Saturday, March 8, 2014

दुतावासको शरणमा रहेका नेपालीहरुको गुनासो !



डी.बि.एल.>०८ मार्च दोहा, २२ महिना अगाडी  बैदेशिक रोजगारीको लागि  कतार आएका ताप्लेजुङ् निवासी सुरेन्द्र ओख्राबु (लिम्बु) र रामेछाप निवासी मोहन सुनुवारले ८ महिना यता आफूहरू कार्यरत कम्पनिबाट पाउनु पर्ने सरसुबिधा लगायत  परिश्रमिक ज्याला समेत नपाई रहेकोले अन्तत उनीहरुले घर फर्कने निर्णय गरे र घर जान पाऊँ भनि पटक पटक आफ्ना कम्पनीका मालिकलाई आग्रह गर्दा पनि अटेर गरेर बिभिन्न बहानामा अलमलाइरहेकोले खान, बस्न समेतमा समस्या परेको र  आफूहरू बस्दै आएको घरको भाडा तिर्ने पैसा समेत  नभएकोले घर मालिकले त्यहाबाट निस्क्नु पर्ने अल्टिमेट दिए पछि, कँहा जाने ? के गर्ने ? के खाएर बाच्ने ? अवस्थामा पुगेका ती नेपालीहरूलाई एक साता भित्रमा नेपाल फिर्ता पठाउन पहल गर्ने भनी  गैर आवसिय नेपाली सस्था एन।आर।एन का अध्यक्ष मक्सुद अलाम ज्युले प्रतिबद्दता दिनु भएको र नेपाली दुताबासको शरणमा महिनौ दिन बिती सक्दा पनि घर जाने कुनै प्रक्रिया हुन नसकेकोमा दु:ख ब्यात्त गर्दै नेपाली नियोग र सरोकारवला निकायहरुले यथासक्य चाडै पहल गरि हामीलाई घर जाने ब्याबस्था मिलाइयोस भनी उहाँहरूले आग्रह गर्नु भयो!
यता तहल्का बल्ग स्पोट डटकमले (मार्च३, २०१४)का दिन टेलीफोन संपर्क गरि दुताबासमा रहेका पिडितहरूको बारेमा के सम्म प्रक्रियाहरू हुँदै छन् भनि एनआरएनका  अध्यक्ष अलामलाई गरेको प्रष्नमा> आलम भन्नु हुन्छ सबै प्रक्रियाहरू पूरा भई सकेकोले उहाँहरूलाई शुक्रबार अगाबै नेपाल पठाउन सकिनेछ,भनी पनि अहिले सम्म उनीहरू दुतावासमै खुम्चिएर बसेका छन, भने ३ महिना अगाडी नेपाली दलाल मार्फत भारतको बाटो हुँदै कतार आइपुगेका पवित्रा जोसी आफुलाई नेपलका एजेण्डहरूले भनेको कम्पनी र काम नभएको र विभिन्न पीडाहरू सहन नसकी बन्दी अवस्थामा रहेकी जोसी मरे मर्छु बचेँ दुतावस सम्म पुग्छु र त्यहाबाट त पक्कै केहि  होला भनि १ तला माथी बाट हाम फाली धेरै दु:ख कस्टका साथ दुतावास आइपुगेकी जोसीले ९ दिन सम्म दुताबसमा बिताउनु पर्‍यो। र ५ दिन देखी (फिर्ती केन्द्र)सी,आइ,डी मा बसिरहेकी छिन् कहीले सम्ममा आफू नेपाल पुग्न पाउने हो केही थाहा नभएको पिडितले टेलेफोने मार्फत बताइन। यसरिनै ३ बर्षकि दुधे छोरीलाइ छाडेर धन कमाउन ठुलो सपनाको ढाकर बोकेर ८ महिना अगाडी कतार आइपुगेकी मिना उनी पनि नेपाली दलाल मार्फत भारतको बाटो हुँदै कतार आइपुगेकी र यहा आइ पुगे पच्छी नेपाल स्थित मेनपावर कम्पनीले भनेको काम, तलब र सुबिधा नपाएको, मानसिक्, शारिरिक, श्रमशोषरण जस्ता समस्याहरू खेप्न नसकेर दुतावासको शरणमा ५ दिन देखि बसेकी छिन् !मिनाले भाबुक हुँदै थप्छिन >- "म आएको कम्पनीले लेबर सप्लाइ गर्ने हो, त्यहा बिभिद समस्याहरू सामना गर्नु पर्ने हुन्छ र ती समस्याहरू लिएर कम्पनीको कार्यलयमा आएमा अर्थात आफूलाई काम गर्ने वातावरण अनुकुल नभएको ले म काम गर्न सक्दिन भनेर कम्पनीमा भन्यो भने कुटपिट गर्ने, खान नदिने जस्ता सजाय भोग्नु पर्ने र यसरिनै मैले जस्तै पीडा सहेर रहेका अन्य ५ जना नेपाली दिदि बहिनिहरू छन। उनिहरु पनि कहाँ र कुन अवस्थामा उद्धार'को आशामा होलान गह भरी आँशु पार्दै भनिन"! फेरी अर्की एक नेपाली चेली (गीता) पनि'पवित्र र मिना'को जस्तै समस्या लिएर केही दिन यता दुतावासमा आइपुगेकी बताउछिन। आफूहरूलाई नियोगले कहीले सम्ममा घर पठाउन प्रक्रिया पूरा गर्ने हो? दुतावासमा आपतमा परेका नेपाली महिलाहरूको लागि ब्याबस्थित आवासको ब्यबस्था नभएकोले यहा पनी बस्नमा निक्कै समस्या भएको बरु एकछाक भात र रोटीको त्यत्रो समस्या होईन महिलाहरूको लागि आवस अलिक ब्याबस्थित हुनु पर्ने हो। पुरुष दाजुभाई त यता उता लढेरै भए पनि रात कटाउन सक्नु हुन्छ हामीलाई त निक्कै समस्या हुन्छ यसबारेमा कतार स्थिति निपाली नियोग र सरोकारवला संघ संस्थाले चाडै पहल गरोस। र हामीलाई यथा सक्या चाडै नेपाल फिर्तीको लागि पहल गरियोस भनि पीडित चेलीहरूले नियोग र सरोकारवला निकायहरुलाई  आग्रह गर्नु भयो। 
पवित्रा जोषी र मिना लाई नेपाली महिला समाज कतार'की अध्यक्ष रेखा राईले  दुतावसमै पुगि हावाइ टिकेट उपलब्ध गराई सकेकी छिन भने मोहन सुनुवारको लागि पनि नेपाली महिला समाज कतार मार्फत नेपालीहरूको गैर आवसिय सस्था एन आर एन,कतारलाई बुझाई सकेको बताइन, र लिम्बूको लागि हावाइ टिकेट एनआरएन कतारले उपलबध गराउने भनि अध्यक्ष अलामले बताउनु भयो। 

Monday, March 3, 2014

कतारबाट अनिशलाई सहयोग


भानु सुनुवार
दोहा, ०२ मार्च २०१४
    दोहा कतारमा रहेका तीन किरात संस्थाहरुको संयुत्त पहलमा थालीएको अनिश खालिङ बचाउ अभियान समिति कतारले संकलित रकम नेपाल पठाएको छ ।
कतारमा रहेका तमाम समाजसेवी,व्यावसयी, बुद्धिजिवी विभीन्न संघ÷संस्था लगाएत उदार मनका सहयोगी हातहरुको सहयोगद्धार संकलित रकम कतारी रीयल–२२,३०५ को हुन आउने नेपाली रुपैया–६,०६०,३० किरात राई यायोक्खा केद्रिय कार्यालय काठमाडौले अनिश खालिङ बचाउ अभियान समितिको नेपाल स्थित सिदार्थ वैक,तिनकुने काठमाडौमा खोलीएको खाता नं ०१७१५१२३२६६ मा किरायाका उपाध्यक्ष श्री मनि कुमार राई र कोषअध्यक्ष श्री सर्वधन राईको नाममा रहेको संयुत्त खातामा जम्मा हुने गरि नेपाल पठाएको कुरा अभियान समितिका संयोजक किरात राई यायोक्खा शाखा कतारका अध्यक्ष धिरज चाम्लिङ्गले जानकारी दिनु भयो । 
अभियानलाई सफल पार्न आर्थिक सहयोग गर्नु हुने तमाम उदार  सहयोगी हातहरु,अभियान समितीका संम्पूर्ण सदस्यहरु लगायत यो अभियान लाई सफल पार्नमा अहोरात्र खटि सहयोग गरिदिनुहुने संम्पूर्ण महानुभवहरु प्रती हार्दिक आभार सहित आजकै मितिबाट यो संयुत्त अनिश खालिङ बचाउ अभियान समिति कतारको संम्पूर्ण कार्यसंचालन समयावधी समाप्त भएको र यो अभियान समितिका नाममा कोही कसैले कुनै पनि  किसिमको आर्थिक कारोवार  नगर्नहुन यो समितीद्धारा हार्दिक अपिल गरिको छ ।
     यो अभियान दोषीको आत्मबल बढाउने नभई पराया भूमीमा एक नेपाली नागरिकलाई अकाल मृत्युबांट बचाउन गरिएको निस्वार्थ मानव कल्याणकारी अभियान भएको र आगामी दिनहरुमा यस्तो घटना नदोहो¥याउन तमाम पर्देशी नेपालीहरु सजक रहनु पर्ने अभियान समितिको निष्कर्ष थियो ।  
किरात राई यायोक्खा केद्रिय कार्यालय काठमाडौले किराया कतार शाखालाई अभियान सञ्चालनका लागि अनुरोध गरेको पत्रका आधारमा कतारका तीन किराती संस्था किरात राई यायोक्खा शाखा कतार, किरात याक्थुम चुम्लुङ कतार र सुनुवार सेवा समाज कतारको संयुक्त बैठकले एक महिना कार्यावधी रहने गरि अनिश खालिङ बचाउ अभियान समिति गठन गरेको थियो ।
सम्भव भएसम्म सहयोग संग्कलनमा अहोरात्र खट्नु हुने समाजसेवी, बुद्दिजिबी महानुभावहरुको नामावली प्रकाशन गर्ने छौ !


Sunday, March 2, 2014

नेपालका बुढा प्रधानमन्त्री भन्छन टनक्पुर भारतकै हो।


पूर्ण सुहांग

२ मार्च,दोहा- प्रधानमन्त्री सुशील कोइरालाले टनकपुर कहिले पनि नेपाली भूमि नरहेको बताएका छन् ।शुक्रबार नेपालगञ्जमा डेमोक्रेटिक लयर्स एसोसिएसनको महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै कोइरालाले टनकपुर भारतकै भूमि भएको बताए । टनकपुर भारतकै भूमि हो, उनले भने। गिरिजाबाबुले बेचेको भनेर अनावश्यक प्रचार भयो । उनले प्रश्न गरे, ‘भारतको भूमि कसरी गिरिजाबाबुले भारतलाई नै बेच्नुभयो...?टनकपुर नेपाली भूमि रहेको तर, गिरिजाप्रसाद कोइरालाले भारतलाई सुम्पिएको भन्दै आलोचना हुने गरेको छ ।कार्यक्रममा काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले पनि सम्बोधन गरेका थिए ।
यिनै हुन् नेपाली भूमिलाई निर्बिबाद भारतलाई सुम्पन खोज्ने प्र.म.……. तपाइको प्रतिक्रिया जाहेर गर्नु होस् !

कतारमा लिम्बुवानले गरे शानहाङलाई बिधाई




म.स.लि.रा.प.प्रवास कार्य समिती केन्द्रीय कार्य समिति टिम सामुहिक फोटो खिच्दै, 
इङ्सुम


कतार,२ मार्च-  मंच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद, प्रवास (केन्द्रिय) कार्य समिति कतारले दोहा 

स्थित मुम्ताजा पार्कमा २८ मार्च शुक्रवारको दिन मसलिराप कतारका सचिवालय सदस्य शानहाङ चेम्जोङलाई कदर पत्र द्वारा सम्मान गर्दै बिधाइ गरेको छ। शानहाङ चेम्जोङ्ले प्रवासमा रहेर आफ्नो अमुल्य समयलाई खर्चेर संगठन प्रती जहिले जिम्मेवार र कर्तब्यनिष्ठ भएर लागि पर्नु भएकोमा चेम्जोङ्लाई बिदाइताका कदर-पत्र द्वरा सम्मान गरि बिधाइ गरिएको कुरा अध्यक्ष नरेन्द्र एभेङ्ले बताउनु भयो। 


नरेन्द्र एभेङ्को अध्यक्षतामा भएको उत्त बिधाइ कार्यक्रममा मंच सलीराप कतारका प्रथम उपाध्यक्ष यातु सम्बाङ्फे,दुतिय उपाध्यक्ष मदन मादेम्बा,महासचिब देउमान नेम्बाङ,सचिब डम्बर लिवाङ र सचिवालय सदस्य धन प्रसाद सावा, चन्द्र आङ्देम्बे लगायत'ले शानहाङ चेम्जोङ्लाई यात्रा सफलताको शुभकामना दिनु भएको थियो भने सोही दिन समितिले शानहाङ चेम्जोङ्को स्थानमा  रुद्र नेम्बाङ्लाई नियुक्ती गरेको छ। यसरीनै समितिले शारिरिक रुपमा अस्वास्थ्य रहनु भएका अर्का सचिवालय सदस्य किरण नेम्बाङ्लाई शिघ्र श्वासथलाभको कामना गरेका थिए।



औपचारिक बिधाई कार्यक्रम प्रवाक्त्ता मिङ्सो सुहंग ज्युले संचालन गर्नु भएको थियो!

म.स.लि.रा.प.प्रवास कार्य समिती केन्द्रीय कार्य समिति टिम सामुहिक फोटो खिच्दै