Saturday, August 31, 2013

रेखा थापा पर्साबाट चुनावमा उठ्ने :-

Photo: रेखा थापा पर्साबाट चुनावमा उठ्ने :-

एकीकृत माओवादीमा प्रवेश गरेकी अभिनेत्री रेखा थापालाई पर्साबाट संविधान सभा निर्वाचनमा चुनाव लड्न प्रस्ताव आएको छ। भोजपुरा राज्य समितिको बैठकमा अभिनेत्री थापालाई पर्साको कुनै पनि क्षेत्रबाट निर्वाचनमा उम्मेद्वार बनाउनुपर्ने माग अधिकांश सदस्यले गरेको भोजपुरा राज्य समिति संयोजक प्रभु साहले बताए। 
 

बैठकमा थापालाई पर्सा क्षेत्र नं १ बाट उम्मेद्वार बनाउन माग गरिएको बताइएको छ। बैठकमा थापालाई उम्मेद्वार बनाउन माग गरेपछि बैठकबाटै थापासँग एमाओवादी नेताहरुले फोन सम्पर्क गरेका थिए। अभिनेत्री थापाले प्रस्ताव आफूलाई स्विकार भएको बताएकी थिइन्। 'थापाले स्विकार गरेपछि, आन्तरिकरुपमा टिकट दिने सहमति भयो,' बैठकमा सहभागी एमाओवादीका एक नेताले नागरिकन्युजसँग भने। 


यता अभिनेत्री थापाले आफूलाई मोरङ १ र पर्सा, वीरगञ्ज क्षेत्रबाट चुनाव लड्ने प्रस्ताव आएको नागरिकन्युज सँग बताइन्। उनले भनिन् 'पार्टीका साथीहरुले प्रस्ताव गर्नुभएको छ, पार्टीकै निर्देशनअनुसार निर्वाचनमा उम्मेद्वार बन्छु।' उनले आफूले टिकट पाएमा अत्याधिक बहुमतले जित्नेअसमेत दाबी गरिन्। उनले पार्टीको सिफारिस अनुसार मोरङ वा पर्सा को कुनै क्षेत्रबाट निर्वाचनमा उम्मेद्वारी दिने बताइन्। 

बैठकले एमालेबाट एमाओवादी प्रवेश गरेकी उर्मिला अर्याललाई पनि पर्साकै कुनै क्षेत्रबाट संविधान सभाको निर्वाचनमा टिकट दिने सहमति गरेको छ।

एकीकृत माओवादीमा प्रवेश गरेकी अभिनेत्री रेखा थापालाई पर्साबाट संविधान सभा निर्वाचनमा चुनाव लड्न प्रस्ताव आएको छ। भोजपुरा राज्य समितिको बैठकमा अभिनेत्री थापालाई पर्साको कुनै पनि क्षेत्रबाट निर्वाचनमा उम्मेद्वार बनाउनुपर्ने माग अधिकांश सदस्यले गरेको भोजपुरा राज्य समिति संयोजक प्रभु साहले बताए।


बैठकमा थापालाई पर्सा क्षेत्र नं १ बाट उम्मेद्वार बनाउन माग गरिएको बताइएको छ। बैठकमा थापालाई उम्मेद्वार बनाउन माग गरेपछि बैठकबाटै थापासँग एमाओवादी नेताहरुले फोन सम्पर्क गरेका थिए। अभिनेत्री थापाले प्रस्ताव आफूलाई स्विकार भएको बताएकी थिइन्। 'थापाले स्विकार गरेपछि, आन्तरिकरुपमा टिकट दिने सहमति भयो,' बैठकमा सहभागी एमाओवादीका एक नेताले नागरिकन्युजसँग भने।


यता अभिनेत्री थापाले आफूलाई मोरङ १ र पर्सा, वीरगञ्ज क्षेत्रबाट चुनाव लड्ने प्रस्ताव आएको नागरिकन्युज सँग बताइन्। उनले भनिन् 'पार्टीका साथीहरुले प्रस्ताव गर्नुभएको छ, पार्टीकै निर्देशनअनुसार निर्वाचनमा उम्मेद्वार बन्छु।' उनले आफूले टिकट पाएमा अत्याधिक बहुमतले जित्नेअसमेत दाबी गरिन्। उनले पार्टीको सिफारिस अनुसार मोरङ वा पर्सा को कुनै क्षेत्रबाट निर्वाचनमा उम्मेद्वारी दिने बताइन्।

बैठकले एमालेबाट एमाओवादी प्रवेश गरेकी उर्मिला अर्याललाई पनि पर्साकै कुनै क्षेत्रबाट संविधान सभाको निर्वाचनमा टिकट दिने सहमति गरेको छ।

काठमाण्डौ सहित मध्य नेपालका अधिकाँश क्षेत्रमा भुइँचालोको धक्का!!

भदौ १५ - शुक्रबार राती ११:३५ बजे आसपासमा काठमाडौं उपत्यका सहित मध्य नेपालका अधिकाँश क्षेत्रमा  भुइँचालोको धक्का  महसुस भएको छ ।
चिनको चोङदुईमा केन्द्रबिन्दु भएर गएको भुईंचालो ४ दशमलव ९ रिक्टर स्केलको भएको अमेरिकी भुगर्भ विभागले जनाएको छ । भुईचालोको केन्द्र बिन्दु रहेको चिनियाँ भूमि चोङदुई काठमाडौंबाट ८१ किलोमिटर उत्तर पूर्वमा पर्छ ।
भुइँचालोबाट भएको क्षतिको कुनै विवरण प्राप्त भएको छैन । तर भुईचालोको धक्का महसुस भएको क्षेत्रका सर्वसाधारण भने त्रसित हुँदै मध्यरातमा सडक पेटीमा निस्किएका थिए ।

भुकम्प बाट हुन पुगेको क्षतिको बारेमा अहिले सम्म कुनै जानकारि प्राप्त भएको छैन। अनुसन्धान जारी छ। 

Friday, August 30, 2013

गोलमेच नत्र अर्को जनयुद्ध-राम बहादुर थापा बादल।


काठमान्डौ,भाद्र १४- नेकपा-माओवादीका महासचिव राम बहादुर थापा मगरले गोलमेचको माग संवोधन नभए फेरि अर्को जनयुद्ध गर्ने चेतवानी दिएका छन।राष्ट्रिय युवा स्वयमसेवको सम्मेलनलाई सम्बोधन गर्दै उक्त कुरा भनेका हुन।एकल सामन्ती राज्य सत्ताको बिरुद्धमा पहिलो जनयुद्ध रोल्पा रुकुमबाट भएको यो असंबैधानिक सरकार र राष्ट्रघाती सम्झौताको बिरुद्धमा अब राजधानीबाट जनयुद्ध शुरु हुनेछ थापाले भने।
यस अघी राजधानिमा रातो टिसर्ट लगाएका हजारौ युवाहरुले मार्चपार्स गरेका थिए।

लिम्बुवान सुनिश्चित नभए सम्म किरात याक्थुंङ चुम्लुङले सामाजिक आन्दोलन जारि राख्ने !

काठमाडौ, भाद्र १४ -  
किरात याक्थुङ चुम्लुङ (कियाचु) का अध्यक्ष उत्तमसिंह थाङदेनले संघीय राज्यमा लिम्बुवान सुनिश्चित नभएसम्म सामाजिक आन्दोलन जारी राख्ने बताएका छन् । लिम्बू जातिको सामाजिक संस्था कियाचुको २५ औं स्थापना दिवसका सन्दर्भलाई लिएर शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उक्त विचार व्यक्त गरेका हुन् । 'लिम्बुवान लिम्बु जातिकोमात्र होइन, ऐतिहासिक आधारमा संघीय राज्य निर्माण हुँदा त्यही नाम कायम हुनुपर्छ भन्ने हाम्रो एकमात्र माग हो,' संस्थाका संस्थापकसमेत रहेका थाङदेनले भने, 'चुम्लुङ लिम्बुवान क्षेत्रको अन्य जनसमुदायसँग समन्वय कायम गर्दै लिम्बू जातिको सशक्तिकरण गर्न सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिक र मौलिक हकअधिकार प्राप्तिको लागि लडिरहनेछ ।' २०४६ भदौ १७ गते स्थापित उक्त संस्थाले लिम्बू जातिको एकता र इतिहास, भाषा, लिपि, साहित्य, संस्कृतिको संरक्षण तथा सम्बर्द्धन कार्यको अगुवाई गर्दै आएको जनाइएको छ । संस्था स्थापनाको २५ बर्षमा किराचुले सामाजिक तथा आर्थिक विकास, साम्प्रदायिक सद्भाव अभिवृद्धि गर्दै राष्ट्रिय एकता र राष्ट्रिय संस्कृति निर्माणका साथै राजनीतिक अधिकार प्राप्तिमा सरकार र राजनीतिक दलहरुसित आफ्ना मुद्दाप्रति ध्यानाकर्षण गराउँदै आएको अध्यक्ष थाङदेनले उल्लेख गरे । उनीहरुले पूर्वी नेपालको अरुणपूर्वका ९ जिल्लालाई 'लिम्बुवान' कायम हुनु भन्दै आएका छन् । तथ्यांकअनुसार लिम्बुवान क्षेत्रमा ३५ लाख जनसंख्या रहेको र त्यसमा ३ लाख ८७ हजार लिम्बू जाति रहेका छन् । 'लिम्बूको पहिचान र पुख्यौली थातथलोसँग अनन्य सम्बन्ध राख्ने लिम्बुवान क्षेत्रलाई नेपालको एक अभिन्न राज्य बनाउनु पर्ने हाम्रो अडान छ,' अध्यक्ष थाङदेनले भने, 'चुम्लुङले लिम्बूहरु, लिम्बुवानबासीहरु, लिम्बुवानको राजनीतिक शक्तिहरु, राष्ट्रिय राजनीतिक शक्तिहरुबीच र विघटित संविधानसभाका सदस्यहरुबीचमा गरेको अथक पैरबीका साथै संघीयता र स्वायत्त पक्षधरहरुबीच समन्व गर्दैआएको छ ।' पहिचानसहितको संघीयता र संविधानसभाबाटै संविधानको पक्षमा रहेको जनाइएको छ । चुम्लुङले 'आदिवासी जनजातिको शान, आत्मसम्मान, प्रतिष्ठान र पहिचान, लिम्बुवान राष्ट्रिय जागरण, कियाचु युप्पा तङबेरे हेक्याम्' नारासहित रजत महोत्सवको तयारी गरेको जनाएको छ । चुम्लुङकी महासचिव लीला सिङ्गक लिम्बूले रजत वर्षका अवसरमा उपराष्ट्रपति परमानन्द झाबाट विशेष समारोहको उद्घाटन हुने, पच्चीस वर्षको समीक्षा गर्दै लिम्बुवान जागरण अभियानका विषयमा देशव्यापी विभिन्न सचेतना कार्यक्रम गरिने बताइन् । त्यसैगरी भाषिक, सांस्कृतिक अनुष्ठान, साहित्यिक, महोत्सव तथा प्रदर्शनी गरिनेछ ।     का स ,प्रकाशित मिति: २०७० भाद्र १४ ०३:४२

सिरियामाथि तत्काल हस्तक्षेप हुँदैनः ओबामा

obamaन्युयोर्क, भदौ १३ (एजेन्सी)–अमेरिकी राष्ट्रपति बराक ओबामाले सिरियामाथि तत्काल आक्रमण गर्ने निर्णय गरी नसकेको बताएका छन् । स्थानीय सार्वजनिक प्रसारण सेवामा कुरा गर्दै सिरियामाथि तत्काल आक्रमण नगर्ने ओबामाले बताएका अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ओबामाले यसअघि आप्mना जलसेना सिरियातर्पm आक्रमणको लागि अगाडि बढेको चेतावती दिएपनि पछिल्लोपटक यस्तो भनाई सार्वजनिक गरेका हुन् । उनले सिरियाली सरकारले ‘रासायनिक हतियार’ प्रयोग गरी दमास्कस नजिक नरसंहार मञ्चाएको अमेरिकाले निष्कर्ष निकालेको बताए । ओबामाले रासायनिक हतियारको प्रयोग अमेरिकी हितविपरीत रहेको भन्दै यसखालको हर्कतले सिरियाली शासकलाई नै अप्ठ्यारो पर्ने चेतावनी दिए । सरियामाथि कस्तो कार्वाही गर्ने भन्नेमा संयुक्त राष्ट्रसंघमा विवाद चलिरहेका बेला ओबामाले यस्तो बताएका हुन् ।

संघीयता विदेशबाट आयातितः ओली

kpकाठमाडौं, भदौ १३– एमाले नेता केपी शर्मा ओलीले संघीयताले मुलुकलाई बर्बादीमा धकेल्ने दाबी गरेका छन् । उनले संघीयताको कुरा विदेशीको ईशारामा मुलुकलाई अस्तव्यस्त उठाइएको दाबी गरे । बिहीबार बालकोटस्थित उनकै निवासमा नेपाली छापामाध्यम राष्ट्रिय संञ्जाल सम्बद्ध सम्पादकहरुसँगको भेटमा उनले जनआन्दोलन ०६२/६३ मा संघीयताको कुरा नउठेको तर पछि विदेशीको इशारामा मुलुकलाई अस्तव्यस्त बनाउन उठाइएको बताए । उनले नेपालमा जातिय संघीयता हुनै नसक्ने भन्दै मौलिक ढंगको संघीयता हुनुपर्नेमा जोड दिए । सो भेटमा उनले मंसिर ४ मा कुनैपनि हालतमा चुनाव हुने बताए । चुनावी प्रक्रियाको विरोधमा रहेको नेकपा माओवादी नेतृत्वको मोर्चालाई पनि चुनावमा भाग लिन आग्रह गरेपनि ओलीले गोलमेच सम्मेलन भने कुनै पनि हालतमा हुन नसक्ने बताए ।स्रोत : रातोपाटि 

Tuesday, August 27, 2013

धन कमाउने आशा मा ईजराईल पुगेकी मिना को एस्तो हालत

 १० भदौ- कसले सोचेको हुन्छ र आफूलाई केहि आपद-विपद पर्छ भनेर। अचानक आउने विपदले मानिसको जिन्दगीको मोड नै परिवर्तन गरिदिन्छ। सपना सबैले देखेको हुन्छ, त्यहि सपनाले डोह्राएर कहाँ-कहाँ सम्म पुर्याउँछ। इटहरी गौरादाकी राज कुमारी अधिकारी ‘मिना’लाई पनि त्यस्तै ठूला-ठूला सपनाले तानेर इजरायमा पुर्याएको थियो। केहि बर्ष काम गरेपछि भिसाको म्याद सकियो। म्याद सकिएपनि अन्य वयबस्था भएकोले उनि हाल इजरायलमा नै छिन् तर उनि काम गर्न नसक्ने अवस्था थला परेकी छिन्।
bishnu
सुन्दा सामान्य लाग्ने दुर्घटनाले उनको खुट्टा भाँचिएको तीन महिना भन्दा बढि भईसक्यो। आँगनमा लडेर भाँचिएको खुट्टा अझै निको भएको छैन। आफुलाई काम दिने बुढि आमाकी छोरीको घर गएको बेला आँगनको छेउमै रहेको बोटमा कागती टिपेर फर्किने क्रममा चिप्लिएर उनि लडेकी थिइन्। त्यसपछि उनि हिँडडुल गर्न पनि सकेकी छैनिन्।
‘पेपर भिसा’ भएकोले उनको उपचार बीमा कम्पनीले गरिदिएको छ। यदि ‘पेपर भिसा’ नभएको भए उनको खर्च कति हुन्थ्यो अनुमान गर्नै गाह्रो छ। ‘भिसा म्याद सकिएकोले पेपर भिसा गरेर मात्रै बस्नुहोला नत्र यो बिरानि मुलुकमा कति दु:ख पाईन्छ ठम्याउन समेत कठिन पर्छ’ मिनाले आफु जस्तै हजारौँ नपालीलाई सुझाव दिँदै भनिन्। ‘धेरै ठूला सपना साँचेर अर्काको देशमा दु:ख गरेकी मैले आज यो गती व्यहोर्नुपर्यो। अचानक भएको सामान्य दुर्घटनाले यस्तो ठूलो समस्या निम्त्यायो। सँधै ख्याल गर्नुहोला’ आफ्नो पिडा साट्दै उनले बताईन्।
उनले इजरायलको  Petah Tikva को फरियाना भन्ने स्थानमा रहेको एक घरमा केयर गिभरको काम गर्दै आएकी थिइन्। हाल उनको फर्सेवाको मियर अस्पतालमा उपचार भईरहेको छ। उनलाई एक नेपालीले सहयोग गरिरहेको बताईएको छ।

Sunday, August 25, 2013

भारतीय नेता आउदा शान्ति किन भडकिन्छ ?


मिङ्सो  सुहांग 
 
अहिले नेपालको लागी चुनाव एउटा ठुलो चुनौतीको बिषय बनेको छ।एकातिर आन्तरीम संविधानसभाको चुनावबाट शिर्ष दल कहलिएकाहरु चुनाव मंसिर  चार मै हुनुपर्छ भन्छन अर्कातिर तिनै शिर्ष भनाउदा दलहरुबाट छुटेर गएका र बिभिन्न चरणमा आन्दोलरत भई रहेको दलहरु मंसिर  चारमा चुनाव हुन दिदौन भन्छन।यो दुई कित्तामा धुर्वीकृत राजनिती मुद्दाहरुनै आजको प्रमुख बिषय बन्दै गएको छ। यहाँ दोस्रो बिश्व युद्धको चित्रण भएको छ।यहाँ कि भोट लाउन जानु पर्यो कि भोट लाउन जानेलाई रोक्नु पर्यो त्योबाट भाग्न पाउने स्तिथी कसैको छैन त्यो भनेको गृह युद्ध हुने निश्चित हो।यो गृह युद्धबाट राष्ट्रलाई बचाएर संविधानसभाको चुनाव सम्म पुगेर जनताको पक्षमा संविधान कोर्नु दुबै पक्ष राजनितीक दलहरुको काँधमा आएको छ।यहाँ बिपक्षी दलहरुले पनी मंसिर चारमा चुनाव हुन दिदौन भन्नु र चुनावी पक्षका दलहरुले मंसिर चार मै चुनाव हुनुपर्छ दाँया बाया गर्न सकिन्दैन भन्नु दुबै घमण्डका परकाष्ट हुन मंसिर ४ कुनै बृष्णु ब्रम्हा र महेशवरले बाणी गरेको दिन होईन यस्मा गम्बिर हुन आवश्यक छ। यहाँ ध्यान नगए यस्ले गृह युद्ध निम्तन सक्छ।
तर यि बिपक्षी दलहरुमा पनी केही दम चै छ किनभने यो कुनै सांसदिय चुनाब होईन यो संविधानसभाको बिगठन भएर फेरी त्यहि संविधानसभाको चुनाव हुन लागेको हो।यो संवैधानिक र लोकतान्त्रिक बाटोबाट हुन जरुरी छ। बिगतमा शिर्ष दलहरुको चित्रणलाई हेर्ने हो भने संविधानसभाको बिगठन देखी नै लगातार असंवैधानिक कदम चालेर राष्ट्रलाई भड्खालो तिर हाल्ने काम भई रहेको छ। आखिर शिर्ष दलहरुलाई चुनाव नै आवश्यकता हो भने हिजो पनि चुनाव भएको थियो जनतालाई संविधान दिनु पर्छ भन्ने लागेको थियो भने संविधानसभाका सभासदहरु हिजो र आज पनी पुनस्थाना गर्न जाग्रुप थिए र छन तर सत्ता र कुर्सीको लागी शिर्षदल भनाउदाहरुले संविधान सभासदहरुलाई सम्म नबोलाई एकलौटी रुपमा संविधानसभाको अवशान गराएको कुरा स्पष्ट छ। ल योत जो भयो भयो तर पनि बाबुराम सरकार त त्यो अवस्थामा लोकतान्त्रिक बिधिबाट जनताको प्रतिनिधित्व गरेर गएका थिए उनले पनि ०६९ मंसिर ६ गते चुनाव हुन्छ भनेका थिए तर त्यो अवस्थामा कांग्रेस एमालेले त कुर्सीको लागी सडकमा उफ्रिएर निजता देखाए नै अझ आयोगले पनी चुनाव नै हुन सक्दैन भनेर पटुकी कसेर उफ्रियो। अहिले चुनावी पक्षका केहि नेताहरु अब यत्ती अघी बढि सकियो फर्किने ठाँउ छैन भन्छन तर प्रचण्डले जतीखेर महादिवेशनबाट खिलराज रेग्मीको सरकार बनाउने प्रस्ताब ल्याए तेत्ती खेर देखीनै बिपक्षी दलहरुले असंवैधानीक भयो यस्लाई सच्चाएर अघी बढौ भनेका थिए।तर त्यो आवाजलाई बेवास्था गर्दै जनताको एकमत पनि नपरेको बहलवाला प्रधानन्याधिसको अध्यक्षतामा सरकार गठन गरे जो आफैमा असंवैधानिक र अलोकतान्त्रिक थियो।
जनताको रगत र पसिनाले स्थापित आन्तरिम संविधान २०६३ ले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिसकेको अवस्थामा जनताको एकमत नपरेको प्रधानन्याधिसलाई लोकतन्त्रको बिश्व व्यापी मान्यता "जनताको निर्णय नै सर्बोच्च निर्णय तथा सर्वसाधरण जनताको मत पाएको जनताको छोरो राष्ट्र नायक बन्न पाउने अधिकार लोकतन्त्र र गणतन्त्रको सिदान्तलाई सिदै हस्छेप भएको थियो।
आन्तरिम संविधान २०६३ को १५८ अनुरुप राजनितीमा संक्रमण उत्पन्न भए भुपु प्रधानन्याधीस राख्न सकिने मान्यता छ र त्यसलाई ३५ दिन भित्र संसदमा शंसोधन गराई सक्नु पर्ने व्यवस्था छ। तर अहिले हाम्रो देश सांसदनै नभएको अवस्थामा न्यापालिका र कार्यपालीका दुवै चार 
दलका तथा कथित चार जना नेता र बिदेशी राजदुत बसेर बहलवला प्रधानन्यधिसलाई जिम्मा लगाउनु भनेको असंवैधानिक कदमलाई टेकेर बिदेशी हस्तक्षेपलाई खुलमखुल्ला आत्मा समर्पण गर्नु थियो।
खिरारेको सरकार बने पछि अझ डरलाग्दा डरलाग्दा परिघट्नाहरु घटेका छन।समपुर्ण उत्पिडित वर्गहरुको प्रतिनिधित्व रहेको ६०१ सिटलाई कटौती गरेर ४९१ बनाईएको छ जब कि पुर्ण समानुपातीक बनाउनु पर्ने थियो। संघीयता,धर्मनिरपेक्षता र गणतन्त्र जस्ता जनताका एतिहासिक उपलब्दीलाई २५ बुदे सम्झौताहरुमा कैद गरीयो।यसरी पटक पटक जनताको लोकतन्त्रको अधिकारमाथी कुठराघात गरेका छन।आज आफ्नो अनुकुल पार्न आफुले नै लेखेको संविधानलाई च्यातचुत पार्नेले भोली उस्को अनुकुल नहुदा बदमासी गर्दैन भन्ने कुनै ग्यारेण्टी छैन। हिजो संविधानसभाको म्याद थपौन भन्दा हुनै हुदैन भन्ने खिलराजले आज सरकार प्रमुख भएर चुनाव गरेर संविधान दिन्छ भन्नेमा जनता त आशावादी छैन नै तर हिजो संवैधानिकबाटो बाट चुनावमा जाऊ भन्दा शुराल बिगारने एमाले कांग्रेश र पटुका कसेर हुनै सक्दैन भन्दै उफ्रिने आयोग आज असंवैधानिक र अलोकतान्त्रिक भई सकेपछी चुनाव अर्जुनदृष्टी भन्दै हिड्नु सुनियोजीत ढंगबाट नेपाली जनतालाई मागीखाने
भाँडो बनाएर बिदेशी हस्तक्षेपलाई स्वीकारेको कुरा स्पष्ट छ त्यस्को एउटा ज्वालान्त उदारण दार्चुलामा पहिरोले हजारौ जनता बिस्तपित हुदै गर्दा राष्ट्रमाथीको मर्यादा बेचेर भारतीय बिदेश मन्त्री खुर्सिदलाई भेट्न लाम लाग्नु,बिस्तापित जनतालाई ५ लाख दिएर शुसिल कोईरला ५० लाख बोकेर तरुनी भेट्न युरोप जानु,क्षेरपाटे जाँच गराउन ६० लाख खर्चेर राष्ट्रपती जापान जानु आदि पनी हो।
अब यो देशको निकास चुनाव हो भन्दा पनि सहमती हो भन्ने दिन आएको छ। लडेर कहाँ पुग्यौ भन्दा पनि कहाँबाट चिप्लीएका थियो भनेर नियाल्नु पर्छ। बिपक्षी दल र सरकार पक्ष बिगत केही दिन देखी सकरात्मक बहस चल्दै थियो र गोलमेच सम्मेलन सम्म आई पुगेको संवैधानिकबाटो भारतीय नेता आईपुग्ने बित्तीकै डामाडोल भएको छ। हिजो भारतीय राजदुत नेपाली राजनितीमा घुसेर नेपाली जनताको मर्म बिपरीत असंवैधानिक कदमहरु शुरु भएको आन्दोलनरत दलले गोलमेच सम्मेलन सम्म पुराउदा फेरी भारतीय नेताको आगमन सँगै शान्ति भङ्ग भएको छ।
भारतीय नेता आउदा शान्ति किन भडकिन्छ ? कँहि अन्तर सम्बन्ध त छैन ?
चुनाव चुनाव भनेर कस्सी रहेका छन एउटा गतीलो घोषणा पत्र सम्म चुनाव कहने कुनै दलले तयार पारेका छैनन।

जबकी चुनावको मिती करिब डेर महिना पछि आउदैछ त्यो उनिहरुले घोषणा पत्र कहिले निकालेर मनाङ र मुस्ताङको जनताले पढेर हामीलाई यस्तो संविधान दिन्छन भनेर भोट हाल्ने ?
अझ ६५ प्रतिशत जनताले यो चुनावमा भाग लिएका छैनन यस्को उदारण धनकुटाको ९० हजार मतदातामा ४० हजारले मात्र आफ्नो नाम लेखाउनु पनि हो।यो आधा हिस्सा जनताले भाग नलिएको चुनावको कुनै औचित्य र सार्थकता रहदैन त्यसैले समपुर्ण जनताको आकांक्षा चाहाना अनुरुप बिदेशी हस्तक्षेप भन्दा पनि आन्तरिक मामिलालाई मिलाएर चुनावमा जानु पर्छ यस्को लागी खिरारे सरकार देखी चुनावी मिती सम्म परिवर्तन गराउन हिच्किचाउनु हुदैन अन्यथा देश पुन गृहयुद्धको मारमा फस्ने छ त्यसको जिम्मेवार स्वयम शिर्ष चार दल खिरारे सरकार नै हुनेछ।
त्यसैले कोहि जितेर हार्ने भन्दा पनि सबै नेपाली जनताले जितेर नै जित्ने मौदानमा एकबद्धता भएर बढ्न आवश्यक छ।
"जय संघीय नेपाल।"
 
 

उच्च न्यायालयमा पहिलो चोटि नेपाली चेली रिगम राइ अधिवक्ताको रुपमा नियुत्ति !


हखकङ, २४ अगष्ट। हङकङको उच्च न्यायालयमा नेपाली समुदायबाट पहिलो पटक नेपाली चेली रिगम राई अधिवक्ताको रुपमा नियुक्ति भएकी छन्। सन् २००४ मा कानूनको अध्ययन सुरु गरेकी राईले २००९ मा स्नातक र २०११ मा स्नातकोत्तर पूरा गरेकी थिइन्। यियोङ एण्ड को. मा प्रशिक्षार्थी वकिलका रुपमा कार्यरत राई शनिवार हङकङको उच्च न्यायालयमा अधिवक्ताको रुपमा नियुक्त भएकी हुन्।


 तस्वीरः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम






<स्रोत एचकेनेपाल >

कठै को होलान यी नेपाली? के होला उनीहरुको अवस्था ?

कोस्टा रिकाको नाम अधिकांश नेपालीहरुले विश्वकप फुटबल हुँदामात्रै सुन्छन्। त्यसबाहेक कोस्टा रिका न कुनै समाचारमा आउँछ, न नेपालीले नै चासो दिन्छन्। तर होइन, एउटा अर्को समूह छ, जसलाई कोस्टा रिका एकदमै महत्त्वपूर्ण छ। उही एनी हाउ पैसा कमाउ, पैसा कमाउन एनि हाउ अमेरिका जाउवालाहरुको समूह। सक्ने र पहुँच भएकाहरु त सेमिनार, पढाइ अनेक बहानामा भिसा लगाएर कानुनी रुपमै अमेरिका छिर्छन्, नसक्नेहरुलाई लाखौँलाख रुपियाँ लिएर मानव तस्करहरुको समूहले विभिन्न देशको जोखिमपूर्ण यात्रा गर्दै अमेरिका छिराउने वाचा गर्छन्। त्यही अवैध बाटोबाट अमेरिका छिर्ने सञ्जालको बाटोमा पर्छ कोस्टा रिका। माथिको फोटो आठ जना नेपालीको हो। केही हप्ताअगाडि त्यहाँको पब्लिक सेक्युरिटी मिनिस्ट्रीले सार्वजनिक गरेको हो यो फोटो। कोस्टा रिकाबाट निकारागुआ पुर्‍याउन लागेका बेला त्यहाँको पुलिसले उनीहरुलाई लैजाने दुई आफ्नै देशका मानव तस्करसहित नियन्त्रणमा लिएको थियो। ती नेपालीहरु को हुन्, कहाँका हुन्, अहिले उनीहरुको अवस्था के छ ? कोस्टा रिकामै छन् कि नेपाल फर्किए ? केही हप्ताअघिदेखि उनीहरुको स्थिति बुझ्न खोजे पनि प्रयास सफल हुन सकेन।


एउटा कुरा भने प्रष्ट छ- उनीहरु ऋण गरी वा घरखेत धितोमा राखी २५/३० लाख रुपियाँसम्म दलाललाई बुझाई डलर कमाउने मिठो सपना देखेर अमेरिकातिर लागेकाहरु हुन्। बीचमा कयौँ हन्डर खाएर उनीहरु कोस्टा रिकासम्म पुगेका हुन्। तर अचेल कोस्टा रिकामा भएको कडाइका कारण उनीहरुको प्रयास सफल हुन सकेन।

मानव तस्करहरुको सञ्जाल तपाईँले सोचेभन्दा बृहत् छ। हरेक देशमा सेटिङ मिलेको हुन्छ र हरेक देशमा लोकल दलालहरु हुन्छ। पनामातिरबाट लोकल दलाले ती आठ नेपालीलाई कोस्टा रिकाको दलालाई जिम्मा लगाएको हुनुपर्छ। अनि यी कोस्टा रिकाको दलालको काम निकारागुवाको सीमासम्म पुर्‍याइदिनु हुन्छ।

उनीहरुलाई लिएर दुई वटा कार गइरहेको रहेछ। अकस्मात् हाइवे पेट्रोलिङमा रहेको पुलिस देखेपछि दुई वटा कारले स्पिड बढाएछ। झन् शंका भइहाल्यो पुलिसलाई। पछ्याउँदा त कारबाट गोली चल्न थाल्यो। गोली हानाहानपछि उनीहरुलाई आखिरमा प्रहरीले उनीहरुलाई पक्रेरै छाड्यो।

कोस्टा रिकामा उनीहरु अवैध रुपमै जमिनबाटै प्रवेश गरेको त्यहाँको जुडिसियल इन्भेस्टिगेसन पुलिस बताउँछ। पुलिसले दुई जना उसकै देशका लोक दलाल ४३ वर्षका कोरिया र २० वर्षका लारालाई पक्रेको छ। कोरिया त त्यहाँको नामी ड्रग र मानव तस्कर रहेछ। अभियोग प्रमाणित भए उनीहरुलाई १० वर्षसम्मको जेल सजाय हुनसक्छ।

ती आठ नेपालीलाई भने प्रोसेक्युटरको अफिसले हिरासतमा राखेको थियो अपराधका प्रत्यक्षदर्शी र शिकारका रुपमा। अध्यागमन विभागले उनीहरुलाई नेपाल फर्काउने कि कोस्टा रिकामै राखेर अपराधीविरुद्ध बयान सयान दिन लगाउने भन्ने निर्णय गर्ने भनिएको थियो। अवैध रुपमा कोस्टा रिका छिरेको हुनाले उनीहरु अध्यागमन कानुन अनुसार पनि दोषी हुन्छन्।

चार नेपाली बेपत्ता
कोस्टा रिकाका प्रहरी/प्रशासन नेपाली भन्ने बित्तिकै चनाखो हुन थालिसकेका छन्। त्यहाँका मिडियामा पनि नेपालीको नाम आउनु नौलो नभइसकेको छ। गएको जुलाई १३ मा पनि युनिभर्सिटी अफ कोस्टा रिकाको निमन्त्रणामा आएका चार नेपाली भागेर बेपत्ता भएका थिए। उनीहरु जुलाई १० मा त्यहाँ पुगेका थिए। तेस्रो दिनमा बेपत्ता भएकोले अमेरिकातिर लाग्न नियोजित रुपमै त्यहाँ गएको शंका गर्न सकिन्छ। ती नेपाली भागेको कान्ड बारे अर्को ब्लगमा विस्तृत लेखौँला।

कोस्टा रिका नाघ्दैमा अमेरिका पुग्ने हैन
कोस्टा रिका त अमेरिका अवैध रुपमा प्रवेश गर्ने लामो तर जोखिमपूर्ण यात्राको एउटा बिसौनी मात्र हो। सान्दर्भिक भएकोले पुरानै ब्लगका केही अंश फेरि पनि यहाँ राख्दैछु।

सभासम्मेलनमा भाग लिन, कुनै सांस्कृतिक कार्यक्रममा सहभागी हुन अमेरिका वैधानिक बाटोबाट पुग्ने र त्यहाँ पुगेपछि अवैधानिक रुपमा लुक्ने सजिलो बाटो हो। अमेरिकी दूतावासबाट निश्चित अवधिको अनुमति (भिसा) त्यसका लागि जरुरी हुन्छ। तर भिसा लगाउन गाह्रो छ। त्यसो भए अमेरिका पुग्ने अर्को बाटो के छ त ? चोर बाटो ! अमेरिकाको सीमा जोडिएको मेक्सिकोबाट चोरबाटोबाट त्यहाँ छिर्न पाइयो भने भिसा पनि लगाउनु परेन। अमेरिका छिर्नुमात्र पर्छ, काम फालाफाल। डलरै डलर। अनि टन्न कमाउनुस् न, अहिले अलि अलि पैसा खर्च गर्नुपरेकोमा लोभ नगर्नुस्- यस्तै भन्दै दलालहरु फकाउने गर्छन्।

तर दलालहरुले फकाए जस्तो चोरबाटोबाट अमेरिका पुग्न सजिलो भने छैन। महिनौँ समय लाग्छ। अनेक देशहरुमा लोकल दलालहरु एजे
न्ट हुन्छन्। कुनै एक ठाउँमा सेटिङ बिग्रियो भने कुरो बिग्रियो। अनि बाटैमा अलपत्र पर्ने संभावना पनि हुन्छ। खल्तीमा पैसा भए त ठीकै छ, भएन भने र दलालहरुले छाडेर भागे भने गुमनाम देशमा गुमनाम मृत्यु कुर्नुबाहेक अरु विकल्प हुन्न।

कस्तो छ बाटो ?
चोर बाटोबाट यसरी लाखौँ खर्च गरेर यात्रा गर्नेहरुलाई थाहा नहुन सक्छ- उनीहरु अन्तर्राष्ट्रिय संगठित अपराधका सदस्य बन्दैछन्। ह्युमन स्मगलिङलाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय संगठित अपराधका रुपमा पहिचान गरेको छ। हुन पनि एउटा नेपाली चोर बाटोबाट अमेरिका प्रवेश गर्न एउटा देशका मात्र दलाल सहभागी हुँदैनन्, कयौँ देशका दलाल त्यसमा सहभागी हुनुपर्छ।

चोर बाटोबाट अमेरिका पुग्न विमान, सडक र जल तीनैथरिका यात्रा गर्नुपर्छ। अमेरिका गएर डलर कमाउने भयो भनेर काठमाडौँ विमानस्थलमा फूलमाला पहिर्‍याएर विदा गरेकै दिनदेखि दुःखको एउटा लामो यात्रा सुरु हुन्छ। कम्तिमा १२ देश हुँदै यात्रा गर्नुपर्छ उसले।

सुरुमा काठमाडौँबाट दलालले उसलाई कतारको दोहा पुर्‍याउँछ। यो पहिलो गन्तव्य भयो। दोस्रो महत्त्वपूर्ण गन्तव्य हो ब्राजिल। दोहाबाट विमानमा १४ घण्टा उडेपछि आइपुग्छ नेपालीले विश्वकप फुटबलमा मात्र धेरै सुन्ने गरेको देश ब्राजिल। दक्षिण अमेरिकाको यो उदाउँदो अर्थतन्त्र भएको देशलाई ट्रान्जिटको रुपमा दलालहरुले उपयोग गर्ने हुन्। तर कतिपयको अमेरिकी सपना सेटिङ नमिलेर यहीँ टुङ्गिन्छ। अहिले पनि झण्डै १०० जना नेपाली त्यहाँ अलपत्र परेका छन्।

दलालहरुले यस्तरी सेटिङ मिलाएका हुन्छन् कि ब्राजिल वा अर्को गन्तव्य बोलिभियाको भिसा नहुँदासमेत उनीहरु त्रिभुवन विमानस्थल र कतारको विमानस्थलको अध्यागमनबाट समेत सहजै पार हुन्छन्। ब्राजिलमा त्यहीँको दलालले सेटिङ मिलाउँछ र त्यहाँबाट अर्को गन्तव्य बोलिभियाका लागि प्लेन चढाउँछ। बोलिभियामा अन अराइभल भिसा पाइन्छ।

बोलिभिया अर्को एउटा महत्त्वपूर्ण गन्तव्य हो। त्यहाँबाट अर्को कदम के हुने निश्चित गरिन्छ। बोलिभियाको लापाजमा मेक्सिको र ब्राजिलको भिसा लाग्यो भने फेरि बोलिभियाबाट ब्राजिलै पुग्नुपर्छ सडक बाटो। अनि साओ पाउलोबाट कोलम्बियासम्म फेरि प्लेन यात्रा। कोलम्बिया पुगेपछि पासपोर्ट लगायतका सबै कागजात च्यातेर फालेर मोटरबाटो, जंगल, समुद्र हुँदै लुकीछिपी मेक्सिको र त्यहाँबाट फेरि लुकेर अमेरिका प्रवेश गराइन्छ।

मेक्सिकोले भिसा दिएन भने अर्को रुट पनि छ- बोलिभियाबाट सडकै सडकको बाटोबाट मेक्सिकोसम्म पुग्ने। यो लामो यात्राका क्रममा ९ वटा जति देश पार गर्नुपर्छ माथिको फोटोमा देखाइए जस्तै कोच्चिएर। बोलिभियाका लोकल दलाले पेरुको सीमासम्म पुर्‍याएर छाडिदिन्छ। अनि पेरुको लोकल दलालले इक्वेडरसम्म। फेरि इक्वेडरको लोकल दलालले कोलम्बियासम्म पुर्‍याइदिन्छ। त्यहाँबाट पनामा, त्यसपछि कोस्टारिका अनि निकारागुवा, होन्डुरस, ग्वाटेमाला। ग्वाटेमालाको दलालले मेक्सिकोसम्म पुर्‍याइदिन्छ।

सबै देशको यात्रा बिना भिसा लुकिछिपी सेटिङ मिलाएर गर्नुपर्ने भएकोले जोखिम उत्तिकै हुन्छ। कुनै पनि देशमा समातिन सक्छन् उनीहरु। मेक्सिको पुगेपछि भने अमेरिकाको संघार मै आइपुगियो। मेक्सिको र अमेरिकाको सीमामा ठूल्ठूला पर्खाल लगाइएका छन्। तर तस्करहरुले सुरुङ खनेर बनाएको बाटोबाट होस् कि कसैगरी प्रहरीको आँखा छलेर होस्, अमेरिकी भूमिमा छिराइदिन्छ।


मेक्सिकोबाट पर्खाल चढेर अमेरिका जाँदै। फोटोः विकिपेडिया

यो चोर बाटोको रुटमा पर्ने विभिन्न देशमा हजारभन्दा बढी नेपाली अलपत्र परेर बसिरहेका छन्। सबैले लाखौँ खर्च गरेका छन्। कतिले चर्को ब्याजमा ऋण लिएका होलान्। उनीहरुको स्थिति के होला ? कल्पना गर्दा पनि डरलाग्दो!

कोही कोही फर्कन पाउँछन्। तर त्यतिञ्जेल दलालहरुलाई दिने र आफ्नो बाटो खर्च गरी लाखौँ खर्च भइसकेको हुन्छ। कोही भने बीच कै रुटमा शरणार्थी बन्दै सानोतिनो जीविका चलाइरहेका हुन्छन्। कोही भने आफै दलालका रुपमा परिणत भएर नेपालीलाई ठग्ने काममा लागेका हुन्छन्।
श्रोत माइ संसार