Saturday, August 31, 2013

काठमाण्डौ सहित मध्य नेपालका अधिकाँश क्षेत्रमा भुइँचालोको धक्का!!

भदौ १५ - शुक्रबार राती ११:३५ बजे आसपासमा काठमाडौं उपत्यका सहित मध्य नेपालका अधिकाँश क्षेत्रमा  भुइँचालोको धक्का  महसुस भएको छ ।
चिनको चोङदुईमा केन्द्रबिन्दु भएर गएको भुईंचालो ४ दशमलव ९ रिक्टर स्केलको भएको अमेरिकी भुगर्भ विभागले जनाएको छ । भुईचालोको केन्द्र बिन्दु रहेको चिनियाँ भूमि चोङदुई काठमाडौंबाट ८१ किलोमिटर उत्तर पूर्वमा पर्छ ।
भुइँचालोबाट भएको क्षतिको कुनै विवरण प्राप्त भएको छैन । तर भुईचालोको धक्का महसुस भएको क्षेत्रका सर्वसाधारण भने त्रसित हुँदै मध्यरातमा सडक पेटीमा निस्किएका थिए ।

भुकम्प बाट हुन पुगेको क्षतिको बारेमा अहिले सम्म कुनै जानकारि प्राप्त भएको छैन। अनुसन्धान जारी छ। 

No comments:

Post a Comment