Tuesday, June 24, 2014

इरागमा ४ नेपाली भगुवान भरोसामा वाँची रहेका छन|

दोहा (कतार), असार १० - इराकको द्वन्द्वग्रस्त क्षेत्र टिक्रिटमा थप चार जना नेपाली ३ सातादेखि फसिरहेका छन् । त्यहाँ मात्रै फस्ने नेपालीमध्ये ७ जना सम्पर्कमा आएका छन् ।
विद्रोहीको कब्जमा रहेको टिक्रिटको सलादिनस्थित ठूलो मस्जिद नजिकमा रहेको फ्रेस रेष्टुरेन्टमा काम गर्ने चार जना नेपाली फसेका हुन् । काख्री गाविस-६,रुकुमका ३० वर्षीय धनबहादुर बिक, निर्मलपोखरी-५, कास्कीका २७ वर्षीय सन्तोष लामिछाने र नुनखर्क-१,ओखलढुंगाका २९ वर्षीय अजित तामाङ रहेका छन् । उनीहरु चार बर्षदेखि त्यस क्षेत्रमा कार्यरत छन् ।
'हामी गत जुन ८ गतेदेखि द्वन्द्वमा फसेका छौं । रेष्टुरेन्ट मालिक इराकी भागिसकेको छ,' मंगलबार बिहान ईकान्तिपुरको सम्पर्कमा आइपुगेका रुकुमका विकले भने,'चारै जना एउटा कोठामा बसिरहेका छौं ।'
भिडन्तहरु भइरहेको उनीहरु बाहिर निस्कन सकेको छैनन् । 'जतिखेर पनि गोली चलेको, बम पड्किरहेको आवाज सुनिरन्छ,' लामिछानेले भने,'भगवान भरोसामा बाँचिरहेका छौं । हामीलाई यो क्षेत्रबाट उद्धार गर्न सरकारलाई छिटोभन्दा छिटो अनुरोध गर्दछौं ।'
बाहिर निस्कन नपाएकोले उनीहरुको साथमा भएको खाद्यान्य पनि सकिँदै गएको बताए । 'समोसा, रोटी खाएर दिन कटाइरहेको छ', बिकले भने,'बाहिर पसलहरु बन्द छ । खाद्यान्यको अभाब हुन थालेको छ ।'
इराक हेर्ने जिम्मेवारी पाएका पाकिस्तानस्थित नेपाली राजदुत भरतराज पौड्यालले पनि उनीहरुलाई सम्र्पक गरी स्थिति बुझेका छन् । 'उहाँहरुलाई सुरक्षित भएर बस्न अनुरोध गरिएको छ', पौड्यालले भने,'जतिसक्दो छिटो उद्धारको लागि पहल थाल्नेछौं ।'
उता टिक्रिटमै फसिरहेका कानेपोखरी-९, मोरङका ३८ वर्षीय मोहनकुमार बस्नेत, दमक-१३, झापाका ३८ वर्षीय प्रेस गिरी, घोरही ठाकुर-९ का टोपबहादुर बस्नेतको उद्धारको लागि सरकारले अन्तराष्ट्रिय आप्रवासन संगठन, आईसीआरसी, इराकी सरकारसमक्ष पत्रचार भइसकेको पौड्यालले बताए ।
उनीहरु पनि १७ दिनदेखि फसिरहेका छन् । उनीहरु टिक्रिटको टिचिङ अस्पताल परिसरस्थित निर्माणाधिन भवन निर्माणको लागि राखिएको एउटा कन्टेनरमा लुकेर बस्दै आएका छन् । त्यस कन्टिनरमा थप २७ जना बंगाली कामदार समेत रहेका छन्|

No comments:

Post a Comment