Tuesday, December 10, 2013

कोरियाका नेपाली राजदूत भन्छन्,’हचुवाको भरमा आइतवार दूतावास खुल्दैन’


मिन प्रकाश उप्रेती
२५ मंसिर, सउल । कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाले दूतावास आइतवार खोल्नु पर्ने भए एक सय पचास जना सेवाग्राहीले अग्रिम नाम टिपाउनु पर्ने सर्त तेर्साएका छन् । कोरियामा नेपालीहरूका समस्या समाधानका लगि आइतबार दूतावास खोल्न पर्ने चैातर्फी दबाब बढ्दै गएका बेला लामाले एक सय पचास जनाले नाम टिपाउनु पर्ने र टिपाएका व्यक्तिहरूको काम राहादानी समन्धिमात्र गरिने राजदूत लामाले वताएका छन् ।
kaman
दूतावासमा आइतबार आयोजित एक कार्यक्रममा राजदूत लामाले भने,’ दूतावास आइतबार खोल्नुपर्ने हो भने एक सय पचास जनाले आफ्नो राहदानी नम्बरसहित नाम टिपाउनुहोस् हामी सेवा दिन तयार छैा तर ती कामहरू राहदानी सम्बन्धिमात्र हुनेछन् । ”त्यो गर्न नसक्ने हो भने कोरियामा रहेका पाँच हजार नेपालीहरूको सक्कली हस्ताक्षर सहितको निवेदन दिनुहोस म आफ्नै खर्चमा नेपाल गएर परराष्ट्रमा निवेदन बुझाउने छु’ लामाले भने । नकक्ली सहि छाप गराएर निवेदन ल्याए म पनि नकक्ली नै काम गर्दै उक्त निवेदन दूतावासमै थन्काएर परराष्ट्रलाई बुझाए भनिदिन्छु लामाले भने,’सेवा लिने बेलामा कोही पनि दूतावासमा नआउने अनि खोल्नु पर्छ भनेर राजनीतिक गर्ने ? कहिले निवेदन ल्याउनु हुन्छ ? ‘
दूतावास आइतबार नै नखोलि कसरी सेवाग्राही सेवा लिन नआएका भन्न मिल्छ ? भन्ने संचारकर्मीको जिज्ञासामा लामाले भने,’मलाई थाहा छ सेवा लिन कोहि पनि आउँदैन । ‘ लामाले चाहेमा दूतावास आइतबार खोल्न सकिने भएपनि कसैको दबाबमै मात्र दूतावास खोल्न नसकिने वताए । राहदानीलाई मात्र सेवा दिने कुरा चित्त बुझ्दो भएन नि अरू समस्या हुँदैनन् र ? भन्ने प्रश्नमा लामाले भने,’अरू सेवालिन आए पो सेवा दिनु ।’
लामाको उक्त सर्त सार्वजनिक भएपछि कोरियाका नेपाली समुदायमा बहस र आक्रोस देखिएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत सर्वसाधारणले राजदूत भनेको सो क्षेत्रका नेपालीको अभिवाबक भएको हुँदा यस्तो सर्त अघि सार्नु नहुने भन्दै आक्रोस व्यक्त गरेका छन् ।

No comments:

Post a Comment