
विराटनगर, भाद्र २० - ( बेलबारी घट्ना )
डेढ महिनाअघि गाउँलेले कालो मोसो दलेर जुत्ताको माला लगाई दुव्र्यवहार गरेपछि विस्थापित मोरङको बेलबारी-३ की माया सार्की बिहीबार घर फर्केकी छन् । आफूलाई झूटो आरोप लगाएको भन्दै स्थानीय भेटवाल परिवार र गाउँलेले २३ वषर्ीया माया र दलित अगुवा मनोज विश्वकर्मालाई दुव्र्यवहार गरेका थिए ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलको नेतृत्वको टोलीले मायालाई फूलमालासहित पुनःस्थापना गरेको हो । राष्ट्रिय मानव अधिकार, दलित आयोग, सञ्चारकर्मीसहित एक दर्जनभन्दा बढी प्रतिनिधिहरूले मायालाई घर भित्र्याएका थिए । उनलाई कालो मोसो दलिएको स्थानमै सहायक प्रजिअसहितले अबिर दलेर फूलमाला लगाएका थिए । अबिर र फूलमाला लगाउँदा मायाले हर्षका आँसु खसालेकी थिइन् ।
डेढ महिनासम्म विराटनगरमा ओरेक नेपालको सेफ हाउसमा बसेकी मायालाई तत्काल पुनःस्थापनाका लागि भन्दै लुइँटेलले सामूहिक रूपमा संकलन गरेको नगद ४८ हजार पनि प्रदान गरे । अपराधीलाई राज्यले दण्डित गरे पनि पुनःस्थापनाका लागि सामाजिक सहयोग आवश्यक रहेको उनले बताए ।
उक्त घटनाका १७ अभियुक्तविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा चलाएको सार्वजनिक अपराधसम्बन्धी मुद्दामा २८ हजार धरौटी माग गरी तारेखमा छोड्ने आदेश गरिएको थियो । जिल्ला अदालत मोरङले जातीय विभेद तथा छुवाछूतविरुद्धको मुद्दामा जनही ७ हजार रुपैयाँ धरौटी मागेको थियो । घटनाका मुख्य कारण माया सार्कीलाई घर र्फकंदा जबरजस्ती गर्न खोज्ने कृष्ण सुनदास २० हजार धरौटीमा अदालतबाट तारेखमा छुटेका छन् ।
श्रोत : कास
No comments:
Post a Comment