Friday, October 25, 2013

दाहालको प्रचार बिथोल्न ठाउँठाउँमा बम

Pushpakamal Dahalसिरहा, कार्तिक ८ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी दिएको सिरहा क्षेत्र नम्बर ५ मा आजबाट चुनावी प्रचार थाल्ने भनिएको जम्दह र मुक्सार गाबिसमा तीन वटा सकेट बम भेटिएको छ । जमदह-३ स्थित सरस्वती माध्यमिक विद्यालय नजिकको चौतारामा कालो झोलाभित्र एउटा र मुक्सार ३ स्थित एमाओवादीको गाउँ कमिटीको पार्टी कार्यालय अगाडि बाटोमा प्लाष्टिक झोलाभित्र दुई वटा बम फेला परेका प्रहरी निरीक्षक बिमल पराजुलीले बताए । ठाउँठाउँमा बम फेला पर्न थालेपछि सो क्षेत्रका बासिन्दा आतंकित छन् ।
स्थानीयबासीले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई जानकारी गराएलगतै इलाका प्रहरी कार्यालय गोलबजारबाट प्रहरी निरीक्षक पराजुलीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ । बम डिस्पोजका लागि नयाँ श्री नाथ गण चोहर्बालाई जानकारी गराइसकिएको र बम भेटिएको स्थलमा प्रहरीले घेरा हालेर बसेको प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले बताए ।
ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक विमल पराजुलीले बम फेला परेको स्थानमा कालो झण्डासमेत राखिएको बताए । उनले भने,'बम कसले राखेको हो भन्ने वषयमा अहिलेसम्म कुनै जानकारी छैन् ।'
अध्यक्ष दाहालले जम्दह, मुक्सार, लालपुर, बेतौना र असनपुरमा चुनावी प्रचारका लागि घरदैलो कार्यक्रम निर्धारण गरिएको थियो । उक्त कार्यक्रम बिथोल्न ठाउँठाउँमा बम राखिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
यसैबीच, एमाओवादी अध्यक्ष प्रचण्डले घरदैलो कार्यक्रमका लागि सिरहा आउने पक्का भएकोले वैद्य नेतृत्वको नेकपा-माओवादीले एकदिने जिल्ला बन्दको घोषणा गरेका छन् । माओवादी ईन्चार्ज जितेन्द्र सिंहले प्रेस विज्ञप्ती जारी गरी बन्दको घोषणा गरेका हुन् । बन्दको घोषणा गरेपनि पूर्वपश्चिम राजमार्गलगायतका जिल्लाका मुख्य सडकखण्ड र बजारमा बन्दको असर छैन् ।

श्रोत: कास 

Thursday, October 24, 2013

ईश्वर पोखरेलको ‘कालो कनेक्शन’

बुधवार साँझ कालीमाटीमा भेटिएका थिए एक पूर्व सभासद् । एमालेका जिल्ला तहका नेता रहेका उनीसँग चुनावी कुराकानी पनि भए । आगामी चुनावको हारजितमाथि उनले अनेकौं टिप्पणी सुनाए । एमाले शीर्ष नेताको बेडरुमसम्मको सूचना राख्ने हैसियत भएका ती नेताले एउटा डरलाग्दो तर सत्य घटना पनि हामीलाई सुनाए । एमाले महासचिव ईश्वर पोखरेल यतिबेला काठमाडौं–५ को निर्वाचन क्षेत्रमा खटिएका छन् । गत संविधानसभामा उनले कांग्रेस नेता नरहरि आचार्यसँग नराम्रोसँग हार व्यहोरेका थिए । जनआन्दोलनपछि भएको चुनावमा समेत हार खाएका पोखरेलले अहिले पनि चुनाव हार्ने बलियो सम्भावना रहेको ती पूर्व सभासद्ले बताए । पोखरेलले चुनाव अरुको भन्दा पनि आफ्नै कारणले हार्ने सम्भावना रहेको उनले सुनाए । आखिर के कारण हो त पोखरेललाई चुनाव हार्न बाध्य पार्ने फ्याक्टर ? पढौं पंकज चौधरी र सुजन पन्तको पहलमा रातोपाटी डेक्सले तयार गरेको अप्रेशनः ‘केही वर्ष पहिलेको प्रसंग हो ।ishwor-pokharel-front एमाले महासचिव ईश्वर पोखरेलका ससुरा दुई सय किलो चरेससहित अमेरिकामा गिरफ्तार भए । अनुसन्धानबाट त्यो अवैध कारोबारमा तात्कालीन एमाले स्थायी समितिका सदस्य ईश्वर पोखरेल पनि संलग्न भएको रहस्य खुल्यो । ससुराको आडमा ईश्वर नै अवैध लागूपदार्थ ओसारपसारमा संलग्न भएको प्रमाण फेला प¥यो । नेपालको एउटा जिम्मेवार नेता नै लागूपदार्थ ओसारपसारको कारोबारमा लागेको खबरले विश्वका सुरक्षा निकाय स्तब्ध भए । इन्टरपोलले तत्काल ईश्वरलाई गिरफ्तार गर्न आदेश दियो । तर, एमाले नेता केपी ओली र माधव नेपालले तत्कालीन प्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेल मार्फत विभिन्न हतकण्डा अपनाएर ईश्वरलाई जोगाए । यसरी ईश्वरलाई कारबाही हुनबाट बचाई एमालेले अवैध लागूऔषध कारोबारलाई प्रश्रय दिएको थियो ।’ यी भनाइ तिनै पूर्व सभासद्का हुन् जसले हामीसँग एक घण्टा लामो संवादमा भनेका थिए । त्यसो त अहिले पनि खरेल ईश्वरसँग असन्तुष्ट रहेछन् । माओवादीले पूर्व आईजीपी रवीन्द्र्र शाहलाई समानुपातिकमा हालेपछि खरेल एमालेसँग आगो भएको पूर्व अधिकारीहरूबीच चर्चा समेत छ । त्यसो त ईश्वरका अरु पनि पाटा छन्, जसले गर्दा उनलाई चुनाव जित्न महाभारत नै छ । पानी ट्यांकीमा पैसा ती सभासद्ले भने जस्तै लागूपदार्थको कारोबार मात्र हैन, एमाले महासचिव ईश्वर पोखरेलले सरकारमा रहँदा अनेक ढंगले भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएको पनि चर्चा सेलाएको छैन । काठमाडौं क्षेत्र नम्बर ५ मा भोट माग्दै हिंडिरहेका पोखरेलसँग जनताले प्रश्न सोध्न थालेका छन्, ‘कमरेड पानी ट्यांकीमा लुकाएको करोडौं रुपैयाँ कहाँ छ ? पहिला त्यसको हिसाब दिनुस् अनि भोट दिउँला ।’ ईश्वरले विभिन्न पटक मन्त्री हुँदा भ्रष्टाचार गरेर कमाएको रकमको खोजीनिती भइरहेको छ । अख्तियारले पनि उनीमाथि अनुसन्धान थालेको बुझिएको छ । केही वर्षअघि ईश्वरको निवासमा अख्तियारले छापा मार्ने तयारी गरेको थियो । अख्तियारमै कार्यरत एमाले निकट एक कर्मचारीले ईश्वरलाई पूर्व सूचना दिएका थिए । त्यसपछि रातारात ईश्वरले घरमा थुपारेको रकम पानी ट्यांकीमा लगेर लुकाएका थिए । २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा ईश्वरले मनमोहनको सोझोपनको फाइदा उठाई अकुत सम्पत्ति कमाएको आरोप थियो । २०५६ सालतिर ईश्वरको घरबाट १० लाख रुपैयाँ चोरी भयो । तर, ईश्वरले त्यसबारेमा प्रहरीलाई कुनै खबर गरेनन् । प्रहरीलाई खबर गरेमा आफूले अकुत सम्पत्ति कमाएको पोल खुल्ने डरले उनले त्यो घटना गुपचुप राखेको एमाले स्रोत बताउँछ । तर, निकट सहयोगी हुँदै यो घटनाको खबर आम जनतासम्म पुगेरै छाड्यो । पार्टी कोषमै भ्रष्टाचार सरकारमा रहँदा मात्र हैन, ईश्वरले आफ्नै पार्टीमा समेत भ्रष्टाचार गर्ने गरेको बल्खुमा चर्चा छ । एमालेको छैटौं महाधिवेशनको लेखाको हिसाबमा एक करोड एकचालीस लाख रुपैयाँ बेरुजु देखियो । कार्यालय र आर्थिक फाँट हेर्ने जिम्मा लिएका ईश्वर पोखरेलले माधव नेपाल र प्रदीप नेपालसँग मिलेर त्यो रकम हिनामिना गरेको आरोप स्वयं बामदेव गौतमले लगाएका थिए । एमाले विभाजन भएर माले गठन गर्दा बामदेवले भनेका थिए, ‘पार्टीको करोडौं हिनामिना गरेर आलिशान महल बनाउने ईश्वर पोखरेल र प्रदीप नेपालहरू मलाई भ्रष्टाचार भन्दैछन् । हामीसँग उनीहरूले गरेका भ्रष्टाचारको एक–एक फेहरिस्त छ ।’ जनजातिको भाग खोसे एमालेसँग जनजाति भड्किनुमा ईश्वरको पनि भूमिका छ । डा. बाबुराम भट्टराईको सरकारमा एमाले जाने निश्चित भएपछिको प्रसंग हो । एमाले अध्यक्ष झलनाथ खनालले उपाध्यक्ष अशोक राईलाई सम्पर्क गरे । पत्नी सुशीला श्रेष्ठसहित हङकङ घुमिरहेका राईलाई खनालले फोन गरेर भने, ‘कमरेड, पार्टी सरकारमा जाने निश्चित भो, तपाईंको नेतृत्वमा जाने भन्ने निर्णय भएको छ । उपप्रधानमन्त्री पदको शपथ ग्रहण गर्न तुरुन्त आउनुप¥यो ।’ अशोक राई श्रीमतीलाई उतै छाडेर त्यही दिन काठमाडौंमा उत्रिए, तर विडम्बना यता ईश्वर पोखरेलले ‘खलनायकी’ भूमिका निर्वाह गरिसकेका रहेछन् । झलनाथले ईश्वर पोखरेललाई उपप्रधान तथा परराष्ट्रमन्त्रीका रूपमा शपथ गराए । अशोक राईले आफूमाथिको अपमानलाई जनजाति समुदायकै अपमानको रुपमा लिए । मौका पर्दा जनजातिलाई सरकारको नेतृत्व गर्न नदिने एमाले रवैयाकै कारण अशोक राईले एमाले छाडे । जनजाति नेताको भाग खोस्ने ईश्वर पोखरेलले पछि एमालेलाई पहिचान सहितको संघीयताको मुद्दामा पनि ढुलमुले बनाइरहे । भ्रष्ट चरित्र, लागूपदार्थ कारोबार र जनजातिको अपमान लगायतका कारण ईश्वर पोखरेलको चुनावी गणित यसपालि झन् कमजोर भएको काठमाडौं ५ का जनताको आकलन छ । गत संविधानसभा निर्वाचनमा ईश्वरले हार व्यहोर्नुपरेको थियो । एमालेको बलियो संगठन रहेको भनिएको काठमाडौं ५ का जनताले कांग्रेस उम्मेदवार नरहरि आचार्यलाई १३ हजार २४५ मत दिएर जिताए । ईश्वरले भने ९ हजार १२० मत मात्र ल्याए । -

पैसा बोकेर मत माग्न आउने दल र नेतालाई नछोड्ने !

पर्वत, कात्तिक ७– दोस्रो संविधानसभा निर्वाचनको मिति जति नजिकिँदैछ दलहरू आफ्नो पक्षमा मतदाता तान्न विभिन्न प्रलोभनका पोका बोकेर गाउँगाउँमा पसिरहेका छन् । प्रलोभनबाट मतदाता प्रभावित गर्ने क्रम चल्न थालेको बेला पर्वतको क्याङ गाविसका बासिन्दाले भने त्यस्तो प्रलोभन दिने दल र उम्मेदवारलाई सामाजिक बहिष्कार गर्ने निर्णय गरेर गतिलो झापड दिएका छन् । धन र बलका भरमा मतदातालाई प्रभावित गर्ने क्रम बढ्ने सङ्केत मिलेपछि कात्तिक ३ गते आइतबार गाउँमा भएको सर्वदलीय बैठकले सामाजिक बहिष्कार गरी गाउँ पस्न नदिने निर्णय गरेको हो । एकीकृत नेकपा (माओवादी), नेपाली काँग्रेस, नेकपा (एमाले), राष्ट्रिय जनमुक्ति पार्टी र नेकपा (माले)को गाविसस्तरीय सर्वदलीय बैठकले जनतालाई भेडाबाख्रा झँै किनबेच हुनबाट रोक्ने र निष्पक्ष रूपमा आफूले चाहेको उम्मेदवारलाई मत दिन यस्तो निर्णय गरेको पूर्व गाविस अध्यक्ष भीम पुनले जानकारी दिए । “सोझा गाउँलेलाई भेडाबाख्राजस्तो चुनावमा खरिद गर्ने चलन यसपटक दोहोरिन हुँदैन भन्नेमा सर्वदलीय सहमति भयो”– उनले भने –“जनजाति किनबेच गरेर आफू चुनाव जित्ने अनि गाउँका लागि सिन्को नभाँच्ने प्रवृत्तिका विरुद्ध जनता एक भएका छन् ।” क्याङ, मगर जातिको ९० प्रतिशतभन्दा बढी बाहुल्यता भएको बस्ती हो । यहाँका युवा क्बल, आमा समूहलगायतलाई दलका उम्मेदवारले आर्थिक प्रलोभन देखाउँदै आएको गुनासो उनीहरूको छ । अघिल्ला निर्वाचनमा दलहरूले मतदाता किन्न अनेक बहाना अपनाउने गरेका थिए । युवा क्लब, आमा समूह, विद्यालय, स्कुल, बिजुली, सामुदायिक भवनलाई सहयोगका नाममा चन्दा दिने र चुनावमा मत लिने प्रतिस्पर्धा हुने गरेको निष्कर्ष पनि सर्वदलीय बैठकले निकालेको छ । गाउँमा चुनाव बिथोल्न खोज्नेलाई कारबाहीका लागि हरेक वडामा सर्वदलीय युवा दस्ता गठन गर्ने निर्णयसमेत गरिएको छ । दलका युवा सम्मिलित सर्वदलीय युवा दस्ताले नियमित रूपमा गाउँ अनुगमन गर्नेछ । युवाले कुनै दल र उम्मेदवारले पैसा वा अन्य प्रलोभनमा पारेको थाहा भएमा सामाजिक बहिष्कार गरी गाउँबाट धपाउने योजनासमेत बनाइएको छ । केही दिनयता ठूला दलले गाउँगाउँमा चुनावी अभियानका क्रममा युवा, आमा समूहलाई प्रभावित पार्न आर्थिक प्रलोभन देखाउन थालेका छन् । लाखाँै रुपैयाँको आश्वासन बाँड्न थालिएकाले निर्वाचन आचारसंहितासमेत उल्लङ्घन भइरहेको छ । आचारसंहिता उल्लङ्घन भए पनि जिल्ला निर्वाचन कार्यालयले रोक्नका लागि प्रभावकारी काम नगरेको आरोपसमेत लाग्दै आएको छ । रासस - 

Monday, October 21, 2013

सेनाको गोली छातीमा थाप्ने लिङ्देनको चेतावनी :-


४ कात्तिक, काठमाडौं । सक्रिय चुनाव बहिस्कारको घोषणा गरेको ३३ दलीय मोर्चामा आवद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङदेनले निर्वाचनमा सेना परिचालन गरिएकोमा आपत्ति जनाउँदै सेनाको गोली
छातीमा थाप्न तयार रहेको बताउनुभएको छ ।
चुनावको सुरक्षाका लागि नेपाली सेना फिल्डमा खटिएको भोलिपल्टै सोमबार लिङ्देनले प्रेस वक्तव्यमार्फत् यस्तो धम्की दिनुभएको हो । लिङदेनद्वारा जारी वक्तव्यमा भनिएको छ- ‘नेपाललाई बचाउन संघीय सहअस्तित्ववादी बिचार धारा र सबै दल सहभागी हुनको लागि चैत्रमा चुनाब गरौं भन्ने आवाज उठाउँदा नै सेना ,सशस्त्र, प्रहरीको गोली खानु पर्ने हो भने ती गोलीहरु छातीमा थाप्न र गोली, बारुदलाइ चिर्दै नौ जिल्ला लिम्बुवानको आन्दोलनलाइ अझ उचाइका साथ अघि बढाउन सदा तत्पर रहेको उद्घोष गर्दछौं ।’ लिङ्देनले मंसिर ४ को चुनाव सक्रियरुपमा बहिस्कार गर्ने जनाउनुभएको छ ।

कति छ कुमार लिङ्देनको शक्ति ? :-

पूर्वी नेपालमा क्षेत्रीय पार्टीका रुपमा रहेको कुमार लिङ्देनको चुनाव बहिस्कारसम्बन्धी गतिविधि वैद्य माओवादीको भन्दा प्रभावकारी हुन सक्ने ३३ दलको विगतको आन्दोलन र गत चुनावमा लिङ्देनको दलको लिम्बुवान क्षेत्रमा देखिएको प्रभावबाटै आँकलन गर्न सकिन्छ । र, यही कारणले सरकारले मेची अञ्चलका सबै र कोशीका धनकुटा तेह्रथुम लगायतका जिल्लालाई संवेदनशील जिल्लाका रुपमा राखिसकेको छ ।
यतिबेला वैद्य माओवादीतिर लागेर निर्वाचन बहिस्कार गरेको लिङ्देनको मञ्चसम्वद्ध लिम्बुवान राज्य परिषद्ले अघिल्लो चुनावमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको ब्यानरमा चुनाव लडेको थियो । लिङ्देनको पार्टी देशभरिबाट कुल ३६ हजार ६० मत ल्याएर १८ औं स्थानको दलका रुपमा स्थापित भएको थियो । त्यसबेला उसले प्रत्यक्षतर्फ करिब ४० सीटमा उम्मेद्वारी दिएको थियो भने समानुपातिकमा ९४ जनाको सूची निर्वाचन आयोगमा बुझाएको थियो । अहिल कुमार लिङ्देनले नेतृत्व गरेको मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद् सोही मञ्चको एउटा प्रमुख हाँगो हो । अझै पनि यो दलको प्रभाव मेची र कोशीका केही जिल्लाहरुमा चौथो शक्तिका रुपमा छ ।
गत चुनावमा ताप्लेजुङमा लिङदेनको दलले ४ हजार ३ सय मत ल्याएर चौथो दलको रुपमा आफूलाई उभ्याएको थियो । पाँचथरका दुबै क्षत्रेमा उसले ७ हजार मत ल्याएर एमाओवादी, कांग्रेस र एमालेपछिको चौथो दल बनेको थियो । कुमार लिङदेनले पाँचथर २ मा ४ हजार ९९ मत ल्याउनुभएको थियो । त्यसैगरी इलाम जिल्लामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले लगभग २२ सय मत पाएको थियो । झापामा पहाडको भन्दा थोरै मत आएको थियो । झापामा लिङ्देनको दलको मत ५ हजारभन्दा बढी थियो ।
त्यसैगरी लिङदेनको पार्टीले गत चुनावमा तेथ्रथुममा पनि चौथो दलको स्थान पाएको थियो । त्यहाँ उसले १७ सय मत पाएको थियो । धनकुटामा ३ सय ८७, मोरङमा २३ सय र सुनसरीको एउटा क्षेत्रमा २ सय ९७ मत आएको थियो ।
चुनावमा भाग लिएका सन्दर्भमा उसको यो मत खासै प्रभावकारुी नभए पनि मेची र कोशीका ९ जिल्लामा निर्वाचन विथोल्न वा बन्द हड्ताल गर्नका लागि कुमार लिङ्देनको यो शक्तिलाई सामान्य ठान्न मिल्दैन ।

छापामार शैलीले गर्ने वितन्डताहरुका लागि यो शक्तिलाई नजर अन्दाज गर्न मिल्दैन । चुनावै लड्दा पनि मेची र कोशीका पहाडी क्षेत्रमा कुमार लिङ्देनको पार्टी अहिले पनि एमाओवादी, कांग्रेस र एमालेपछिको चौथो शक्तिमा आउन सक्ने अनुमान गर्न सकिन्छ । किनभने उसले जातीय नाराका आधारमा विगतको तुलनामा पूर्वमा आफ्नो संगठन थप विस्तार गरेको छ ।
विगतको चुनावमा लिङदेनको मञ्चले बाँके, दाङ, मकवानपुर, सिन्धुपाल्चौक, काभ्रे, ललितपुर, नुवाकोट, सिन्धुली, रामेछाप, दोलखा, सप्तरी र सिरहामा पनि उम्मेद्वारी दिएको थियो । उही देव्यापी भोटका आधारमा रुक्मिणी चौधरी र राजकुमार नाल्बो सभासद बनेका थिए । तर, यतिबेला नाल्बो र चौधरी दुवैले लिङदेनको साथ छाडिसकेका कारण सप्तकोशी भन्दा पश्चिमका जिल्लामा लिङ्देनको प्रभावकारी शक्ति छैन । चुनाव विथोल्ने उसको शक्ति भनेको कोशी नदी पूर्वमात्रै हो ।
तर, लिम्बुवानमा मात्रै लिङ्देनको प्रभाव भए पनि खम्बुवान क्षेत्रमा खम्बुवान राष्ट्रिय मोर्चासमेत ३३ दलमा रहेकाले त्यहाँको चुनावी सुरक्षा पनि चुनौतीपूर्ण छ । तर, खम्बुवानका आन्दोलनकारीहरु लिम्बुवानमा जस्तो आक्रामक छैनन् ।
३३ दलीय मोर्चाको नेतृत्व गरिरहेको वैद्य समूहमा नेता र कार्यकर्ता रहे पनि संघीय लिम्बुवान राज्य परिषदको जस्तो बहिस्कारका लागि उनीहरु खासै आक्रामक देखिएका छैनन् । त्यसैले आगामी चुनावमा पूर्वी नेपालको यो शक्ति वैद्य भन्दा पनि कडा चुनौती बन्न सक्छ भन्ने कुरा लिङदेनको सोमबारको वक्तव्यले प्रष्ट पारेको छ ।

श्रोत अन लाईन खबर :- 

Sunday, October 20, 2013

निर्वाचन हुन नदिने चेतावनी

संविधानसभाको निर्वाचनविरुद्ध पूर्वमा आन्दोलनरत मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्ले निर्वाचन हुन नदिने चेतावनी दिएको छ । घोषित निर्वाचनले मुलुकलाई निकास दिन नसक्ने भन्दै परिषद्ले त्यस्तो निर्वाचन जनविरोधी भएको दावी गरेको छ । आज दमकमा परिषद्ले निर्वाचनको विरोध जनाउँदै शान्तिपूर्ण आन्दोलन सशक्त पार्ने चेतावनी दिएको छ । परिषद्का महासचिव फक्तालुङ्ग योङ्हाङले चार दलले विदेशीको इशारामा निर्वाचन गर्न नाटक गरेको दावी गरे । उनले भने, ‘पूर्वका लिम्बुवानी क्षेत्रमा निर्वाचन हुँदैन, हुन पनि दिदैनौं।’ परिषद्ले कथित निर्वाचनका उम्मेदवारहरुलाई गाउँ प्रवेश रोक लगाउने तथा निर्वाचनलाई सक्रिय बहिष्कार, प्रतिरोध गर्ने उनको भनाई थियो ।
परिषद्सम्बद्ध लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय कमाण्डर समेत रहेका योङ्हाङले आजबाटै निर्वाचन विरोधी गतिविधि बढाइएको जानकारी दिए । भोलेन्टियर्सले विज्ञप्तिमार्फत अरुण पूर्वका नौ जिल्लाहरुमा निर्वाचन विरोधी आन्दोलन सशक्त बनाइने उल्लेख गरेको छ । भोलेन्टियर्सले सरकारले निर्वाचनका लागि सेना परिचालन गर्ने तयारी गरेकोमा समेत आपत्ति जनाउँदै लिम्बुवानी क्षेत्रमा त्यसलाई विफल पार्ने कमाण्डर योङ्हाङले दावी गरे । उनले थपे, ‘सेना परिचालन समग्र नेपाली जनताहरुको विरुद्धमा छ । दमन भए कडा रुपमा प्रतिकार गर्छौं।’

पत्रकार सम्मेलनमा परिषद्का सचिवालय सदस्य प्रेमदिप थाम्सुहाङले निर्वाचनविरुद्ध पूर्वका नौ जिल्लाहरुमा पार्टीले संकटकाल लगाएको दावी गरे । उनले पाँचथरको याङनामबाट पार्टीले संकटकाल लगाएको बताए । पार्टीले लगाएको संकटकाल अन्य दलहरुका उम्मेदवारहरुलाई गाउँ पस्न तथा चुनावी प्रचार गर्न निषेध गरिएको संकेत भएको उहाँको भनाई थियो । त्यस्तो संकटकाल क्रमिक रुपमा पूर्वी लिम्बुवानका विभिन्न क्षेत्रहरुमा लागू गरिने उनको चेतावनी थियो । उनले निर्वाचनको माहौल बनेको छ भन्ने प्रसङ्ग हास्यास्पद भएको बताए । ३३ दल निर्वाचन बाहिर छ, त्यस्तो अवस्थामा निर्वाचन निष्पक्ष हुन्छ भन्ने सोच्नु भ्रमित भएको उहाँको टिप्पणी थियो । लिम्बुवान स्वायत्तता प्राप्तिका लागि नेका, एमाले, एमाओवादी लगायतका ठूला दलहरु अझै षडयन्त्रमा लागेको दावी गर्दै त्यस्ता पार्टीले निकालेको घोषणापत्रले त्यो पुष्टि गर्ने नेता थाम्सुहाङको भनाई थियो ।
यसैबीच, निर्वाचन बहिष्कार गर्ने अभियान अन्तर्गत आउँदो कात्तिक ७ गते मोरङको उर्लाबारीदेखप दमकसम्म लाठी सहितको जुलुश प्रदर्शन गर्ने परिषद्ले जनाएको छ ।

पद्मसुन्दर को गाडी तोडफोड र भिस्मराज को कार्यक्रम अबरुद्ध :-

रिया उप्रेती, 
पाचथर दुर्दिम्बा, कार्तिक २ : संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिसद र नेकपा -माओबादी का कार्यकर्ता हरुले आज पान्थर को दुर्दिम्बा मा राप्रपा नेपाल का उम्मेदवार पद्मसुन्दर लावती चढेको गाडी तोडफोड गरेका छन् | यस अघि परिसद र ड्यास का कार्यकर्ता हरुले दुर्दिम्बा मा राप्रपा नेपाल ले गर्न लागेको कार्यक्रम स्थल लाइ कब्जा गरेको थियो |
यसै गरि पान्थर को ओलने गा बि श मा नेपाली कांग्रेस का उम्मेदवार भिस्मराज आङदेम्बे को कार्यक्रम लाइ आजै परिसद र ड्यास का कार्यकर्ता हरुले अबरुद्द गरेका छन् |