दमौली २४ मंसिर । नेपाली काग्रेस तनहुँका सभापति धु्रव वाग्लेलाई समानुपातिकको सूचीमा नपारेमा सभापति वाग्लेका सर्मथकहरुले काग्रेस उपसभापति रामचन्द्र पौडेललाई मुग्लिङ पुलमै तगारो हाल्ने चेतावनी दिन थालेका छन् ।
प्रत्यक्ष तर्फ उम्मेदवारी दर्ता गराएका जिल्ला सभापति वाग्लेलाई उपसभापति पौडेलले ठाडो हस्तक्षेप गरी समानुपतिकमा राखे पछि सभापति वाग्ले पक्षधरले उपसभापति पौडेललाई यस्तो चेतावनी दिन थालेका हुन् । जिल्ला सभापति वाग्ले समर्थक अधिकांश कार्यकर्ताहरु यसअघि उपसभापति पौडेलले गरेको बाचा पूरा गर्नुपर्ने बताउँछन्। अन्यथा पौडेलले तनहुँ काग्रेसको राजनीतिमा नराम्रो मूल्य चुकाउनु पर्ने वाग्ले सर्मथकहरुको भनाई रहेको छ । वाग्लेका एक सर्मथकले भने वाग्लेलाई समानुपातिकको सूचीमा पारिएन भने उपसभापति पौडेलका लागि मुग्लिङग पुलमै तगारो लाग्ने छ ।
यता उपसभापति पौडेल पनि आफूले गरेको बाँचा पुरा गर्न कटिबद्ध भएर लागि परेको बुझिएको छ । उपसभापति पौडेल जिल्ला सभापति वाग्ले र महासमिति सदस्य रामचन्द्र पोखरेललाई कुनै पनि हालतमा समानुपातिको सूचीमा पार्ने योजनामा रहेका छन् । तर सिट संख्या कम भएको हुँदा निकै गाह्रो परेको छ ।प्राप्त जानकारी अनुसार आर्य खसको भागमा १४ वटा सिट रहेकोमा ९ जना केन्द्रीय सदस्य रहेका छन् भने बाँकी ६ जनाबाट उनीहरु चयन हुुनुपर्ने स्थिती रहेको छ ।यसैबीच जिल्ला सभापति वाग्ले वरिष्ठ नेता शेरबहादुर देउवा समक्ष समेत आफ्नो कुरो राखेको बुझिएको छ ।
श्रोत-राजनीति
No comments:
Post a Comment