संविधानसभाको निर्वाचनविरुद्ध पूर्वमा आन्दोलनरत मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्ले निर्वाचन हुन नदिने चेतावनी दिएको छ । घोषित निर्वाचनले मुलुकलाई निकास दिन नसक्ने भन्दै परिषद्ले त्यस्तो निर्वाचन जनविरोधी भएको दावी गरेको छ । आज दमकमा परिषद्ले निर्वाचनको विरोध जनाउँदै शान्तिपूर्ण आन्दोलन सशक्त पार्ने चेतावनी दिएको छ । परिषद्का महासचिव फक्तालुङ्ग योङ्हाङले चार दलले विदेशीको इशारामा निर्वाचन गर्न नाटक गरेको दावी गरे । उनले भने, ‘पूर्वका लिम्बुवानी क्षेत्रमा निर्वाचन हुँदैन, हुन पनि दिदैनौं।’ परिषद्ले कथित निर्वाचनका उम्मेदवारहरुलाई गाउँ प्रवेश रोक लगाउने तथा निर्वाचनलाई सक्रिय बहिष्कार, प्रतिरोध गर्ने उनको भनाई थियो ।
परिषद्सम्बद्ध लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय कमाण्डर समेत रहेका योङ्हाङले आजबाटै निर्वाचन विरोधी गतिविधि बढाइएको जानकारी दिए । भोलेन्टियर्सले विज्ञप्तिमार्फत अरुण पूर्वका नौ जिल्लाहरुमा निर्वाचन विरोधी आन्दोलन सशक्त बनाइने उल्लेख गरेको छ । भोलेन्टियर्सले सरकारले निर्वाचनका लागि सेना परिचालन गर्ने तयारी गरेकोमा समेत आपत्ति जनाउँदै लिम्बुवानी क्षेत्रमा त्यसलाई विफल पार्ने कमाण्डर योङ्हाङले दावी गरे । उनले थपे, ‘सेना परिचालन समग्र नेपाली जनताहरुको विरुद्धमा छ । दमन भए कडा रुपमा प्रतिकार गर्छौं।’

पत्रकार सम्मेलनमा परिषद्का सचिवालय सदस्य प्रेमदिप थाम्सुहाङले निर्वाचनविरुद्ध पूर्वका नौ जिल्लाहरुमा पार्टीले संकटकाल लगाएको दावी गरे । उनले पाँचथरको याङनामबाट पार्टीले संकटकाल लगाएको बताए । पार्टीले लगाएको संकटकाल अन्य दलहरुका उम्मेदवारहरुलाई गाउँ पस्न तथा चुनावी प्रचार गर्न निषेध गरिएको संकेत भएको उहाँको भनाई थियो । त्यस्तो संकटकाल क्रमिक रुपमा पूर्वी लिम्बुवानका विभिन्न क्षेत्रहरुमा लागू गरिने उनको चेतावनी थियो । उनले निर्वाचनको माहौल बनेको छ भन्ने प्रसङ्ग हास्यास्पद भएको बताए । ३३ दल निर्वाचन बाहिर छ, त्यस्तो अवस्थामा निर्वाचन निष्पक्ष हुन्छ भन्ने सोच्नु भ्रमित भएको उहाँको टिप्पणी थियो । लिम्बुवान स्वायत्तता प्राप्तिका लागि नेका, एमाले, एमाओवादी लगायतका ठूला दलहरु अझै षडयन्त्रमा लागेको दावी गर्दै त्यस्ता पार्टीले निकालेको घोषणापत्रले त्यो पुष्टि गर्ने नेता थाम्सुहाङको भनाई थियो ।
यसैबीच, निर्वाचन बहिष्कार गर्ने अभियान अन्तर्गत आउँदो कात्तिक ७ गते मोरङको उर्लाबारीदेखप दमकसम्म लाठी सहितको जुलुश प्रदर्शन गर्ने परिषद्ले जनाएको छ ।

No comments:
Post a Comment