Saturday, May 17, 2014

कतारमा किरातीहरुले उभौली पर्व भब्यताको साथ मानाए!

भानु सुनुवार १७ मे दोहा ।  किरातीहरुको महान चाड सालिवा शाँदार पिदार/साकेला उभौली/यक्वा तङनाम, येले सम्वत्–५०७४ लाई तीन किरातीहरुले कतारमा हिजो शुक्रबारका दिन सुख, समृद्धि तथा शान्तिको कामना गर्दै भव्यताका साथ मनाएँ ।
10268631_759870950711742_5906103545705012241_n
कार्यक्रम मूल आयोजक समितिका संयोजक तथा सुनुवार सेवा समाव कतारका का.बा. अध्यक्ष नर बहादुर सुनुवारको सभापतित्व र नेपाल प्रवासी आदिबासी जनजाति महासंघ कतारका अध्यक्ष बिनेश तमाङ्गको प्रमुख आतिथ्य, एनआरएनए आईसिसिका उपाध्यक्ष टि.वि कार्की, एनआरएनए आईसिसिका सल्लाहकार नरेन्द्र भाट, एनआरएनए आईसिसिका मध्यपूर्व उप–संयोजक पूर्ण के.सी, एनआरएनए आईसिसिका सदस्य अमृत गुरुङ, एनआरएनए एनसिसि कतारका अध्यक्ष मक्शुद आलम, सुनुवार सेवा समाज कतारका प्रमुख सल्लाहकार पुरुसोत्तम सुनुवार किरात राई यायोक्खा शाखा कतारका प्रमुख सल्लाहकार चन्द्रसेर राई, किराया, सुुसेस कतारका पुजारी (नासो) भक्त सुुनुवार, किराया कतारका पुजारी (नक्सो) ओम कर्ण राई र किराचु कतारका पुजारी (फेदाङ्वा) बिर बहादुर लिम्बुको बिशेष आतिथ्य रहेको थियो ।
10390420_10201534364474969_8305845631607031817_n
अन्य अतिथिहरुमा नेपाल प्रबासी तमाङ सेवा समाज कतारका महासचिव दिल दोर्जे तामाङ, नेपाल प्रबासी मगर संघ कतारका प्रथम उपाध्यक्ष महेन्द्र थापा मगर, 
मञ्च संम्वन्ध संघिय लिम्बुवान राज्य परिषद कतारका सदस्य सेवा लुङ लिम्वु, नेपाली जनसम्पर्क समिति कतारका सभापति बिमल सुबेदी, प्रवासी नेपाली मञ्च कतारका संस्थापक अध्यक्ष कमलमणि गुरागाई, जन प्रगतिशील मञ्च कतारका महासचिव प्रेम लामा, नेपाली संघिय समाज कतारका सदस्य राजेन्द्र राई,समाजसेवी, ब्यबसायी तथा बुद्धिजिवीहरु, बिल गुरुङ, राजेश दर्शन अर्याल, उमेश अधिकारी, अनेसास कतारका उपाध्यक्ष श्याम रानाभाट नबोदित साहित्यिक मोबाइल पुस्तकालय अध्यक्ष ईन्द्रमणी नेपाल, सन्ध्या ग्रुप अलखोरका विरेन्द्र याक्थुम्वा, नेपाली महिला समाज कतारका अध्यक्ष रेखा राई, पाँचथर सेवा समाज कतारका उपाध्यक्ष खडानन्द वास्कोटा, मोरङसुनसरी सेवा समाज कतारका अध्यक्ष लोक व.तामाङ, ओखलढुङगा सेवा समाज कतारका सचिव अशोक सिङदेन तामाङ, उदयपुर सेवा समाज कतारका उपाध्यक्ष गणेश शिवा, स्याङजा सेवा समाज कतारका उपाध्यक्ष धनन्जय लम्साल, पाल्पा सेवा समाज कतारका अध्यक्ष लिलाम चिडी मगर र कास्की आदर्श सेवा समाज कतारका अध्यक्ष आश व.गुरुङ रहेका थिए।

ब्यानर उद्घाटन तथा दिप प्रज्वोलन पश्चात उपस्थित सबैले सामुहिक राष्ट्रियगान गाएपछि कार्यक्रमले गति लिएको थियो । मूल समितिका उप– संयोजक तथा किरात राई यायोक्खा कतार शाखाका अध्यक्ष धिरज चाम्लिङ्ग राईले स्वागत मन्तव्य सहित यस चाडका बारेमा प्रकाश पारेका थिए । मूल समितिका उप– संयोजक तथा किरात याक्थुम चुम्लुङ कतारका अध्यक्ष लोकेन्द्र तुम्रुकले कार्यक्रममा सहभागी तथा कार्यक्रम सफल पार्न अहोरात्र खट्ने सबै किरातीहरुमा हार्दिक आभार तथा धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा उपस्थित अतिथी वक्ताहरुले कार्यक्रम सफलताको कामना सहित किरातहरुको महान चाड उभौलीका वारेमा आ–आफ्ना भनाईहरु राख्दै शुभकामना व्यक्त गरेका थिए ।

नेपाल बहु–धर्मिक तथा बहु–सांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र मानिन्छ । यही बहुलता भित्रको पनि अर्को बहुल बिशेषता हो किरात जातिका संस्कार,संस्कृति र महान चाडहरु । एउटै किरात धर्म मान्ने किरातहरु पनि बिविध भाषा–भाषीका छन र केही फरक संस्कार भएरै पनि फेरी एउटै संस्कृति छ । किरात राई पुजारी (नक्सो)द्धारा सुख समृद्धि तथा शान्तिको कामना गर्दै सोकला थानमा पूजा गरेर साकेला शिलीको सुरुवात गरेका थिए । सुनुवारका पुजारी (नासो) ले उस्तै कामना गर्दै पूजा (पिदार) गरेर शाँदार शिली शुरु गरे भने किरात लिम्बुहरुले 
येवा लाङ, या-लाङ (धान नाच) जस्ता झाकीहरु प्रस्तुत गरेका थिए । यसरी एउटै चाडलाई किरातीहरु फरक नामले पुकार्नुले पनि नेपालका किरातहरुलाई बिविध समुदायमा बिभक्त एउटै सम्प्रदाय भनेर बुझनुपर्ने हुन्छ ।
10296677_759863874045783_931023682368717036_n
कार्यक्रममा किराती चेलीहरु द्धारा तयार पारिएको सेल रोटी, तरकारी र अचारका परिकारले उपस्थित पाहुनाको स्वागत गरे । किरात तथा गैर किरातहरुको वाक्लो उपस्थिती रहेको कार्यक्रम दिउँसो एक बजे देखि साँझ पाँच बजेसम्म चलेको थियो । कार्यक्रम मूल समितिका सदस्य सचिव तथा किराया कतार शाखाका महा–सचिव देबराज राईको सञ्चालनमा भएको थियो ।
10322700_10201534543399442_1274173609971150192_n

"buddha was born in nepal" भन्ने मुल नाराको साथ बुद्ध जयन्ती संपन्न|

  • "buddha was born in nepal" भन्ने मुल नाराको साथ बुद्ध जयन्ती संपन्न
पूर्ण सुहाङ दोहा,१७ मे, दोहामा २५५८ औ विबुश्व शान्तिका अग्रदुत तथा नेपालको राष्ट्र बिभुती महापुरुष सिदार्थ गौतम बुद्धको २५५८ औ जन्मोत्सब कतारको अबुहमर स्तिथ नेपाली दुतुवासमा नेपाल प्रवासी मगर संघ,तमु(गुरुङ) सेवा समाज,थारु कल्याण्डकारी समाज कतार र नेपाल प्रवासी तामाङ संघले संयुक्त्त रुपमा मनाएको छ।
बुद्ध गुम्बामा आरधना र राष्ट्र गान बाट सुरु भएको कार्यक्रमको प्रमुख अतिथी कतारको लागि राजादुत महामहिम गणेश प्रसाद ढकालले करीब २६०० वर्ष अघिनै भगवान गौतम बुद्धले दिनुभएको पञ्चङ्गाज्ञ शन्देश आज विश्वमा आवश्यकता भएको भन्दै नेपाली समुदायले यस्लाई अनुसरण गरेमात्र शान्ती सुव्यबस्था कायम भएर राष्ट्र अघी बढ्न सक्ने भएकोले भगवान बुद्धको सन्देशलाई आत्मासाथ गर्न सबै नेपालीलाई आग्रह गर्नु भएको थियो। नागिरिक समाजका अगुवा कमलमणी गुरागाइले आज नेपालीहरुले "बुद्ध वाज ब्रोन इन नेपाल" लेख्नु पर्नेदिन आएकोमा दु:ख ब्याक्त गर्नु भयो। उहाले नेपाली ब्यबसायीहरुप्रती ब्याङ्ग गर्दै वर्षमा एक दिन बुद्ध जयन्ती मनाएर मजदुरहरुलाई श्रम शोषन गर्नेहरु बुद्धको मार्गमा चल्न नसकन्ने भन्दै सबै श्रमिकहरुलाई बेलामा तलब र सेवा सुबिदा दिन नेपाली ब्यबसायीहरुलाई आग्रह गर्नु भयो। नेपाली महिला समाज कतारकी अध्यक्ष रेखा राईले अन्य समुदायले बुद्ध जयन्तिकै दिन बुद्ध जयन्ती मनाईरहादा बुद्धको देशका हामी नेपालीहरुले "शुक्रवार" पर्खिनु गम्बिर त्रुटी भएको औलाउनु भयो। राईले नेपाली राजनीतिक दलको लापर्वाहिको कारण भारतले बुद्ध भारतमा जन्मिएको जस्ता दुस्प्रचार गर्ने आश्र्य पाएको टिप्पणी गर्दै सगरमाथा र बुद्ध नेपालको भन्नु अर्ध सत्य हो, भन्ने हिमाल साप्ताहिक सम्पादक कनकमणी दिक्षित जस्ता राष्ट्र द्रोहीहरुलाई कार्वाही गर्न नेपाल सरकार सँग आग्रह गर्नु भयो।


जनजाती आदिवासी महासंघ कतारको प्रमुख संयोजन र नेपाल प्रवासी मगर संघ अध्यक्ष शरण थापा मगरले सभापतित्व गर्नु भएको उक्त कार्यक्रममा बुद्धिजिबी बिल गुरुङ, एन आर एन अध्यक्ष मक्सुत आलम,जन संपर्क मञ्च अध्यक्ष बिमल सुबेदी,मञ्च सम्बद्ध संघिय लिम्बुवान प्रबक्ता मिङ्सो सुहाङ, जनप्रगतिशिल मन्चका सदस्य प्रेम बिक , नेपाल प्रवासी एकता मञ्च अध्यक्ष कार्यवहाक अध्यक्ष चनक पोख्रेल ,नेपाली एकता समाज अध्यक्ष टुकनाथ शर्मा,आदिवासी जनजातीमहासंघ कतार अध्यक्ष बिनेश तामाङ, नागरिक समाज अगुवा डिबी कार्की लगायत बिभिन्न सामाजिक,मात्री संसस्थाका प्रतिनिधिहरुले कार्यक्रमलाई शुभकामना दिनुभएको थियो। गैर आवासिय नेपाली संघको बिशेष सहयोगमा भएको २५५८ औ बुद्ध जयन्तीकोबारेमा तामाङ समाजका सदस्य लक्षमण लामाले स्पष्ट पार्नु भएको थियो। कार्यक्रमको संञ्चालन सियाराम चौधरिले गर्नु भएको थियो।

बुद्ध जयन्तीका केहि झलकहरु




Monday, May 12, 2014

कतारमा किरातिहरुले सामुहिक उभौली मनाउदै|

मिङ्सो सुहाङ 
दोहा,११ मे - दोहा कतारमा रहेका किराती संस्थाहरुले कतारको राजधानी दोहाको ग्राण्ड प्यालेस होटलमा सामुहिक उभौली पर्व मनाउदैछन। किरात राइ यायोक्खा,किरात सुनुवार सेवा समाज र किरात याक्थुम चुम्लुङले सामुहिक रुपमा मनाउन लागेको उक्त कार्यक्रम आगामी शुक्रबार तथा १६ मे का दिन ठीक १ बजे देखी यही जैदा पार्क नजिकै एक होटलमा हुनेछ। संयुक्त कार्यक्रमको संयोजक किरात सुनुवार सेवा समाजका कार्यवहाक अध्यक्ष नर बहादुर सुनुवार रहेका छन भने सह-संयोजक किरात राइ यायोक्खा अध्यक्ष धीरज चाम्लिङ र किरात याक्थुम चुम्लुङका अध्यक्ष लोकेन्द्र तुम्रोक रहेको छन। कार्यक्रममा बिभिन्न किराती संस्कृतिक झाकीहरु प्रस्तुतहुने कुरा कार्यक्रम आयोजकका एक सदस्यले जानकारी गराउनु भयो। साथै उहाले यो एकताको शन्देस विश्व भरी छरिएर रहेका किरातिहरुमा जानुपर्ने संयुक्त कार्यक्रम आयोजकहरुको मान्यता रहेको बताउनु भयो। स्मरणहोस् यि तीन शाखा किराती संस्थाहरुले अघिल्लो उभौली देखी संयुक्त रुप बिभिन्न पर्वहरु मनाउदै आएका छन।