तेह्रथुम समाचार, - मुसलधारे बर्षापछि लेउतीखोलामा आएको बाढीले ५ सय मिटर सडक बगाएको छ ।
शुक्रबार राती खोलामा आएको बाढीले कोशी राजमार्गको लाबरबोटेमा सडक बगाएको हो । सडक भत्किएपछि धरान–धनकुटाको सडक सम्बन्ध विच्छेद भएको छ । यस अगाडी पनि २०६६ साल असोजमा गएको भुकम्पले पहिरो जाँदा कोशी राजमार्गको कोलबोटेमा सडक भत्किएको थियो ।
२०४० सालपछि खोलामा आएको ठुलो बाढीले जग भत्काएपछि सडक बगेको हो । खोलामा ठुलो बाढी आईरहेकाले सडक निर्माण गरी यातायात खुलाउन नसकेको धनकुटाका प्रमुख जिल्ला अधिकारी रामेश्वर दंगालले बताउनुभयो ।
सडक भत्किएकाले मान्छेहरुलाई आवतजावत गर्न समेत समस्या भएको छ । सुरक्षाकर्मीले जंगल र भिरालो ठाउँमा डोरीको सहयोगले मान्छेहरुलाई आवतजावत ब्यवस्था मिलाएका छन् । यो अस्थायी र जोखिम रहेको सुरक्षाकर्मीहरुले बताए ।
शनिबार विहानै घटनास्थलमा पुगेका प्रजिअ दंगाल, जिल्ला विकास समितिका स्थानीय विास अधिकारी प्रेमप्रसाद भट्टराई र सडक डिभिजन कार्यालयका निमित्त प्रमुख सुर्दशन कार्कीसहितको टोली घटनास्थलको निरीक्षण गरेर फर्किएको छ । ‘पानीमा ढुंगा र बालुवा मिसिएर आएकाले कुनै काम गर्न सकिँदैन’, सडक डिभिजन कार्यालयका निमित्त प्रमुख कार्कीले भन्नुभयो ‘सडक खुलाउन अझै केही सयम लाग्छ ।’ सडक भत्किएपछि यात्रु, तरकारी र अन्य सामग्री लिएर गएका सयौं गाडीहरु मुलघाट, घण्टेखोला र सिम्सुवामा रोकिएका छन् ।
सडक नखुले करोडौ रुपैयाँको तरकारी कुहिने अवस्था रहेको छ । त्यसैले जिल्लाका ग्रामिण क्षेत्रका किसानहरुलाई बारीबाट तरकारी नटिप्न अनुरोध गर्न सार्वजनिक सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी दंगालले बताउनुभयो ।
शुक्रबार धनकुटाबाट लैजाँदै गरेको दुध फाटेपछि कामुधेनु डेरीले ४ हजार लिटर दुध सडकमा पोखाएको छ ।
शुक्रबार राती खोलामा आएको बाढीले कोशी राजमार्गको लाबरबोटेमा सडक बगाएको हो । सडक भत्किएपछि धरान–धनकुटाको सडक सम्बन्ध विच्छेद भएको छ । यस अगाडी पनि २०६६ साल असोजमा गएको भुकम्पले पहिरो जाँदा कोशी राजमार्गको कोलबोटेमा सडक भत्किएको थियो ।
२०४० सालपछि खोलामा आएको ठुलो बाढीले जग भत्काएपछि सडक बगेको हो । खोलामा ठुलो बाढी आईरहेकाले सडक निर्माण गरी यातायात खुलाउन नसकेको धनकुटाका प्रमुख जिल्ला अधिकारी रामेश्वर दंगालले बताउनुभयो ।सडक भत्किएकाले मान्छेहरुलाई आवतजावत गर्न समेत समस्या भएको छ । सुरक्षाकर्मीले जंगल र भिरालो ठाउँमा डोरीको सहयोगले मान्छेहरुलाई आवतजावत ब्यवस्था मिलाएका छन् । यो अस्थायी र जोखिम रहेको सुरक्षाकर्मीहरुले बताए ।
शनिबार विहानै घटनास्थलमा पुगेका प्रजिअ दंगाल, जिल्ला विकास समितिका स्थानीय विास अधिकारी प्रेमप्रसाद भट्टराई र सडक डिभिजन कार्यालयका निमित्त प्रमुख सुर्दशन कार्कीसहितको टोली घटनास्थलको निरीक्षण गरेर फर्किएको छ । ‘पानीमा ढुंगा र बालुवा मिसिएर आएकाले कुनै काम गर्न सकिँदैन’, सडक डिभिजन कार्यालयका निमित्त प्रमुख कार्कीले भन्नुभयो ‘सडक खुलाउन अझै केही सयम लाग्छ ।’ सडक भत्किएपछि यात्रु, तरकारी र अन्य सामग्री लिएर गएका सयौं गाडीहरु मुलघाट, घण्टेखोला र सिम्सुवामा रोकिएका छन् ।
सडक नखुले करोडौ रुपैयाँको तरकारी कुहिने अवस्था रहेको छ । त्यसैले जिल्लाका ग्रामिण क्षेत्रका किसानहरुलाई बारीबाट तरकारी नटिप्न अनुरोध गर्न सार्वजनिक सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी दंगालले बताउनुभयो ।
शुक्रबार धनकुटाबाट लैजाँदै गरेको दुध फाटेपछि कामुधेनु डेरीले ४ हजार लिटर दुध सडकमा पोखाएको छ ।
No comments:
Post a Comment