Friday, December 6, 2013

मौलीक संस्कृती जगेर्णाको लागि एक हुदैछन किरातीहरु...!!

> पूर्ण सुहांग<
दोहा,६ डिसेम्बर- नेपालको पुर्वी पहाडी भेगमा सघन बसोबास रहेका राई,सुनुवार,लिम्बु,याख्खा,धिमाल,लोहरुङ आदि जातीका मानिसहरू आफुहरु किराती भएको दावी गर्छन। किरातीहरु आफुलाई प्रकृती पुजक मान्छन तर गाठिएको कुरा ! तिनै किरातीहरुको एकै दिन,एकै समयमा पर्ने पर्वहरुलाई परम्परागत संस्कार अनुसार फरक-फरक तरिकाले मनाउदै आएका छन। कहिले सम्म सँगै मनाउथे ? अनि कहिलेबाट छुटे बिस्त्रित तथ्य आज सम्म खुलेको छैन। तर किरातीहरु बैशाख पुर्निमा,असार पन्ध्र, कातिकको औशी रात, मंशीर पुर्णे, माघे सक्रान्ती, चैते दशै आदि दिनहरु मुख्य रुपमा मनाउछन।त्यस मध्ये बैशाख पुर्णिमा र मंशिर पूर्णिमा राष्ट्रिय पर्वको रुपमा घोषणा भई सकेको अवस्था हो। र किरातीहरु पनि बैशाख र मंशिरलाई नै धेरै महत्व दिन्छन।
देश बिदेशमा रहेका किरातीहरुको आ-आफ्नै मातृ संस्था छन।त्यस मध्ये दोहा कतारमा पनि सुनुवार सेवा समाज,किरात याक्थुम चुम्लुङ,किरात राई या-योखा संस्थाहरु बिगत झन्डै दशक देखी सक्रिय रुपमा सुचारु छन।
२०६९ साल भन्दा अघी सम्म कतारका किराती संस्थाहरु पनि बिभिन्न पर्वहरु आ-आफ्नै तरिकाले मनाउदै आएको भए पनि २०७० सालको शुरुवाती सँगै सुनुवार सेवा समाज,किरात याक्थुम चुम्लुङ र किरात राई यायोक्खाले एकै ठाँउ सामुहिक रुपमा पर्वहरु मनाउन थालेका छन।  यि तिन संस्थाले (बैशाख पुर्णे) साकोला उभौली, कक्फेवा तङनाम,फ्यालेदर ब्रुस्ली रेष्टुरेण्डमा एकै ठाँउ सामुहिक रुपमा मनाएका थिए। नजिकिन्दै गरेको किराती तथा राष्ट्रिय पर्व (मंसिर पुर्णे) साकेला उधौली,चासोक तङनाम,फोल शाँदर विश्वभरी रहेका नेपाली किरातीहरुलाई एकताको शन्देश दिन २० डिसेम्बर शुक्रबारको दिन समाल गार्डेनमा सामुहिक रुपमा उधौली पर्व तथा बनभोज कार्यक्रम मनाउने भेकाछन। जान आउनलाई नेशनल जैदा पार्क, वख्रा, सनैया(अलतिया), लेण्डमार्क, अलखोर हुँदै मैदर बाट नि:शुल्क यातायातको ब्यबस्था गरिएको खबर कियाचु-अध्यक्ष लोकेन्द्र तुम्रोक, किराया-अध्यक्ष धिरज राई,सुसेस-कार्यवाहक अध्यक्ष किशोर सुनुवारले तहल्कालाई बताउनु भयो।


किरात यक्थुङ चुम्लुङ कतारका अध्यक्ष लोकेन्द्र तुम्रोकले लगाएको अन्न बाली उठाउने बेलामा तागेरानिङ्वा फुमाङ(भगवान)लाई सोधेर अनुमती मागी उठाउने गरेको दिन कालन्तरमा चासोक तङनाम पर्व बन्न पुगेको  भन्दै नेपाली  पर्वहरु सामुहिक रुपमा मनाउदै एकताको किरण विश्वलाई दिने शुवर्ण अवसर पाएको र यो एकता विश्वको बिभिन्न किराती संस्थाहरु लगायत नेपालमा पनि हुनुपर्ने आशा राख्दै आउदो २० डिसेम्बरको तयारी भव्यरुपमा भई रहेको र चुम्लुङको तर्फबाट सांस्कृतीक झाँकीहरुको लागी सांस्कृतीक विभाग अध्यक्ष श्रवण योङ्याले टपफर्ममा रियलशन गराउदै गर्नु भएको जानकारी दिनु भयो। 
यता किरात राई यायोक्खाका अध्यक्ष धिरज राईले हाम्रो सभ्यता र पहिचान सँग जोडीएको मौलिक संस्कृतीहरुलाई प्रावसमा रहेर मनाउन पाउनु गर्वको बिषय रहेको, अझ बिभिन्न किराती संस्थाहरु सँग मिलेर सामुहिक रुपमा मनाउदा बिश्वलाई नयाँ शन्देश गईरहेको र जानुपर्ने भन्दै यस पालीको साकेला उधौलीमा सांस्कृतीक झाँकीको लागी आउदो शुक्रबार बाट सांस्कृतीक बिभागका अध्यक्ष प्रविन राईको नेतृत्वमा रेयलशन  हुने कुरा तहल्कान्युज बल्ग स्पोट डटकमलाई टेलीफोन मार्फत जानकारी दिनुभयो।
यसरीनै सुनुवार सेवा समाजका प्रथम उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष किशोर सुनुवारले>  नेपालीहरुले वर्षौ देखी मनाउदै आएको मौलिक संस्कृतीको सकारात्मक पक्षहरुलाई बचाएर दोस्रो पुस्तालाई सकुसल हस्तानत्रण गर्नु हाम्रो दायित्य बनेको र हाम्रो एकताले  यसलाई बचाउनुमा थप बल पुग्ने धारणा राख्दै मुल संयोजक  कियाचु र सह-संयोजकमा किराया-सुसेस रहेको जानकारी दिनुभयो।
किरात याक्थुम चुमलुङ,किरात राई यायोक्खा, सुनुवार सेवा समाजको सामुहिक बनभोज कार्यक्रम कस्तो रहन्छ ? २० डिसेम्बरको दिन समाल गार्डेनमा हेर्न बाँकी छ।

एकातिर किरातीहरु आफ्नो मौलीक पर्व नजिकिन्दै गर्दा उत्साहित देखिन्छन अर्को तिर अलि गुनासो गर्छन। गुनासो हाम्रो पर्वहरु कसैले मानि दिएनन भन्नेमा छैन, राज्यले बजेट छुट्टाएन भन्नेमा छैन। गुनासो आज राष्ट्रिय पर्व बनिसकेको अवस्थामा पनि मुलधारका मिड्याहरुले बेवस्था गरिदिएकोमा छ।
उनिहरु भन्छन > राष्ट्रिय पर्व भनेर एक दिने बिदा दिएर मात्र पुग्दैन। त्यसको संरक्षण र सम्बर्धनको लागी राज्यले अनुहार हेरेर बिभेद गरिनु हुदैन। कसैको चाड  भित्रिनु भन्दा तिन महिना अघी देखी औधी प्रचार प्रसार गर्ने मुलधारका मिड्याहरुले करिब २५ लाख जनसंख्याले मानी आएको पर्वलाई एक अंश सम्म नसमेटीनु बिभेद पुर्ण छ। फेरी हाम्रो आपती अरुको पर्वमा प्रचार प्रसार भो भन्नेमा होईन। आपती गरिएको बिभेदमा हो। किरातीहरु अझ  थप्छन>अमेरीकामा कुनै व्याक्तिले अलि ठुलो आवजमा फुस्स हावा छोड्दा र भारतमा गाडीको टायर पम्चर हुदा समेत हेडलाई बनाउने नेपाली मुलधारका मिड्याहरूले नेपाल राष्ट्र भित्रका लाखौ जनताहरुको आस्था रहेको मौलीक संस्कृती चासोक तङनाम,उधौली साकेला र फोल शाँदर नजिकिन्दै गर्दा एक अंश पनि राख्न उचित ठान्दैनन किन ?

No comments:

Post a Comment