Sunday, March 2, 2014

कतारमा लिम्बुवानले गरे शानहाङलाई बिधाई




म.स.लि.रा.प.प्रवास कार्य समिती केन्द्रीय कार्य समिति टिम सामुहिक फोटो खिच्दै, 
इङ्सुम


कतार,२ मार्च-  मंच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद, प्रवास (केन्द्रिय) कार्य समिति कतारले दोहा 

स्थित मुम्ताजा पार्कमा २८ मार्च शुक्रवारको दिन मसलिराप कतारका सचिवालय सदस्य शानहाङ चेम्जोङलाई कदर पत्र द्वारा सम्मान गर्दै बिधाइ गरेको छ। शानहाङ चेम्जोङ्ले प्रवासमा रहेर आफ्नो अमुल्य समयलाई खर्चेर संगठन प्रती जहिले जिम्मेवार र कर्तब्यनिष्ठ भएर लागि पर्नु भएकोमा चेम्जोङ्लाई बिदाइताका कदर-पत्र द्वरा सम्मान गरि बिधाइ गरिएको कुरा अध्यक्ष नरेन्द्र एभेङ्ले बताउनु भयो। 


नरेन्द्र एभेङ्को अध्यक्षतामा भएको उत्त बिधाइ कार्यक्रममा मंच सलीराप कतारका प्रथम उपाध्यक्ष यातु सम्बाङ्फे,दुतिय उपाध्यक्ष मदन मादेम्बा,महासचिब देउमान नेम्बाङ,सचिब डम्बर लिवाङ र सचिवालय सदस्य धन प्रसाद सावा, चन्द्र आङ्देम्बे लगायत'ले शानहाङ चेम्जोङ्लाई यात्रा सफलताको शुभकामना दिनु भएको थियो भने सोही दिन समितिले शानहाङ चेम्जोङ्को स्थानमा  रुद्र नेम्बाङ्लाई नियुक्ती गरेको छ। यसरीनै समितिले शारिरिक रुपमा अस्वास्थ्य रहनु भएका अर्का सचिवालय सदस्य किरण नेम्बाङ्लाई शिघ्र श्वासथलाभको कामना गरेका थिए।



औपचारिक बिधाई कार्यक्रम प्रवाक्त्ता मिङ्सो सुहंग ज्युले संचालन गर्नु भएको थियो!

म.स.लि.रा.प.प्रवास कार्य समिती केन्द्रीय कार्य समिति टिम सामुहिक फोटो खिच्दै




No comments:

Post a Comment