Sunday, November 17, 2013

दोहामा १६ औ राष्ट्र बिभुती तथा महान समाज सुधारक मुहिगुम अंग्सिमांग फल्गुन्दा ज्युको १२९औ जन्म जयन्ति भब्यताको साथ् सम्पन्न भयो |

  • डम्बर "मिसक"
    दोहा,१५ नवेम्बर: "सस्कार र सस्कृति हाम्रो सम्पति, यसको जगेर्ना गरि आफ्नो पहिचान आफै बनौ " भन्ने मुल नाराका साथ नेपालका १६ औ राष्ट्र बिभुती तथा महान समाज सुधारक मुहिगुम अङ्सिमाङ फाल्गुनन्द लिङ्देनको १२९ औ जन्म जयन्ती "किरात राष्ट्रिय प्रवासी मञ्च" कताले भब्यताको साथ मनायो |उत्त कार्यक्रमा सयौको संख्यामा उपस्थिति नेपालीहरुले महागुरु अङ्सिमाङ फाल्गुनन्दले धर्म,शिक्षा,चेतना नेपाली समाजमा दिनुभएको योगदानलाई सम्मान गरेका छन।
    किरात राष्ट्रिय प्रवासी मञ्चका अध्यक्ष किरण लिङ्देनको सभापतित्वमा भएको कार्यक्रमलाई प्रमुख अथिति आदिबासी जनजाति महासंघ कतारका अध्यक्ष बिनेस कुमार तामांग कि.रा.प.म.का अध्यक्ष तथा सम्पूर्ण अथितिहरुको संग्युत्त हस्तावहालिमा दिप प्रजलान तथा राष्ट्रिय गित गाएर कार्यक्रमको शुभराम्भ भएक थियो| उत्त कार्यक्रमलाई शुभकामना मन्तब्य दिदै बिशेष अतिथी नेपाली महिला संघ कतारका अध्यक्ष रेखा राईले महागुरु फाल्गु नन्दले नेपाली समाजलाई दिनुभएको योगदान राज्य दुव्ऱा बेवास्था हुनुको कारण पुर्वी किरात बस्तीहरुमा मात्र चिर परिचित भएकोले उहाँले छर्नुभएको ज्ञानका ज्योतीहरु नेपाल राष्ट्रभरीका नागरीकले थाहा पाउने माध्यम अपनाउनु पर्ने धारणा राख्नु भयो मन्तव्यकै क्रममा प्रमुख अतिथी आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष बिनेश तामाङले महागुरुफाल्गुनन्द लिङ्देन जस्ता राष्ट्र बिभुती तथा युग पुरुषहरुलाई चिन्न नेपाली समाजलाईनै गाह्रो भएको भन्दै राष्ट्र बिभुतीहरुलाई नेपाली पाठ्यक्रममा राख्न नेपाल सरकार सँग आग्रह गर्नु भयो। प्रमुख अतिथी तामाङले भन्नुभयो "हामीलाई चाडो जानकारी भएन तर आउदा दिनहरुमा आदिवासी जनजाती महासंघले पनि राष्ट्रविभुतीहरुको सम्मानमा एकबद्धता जनाउने प्रतिबद्धता गर्छौ।" यसरी नै फाल्गुनन्द १२९ औ जन्मजयन्तीलाई किरात राई यायोखाका सचिव देवराज राई, सुनुवार सेवा समाजका उपाध्यक्ष एकराज सुनुवार,किरात याक्थुम चुम्लुङका उपध्यक्ष नरेन्द्र एभेङ,पाथिभरा सेवा समाज, नेपाली तामाङ संघ,नेपाल मगर संघका प्रतिनिधि र बैचारिक संस्थाबाट जनप्रगतीशिल मञ्चका उपाध्यक्ष रकम धोज राई, नेपाली जन समपर्क समितीका सभापती बिमल सुवेदी,लोकतान्त्रिक मञ्च कतारका टोन प्रसाद बराल,नेपाली संघीय समाज कतारका अध्यक्ष आशमान तामाङ र मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिसद (केन्द्रीय ) कार्य समिति कतारका प्रबक्ता मिङ्सो सुहाङले शुभकामना मन्तव्य दिनु भएको थियो।
  • भने कार्यक्रममको औचित्य र महागुरु फाल्गुनन्दको जिवनीको बारेमा किरात राष्ट्रिय प्रवासी मञ्चका प्रमुख सल्लाकार लिला लावतीले प्रष्ट पार्नु भएको थियो। यसरीनै कार्यक्रमको बिच बिचमा अमृत लिम्बु,सुमन राई लगायतले सांगीतीक कोशेली दिएर हललाई गुन्जनमय बनाउनु भएको थियो। उक्त १६ औ राष्ट्र बिभुती तथा किरात समाज सुधारक महिगुम आङ्सिमाङ फाल्गुनन्द लिङ्देन १२९ औं जन्म जयन्तीको कार्यक्रम धन कुमार सुब्बाले संचालन गर्नु भएको थियो।