माथि बेईमानी,छलकपट,ध ोकाधडी र बिधि बिधान,नीति नियम बिनाको खेलाँची राजनीति त्यागौँ।यस्तो राजनीतिले कहिल्यै लक्ष प्राप्त हुँदैन।

(१४) यसरी उहाँहरुले संगठन भित्र अनावश्यक बखेडा झिक्दै गुटबन्दि,संगठनमा नयाँ आबद्ध भएका कार्यकर्ताहरु लाई बिभिन्न खाले गलत कुराहरुको भ्रम सृजना गरी पार्टी र संगठन बाट अलग गर्ने,निष्कृय पार्ने,आयोजना गरिएको बैठक/ कार्यक्रम हरुमा जान बाट रोक्ने,पार्टी र संगठनको हित बिरूद्धमा लेख्ने,अत्यन्तै नीच तथा घृणित शब्द प्रयोग गरी गाली गलौज गर्ने जस्ता अति अराजक र गद्धार कार्यहरु गरिरहनु भयो।संगठन भित्रका आन्तरिक कुराहरु यसरी बाहिर वालमा छरपष्ट नगरौँ।आखिर तपाई हामी सबै सिकारु नै हौँ।कामहरु गर्दै जाने क्रममा हामी सबै बाट काहिँ न काहिँ,केहि न केहि त्रुटि कमजोरीहरु भए होलान्।ति कुराहरु लाई तपाईं हामी संगै बसेर समिक्षा गरौँ।गल्ति भएको ठाउँमा आत्मालोचना गरेर अघि बढौँ भनेर पटक पटक उहाँहरु लाई आग्रह गरियो।तर फोन गर्दा फोन नै रिसिभ नगर्ने,पत्र लेख्दा नक्कली सहि गरेर लभलेटर पठाए,हाम्रो खुट्टामा लम्पसार परे आदी भन्दै फेशबुक वालमा उडाई दिने जस्ता गति बिधिहरु मात्र गरिरहनु भयो।संलिस कतारमा १/२ जना नारदमुनी हरु रहिञ्जेल सम्म संगै काम गर्न नसकिने भन्दै खुल्ला अभिब्यक्ति दिँदै हिँड्ने कामहरु गर्नुभयो।र हामीले उसो भए ठिकै ,हामी त्यसको बिकल्पमा पनि सोच्न तयार छौँ भनि संलिस कतारको सांगठनिक संरचना फेरबदल वा पुनर्गठन सम्मको प्रस्ताव समेत लग्यौँ।तर उहाँहरुले त्यस लाई पनि मान्नु भएन।अझ समस्या समाधानको लागी हामी केहि १/२ जनाहरु नै अगाडी बढेर लागि रहँदा उहाँहरुमा अबिश्वास पैदा भएको हुन सक्छ भनेर संलिस कतार मातहतको अनुशाशन तथा अनुगमन बिभाग प्रमुख धन प्रसाद साँवा,देऊ कुमार नेम्बाङ,स्यामसुहाङ हुक्पा चोङ्बाङ,कुमार योङ्हाङ र चन्द्र आङ्देम्बे ज्युहरु सम्मिलित पुर्णाधिकार सहितको ५ सदस्यिय सहजिकरण समिति समेत बनाएर समस्या समाधानको लागि पहल गरियो।तर उहाँहरु बाट त्यसलाई पनि बेवास्ता गरी टाढा टाढा भाग्ने काम मात्र भयो।त्यतिखेर सम्ममा उहाँहरुले संगठनमा नयाँ आबद्ध हुनुभएका एकजना केस शुक्रराज केदेम जी लाई निष्कृय पारिसक्नु भएको थियो। यसरी संगठन लाई क्षति पुर्याउँन सकेकोमा उनिहरुले त्यस लाई आफुहरुले संसार जितेको अनुभुति गर्दै फेशबुक रंगाउँन समेत भ्याउँनु भयो।

(१५) समस्या समाधानको लागि यसरी हदै सम्मको लचकता,आग्रह र प्रयासको बावजुद पनि उहाँहरु संगठनमा नबस्ने,बस्न नसक्ने,यसको बारेमा संलिपा नेपालका केन्द्रिय अध्यक्ष लाई समेत जानकारी पत्र पठाई सक्नु भए पछि अब सहमतिका सबै संभावनाहरु अन्त्य भएको ठहर गर्दै बाध्य भएर संघीय लिम्बुवान पार्टी नेपालको एकिकरण बिधान-२०७१ को धारा २८,उपधारा ३ ले निर्देशित गरे बमोजिम र संघीय लिम्बुवान समाज कतारको बिनियमको धारा २० बमोजिम प्रकृया अघि बढाईएको हो। जय लिम्बुवान !