असोज१३, पाँचथर इम्वुङ २ का कर्णबाज नेम्वाङ (बाज)ले आइतवार रुपन्देहिवाट काँकडभिट्टासम्म ७ सय किलोमिटर एकल म्याराथन दौड शुरु गरेका छन।
उनले बिहान ५ बजे लुम्बिनी स्थित मायादेबी मन्दिरबाट दौड शुरु गरेका हुन ।
उनले बिहान ५ बजे मन्दिरमा प्राथना गरेर दौडको औपचारिक शुरुवात गरेका मन्दिरका सुरक्षाकर्मीले उनको औपचारिक बिदाई गरेका थिए । नेम्वाङले ‘विश्वशान्ति–मानव पहिचान, हाम्रो अभियान’ भन्ने मुल नाराका साथ दौड शुरु गरेका हुन ।
गौतम बुद्धको जन्मस्थलका विषयमा भारतले गर्दै गलत प्रचार बिरुद्ध दौड शुरु गरेको उनको भनाई छ । उनी १३ वर्षदेखि बहराइन स्थित अमेरिकी दुतावासमा सुरक्षा अधिकृतका रुपमा कार्यरत छन् । उनले नर्बे, हङकङ र बेलायत लगायतका मुलुकमा म्याराथन अभ्यास गरेका थिए ।
उनले गतवर्ष पाँचथर सदरमुकाम फिदिमदेखि काठमाण्डौसम्मको नौसय किलोमिटर एकल म्याराथन १७ दिनमा पुरा गरेका थिए ।
‘आगामी वर्षहरुमा यो भन्दा अझ लामो दूरीका दौडहरु सञ्चालन गर्दै किर्तिमान कायम गर्दै जाने योजना छ भनी उहा भन्नु हुन्छ !

No comments:
Post a Comment