डी.बि.एल.>०८ मार्च दोहा, २२ महिना अगाडी बैदेशिक रोजगारीको लागि कतार आएका ताप्लेजुङ् निवासी सुरेन्द्र ओख्राबु (लिम्बु) र रामेछाप निवासी मोहन सुनुवारले ८ महिना यता आफूहरू कार्यरत कम्पनिबाट पाउनु पर्ने सरसुबिधा लगायत परिश्रमिक ज्याला समेत नपाई रहेकोले अन्तत उनीहरुले घर फर्कने निर्णय गरे र घर जान पाऊँ भनि पटक पटक आफ्ना कम्पनीका मालिकलाई आग्रह गर्दा पनि अटेर गरेर बिभिन्न बहानामा अलमलाइरहेकोले खान, बस्न समेतमा समस्या परेको र आफूहरू बस्दै आएको घरको भाडा तिर्ने पैसा समेत नभएकोले घर मालिकले त्यहाबाट निस्क्नु पर्ने अल्टिमेट दिए पछि, कँहा जाने ? के गर्ने ? के खाएर बाच्ने ? अवस्थामा पुगेका ती नेपालीहरूलाई एक साता भित्रमा नेपाल फिर्ता पठाउन पहल गर्ने भनी गैर आवसिय नेपाली सस्था एन।आर।एन का अध्यक्ष मक्सुद अलाम ज्युले प्रतिबद्दता दिनु भएको र नेपाली दुताबासको शरणमा महिनौ दिन बिती सक्दा पनि घर जाने कुनै प्रक्रिया हुन नसकेकोमा दु:ख ब्यात्त गर्दै नेपाली नियोग र सरोकारवला निकायहरुले यथासक्य चाडै पहल गरि हामीलाई घर जाने ब्याबस्था मिलाइयोस भनी उहाँहरूले आग्रह गर्नु भयो!
यता तहल्का बल्ग स्पोट डटकमले (मार्च३, २०१४)का दिन टेलीफोन संपर्क गरि दुताबासमा रहेका पिडितहरूको बारेमा के सम्म प्रक्रियाहरू हुँदै छन् भनि एनआरएनका अध्यक्ष अलामलाई गरेको प्रष्नमा> आलम भन्नु हुन्छ सबै प्रक्रियाहरू पूरा भई सकेकोले उहाँहरूलाई शुक्रबार अगाबै नेपाल पठाउन सकिनेछ,भनी पनि अहिले सम्म उनीहरू दुतावासमै खुम्चिएर बसेका छन, भने ३ महिना अगाडी नेपाली दलाल मार्फत भारतको बाटो हुँदै कतार आइपुगेका पवित्रा जोसी आफुलाई नेपलका एजेण्डहरूले भनेको कम्पनी र काम नभएको र विभिन्न पीडाहरू सहन नसकी बन्दी अवस्थामा रहेकी जोसी मरे मर्छु बचेँ दुतावस सम्म पुग्छु र त्यहाबाट त पक्कै केहि होला भनि १ तला माथी बाट हाम फाली धेरै दु:ख कस्टका साथ दुतावास आइपुगेकी जोसीले ९ दिन सम्म दुताबसमा बिताउनु पर्यो। र ५ दिन देखी (फिर्ती केन्द्र)सी,आइ,डी मा बसिरहेकी छिन् कहीले सम्ममा आफू नेपाल पुग्न पाउने हो केही थाहा नभएको पिडितले टेलेफोने मार्फत बताइन। यसरिनै ३ बर्षकि दुधे छोरीलाइ छाडेर धन कमाउन ठुलो सपनाको ढाकर बोकेर ८ महिना अगाडी कतार आइपुगेकी मिना उनी पनि नेपाली दलाल मार्फत भारतको बाटो हुँदै कतार आइपुगेकी र यहा आइ पुगे पच्छी नेपाल स्थित मेनपावर कम्पनीले भनेको काम, तलब र सुबिधा नपाएको, मानसिक्, शारिरिक, श्रमशोषरण जस्ता समस्याहरू खेप्न नसकेर दुतावासको शरणमा ५ दिन देखि बसेकी छिन् !मिनाले भाबुक हुँदै थप्छिन >- "म आएको कम्पनीले लेबर सप्लाइ गर्ने हो, त्यहा बिभिद समस्याहरू सामना गर्नु पर्ने हुन्छ र ती समस्याहरू लिएर कम्पनीको कार्यलयमा आएमा अर्थात आफूलाई काम गर्ने वातावरण अनुकुल नभएको ले म काम गर्न सक्दिन भनेर कम्पनीमा भन्यो भने कुटपिट गर्ने, खान नदिने जस्ता सजाय भोग्नु पर्ने र यसरिनै मैले जस्तै पीडा सहेर रहेका अन्य ५ जना नेपाली दिदि बहिनिहरू छन। उनिहरु पनि कहाँ र कुन अवस्थामा उद्धार'को आशामा होलान गह भरी आँशु पार्दै भनिन"! फेरी अर्की एक नेपाली चेली (गीता) पनि'पवित्र र मिना'को जस्तै समस्या लिएर केही दिन यता दुतावासमा आइपुगेकी बताउछिन। आफूहरूलाई नियोगले कहीले सम्ममा घर पठाउन प्रक्रिया पूरा गर्ने हो? दुतावासमा आपतमा परेका नेपाली महिलाहरूको लागि ब्याबस्थित आवासको ब्यबस्था नभएकोले यहा पनी बस्नमा निक्कै समस्या भएको बरु एकछाक भात र रोटीको त्यत्रो समस्या होईन महिलाहरूको लागि आवस अलिक ब्याबस्थित हुनु पर्ने हो। पुरुष दाजुभाई त यता उता लढेरै भए पनि रात कटाउन सक्नु हुन्छ हामीलाई त निक्कै समस्या हुन्छ यसबारेमा कतार स्थिति निपाली नियोग र सरोकारवला संघ संस्थाले चाडै पहल गरोस। र हामीलाई यथा सक्या चाडै नेपाल फिर्तीको लागि पहल गरियोस भनि पीडित चेलीहरूले नियोग र सरोकारवला निकायहरुलाई आग्रह गर्नु भयो।
पवित्रा जोषी र मिना लाई नेपाली महिला समाज कतार'की अध्यक्ष रेखा राईले दुतावसमै पुगि हावाइ टिकेट उपलब्ध गराई सकेकी छिन भने मोहन सुनुवारको लागि पनि नेपाली महिला समाज कतार मार्फत नेपालीहरूको गैर आवसिय सस्था एन आर एन,कतारलाई बुझाई सकेको बताइन, र लिम्बूको लागि हावाइ टिकेट एनआरएन कतारले उपलबध गराउने भनि अध्यक्ष अलामले बताउनु भयो।
No comments:
Post a Comment