भानु सुनुवार १७ मे दोहा । किरातीहरुको महान चाड सालिवा शाँदार पिदार/साकेला उभौली/यक्वा तङनाम, येले सम्वत्–५०७४ लाई तीन किरातीहरुले कतारमा हिजो शुक्रबारका दिन सुख, समृद्धि तथा शान्तिको कामना गर्दै भव्यताका साथ मनाएँ ।

कार्यक्रम मूल आयोजक समितिका संयोजक तथा सुनुवार सेवा समाव कतारका का.बा. अध्यक्ष नर बहादुर सुनुवारको सभापतित्व र नेपाल प्रवासी आदिबासी जनजाति महासंघ कतारका अध्यक्ष बिनेश तमाङ्गको प्रमुख आतिथ्य, एनआरएनए आईसिसिका उपाध्यक्ष टि.वि कार्की, एनआरएनए आईसिसिका सल्लाहकार नरेन्द्र भाट, एनआरएनए आईसिसिका मध्यपूर्व उप–संयोजक पूर्ण के.सी, एनआरएनए आईसिसिका सदस्य अमृत गुरुङ, एनआरएनए एनसिसि कतारका अध्यक्ष मक्शुद आलम, सुनुवार सेवा समाज कतारका प्रमुख सल्लाहकार पुरुसोत्तम सुनुवार किरात राई यायोक्खा शाखा कतारका प्रमुख सल्लाहकार चन्द्रसेर राई, किराया, सुुसेस कतारका पुजारी (नासो) भक्त सुुनुवार, किराया कतारका पुजारी (नक्सो) ओम कर्ण राई र किराचु कतारका पुजारी (फेदाङ्वा) बिर बहादुर लिम्बुको बिशेष आतिथ्य रहेको थियो ।

अन्य अतिथिहरुमा नेपाल प्रबासी तमाङ सेवा समाज कतारका महासचिव दिल दोर्जे तामाङ, नेपाल प्रबासी मगर संघ कतारका प्रथम उपाध्यक्ष महेन्द्र थापा मगर, मञ्च संम्वन्ध संघिय लिम्बुवान राज्य परिषद कतारका सदस्य सेवा लुङ लिम्वु, नेपाली जनसम्पर्क समिति कतारका सभापति बिमल सुबेदी, प्रवासी नेपाली मञ्च कतारका संस्थापक अध्यक्ष कमलमणि गुरागाई, जन प्रगतिशील मञ्च कतारका महासचिव प्रेम लामा, नेपाली संघिय समाज कतारका सदस्य राजेन्द्र राई,समाजसेवी, ब्यबसायी तथा बुद्धिजिवीहरु, बिल गुरुङ, राजेश दर्शन अर्याल, उमेश अधिकारी, अनेसास कतारका उपाध्यक्ष श्याम रानाभाट नबोदित साहित्यिक मोबाइल पुस्तकालय अध्यक्ष ईन्द्रमणी नेपाल, सन्ध्या ग्रुप अलखोरका विरेन्द्र याक्थुम्वा, नेपाली महिला समाज कतारका अध्यक्ष रेखा राई, पाँचथर सेवा समाज कतारका उपाध्यक्ष खडानन्द वास्कोटा, मोरङसुनसरी सेवा समाज कतारका अध्यक्ष लोक व.तामाङ, ओखलढुङगा सेवा समाज कतारका सचिव अशोक सिङदेन तामाङ, उदयपुर सेवा समाज कतारका उपाध्यक्ष गणेश शिवा, स्याङजा सेवा समाज कतारका उपाध्यक्ष धनन्जय लम्साल, पाल्पा सेवा समाज कतारका अध्यक्ष लिलाम चिडी मगर र कास्की आदर्श सेवा समाज कतारका अध्यक्ष आश व.गुरुङ रहेका थिए।
ब्यानर उद्घाटन तथा दिप प्रज्वोलन पश्चात उपस्थित सबैले सामुहिक राष्ट्रियगान गाएपछि कार्यक्रमले गति लिएको थियो । मूल समितिका उप– संयोजक तथा किरात राई यायोक्खा कतार शाखाका अध्यक्ष धिरज चाम्लिङ्ग राईले स्वागत मन्तव्य सहित यस चाडका बारेमा प्रकाश पारेका थिए । मूल समितिका उप– संयोजक तथा किरात याक्थुम चुम्लुङ कतारका अध्यक्ष लोकेन्द्र तुम्रुकले कार्यक्रममा सहभागी तथा कार्यक्रम सफल पार्न अहोरात्र खट्ने सबै किरातीहरुमा हार्दिक आभार तथा धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा उपस्थित अतिथी वक्ताहरुले कार्यक्रम सफलताको कामना सहित किरातहरुको महान चाड उभौलीका वारेमा आ–आफ्ना भनाईहरु राख्दै शुभकामना व्यक्त गरेका थिए ।
नेपाल बहु–धर्मिक तथा बहु–सांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र मानिन्छ । यही बहुलता भित्रको पनि अर्को बहुल बिशेषता हो किरात जातिका संस्कार,संस्कृति र महान चाडहरु । एउटै किरात धर्म मान्ने किरातहरु पनि बिविध भाषा–भाषीका छन र केही फरक संस्कार भएरै पनि फेरी एउटै संस्कृति छ । किरात राई पुजारी (नक्सो)द्धारा सुख समृद्धि तथा शान्तिको कामना गर्दै सोकला थानमा पूजा गरेर साकेला शिलीको सुरुवात गरेका थिए । सुनुवारका पुजारी (नासो) ले उस्तै कामना गर्दै पूजा (पिदार) गरेर शाँदार शिली शुरु गरे भने किरात लिम्बुहरुले येवा लाङ, या-लाङ (धान नाच) जस्ता झाकीहरु प्रस्तुत गरेका थिए । यसरी एउटै चाडलाई किरातीहरु फरक नामले पुकार्नुले पनि नेपालका किरातहरुलाई बिविध समुदायमा बिभक्त एउटै सम्प्रदाय भनेर बुझनुपर्ने हुन्छ ।

कार्यक्रममा किराती चेलीहरु द्धारा तयार पारिएको सेल रोटी, तरकारी र अचारका परिकारले उपस्थित पाहुनाको स्वागत गरे । किरात तथा गैर किरातहरुको वाक्लो उपस्थिती रहेको कार्यक्रम दिउँसो एक बजे देखि साँझ पाँच बजेसम्म चलेको थियो । कार्यक्रम मूल समितिका सदस्य सचिव तथा किराया कतार शाखाका महा–सचिव देबराज राईको सञ्चालनमा भएको थियो ।




No comments:
Post a Comment