झापा, ७ मंसिर | झापाका नागरिक समाजका अगुवाहरुले प्रदेश नम्बर १ बाट झापा,मोरङ र सुनसरीलाई टुक्रयाउन नहुने माग गरेका छन् ।झापाको बिर्तामोडमा आजभएको खवरदारी सभामा उनीहरुले यस्तो माग गरेका हुन् । झापा,मोरङ र सुनसरीलाई टुक्र्याएर प्रदेशको सीमांकन गर्ननहुने भन्दै तीनै जिल्लाका नागरिक आन्दोलित बनिरहेको समयमा झापामा वृहतर्यालीको आयोजना गर्दै बिर्तामोडमा खबरदारी सभाको आयोजना गरिएको थियो ।
हात हातमा राष्ट्रिय झण्डा बोकेका झापाली नागरिकको ¥याली बिर्तामोड नगर परिक्रमापछि सभामा परिणत भएको थियो ।हिमाल, पहाड तराई कोही छैन पराई, प्रदेश नम्बर एकबाट झापा,मोरङ र सुनसरीलाई टुक्रयाउन पाइदैन लगायतका नारासहित नागरिकले बिर्तामोडमा प्रदर्शन गरेका थिए ।
र्यालीपछि आयोजित खवरदारी सभामा बोल्दै अिधकांस बक्ताहरूले आन्दोलनरत मधेसी मोर्चाको माग सम्बोधन गर्ने नाममा जिल्ला टुक्रयाउने गृहकार्य गरे रगतको खोलो बगाउन आफुहरु तयार रहेको बताएका छन । सभामा बोल्दै सांसद रवीन कोइरालाले मधेशी मोर्चाले सिमाङ्कनको विषयलाई बखेडा निकालेर मुलुकलाई नै अस्त व्यस्त बनाएको बताउनुभयो ।
त्यस्तै अर्का सांसद सुधीरकुमार शिवाकोटीले संविधान नचाहिरहेको मधेशी मोर्चाले संसारकै उत्कृष्ठ संविधान नेपालमा जारी भएपनि अरुका इसारामा मधेशवादी दल सञ्चालनमा रहेकाले देशले यो झमेला व्यहोर्नु परेको आरोप लगाउनुभयो ।नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व मन्त्री खगेन्द्र प्रसाई, सांसदहरु मनकुमार गौतम,अमृतलाल श्रेष्ठ ,हरि राजवंशी, राप्रपा नेपालका जिल्ला नेता टीकाराम खरेल लगायतले सम्बोधन गर्नुभएको थियो । राजु आर्चाय अग्निले सञ्चालन गरेको कार्यक्रमको औचित्यमाथि प्रकाश चिन्तन पाठकले गर्नुभएको थियो ।
साभार : पूर्वेली न्युज

Ges Antalya
ReplyDelete