Monday, March 3, 2014

कतारबाट अनिशलाई सहयोग


भानु सुनुवार
दोहा, ०२ मार्च २०१४
    दोहा कतारमा रहेका तीन किरात संस्थाहरुको संयुत्त पहलमा थालीएको अनिश खालिङ बचाउ अभियान समिति कतारले संकलित रकम नेपाल पठाएको छ ।
कतारमा रहेका तमाम समाजसेवी,व्यावसयी, बुद्धिजिवी विभीन्न संघ÷संस्था लगाएत उदार मनका सहयोगी हातहरुको सहयोगद्धार संकलित रकम कतारी रीयल–२२,३०५ को हुन आउने नेपाली रुपैया–६,०६०,३० किरात राई यायोक्खा केद्रिय कार्यालय काठमाडौले अनिश खालिङ बचाउ अभियान समितिको नेपाल स्थित सिदार्थ वैक,तिनकुने काठमाडौमा खोलीएको खाता नं ०१७१५१२३२६६ मा किरायाका उपाध्यक्ष श्री मनि कुमार राई र कोषअध्यक्ष श्री सर्वधन राईको नाममा रहेको संयुत्त खातामा जम्मा हुने गरि नेपाल पठाएको कुरा अभियान समितिका संयोजक किरात राई यायोक्खा शाखा कतारका अध्यक्ष धिरज चाम्लिङ्गले जानकारी दिनु भयो । 
अभियानलाई सफल पार्न आर्थिक सहयोग गर्नु हुने तमाम उदार  सहयोगी हातहरु,अभियान समितीका संम्पूर्ण सदस्यहरु लगायत यो अभियान लाई सफल पार्नमा अहोरात्र खटि सहयोग गरिदिनुहुने संम्पूर्ण महानुभवहरु प्रती हार्दिक आभार सहित आजकै मितिबाट यो संयुत्त अनिश खालिङ बचाउ अभियान समिति कतारको संम्पूर्ण कार्यसंचालन समयावधी समाप्त भएको र यो अभियान समितिका नाममा कोही कसैले कुनै पनि  किसिमको आर्थिक कारोवार  नगर्नहुन यो समितीद्धारा हार्दिक अपिल गरिको छ ।
     यो अभियान दोषीको आत्मबल बढाउने नभई पराया भूमीमा एक नेपाली नागरिकलाई अकाल मृत्युबांट बचाउन गरिएको निस्वार्थ मानव कल्याणकारी अभियान भएको र आगामी दिनहरुमा यस्तो घटना नदोहो¥याउन तमाम पर्देशी नेपालीहरु सजक रहनु पर्ने अभियान समितिको निष्कर्ष थियो ।  
किरात राई यायोक्खा केद्रिय कार्यालय काठमाडौले किराया कतार शाखालाई अभियान सञ्चालनका लागि अनुरोध गरेको पत्रका आधारमा कतारका तीन किराती संस्था किरात राई यायोक्खा शाखा कतार, किरात याक्थुम चुम्लुङ कतार र सुनुवार सेवा समाज कतारको संयुक्त बैठकले एक महिना कार्यावधी रहने गरि अनिश खालिङ बचाउ अभियान समिति गठन गरेको थियो ।
सम्भव भएसम्म सहयोग संग्कलनमा अहोरात्र खट्नु हुने समाजसेवी, बुद्दिजिबी महानुभावहरुको नामावली प्रकाशन गर्ने छौ !


No comments:

Post a Comment