Saturday, September 21, 2013

चुनावका कुरा गर्नेलाई बन्दुकले ठीक पार्छौं :- सचिव नेत्रविक्रम चन्द



नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले संबिधानसभा  निर्वाचन गर्छौँ भन्ने दल र नेताविरुद्ध बन्दुक उठाउने चेतावनी दिएका छन् ।
नुवाकोट सदरमुकाम विदुरमा शनिबार माओवादीले गरेको युवा मार्चपास कार्यक्रममा सचिव चन्दले चुनावको नाटक गरेर जनतालाई धोका दिने षड्यन्त्र भइरहेको बताए । उनले आफूहरुको सहमति बेगर जवर्जस्ती मंसिर ४ गते निर्वाचन गर्न खोजिए सरकार, मुख्य चार दल र तिनका नेताहरुलाई तह लगाउन माओवादीले बन्दुकसम्म उठाउने धम्की थिए । उनले संविधानसभा निर्वाचनमा सहभागी हुने उम्मेदवारलाई जनकारबाही र अपहरण गर्ने चेतावनी दिए ।
उनले काँग्रस, एमाले र एमाओवादीले आफूहरुको धैर्यतालाई कमजोरी ठानेको बताए । ‘हामीले राखेका मागको सम्बोधन गरिए चुनावमा जान्छौँ भन्दाभन्दै गरिएन’ चन्दले ‘हामीलाई पेलेर कुनै हालतमा पनि चुनाव गर्छु भन्छौं भने चुनाव हुनै दिन्नौँ, बरु बलिदान दिन तयार छौँ ।’ निष्पक्ष निर्वाचनका नाममा सेना परिचालन गरेर जनताको हत्या गर्न खोजिएको आरोप चन्दले लगाए । ‘हामीसँग हतियार छैन र माओवादीको धम्कीले केही गर्न सक्दैन भनेर चुनावमा सेना लगाउँछौ भने हामी रातारात हजारौँ जनमुक्ति सेना बनाउँछौँ, चन्दले धम्की भने, ‘ तिमीहरुलाई तह लगाउन हामी पनि पनि बन्दुक उठाउँछौँ ।’ उनले सेनाको आडमा जवर्जस्ती निर्वाचन गराइए मंसिर ४ गतेकै दिन जनता जनसक्ता निर्माण गर्ने घोषणा गरे ।

Thursday, September 19, 2013

ईटहरीमा ३३ दलको संयुक्त आमसभा

=>सकुन्तला सुवेदी
अशोज ३,मोरङ - पछिल्लो चरणमा खिलराज रेग्मीले राजिनामा दिनुपर्ने,चुनावको मिती सार्नु पर्ने नभए पुर्ण समानुपातीक प्रणाली अपनाउनु पर्ने र चैत १ को सम्झौता खारेज हुनुपर्ने अडान राख्दै आएका नेकपा-माओबादी,मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद लगायतका ३३ दलले भदौ २७ देखी उपत्यका,लिम्बुवान,ताम्सालीङ,मगरात,खम्बुवान क्षेत्रहरु बन्द गर्दै आज असोज ३ गते ईटहरिमा संयुक्त आमसभा गरेका छन।राष्ट्रघाती असंवैधानिक कदम टेकेर आफुहरुलाई बाईपास गरी गरीने मंशिर ४ को चुनावलाई भण्डोर गर्ने लक्षित गरी गरिएको आमसभामा करीब सबा लाख जनमासको सहभागीता रहेको थियो भने करिब ७५% मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले र नेकपा-माओवादीले २५ % जनता सहभागी गराएको हुन सक्ने स्रोतको खबर छ। स्रोतका अनुशार लिम्बुवानका LV हरुले निधारमा निलो फेटा लगाएका थिए,नेकपा-माओवदी निकट Yclले रातो टिसर्ट लगाएका थिए। बिच बिचमा सांस्कृतीक झाकिहरु पनि पस्किएका थिए सांस्कृतीक झाकिहरु लिम्बुको मौलिक परम्परा अनुरुप नाच्ने च्याब्रुङ नाच देखी धिमाल समुदायले आफ्नै धिमाल परिरनमा सजिएर आएका थिए। संयुक्त आमसभालाई संघीवादी नेता तथा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन,नेकपा-माओवादीको महासचिब राम बहादुर थापा बादल र आदिवासी जनजाती महासंघका भुपु अध्यक्ष तथा संघीय लोकतान्त्रिक पार्टी अध्यक्ष मण्डलका सदस्या पासाङ शेर्पाले सम्बोधन गर्नु भएको थियो।
राजनिती बिश्लेषकहरुको दावी:
पुर्वका राजनितीक बिश्लेषकहरुले ३३ दललाई बाईपास गरेर चुनावमा जानखोजे राष्ट्रले मुढभेद लिन सक्ने आशंका व्याक्त गरेका छन। पुर्वका एक राजनिती बिश्लेषक खिलराज सरकार प्रती आपत्ती जनाउदै भन्छन "एकातिर बार्ता बोलाउने अर्को तिर प्रधानसेना पतिलाई सेना परिचान गरौ भन्ने ?" सेना सिमा सुरक्षाको लागी कि सबै मिलेर गरीने चुनावको लागी ? बर्दियाको सदरमुकानमा हतियार सहित भारतिय पुलिस छिरेर छापामार्दा चुँ नबोल्ने सरकार कुन हैसियतले चुनावमा सेना परिचानको कुरा गर्दैछ ? यसरी नै आज काठमान्डौमा आयोजीत एक कार्यक्रमलाई सम्बोधन गर्दै भुपु डिआईजी अशोक श्रेष्ठले पनि खिलराज सरकारप्रति कडा आपत्ती जनाउदै राष्ट्र स्वाधिन्ता र सहमतीको लागी प्रधान्यधिसबाट राजीनामा दिनुपर्छ अन्यथा याथास्तिथीमा चुनाव गरे त्यहाँबाट हुनसक्ने मुडभेदको जिम्मेवार स्वायम खिलराज र चारदल हुने ठोकुवा गर्दै सहमतीको बाटो खोज्न सबै दललाई आग्रह गरे।

अमेरिकी वायुसेनाको जहाज बिना जानकारी काठमाण्डौ स्थित अन्तराष्ट्रिय विमानस्थलमा अवतरण, नेपाल प्रहरीहरुलाई विमानको नजिक सम्म जान रोक लगाइयो ।

अमेरिकी वायुसेनाको जहाज काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा तीन घन्टा बसेर साँझ पाँच बजेर दस बजे फिर्ता गएको छ। जहाज दुई बजेर बीस मिनेट जाँदा विमानस्थलमा अवतरण गरेको थियो।
उक्त जहाज किन नेपाल आयो भन्नेबारे नेपाल सरकार र काठमाडौंस्थित अमेरिकी दूतावास दुवैले आधिकारिक रुपमा केही भनेका छैनन्। सेतोपाटीले अमेरिकी दूतावासमा सम्पर्क गर्दा प्रवक्ता रबर्ट डोमेनले ‘नो कमेन्ट’मात्र भने।
प्रहरीको अर्को स्रोतका अनुसार जहाजको वरिपरि नेपाल प्रहरीका सुरक्षाकर्मीलाई समेत जान दिइएन।

हतियारसहित भारतीय प्रहरी नेपाल प्रवेश

गुलरिया, आश्विन २ - 
हतियारसहित आएका भारतीय प्रहरीले बुधबार बिहान गुलरिया-८ स्थित मन्जुरप्रसाद श्रेष्ठको घरमा खानतलासी गरेका छन् । 

नेपाल प्रहरीलाई पत्तै नदिई बर्दी र हतियारसहित आएका भारतीय प्रहरीले अपराधी लुकेको भन्दै श्रेष्ठको घरमा खानतलासी गरेका हुन् । नेपाल प्रहरीले भने उनीहरूलाई स्कर्टिङ गरी भारतीय सीमासम्म पुर्‍याएको थियो । 

उत्तर प्रदेशको लखिमपुरका ओसी -डीएसपी) उदयप्रसाद सिंहको नेतृत्वमा आएका प्रहरीले श्रेष्ठको घरका सबै कोठामा खानतलासी गरेका थिए । जबर्जस्ती पसेर अपराधी 'कहाँ लुकाएको ?' भन्दै आतंक मच्चाएको परिवारले बताएको छ । यूपी ३१ जी ००४६ नम्बरको जिप र नम्बर उल्लेख नभएको अर्को कारमा सादा पोसाक र बर्दी लगाएका १० प्रहरी आएको स्थानीयले बताए । बिहान ६ देखि ७ बजेसम्म करिब एक घन्टा उनीहरू जिल्ला सदरमुकामस्थित श्रेष्ठको घरमा थिए । 

सार्वभौम मुलुकभित्र हतियारसहित अर्को देशका प्रहरी पसेर आतंक मच्चाउँदा पनि नेपाली प्रहरी प्रशासन बेखबर रहेको स्थानीयवासीको गुनासो छ । 

श्रेष्ठको घर जिल्ला प्रहरी कार्यालयबाट उत्तर करिब दुई सय मिटर पर छ । भारतीय प्रहरीले तलासी गर्दा स्थानीयले प्रहरीलाई फोनबाट सूचना दिएका थिए । सूचनालगत्तै पुगेको प्रहरीले उनीहरूलाई स्कर्टिङ गरी फर्काएको हो । 'हामी सुतिरहेका थियौं । एक्कासि ढोका खोल्न लगाए,' श्रेष्ठकी पत्नी देवीले भनिन्, 'जवान छोरी/नातिनी कोठामा सुतेका छन् । भित्र नपस्नुस् भन्दाभन्दै जबर्जस्ती ढोका खोलेर पसे ।' 

त्यतिबेला मन्जुर श्रेष्ठ बिहान मर्निङ वाकमा हिँडेका थिए । प्रहरीले छापा मारेपछि परिवार आतंकित छ ।

प्रहरी स्रोतका अनुसार लखिमपुरमा केही दिनअघि भारतीय प्रहरीको हत्यामा संलग्न भारतीय नागरिक बग्गा सिंह र सचिन भनिने डालु मन्जुल लुकेर बसेको खबर पाएर उनीहरू खानतलासी लिन आएका हुन् । 

तीन दिनअघि ती दुवै श्रेष्ठको घरमा आएका थिए । लखनउका आफ्ना मित्रले 'मेरो पाहुनालाई नेपाल घुमाइदिन पर्‍यो' भन्दै मंगलबार पठाएको श्रेष्ठले बताए । 'उनीहरू अपराधी हुन्/होइनन्, मलाई थाहा भएन,' उनले भने । बिहान भारतीय प्रहरीले छापा मार्दा उनीहरू फरार भइसकेका थिए ।

प्रहरीले श्रेष्ठलाई अपराधी राखेको भन्दै सोधपुछ गरेको छ । उनलाई अपराधी खोज्न प्रहरीले दबाब दिएको परिवारजनले बताए । भारतीय गाडी नेपाल प्रवेश गर्दा पनि प्रहरी प्रशासनबाट कुनै जाँच गरिएको थिएन । 

सीमा सुरक्षाका लागि तैनाथ सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई पत्तै नदिई उनीहरू सदरमुकाम गुलरिया प्रवेश गरेका थिए । माथिको आदेश भन्दै नेपाल प्रहरीले भारतीय प्रहरीलाई कुनै सोधपुछ नगरी सीमा कटाएको प्रहरीका एक अधिकारीले बताए । प्रहरीले उनीहरूलाई स्कर्टिङ गरी भारतीय सीमा पुर्‍याएको थियो । प्रहरी नायब उपरीक्षक राजेन्द्र धमलाले भने हतियारसहित भारतीय प्रहरी नआएको दाबी गरे । 

प्रमुख जिल्ला अधिकारी मानबहादुर विकले घटना निकै गम्भीर भएको र यसबारे भारतीय समकक्ष्ाीसँग पत्राचार गर्ने जनाए । 

सार्वभौमसत्ता हनन हुने गरी नेपाली भूभागमा भारतीय प्रहरी हतियारसहित प्रवेश गरेकामा नेकपा-माओवादीले विरोध जनाएको छ । माओवादी जिल्ला इन्चार्ज द्रव्य शाहले सार्वभौमसत्तामाथिको प्रहार भएकाले यस घटनाको विरोध गरिने जनाए । 
(कास )

Tuesday, September 17, 2013

भारतले नेपालमा आफ्नो अनुकुलको संविधान चाहेको- देव गुरुङ



-भाद्र ३१,नेकपा -माओवादीका सचिव देव गुरुङले  राजधानीमा आज राष्ट्रिय दलित मुक्ति मोर्चाले गरेको कार्यक्रममा बोल्दै.......भन्नु भयो  भारतले नेपालमा आफ्नो  अनुकुलको संविधान चाहेको र  यसैका लागि दलहरु जबर्जस्ती चुनावमा जान खोजेको जिकिर गरे । विदेशीकै इशारामा मुलुकमा दलीय प्रणाली, अन्तरिम संविधान र न्यायपालिका ध्वस्त बनाइएको दाबी पनि गरे । कार्यक्रममा विभिन्न पार्टी आबद्ध दलित नेताहरुले आगामी संविधानमा दलितको हक, अधिकार सुनिश्चित गर्न माग गरेका थि

Sunday, September 15, 2013

प्रचण्ड देशका मुख्य भ्रष्ट हुन जेल हाल्नु पर्छ -लामा

भाद्र ३० इटहरी- प्रचण्ड देशकै ठुलो भष्ट्रचारी भएकाले उनको बैध निजी सम्पत्ती माथि छानविन गरी जेल हाल्नु पर्ने माइला लामाले बताएका छन। 

लामा निर्वाचनको विरुद्धमा रहेको नेकपा–माओवादीका केन्द्रिय सदस्य हुन । सुनसरीको इटहरीमा आज आयोजित पत्रकार सम्मेलनमा नेता लामाले सो कुरा उल्लेख गरेका हुन । 

प्रचण्डले आफु भष्टाचार मुद्धामा फस्ने डरले शाहीकालिन सरकारका मुख्य सचिव तथा जनआन्दोलन विरोधी लोकमान सिंह कार्कीलाई अख्तियारको अध्यक्ष बनाएको लामाले  ठोकुवा गरे  । 

माओवादी सेनाको करौडौ रकम भष्टचार गरी आफ्नो नाममा पार्ने प्रचण्ड देशकै ठुलो भष्टचारी भएकाले उनलाई अख्तियार लगाएर जेल हाल्नु पर्ने उनको भनाई थियो ।

लामा जनयुद्धकालमा जनवादी गित गाउने चर्चित गायक पनि हुन् ।

कपन दरबारबाट चित्रबहादुरको बिज्ञप्ति-

Photo: कपन दरबारबाट चित्रबहादुरको बिज्ञप्ति-
राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय ज्योतिनगर ३ (ख), कपन, काठमाडौं 
प्रेस विज्ञप्ति

आज सुनसरी जिल्लाको धरानमा राष्ट्रिय जनमोर्चाको संविधान सभाको चुनावको सुनिश्चितताका लागि प्रचारात्मक अभियान अन्तर्गतको कार्यक्रममा जातिवादी सङ्गठनहरूको तर्फबाट व्यापक आक्रमण भएको छ । कार्यक्रम स्थलमा झण्डा, व्यानर च्यात्ने, माइक समेत तोडफोड गर्ने काम भएको छ । आक्रमणबाट घाइते हुनेहरूमा अखिल नेपाल जनजाति सम्मेलनका महासचिव रामबहादुर बुढा, समता समाजका केन्द्रीय अध्यक्ष राजेश वि.क., राजमो मोरङका अध्यक्ष विशाल पहाडी, अनेरास्ववियु (छैठौं) का केन्द्रीय सचिवालय सदस्य तिलक गाहा, जनजाति सम्मेलनका केन्द्रीय सदस्य विष्णु थिङ लगायत कैयौ“ व्यक्तिहरू हुनु हुन्छ । महिलाहरूमाथि पनि लछारपछार, हातपात समेत भएको छ । स्वयं प्रहरी प्रशासनले शान्ति, सुव्यवस्था कायम गर्नु पर्नेमा उल्टो आक्रमणकारी पक्षलाई नै मद्दत पु¥याउने काम गरेको छ । सरकारको तर्फबाट कुनै सुरक्षा व्यवस्था गरिएन, उल्टै जातिवादी सङ्गठनहरूलाई संरक्षण दिने काम भयो । यस प्रकारको आक्रमणको घोर भत्र्सना गर्दै सरकारको शान्ति, सुरक्षाको गैरजिम्मेवार कामप्रति खेद प्रकट गर्दछ । जातिवादी सङ्गठनहरूको यस प्रकारको आक्रामक प्रवृतिले उनीहरूको फासिवादी, अलोकतान्त्रिक र विखण्डनकारी चरित्र उदाङ्गिएको छ । यस प्रकारको गतिविधिले मंसिर ४ को संविधान सभाको चुनाव गर्न नदिने र यसले प्रतिगामी तत्वहरूलाई नै मद्दत पु¥याउने काम भएको छ । फासिवादी सङ्गठनहरूले जातीय द्वन्द्व बढाएर देशलाई नै विखण्डनतिर धकेल्ने नीति अन्तर्गत गरिएको आक्रमणलाई बन्द गर्न र आक्रमणकारीमाथि सरकारले कडा कारवाही गर्न तथा शान्ति सुरक्षामा ध्यान दिन माग गर्दछ । यदि यस प्रकारको घटना दोहोरिरहेमा जनता पनि चुप लाग्ने छैन । यसको कडा जवाफ स्वयं जनताले नै दिनेछन् ।
मिति : २०७० भाद्र २९ गते
...............
चित्रबहादुर के.सी.
अध्यक्ष
राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय ज्योतिनगर ३ (ख), कपन, काठमाडौं 
प्रेस विज्ञप्ति

आज सुनसरी जिल्लाको धरानमा राष्ट्रिय जनमोर्चाको संविधान सभाको चुनावको सुनिश्चितताका लागि प्रचारात्मक अभियान अन्तर्गतको कार्यक्रममा जातिवादी सङ्गठनहरूको तर्फबाट व्यापक आक्रमण भएको छ । कार्यक्रम स्थलमा झण्डा, व्यानर च्यात्ने, माइक समेत तोडफोड गर्ने काम भएको छ । आक्रमणबाट घाइते हुनेहरूमा अखिल नेपाल जनजाति सम्मेलनका महासचिव रामबहादुर बुढा, समता समाजका केन्द्रीय अध्यक्ष राजेश वि.क., राजमो मोरङका अध्यक्ष विशाल पहाडी, अनेरास्ववियु (छैठौं) का केन्द्रीय सचिवालय सदस्य तिलक गाहा, जनजाति सम्मेलनका केन्द्रीय सदस्य विष्णु थिङ लगायत कैयौ“ व्यक्तिहरू हुनु हुन्छ । महिलाहरूमाथि पनि लछारपछार, हातपात समेत भएको छ । स्वयं प्रहरी प्रशासनले शान्ति, सुव्यवस्था कायम गर्नु पर्नेमा उल्टो आक्रमणकारी पक्षलाई नै मद्दत पु¥याउने काम गरेको छ । सरकारको तर्फबाट कुनै सुरक्षा व्यवस्था गरिएन, उल्टै जातिवादी सङ्गठनहरूलाई संरक्षण दिने काम भयो । यस प्रकारको आक्रमणको घोर भत्र्सना गर्दै सरकारको शान्ति, सुरक्षाको गैरजिम्मेवार कामप्रति खेद प्रकट गर्दछ । जातिवादी सङ्गठनहरूको यस प्रकारको आक्रामक प्रवृतिले उनीहरूको फासिवादी, अलोकतान्त्रिक र विखण्डनकारी चरित्र उदाङ्गिएको छ । यस प्रकारको गतिविधिले मंसिर ४ को संविधान सभाको चुनाव गर्न नदिने र यसले प्रतिगामी तत्वहरूलाई नै मद्दत पु¥याउने काम भएको छ । फासिवादी सङ्गठनहरूले जातीय द्वन्द्व बढाएर देशलाई नै विखण्डनतिर धकेल्ने नीति अन्तर्गत गरिएको आक्रमणलाई बन्द गर्न र आक्रमणकारीमाथि सरकारले कडा कारवाही गर्न तथा शान्ति सुरक्षामा ध्यान दिन माग गर्दछ । यदि यस प्रकारको घटना दोहोरिरहेमा जनता पनि चुप लाग्ने छैन । यसको कडा जवाफ स्वयं जनताले नै दिनेछन् ।
मिति : २०७० भाद्र २९ गते
...............
चित्रबहादुर के.सी.
अध्यक्ष