कतारमा श्रम सहचारी ईन्द्र देव पाण्डेको बिदाई
दोहा , ७ सेक्टेम्बर -
नेपाल आदिवासी जनजाति महासंघ दोहा कतारले
कतारको लागी नेपाली दुतुवासका श्रम सहचारी ईन्द्र देव पाण्डेलाई २ वर्षे कार्यकालको प्रसंशा गर्दै
नेपाली हिमालयन रेष्टुरेण्टमा
एक कार्यक्रम मार्फ़त विहिबार
विदाई तथा सम्मान गर्यो।
नेपाल आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष बिनेश तामाङ्को सभापतित्वमा भएको
उक्त कार्यक्रमको प्रमुख अतिथि श्रम सहचारी ईन्द्र देव पाण्डे रहनु भएको थियो भने अतिथिहरु महासंघका निवर्तमान अध्यक्ष तथा महासंघ संस्थापक सदस्य अमृत गुरुङ, महासंघका सल्लाकार दिल किरण खजुम,सल्लाकार तथा बुद्धिजीवी विल गुरुङ,सल्लाकार बुधबल गुरुङ्, सल्लाकार शुक बहादुर तामाङ्, संस्थापक सदस्य चन्द्रशेर राई, नेपाल प्रवासी मगर संघका अध्यक्ष शरण थापा मगर,किरात राई या-योक्खा अध्यक्ष अमृत राई, नेपाल प्रवासी तामाङ समाजका अध्यक्ष माईला वाईवा तामाङ्,तमु सेवा समाजका अध्यक्ष , किरात याक्थुम चुमलुङ्का सदस्य मिङ्सो सुहाङ,नेवा-पुचका उपाध्यक्ष उपेन्द्रमान श्रेष्ठ,माझी सेवा समाजका अध्यक्ष देव माझी र पत्रकार तिल विक्रम थेवे रहनु भएको थियो।
आफ्नो २ वर्षे कार्यकाल सिद्धाएर बिदाई हुदै गरेका श्रम सहचारी पाण्डेलाई सम्मान पत्र र खादा ओडाएर महासंघले विदाई गरेको थियो। यसरिनै महासंघमा आबद्ध मातृसंस्था तमु सेवा समाज,माझी सेवा समाज,तामाङ् समाज,नेवा पुच,मगर संघले सम्मान पत्र,ढाका टोपी र खादाले सम्मान गरेको थियो भने किरात राई या.योक्खा र किरात याक्थुम चुम्लुङ्ले संयुक्त रुपमा शीरमा सेतो फेटा बाधेर सम्मान गरेको थियो।
विदाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि ईन्द्रदेव पाण्डेले आफ्नो कार्यकाल अवधिभर कतारमा रहेका बिभिन्न नेपाली संसस्थाले गरेको सहयोगको प्रसंशा गरि धन्यवाद दिनुहुदै आउदा दिनहरुमा पनि नियोगलाई यसरिनै सहयोग गर्दै जान शुभकामना दिनु भएको थियो।
महासंघको तर्फबाट अमृत गुरुङ् र शरण थापा मगर लगायतले कतारमा रहदा प्रवासी नेपालिहरूबाट जानी-अनजानी कसैले मन दुखाई दिएको भए तितो क्षणलाई बिर्सिदीन अनुरोध गर्दै उहाको कार्यकाल अवधी भित्र भएको बिभिन्न उपलब्धी मूलककामको प्रशंशा गरि यात्रा सफलताको शुभकामना दिनु भएको थियो।कार्यक्रममा सांस्कृतिक बिभागका अध्यक्ष कृष्ण गुरुङले स्वागत मनतब्य राख्नु भएको थियो भने कार्यक्रम संचालन महासंघका सचिवालय सदस्य महेन्द्र(सानु) थापा मगरले गर्नु भएको थियो।



No comments:
Post a Comment