
राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय ज्योतिनगर ३ (ख), कपन, काठमाडौं
प्रेस विज्ञप्ति
आज सुनसरी जिल्लाको धरानमा राष्ट्रिय जनमोर्चाको संविधान सभाको चुनावको सुनिश्चितताका लागि प्रचारात्मक अभियान अन्तर्गतको कार्यक्रममा जातिवादी सङ्गठनहरूको तर्फबाट व्यापक आक्रमण भएको छ । कार्यक्रम स्थलमा झण्डा, व्यानर च्यात्ने, माइक समेत तोडफोड गर्ने काम भएको छ । आक्रमणबाट घाइते हुनेहरूमा अखिल नेपाल जनजाति सम्मेलनका महासचिव रामबहादुर बुढा, समता समाजका केन्द्रीय अध्यक्ष राजेश वि.क., राजमो मोरङका अध्यक्ष विशाल पहाडी, अनेरास्ववियु (छैठौं) का केन्द्रीय सचिवालय सदस्य तिलक गाहा, जनजाति सम्मेलनका केन्द्रीय सदस्य विष्णु थिङ लगायत कैयौ“ व्यक्तिहरू हुनु हुन्छ । महिलाहरूमाथि पनि लछारपछार, हातपात समेत भएको छ । स्वयं प्रहरी प्रशासनले शान्ति, सुव्यवस्था कायम गर्नु पर्नेमा उल्टो आक्रमणकारी पक्षलाई नै मद्दत पु¥याउने काम गरेको छ । सरकारको तर्फबाट कुनै सुरक्षा व्यवस्था गरिएन, उल्टै जातिवादी सङ्गठनहरूलाई संरक्षण दिने काम भयो । यस प्रकारको आक्रमणको घोर भत्र्सना गर्दै सरकारको शान्ति, सुरक्षाको गैरजिम्मेवार कामप्रति खेद प्रकट गर्दछ । जातिवादी सङ्गठनहरूको यस प्रकारको आक्रामक प्रवृतिले उनीहरूको फासिवादी, अलोकतान्त्रिक र विखण्डनकारी चरित्र उदाङ्गिएको छ । यस प्रकारको गतिविधिले मंसिर ४ को संविधान सभाको चुनाव गर्न नदिने र यसले प्रतिगामी तत्वहरूलाई नै मद्दत पु¥याउने काम भएको छ । फासिवादी सङ्गठनहरूले जातीय द्वन्द्व बढाएर देशलाई नै विखण्डनतिर धकेल्ने नीति अन्तर्गत गरिएको आक्रमणलाई बन्द गर्न र आक्रमणकारीमाथि सरकारले कडा कारवाही गर्न तथा शान्ति सुरक्षामा ध्यान दिन माग गर्दछ । यदि यस प्रकारको घटना दोहोरिरहेमा जनता पनि चुप लाग्ने छैन । यसको कडा जवाफ स्वयं जनताले नै दिनेछन् ।
मिति : २०७० भाद्र २९ गते
...............
चित्रबहादुर के.सी.
अध्यक्ष
No comments:
Post a Comment