मिङ्सो सुहाङ
दोहा,११ मे - दोहा कतारमा रहेका किराती संस्थाहरुले कतारको राजधानी दोहाको ग्राण्ड प्यालेस होटलमा सामुहिक उभौली पर्व मनाउदैछन। किरात राइ यायोक्खा,किरात सुनुवार सेवा समाज र किरात याक्थुम चुम्लुङले सामुहिक रुपमा मनाउन लागेको उक्त कार्यक्रम आगामी शुक्रबार तथा १६ मे का दिन ठीक १ बजे देखी यही जैदा पार्क नजिकै एक होटलमा हुनेछ। संयुक्त कार्यक्रमको संयोजक किरात सुनुवार सेवा समाजका कार्यवहाक अध्यक्ष नर बहादुर सुनुवार रहेका छन भने सह-संयोजक किरात राइ यायोक्खा अध्यक्ष धीरज चाम्लिङ र किरात याक्थुम चुम्लुङका अध्यक्ष लोकेन्द्र तुम्रोक रहेको छन। कार्यक्रममा बिभिन्न किराती संस्कृतिक झाकीहरु प्रस्तुतहुने कुरा कार्यक्रम आयोजकका एक सदस्यले जानकारी गराउनु भयो। साथै उहाले यो एकताको शन्देस विश्व भरी छरिएर रहेका किरातिहरुमा जानुपर्ने संयुक्त कार्यक्रम आयोजकहरुको मान्यता रहेको बताउनु भयो। स्मरणहोस् यि तीन शाखा किराती संस्थाहरुले अघिल्लो उभौली देखी संयुक्त रुप बिभिन्न पर्वहरु मनाउदै आएका छन।

No comments:
Post a Comment