नेपालको झण्डाको अर्थ के हो?
बालकृष्ण माबुहाङ
संयुक्त राष्ट्रसंघको सदस्यता लिन तत्कालीन प्रधानमन्त्री मोहन शमशेरले लेखेको पत्र संयुक्त राष्ट्रसंघमा तत्कालीन कर्णेल पदमबहादुर खत्रीले सन् १९४९मा राष्ट्रसङ्घमा बुझाए पछि नेपालको झण्डाको व्याख्या बारे नेपालको सरकारलाई सोधी पठाएको अर्थ तत्कालनिन प्रधानमन्त्री मोहन शमशेरको दिमागमा कुनै नयाँ विचार फुरेको थियो रे (?),
तर राजा त्रिभुवनबाट हुकुम भएछ: “परम्परावाट चलिआएको झण्डा किन हेरफेर गर्नु यहाँ (?) जस्ले बढी चित्त बुझ्दो व्याख्या गर्छ त्यही राष्ट्रसंघमा पठाउनु बेसहोला तिनीहरूले जे ठानेनी के भयो र?” साहित्यकार मदनमणी लेख्छन, ‘यी मैले भनेका कुरोको कुनै लिखित प्रमाण छैन।’ अर्थात् नेपालको झण्डाको । छ भने त्यो व्याख्या त्यतिखेर के गरियो त्यो राष्ट्रसंघमा अभिलेख छ, त्यस बारेमा पनि कसैलाई थाहा छैन ।
त्यसकारण नेपालको राष्ट्रिय झण्डाको गहन अध्ययन गर्ने एउटा प्रपोजल युक्त विचारप्रधान लेख मदनमणी दिक्षितले उपरोक्त सारा कुराको खुलासा २०५७ साल असोज २९ मा हिमालय टाईम्स पत्रिकामा ‘राष्ट्रिय झण्डाको प्राचीन स्रोतको अध्ययन जरुरी’ शीर्षकको लेख लेखेका थिए।
श्रमजीवि जनताको रगतले भिजेको पृष्ठभूमिमा महान् सर्वहारा क्रान्तिको झण्डामा हँसिया-हतौडाको श्रमिकको प्रतिनिधित्व गर्ने झण्डा भन्दै बोकाएर, बोकेर, हजारौँ नेपालीको ज्यान गएको छ। खास गरी नेकपा (माओवाद)को सशस्त्र सङ्घर्षको एक दशकको द्वन्द्व भए पछि। गएको संविधानसभामा नेपालको राष्ट्रिय झण्डा के हुने? भन्ने विषयमा यै अनर्थको ‘राष्ट्रिय झण्डा’ रातो पृष्ठभूमिको, सेतो चन्द्र र सूर्य तल भाथि भएको निलो पट्टीको झण्डा नेपालको राष्ट्रिय झण्डामा दलहरू सहमत भएका थिए, अर्थ पुनरपरिभाषित गर्ने सर्तमा। तर अहिले सम्म त्यो अर्थ खुलेको थाहा छैन । र अहिलेको संविधानसभा के गर्दैछ, कसैलाई थाहा छैन । पुरानो प्रचलन र अर्थका आधारमा भन्ने हो भने नेपालको झण्डा, ‘रातो भूमिमा चन्द्र सूर्य अंकीत र निलो पट्टी युक्त दुइटा त्रिकोण संयुक्त नेपालको राष्ट्रिय झण्डाको स्रोत वैदिक हो’ भनेर योगिनरहरी नाथ, र शंकरमान राजवंशीको हवाला दिँदै दिक्षितको लेखको सार के हो भने राजवंशी र नरहरीनाथको दाबी सतहीछ, त्यसको गहन अध्ययन गर्न भारतको दक्षिणनी सहर र त्यहाँ निर्मित हिन्दु धर्म सम्प्रदायको पिठहरूमा गएर गहन अध्ययन गर्यो भने स्रोत, अर्थ खुल्छ। उनको दावि के हो भने उनी त्यसको लागि ईच्छुक व्यक्ति हुन र अन्दाजी भारु ७५ हजार भए खर्च पनि पुग्छ, अहिलेनै यो कार्य गरिएन भने पछि ढिलो र खर्चिलो हुन्छ, भन्ने आशय उक्त लेखको थियो। सवाल यहाँ दिक्षित र उनको रिसर्च गर्ने कुरो भन्दा पनि भारतभूमिका मठ मन्दिरको स्रोत भएको झण्डा नेपालको कसरी हुन्छ? हुँदैछ? र हुनेवाला छ?
यहाँ चर्चा गर्न खोजेको कुरो के हो भने हिन्दु धर्म सम्प्रदाय जो विश्वभर छरिएर रहेका छन् उनीहरूको परम्परा, रहन-सहन, र संस्कृतिक प्रतिमूर्ति अंकित कसरी नेपालको झण्डा हुन सक्छ? बहुजाति, बहुसंस्कृति, बहुधर्मलाई प्रतिनिधित्व गर्ने नेपाली समाजको प्रतिक एउटा सम्प्रदाय र धर्मको सूचक छ, त्यो कसरी नेपाली राष्ट्रिय झण्डा हुन सक्छ।?
विद्वान कामरेड डा. बाबुराम भट्टराई र महान् जनयुद्दका नायक कामरेड प्रचण्डको सर्वहारा क्रान्तिकारीत कहाँ हो, कहाँ? उनको लहै लहैमा ज्या त्यागेका अभागी नेपाली जनताको रगको मोलत कता हो, कता? विश्वभरि छरिएर रहेका हिन्दुहरू, त्यसमा पनि वैदिक, उपल्ला सभ्य र सुसंस्कृति पण्डितहरूको प्रतिनिधित्व गर्ने राष्ट्रिय झण्डा आज पनि नेपाको झण्डा भनेर नतमस्त हुन हामी बाध्य छौँ। हिजै मात्र हिजो टुँडिखेलमा दुनियादार मानव सागर ओरालियो राष्ट्र र राष्ट्रियताको लागि। युवाहरूहरू भेला गरेर मानव निर्मित झण्डा बनाईयो । मेरो छोरो, छोरी, भतिज, भतिजी, नाता-गोता सबै युवा नानीहरू भेला गरेर। आखिरि कामरेड द्वय भट्टराई र प्रचण्डले रातारात युवाहरूलाई जङ्गल जङ्गल डुलाएर अर्थविहिन क्रान्तिको लागि रौसे झैँ वैदिक हिन्दु धर्म र संस्कृतिको प्रतीक हिन्दु मठाधिस, राजामहाराजाहरूको त्रिकोणात्मक झण्डाको प्लेकार्ड बोक्न मेरो छोराछोरी सहित दुनियाका छोराछोरीलाई, शनिवार ढिलो गरी उठ्ने, टुँडीखेल दौडाएर बनाएको झण्डाको अर्थ चाँही के हो? कम्तीमा मेरो जीवनमा संस्कृति र रहनसहनमा मलाई चाँही पत्तो छैन ।
( नोट-फेसबुकबाट " लेखक त्रिभुवन विश्वविद्यालयका सह प्रध्यापक हुन)

No comments:
Post a Comment