श्रोत साझा लिम्बुवान न्युज
साउन २९, नेवा :काठमाडौँ/ चार दलीय सिण्डिकेटको कर्मचारी सरकार र ३३ दलीय आन्दोलनकारी मोर्चाबीच आज वार्ता हुने भएको छ | साउन २२ गते ४ दल तथा कथित उच्चस्तरीय राजनीतिक संयन्त्रसंगको भएको सुरुवाती वार्तापछिको यो दोस्रो वार्ता हो | संघीय लोकतान्त्रिक राष्ट्रिय मंच महासचिव तथा मंच सम्बद्ध लिम्बुवानका वार्ता प्रतिनिधी खगेन्द्र मखिम्ले जनाए अनुसार आजको वार्ता काठमाडौँस्थित कुपन्डोलको हिमालयन होटलमा हुने भएको छ |
उता, लिम्बुवानको आन्दोलन पनि जारी नै रहेको छ | लिम्बुवानका एलभीहरुको विशेष प्रशिक्षण लगतै लिम्बुवान केन्द्रीय अध्यक्ष कुमार लिङदेन 'मिराक' लिम्बुवान ताप्लिजोङको सुरुङखिम गाबिस लगायत विभिन्न संघ-संस्थाले आयोजना गरेको तिम्बुङ पोखरी महोत्सवमा सहभागी भई फर्कने क्रममा भएको समाचार छ | यसैक्रममा, यही साउन ३० गते ताप्लिजोङको खेवाङमा अध्यक्ष 'मिराक'कै प्रमुख आतिथ्यमा क्षेत्रीय लिम्बुवान आमसभा हुने कार्यक्रम छ !
No comments:
Post a Comment